३० मंसिर, काठमाडौं । आजकल ट्रेन्डिङलाई गीतसंगीत, चलचित्र वा भिडियोहरु चर्चित भएको मापन गर्ने सजिलो माध्यम बनेको छ । कसैको गीत, चलचित्र वा भिडियो ट्रेन्डिङमा आएका त्यसको सामाग्रीहरु समाजले चर्चित मानिरहेको बेलामा सामाजिक सञ्जालमा भने एक पत्रकार र चलचित्र निर्देशकबीच शितयुद्ध चलेको छ ।
४ दिन अघि सार्वजनिक भएको ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरि’ बोलको गीत अहिले युट्युबको ट्रेन्डिङ नम्बर १ मा छ । यो गीत सार्वजनिक भइसकेपछि चलचित्रका निर्देशक सुदर्शन थापाले आफ्नो सामाजिक सञ्जालहरुमार्फत गीतको प्रचारप्रसार गरिरहेका थिए । यस्तै गीत बिस्तारै ट्रेन्डिङ चढ्दै जाँदा उनले गीतको ट्रेन्डिङमा चढेको विषयमा जानकारी गराइरहेका थिए ।
कुनै पनि गीत सार्वजनिक गरेपछि उनले आफ्नो प्रचारप्रसार गर्नु स्वभाविक हो । उनले आफ्नो गीतको स्वभाविक प्रचारप्रसार गरिरहेका थिए । त्यही समयमा नेपाल म्यागजिनका पत्रकार गोकर्ण गौतमले फेसबुकमा लेखे, ‘ट्रेन्डिङको आतंक÷आत्मरती कति हो क्या, ट्रेन्डिङमा त अघोरी बाबा पनि आएका थिए ।’ उनले फेसबुकमा कसैको नाम पनि लेखेका थिएनन् । गोकर्णले संकेत गरेको व्यक्ति सदर्शन थापा हुन पनि सक्थे, नहुन पनि सक्थे । उनले कसैको नाम उल्लेख नगरेता पनि चलचित्र निर्देशन सुदर्शन थापा ‘चोरको खुट्टा काट भन्दा खुट्टा झिकेको’ झैँ गरी उनले गोकर्णको स्टाटसमा विभिन्न कमेन्ट गर्न थाले ।
गोकर्णले कसैको पनि नाम उल्लेख नगरी लेखेको स्टाटसमा निर्देशक सुदर्शन थापाको सोमबार दिउँसोसम्म ८ वटा भन्दा बढी कमेन्ट आइसकेका छन् । यस्तै अभिनेत्री पुजा शर्माले पनि आफ्नो गोकर्ण गौतमलाई आफ्नो चलचित्रको रेटिङ घटाउने भन्ने आशयको कमेन्ट लेखेकी छन् । उनीहरुले पत्रकार गौतमलाई नेपाली चलचित्रको विकास हुँदा डर मानेको बताएका छन् । हिजो साँझपख गोकर्णले लेखेको स्टाटसमा पुजा शर्मा र सुदर्शन थापाका फ्यानहरुले उनलाई तथानाम गाली गर्न थालेपछि कमेन्ट गर्न मिल्ने बन्द गरेका थिए ।
बिहान उनले कमेन्ट खुल्ला गर्दै पुनः आफ्नो भनाइ राखेका छन् । उनले स्टाटसमा भनेका छन्, ‘डाइरेक्टर साब, तपाईंका बाँकी कमेन्टहरुप्रति कुनै जवाफ छैन । व्यक्तिले आफ्नो सोच, संगत, बुझाई, ज्ञानका आधारमा आफूलाई प्रस्तुत गर्छ । शब्द, शब्दमा आफ्नो असलीयत झल्काउँछ, व्यक्तित्व निर्माण गर्छ । यत्ति म जान्दछु । तर दुई वटा कुराचाहिं यसो भनुम की जस्तो लाग्यो ।
पहिलो, मेरो स्ट्याट्समा न तपाईंको, न तपाईंको फिल्मको, न गीतको नाम लेख्या, मात्र मेरो बुझाई लेख्या थिएँ तर तपाईं त युट्युबको नेपाल ट्रेन्डिङको सर्वाधिकार लिएझैं बम्कनु भएछ । यस्तो लाग्यो, कुन्नी कस्ले हो, आफ्नो खुट्टा आफैं तान्छ भन्ने कहावत त्यतिकै बनेको होइन रहेछ ।’
उनले थपेका छन्, ‘र, दोस्रो कुरा, नेपाली फिल्मको दुश्मन करार गर्नुभएछ, रमाइलै लाग्यो । स्ए आफू परियो, अरु कसैले तेरो अनुहारमा दाग छ भन्दैमा नभड्कने÷नआत्तिने, बरु आफैंले ऐनामा दाग छ÷छैन हेर्ने । र, व्यक्तिगत र व्यावसायिकरुपमा म आफूलाई ऐनामा हेरिरहन्छु । बरु मेरो बुझाईमाचाहिं, खास दुश्मन ती हुन्, जो कहिले विदेशी फिल्म फ्रेम बाई फ्रेम चोर्छन्, कहिले दुई–तीन फिल्मको प्लट घोलघाल पारेर शानदार फिल्म बनाएको डंगा पिट्छन् । जो, निर्मातालाई ‘मुर्गा’ मान्छन्, आफूलाई निर्देशक कम, प्रोडक्सन म्यानेजरझैं ठान्छन्, र, फिल्म बनाउने बहानामा लाखौं कुम्लाउँछन्, फिल्म अलपत्र पारिदिन्छन् । जो, आफ्नो फिल्मको स्वस्थ बहस चाहदैनन्, प्रसंशा किन्छन्, फ्लप फिल्मलाई पनि किनिएका हनुमान प्रयोग गरेर हिट भनेर हल्ला मच्चाउछन्, र, नयाँ मुर्गा फसाउँछन् । जो, फेक फ्यानलाई अरु विरुद्ध प्रयोग गर्छन् । यसो भनुम न, जो राम्रो फिल्म बनाउने संघर्ष र इमानदारिताबाहेक सबै तीकडम गर्छ, ती नेपाली फिल्मका खास दुश्मन हुनसक्लान् । (नोटः यो तपाईंलाई भन्या हैन हैन, जो हो, त्यसलाई मात्र भनेको ।) शुभदिन । चलचित्रको सफलताको लागि शुभकामना ।’
बिहान उनको कमेन्टको उत्तर सुदर्शनले लेखेका छन्, ‘तपाईंसँग बहस गर्न मन छैन मलाई, त्यो समयमा मेरा अडियन्सलाई दिन चाहान्छु । तपाईंले दिएका स्टारहरुले फिल्मका प्रोड्युसरहरुले अहिले रोएर बसेका छन् । त्यहि भएर अरुलाई रुवाउने छोडिदिनुस् । नेपाली फिल्मलाई राम्रो कुराले मोटिभेट गर्नुस् । नेपाली चलचित्र उद्योगलाई केही सक्नुहुन्छ भने सहयोग गर्नुस् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/34lZcKZ
via IFTTT
काठमाडौं । आइतबारदेखि शुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ५ वटा कार्यसूची प्रस्तुत गरेका छन् ।
प्रचण्डले राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, आगामी केन्द्रीय कमिटीको बैठक र विविध विषयमा कार्यसूची पेश गरेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार आइतबार बसेको बैठक अध्यक्ष प्रचण्डको कार्यसूची पेश भएसँगै सकिएको छ ।
स्थायी कमिटीको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका कार्यसूची तथा प्रतिवेदनहरुमा छलफल शुरु हुने छ ।
आइतबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलना खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, भीम रावल, सुवासचन्द्र नेम्वाङलगायत ३० जना स्थायी कमिटी सदस्यहरु सहभागी भएका जनाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EjX3oz via IFTTT
काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।
एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।
नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) रेकर्डहरु अपेक्षा गरिएभन्दा धेरै नराम्रो छ । सुरक्षाका दृष्टिकोणले नेपाल एयरलाइन्सले एउटा मात्रै ‘स्टार’ पाएको छ । नेपाल एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको छ ।
यद्यपि नेपाल एयरलाइन्सले पछिल्ला २० वर्षमा एयरलाइन्स सेफ्टी रेकर्डमा उल्लेख्य मात्रामा सुधार गरेको पनि फोर्ब्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
नेपालकै अर्को विमान कम्पनी तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ । यसका ८ वटा एयरक्राफ्ट (विमानहरु)ले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।
फोर्ब्सले नेपालको तारा एयरलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीहरुको सूचीमा पहिलो नम्बरमा राखेको छ भने नेपाल एयरलाई दोस्रो नम्बरमा राखेको छ ।
तारा र नेपाल एयरलाइन्सपछि एरियाना अफगान एयरलाइन्स, दक्षिण अमेरिकी राष्ट्र सुनामको ब्लु विङ्स एयरलाइन्स, अफगानिस्तानकै काम एयरलाइन्स, इन्डोनेसियाको ट्रिगाना एयर, कजाकिस्तानको एससीएटी एयरलाइन्सलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीको सूचीमा राखेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LVRwso via IFTTT
काठमाडौं । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिध र उच्चपदस्थले ने सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ ।
प्रशासनले काठमाडौंमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/38wZEtb via IFTTT
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।
सडक खण्डको पहिरो जाने क्षेत्रको निर्माण कार्यका लागि दुई साता दिउँसो सवारी आवागमन बन्द गर्न लागिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।
सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ ।
सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिनेछन् ।
यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छ । सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
सडक खण्डको पहिरो जाने सम्भावित जोखिम हटाउन आयोजनाले रु १२ करोडको लागतमा ठेक्का लगाइसकेको छ । आयोजनाका अनुसार पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना ६ महिनाभित्र सकिने लक्ष्य छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rGXiaC via IFTTT
२६ मंसिर, काठमाडौं । सुदर्शनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।
गीतको भिडियोमा फिल्म मुख्य पात्र नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ । पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु’मा जस्तै संगीतकार अर्जुन पोखरेल र निर्देशक सुर्दशन थापाको टिमअप यसमा पनि गज्जबको देखिएको छ ।

यो गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले उत्कृष्ट बनाएका छन् । हेरौँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2E9adVc
via IFTTT
आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरूको चासोक तङनाम धुमधामसँग मनाइँदैछ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।
नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् ।
योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।
वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2t5sjFn via IFTTT
