लहान । सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला नदीको बगरमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । सिरहाको चोहर्वास्थित शेरदल गणबाट गएको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनुभयो ।
बगरमा बालुवाले पुरिएको अवस्थामा नदीमा गिट्टी बालुवा कुट्ने कामदारले बम फेला पारेको प्रहरीले जनाएको छ । कामदारहरुले बम देखेपछि तत्कालै प्रहारीलाई खबर गरेका थिए । बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरी उपरीक्षक चर्तुवेदीले बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2INXOcc via IFTTT
काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान गरेका छन् ।
सीलाई विदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसहितका नेता विमानस्थल पुगेका थिए ।
शनिवार अपराह्न ४ : ४५ मा नेपाल आएका चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका थिए । सीले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए ।
ओलीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।
शनिवार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति सीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न विषयका समझदारीमा हस्ताक्षर एवं पत्र आदानप्रदान भएको छ । त्यसअघि चीन र नेपालका उच्च स्तरीय टोलीबीच छलफल भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B6zq11 via IFTTT
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छिन् ।
आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति भण्डारीले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ ।’ उनले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको बताइन् ।
राष्ट्रपति भण्डारीले चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गरिन् ।
नेपाललाई भूजडित बनाउन चीनले सघाउँछ : राष्ट्रपति सी
चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नो सम्मानमा शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै । तस्वीर : प्रदीपराज वन्त रासस
प्रत्युत्तरमा राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताए । राष्ट्रपति सीले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताए। नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उहाँले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गर्नुभयो ।
“हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ”, राष्ट्रपति सीले भने। चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताए । उनले भने, ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।’
शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गरे ।
विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उनले व्यक्त गर्नुभयो । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरुमा विचार आदानप्रदान गर्ने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31csn1o via IFTTT
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने सपना साकार पार्न सहयोग गर्ने बताएका छन् ।
२ दिने राजकीय भ्रमणको क्रममा नेपालमा रहेका राष्ट्रपति सीले आफ्नो सम्मानमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्ने क्रममा भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने बताएका हुन् ।
राष्ट्रपति सीले नेपाल–चीन सीमापार रेलमा मार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग गर्ने पनि बताए ।
सीमापार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन चीन सक्रिय हुने सीको भनाइ थियो ।
‘सीमा पार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने, काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन सक्रिय हुने छौं’ सीले भने, ‘नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउन सहयोग गर्ने छौं ।’
२ दिने राजकीय भ्रमणअन्तर्गत लागि शनिवार अपराह्न नेपाल आएका सीले आफ्नो पहिलो काठमाडौं भ्रमणको आतिथ्यताका लागि नेपाललाई धन्यवाद दिए ।
‘काठमाडौंमा मेरो पहिलो भ्रमण हो’ सीले भने, ‘नेपालको स्थायीत्व र जनताको सुखी जीवन प्रति म हर्षित छु, भविष्यप्रतिको आशा जागेको छ ।’
भ्रमणले दुई देशबीचको घनिष्ट राजनीतिक सम्बन्ध अझै मजबूद बन्नेमा आफू आशावादी रहेको सीको भनाइ थियो ।
‘चीन र नेपालले शताब्दिऔं देखिको मैत्रीपूर्ण सम्बन्धको नमूना विश्वमा पेश गरेको छ,’ सीले भने, ‘नेपाल र चीनका बीचमा केही समस्या छैन, मित्रता मात्र छ ।’
राष्ट्रपति भण्डारी र आफूले चुनौती र कठिनाइलाई मिलेर सामना गरि अघि बढ्न सहमति गरेको सीले बताए ।
राष्ट्रपति सीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण परियोजनालाई चीनले सक्रियताका साथ अघि बढाइरहेको बताए ।
नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागेको भन्दै सीले यसबीचमा धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि पठाउन उत्प्रेरित गर्ने पनि बताए ।
बुद्धको जन्म स्थल लुम्बिनीमा आगामी दिनमा धेरै भन्दा धेरै चिनियाँ पर्यटक आउने विश्वास उनले व्यक्त गरे ।
चीन र नेपालले बहुपक्षीय सहकार्य गर्ने सीको भनाइ थियो । नेपाल र चीनले बहुलबाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।
जलवायु परिवर्तनको मिलेर सामना गर्नुपर्ने भन्दै सीले चीन सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहने बताए ।
‘नेपालका नेतासँग मिलेर चीन र नेपालको विकासको खाका बनाउन पाएकोमा खुसी छु,’ सीले भने ।
प्रधानमन्त्री केपी ओलीसँग द्वीपक्षीय सरोकारका विषयमा मिलेर अघि जाने गरी कुरा गर्ने उनको भनाइ थियो । ‘शुरु गरेका योजनाहरुलाई पूरा गरेरै छोडौं,’ सीले भने ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OIohvm via IFTTT
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । सीको सुरक्षाका लागि नेपालका चारवटै सुरक्षा निकाय र चिनियाँ जनमुक्ति सेनाको विशेष टोलीले संयुक्त रूपमा सुरक्षा व्यवस्थापन गर्ने छन् ।
राष्ट्रपति सी एयर चाइनाको विमानबाट शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका छ ।
उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी नै बिमानस्थल पुग्ने कार्यक्रम रहेको छ । विमानस्थलको स्वागतपछि नेपाली सेनाको टुकडीले विमानस्थलमै सीलाई राजकीय सलामी अर्पण गर्नेछ। त्यसपछि सी विमानस्थलबाट सिधै सोल्टी होटल प्रस्थान गर्ने छन्। विमानस्थल ओर्लेपछि उनी बस्ने होटल र सवारी रुटमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
आधा घण्टा आराम गरेपछि सी नेपाली समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि राष्ट्रपति भवन शीतलनिवास जाने छन्। त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गर्ने विशेष रात्रिभोजमा सरिक हुन सोल्टी होटल फिर्ता हुने कार्यक्रम तय भएको छ।
यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
शनिबार (आज)
५ : ०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सी सोल्टी होटल प्रस्थान
६ : ०० बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
६ : ३० बजे
राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
७ : १५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ : ३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति
आइतबार (भोली)
१० : ३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ : ३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
१ : ०० बजे
स्वदेश फिर्ता
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31auGSC via IFTTT
काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउने पञ्चवर्षीय रणनीति साझेदारी सार्वजनिक गरेको छ ।
रणनीतिअनुसार आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने अपेक्षा गरेको छ ।
नेपालको दिगो आर्थिक विकासमा सघाउँदै नेपाली जनताको जीवनस्तर उकास्न तथा विकास–निर्माणका प्रयासमा मद्दत गर्ने उक्त रणनीतिक साझेदारीको दस्तावेज मनिलास्थित बैंकको प्रधानकार्यालयमा सार्वजनिक गरिएको हो ।
बैंक सञ्चालक समितिको आजको बैठकले अनुमोदन गरेको नेपाल देशीय साझेदारी रणनीतिले निजी क्षेत्रको नेतृत्वमा उत्पादकत्व वृद्धिमा योगदान गर्ने भौतिक पूर्वाधार निर्माण, प्रभावकारी सेवा प्रवाहमा सर्वसाधारणको पहुँचमा सुधार र वातावरणीय दिगोपन कायम गर्दै प्राकृतिक विपत्तिमा पनि क्षति नहुने पूर्वाधार निर्माणजस्ता तीनवटा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।
राजनीतिक स्थायित्व कायम भएसँगै सङ्घीय शासन प्रणालीमा गएको नेपाल आर्थिक–सामाजिक उन्नयनको मार्गमा अग्रसर भएको सन्दर्भमा नयाँ देशीय साझेदारी रणनीति उच्च आर्थिक वृद्धि हासिल गर्ने तथा गरीबी घटाउने नेपाल सरकारको लक्ष्यलाई टेवा दिनमा नै केन्द्रित रहेको नेपालका लागि बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले जानकारी दिए ।
बितेको दशकमा नेपालले गरीबी घटाउनका साथै साक्षरता दर बढाएको, सङ्घीयताको निर्वाध कार्यान्वयन अघिबढेको, अत्यावश्यक भौतिक पूर्वाधारमा लगानी, निजी क्षेत्रका निम्ति लगानीको आकर्षक वातावरण बनाउने विषयलाई रणनीतिले समेटेको उनले बताए ।
जलविद्युत् र नवीकरणीय ऊर्जाको विकास, सडक तथा हवाई यातायात, घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्पर्क सञ्जालका निम्ति व्यापार सहजीकरण, उत्पादकत्वको लागत कम गर्नें, वाणिज्य–व्यापार विस्तार, निजी लगानी आकर्षणलाई पनि रणनीतिमा विशेष जोड दिइएको छ ।
शहरी क्षेत्रका नगरपालिकासहित नगरहरूको विकास, गुणस्तरीय शिक्षा, रोजगारीमूलक सीप विकास तथा ग्रामीण भेगका जनताको आय बढाउन कृषि क्षेत्रको उत्पादकत्व वृद्धि र व्यावसायिकतालाई पनि रणनीतिले अधिक जोड दिएको छ । समाजिक–आर्थिक विकासको प्रतिफलबाट वञ्चित रहेका महिला तथा अन्य सुविधाहीन सामाजिक समूहको विकासमा रणनीति लक्ष्यित छ ।
केन्द्र, प्रदेश र स्थानीयत तहका सरकारी निकाय, नेपालको विकासका अन्तर्राष्ट्रिय साझेदार, नागरिक समाज र निजी क्षेत्रसँगको परामर्शमा तयार गरिएको रणनीतिक साझेदारीमा विकासका सबै कार्यक्रम र परियोजनामा एडिबीले लैङ्गिक समानता, सामाजिक समावेशितालाई आफ्नो मूल मन्त्र बनाएको छ ।
आधारभूत सेवामा सर्वसाधारणको पहुँचको सुनिश्चितता, बेलाबेलामा हुने प्राकृतिक विपत्तिमा पनि क्षति नहुने भौतिक संरचना, प्राकृतिक स्रोत र साधनको दिगो उपयोग, सार्वजनिक वित्तको पारदर्शिता, कृषि, हवाई यातायात, कृषि क्षेत्रमा नीतिगत सुधार, ज्ञान र प्रविधिको विकास तथा उपक्षेत्रीयस्तरमा संस्थागत विकासलाई रणनीतिले विशेष महत्व दिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OQ1Kx5 via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिएकी हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उनकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिएकी हुन् ।
यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाइन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31YWBX7 via IFTTT
