२० फागुन, काठमाडौं । चैत २८ गते रिलिज हुने वर्षकै प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक भएको छ । २ सय बर्ष अगाडीको प्रेमकथा बोकेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङले शिर्ष भूमिका निर्वाह गरेका छन् ।
निर्माता तथा निर्देशक सन्तोष सेनले २ वर्षको मेहनत पश्चात फिल्म तयार भएको बताए । उनले दर्शकहरुको मनमा नाम लेख्नु नै आफु र आफ्नो टिमको उधेश्य रहेको भन्दै बलिउड, हलिउडका फिल्म सँग दाँजेर नेपाली फिल्म झुर हुन्छ भन्ने प्रचलनलाई त्याग्नु पर्ने बताए । त्यस्तै उनले फिल्मको लागि आफुहरुले तन, मन, धन र पसिना प्रसस्तै खर्चिएको भन्दै दर्शकहरु सँग साथकोलागि अनुरोध गरेका छन् ।

फिल्म घोषणा संगै यसको ठुलो निर्माण बजेट र २०० वर्ष पुरानो सेटिंगको कारण चर्चामा आएको थियो । फिल्मको केहि अंशको छायांकन काठमाडौँ मै भब्य शेट बनाएर गरिएको थियो भने बाँकी छायांकन उपल्लो मुस्तांगमा गरिएको हो । ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ र ‘मेरी मामु’ पछिको निर्माता सेनको यो पाँचौं फिल्म हो ।
आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादनको काम सम्हालिरहेका छन् ।
The post यहाँबाट हेर्नुस् ‘प्रेमगीत ३’ को टिजर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3anRxz9
via IFTTT
सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पीठाधीश महाकान्त ठाकुरको संयोजनमा विशेष पूजापाठ सुरु गरिएको हो ।
प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिँदैछ । उनी सोमबार नै अस्पताल भर्ना भइसकेका छन् ।
नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अनुष्ठान प्रारम्भ गरिएको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TixX1N via IFTTT
चीनका लागि नेपाली राजदुत लिलामणी पौडेललाई मन्त्रीपरिषद्को बैठकले १५ दिनभित्र नेपाल फर्कन निर्देशन सहित फिर्ता बोलाउने निर्णय गरेको छ ।
उनको ठाँउमा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेलाई पठाउने निर्णय पनि सरकारले गरेको छ । यो निर्णय गर्दा उनले पार्टीमा कुनै छलफल नगरेको स्रोतको भनाई छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट सिधै प्रस्ताव ल्याएर पौडेललाई फिर्ता बोलाउने र उनको ठाँउमा पाण्डेलाई पठाउने निर्णय क्याविनेटले गरेको हो । तर पौडेललाई फिर्ता बोलाइनु पर्ने र त्यसमाथी पनि म्याद नै किटान गरेर बोलाउनुको कारणबारे क्याबिनेट बैठकमा न प्रधानमन्त्रीले केही बोले, न परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नै मन्त्रीहरुलाई जानकारी दिए ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार, पौडेललाई फिर्ता बोलाउने बारे यस अगाडीको क्याबिनेटमा पनि कहिले कहिले सामान्य छलफलका रुपमा विषय प्रवेश गर्दथे । तर आइतबारको बैठकमा प्रधानमन्त्रीको निर्देशनमा सिधै परारष्ट्रमन्त्री ज्ञवालीले चीनका राजदुतलाई १५ दिनभित्र फिर्ता बोलाउने र त्यहाँ महेन्द्र बहादुर पाण्डेलाई पठाउने प्रस्ताव ल्याएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/3ajFKC7 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदैछन् । ओलीको मृगौला प्रत्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ । चिकित्सकले बुधबार उनको मृगौला प्रत्यारोपण गर्ने समय तोकेका छन् ।
डा.प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मृगौला प्रत्यारोपण गरिँदैछ । ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिन लागेकी हुन् । आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मृगौला दान दिने महिलाबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मृगौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुन् । चारआलीकी उनी ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता परेकी हुन् ।
रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर पनि लेखिएको छ । समीक्षाका दुई सन्तान रहेको बुझिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TkaZHE via IFTTT
१९ फागुन, एजेन्सी । भारतीय फिल्म सुर्यबंशीको ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट १५ सेकेन्डको ट्रेलरमा सुरु र अन्त्यमा नेपाल प्रहरी संचार सेट (वाकीटकी) को आवाज सुन्न सकिन्छ ।
ट्रेलरको सुरुमा नै पुलिश कार्यालय (कन्ट्रो) लाई इको कलसाइनले कल गरेर ट्रेलर सुरु भएको छ भने अन्त्यतिर ४ मिनेट ५ सेकेन्डमा पुनः कल गर्दै हाम्रो पेट्रोलिङ भ्यान इन भयो ‘रोजर’ लेकसाइड नर्मल छ है, भनेर सकिएको छ । यसले के अनुमान गर्न सकिन्छ भने, फिल्मको बिषयबस्तु नेपालसंग जोडिएको छ ।
भारतीय फिल्मले नेपाल चित्रण गर्दा अधिकांस फिल्ममा आतंककारी लुक्ने स्थान भनेर चित्रण गरेको पाइन्छ । पछिलो उदाहरण अर्जुन कपूरको इन्डियाज मस्ट वान्टेडलाई लिन सकिन्छ । उक्त फिल्ममा आतंककारी लुक्ने स्थान नेपाललाई भनिएको छ । त्यस्तै यस फिल्ममा अधिकांश छायांकन नेपालका बिभिन्न स्थानमा गरिएको छ ।
The post ‘लेकसाइड नर्मल छ है’ भन्दै सकियो सुर्यबंशीको ट्रेलर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38i67Xu
via IFTTT
१९ फागुन, काठमाडौं । हरेक वर्षको फागुपूर्णिमामा नायिका करिश्मा मानन्धरले आफ्नो घर गोदावरीमा होली विशेष कार्यक्रम राख्ने गर्छिन् ।
उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका सबैजसो कलाकारहरुको भेटघाट र जमघट हुनेगर्छ । तर यसपटक भने उक्त कार्यक्रम नहुने भएको छ । कोरोनाक भाइरसको कारण देखाउँदै नायिका करिश्माले यसपटकको कार्यक्रम नराख्ने सूचना जारी गरेकी छन् ।
यसको जानकारी सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो फेसबुकमार्फत दिएका छन् । उनका अनुसार कोरोनाका कारण फागुपूर्णिमामा खर्च गर्न तयार पारिएको १ लाख १ सय १ रुपैयाँ रकम स्वर्गीय कलाकार एवं निर्देशक केशव भट्टराईको परिवारलाई सहयोग गरेका छन् ।
उक्त रकम कलाकार दीपाश्री निरौला र सञ्चारकर्मी प्रकाश सुवेदीलाई हस्तान्तरण गरेकी छन् । रकम करिश्मा र उनका श्रीमान्ले हस्तान्तरण गरेका हुन् ।
The post करिश्माको होली कोरोनाका कारण रद्द, १ लाख सहयोग appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/39jpbWE
via IFTTT
काठमाडौं । २०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व राजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले २०७६ फागुन ८ गते विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन २०७६ फागुन ७ गते नेपालको प्रजातन्त्र दिवसका दिने अमृतसरमा नै कोमल राज्यलक्ष्म्ी शाहको जन्मोत्सब पनि पूर्वराजको टोलीले मनाएको थियो ।
२०६५ साल जेठ २९ गते राजगद्दी र राजदरबारबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले पटक पटक भारतको भ्रमण गरेका छन् ।
यसभन्दा अगाडि व्यक्तिगत र धार्मिक यात्रा गर्दै आएका भएपनि मुलुक राजतन्त्र समाप्त भएर गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष पछि २०७६ फागुन ४ गते भारतको राजधानी नयाँदिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्रले पहिलोपटक राजनीतिक भ्रमण गरेको टिप्पणी काठमाडौंदेखि नयाँ दिल्लीसम्म समेत भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले भारतको शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटघाट गरेर भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत भएर काठमाडौं आएका कर्ण सिंहले आगडि बढाएको त्रिपक्षीय सम्झौतालाई आफूले इमान्दारिपूर्वक निर्वाह गरेको भएपनि उक्त सम्झौताका अन्य पक्ष संसदवादी सात दलका साथै तत्कालीन विद्रोही माओवादी र मध्यस्थताको भूमिका निर्वाह गरेको भारतीय पक्ष इमानदार नभएको गुनासो व्यक्त गरेका स्रोतले बताएको छ । यो समाचार आजको साँघु साप्ताहिकमा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PEPpLE via IFTTT
