काठमाडौं । ललिता निवास बालुवाटारको सरकारी जग्गा गैरकानुनी रुपमा ब्यक्तिको नाममा दर्ता भएको खुलासा भइसकेको छ ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले दिएको दिएको प्रतिवेदनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवास र राष्ट्रबैंकसँगै जोडिएको जग्गा अतिक्रमण गर्ने र गैरकानुनी रुपमा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारका दोषी कार्यालय प्रमुखदेखि संलग्न कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०बाट कारबाही गर्नुपर्ने उल्लेख छ ।
सरकारी जग्गा अतिक्रमण गर्नेहरुको सूचीमा ठूला अस्पताल र अपार्टमेन्ट पनि छन् । काठमाडौँको टोखामा रहेको ग्रान्डी इन्टरनेशलन हस्पिटल र ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालले नदीको जग्गा नै मिचेका छन् ।
ललितपुरको हात्तीवनचोकस्थित गणेश अग्रवालको मेरो सिटीले सार्वजनिक खोला नै मिचेर अपार्टमेन्ट बनाएको छ । मेरो सिटी अपार्टमेन्टले खोला मिचे पनि त्यो अपार्टमेन्ट निर्माण भई प्रयोग गर्न राज्यका निकायले छुट दिएका छन् । काठमाडौं उपत्यकाका अरु अपार्टमेन्टले पनि सरकारी जग्गा अतिक्रमण गरेका छन् । टोखाको ग्रान्डी अस्पतालले बिष्णुमती खोलाको करिब १७ रोपनी जग्गा अतिक्रमण गरेको छ । खोला र बाटोसमेत ग्रान्डी अस्पतालले अतिक्रमण गरेको छ । ग्रान्डीका संचालक दीपक कुँवरले बिष्णुमती नदीकै जग्गा मिचेर अस्पताल भवन बनाउन थालेपछि स्थानीयले बिरोध पनि गरेका थिए । मिडियामा समाचार पनि आयो । तर नेपाली कांग्रेसका नेता दीपक गिरी, त्यस क्षेत्रका तत्कालीन सांसद नरहरि आचार्य, हालका सांसद तथा नेकपाका नेतालाई प्रभावमा पारी उक्त अतिक्रमण गरेको जग्गाको हालसाविक ९अद्यावधिक० गरेको थियो ।
नदी नै मिचेर अस्पताल बनाएकोबारेमा बिरोध गर्ने स्थानीयलाई दीपक कुँवरले गुण्डा लगाएर कुटपिट गर्नेदेखि प्रहरी प्रशासन लगाएर दुःख दिएका थिए । दीपक कँुवरले १७ रोपनी सरकारी जग्गा मिचेर अस्पताल र ग्रान्डी भिल्ला बनाएको कुरा गुपचुप राख्नका लागि त्यतिबेलाका मुख्य तीन राजनीतिक दलका नेताहरुलाई ग्रान्डी भिल्लाका तीन वटा घर नै उपहार दिएको समाचार स्रोत बताउँछ ।
मेडिसिटीले नख्खु खोला मिच्यो
मेडिसिटी अस्पतालले पनि सार्वजनिक जग्गा मिचेको छ । नख्खुखोलाको करिब ५ रोपनी जग्गा अस्पतालले अतिक्रमण गरेको छ । खोला र बाटोको जग्गा अतिक्रमण गरिसकेपछि उक्त जग्गा हालसाविक गर्नका लागि ललितपुर नापी कार्यालय र मालपोत कार्यालयका प्रमुखलाई ३ करोड रुपैयाँसम्म घुस प्रस्ताव गर्दैैआएको छ । नापी विभागका महानिर्देशक नागेन्द्र झा हुँदा नै उक्त जग्गा हालसाविक गर्ने गरी सर्भेक्षक शुभकान्त झाले घुसको डिल भएको थियो । झाले ललितपुर नापी कार्यालयका तत्कालीन नापी अधिकृत तोत्रबहादुर कार्कीलाई उक्त जग्गाको हालसाविक गर्न परिचालन गरेका थिए । कार्कीले हालसाविक गर्न अन्तिम कसरत गरे पनि बीचमै उनी अवकाश भएका थिए ।
त्यसपछि जागिर नै जाने डरले हालसाविक हुन नसकिरहेको बेला वर्तमान नापी कार्यालयका प्रमुख सुरेश जोशीलाई घुसदेखि सरुवा रोकी थमौती गरिदिने प्रस्ताव मेडिसिटीका मालिक उपेन्द्र महतोले दिएको स्रोतले बताएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरुको सरुवा गर्ने घोषणा गरिसकेको छ ।
ललितपुर नापी कार्यालयका प्रमुख जोशी सरुवा रोक्ने सर्तमा मेडिसिटी अस्पतालले मिचेको नख्खुखोलाको जग्गा नै हालसाविक गर्न पनि तयार भएका छन् । घुस पनि आर्कषक आउने र सरुवा पनि नहुने भएपछि उनी हालसाविक गर्न तयार भएको स्रोतले बताएको छ । मेडिसिटी अस्पतालले राजकुलो नै मिचेको छ ।
साविक नक्सामा राजकुलो जनिएको ठाउँमा मेडिसिटी अस्पतालको मुख्य भवन बनेको छ । नख्खुका स्थानीयले मेडिसिटी अस्पतालले नख्खुखोला र राजकुलो अतिक्रमण गरेकोबारेमा अख्तियारमै गएर अवगत गराउँदा पनि उपेन्द्र महतोको शक्तिका अगाडि केही जोड नचलेको गुनासो गरेका छन् ।नयाँपेजबाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2J7NLjg via IFTTT
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् ।
नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुगेका छौं । नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
विगतको सुक्ष्म समीक्षा गर्दै नव वर्षको स्वागत गर्नुपर्ने उनको भनाइ छ । ‘स्वभावतस् यतिखेर हामीले बितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हामीले अब केवल हिजो अस्तिकोजस्तो समय नियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन ।’
जनताको घर दैलोमा आफू पुग्दा जनताका अनगिन्ति समस्या र दूर्दान्त पीडा पाएको उनले उल्लेख गरेका छन् । ‘लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने रु’ सन्देशमा उनले भनेका छन्, ‘स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।’
उनले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको बताएका छन् । ‘देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणाको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्दछ भन्ने सधैं हाम्रो विश्वास रही आएको छ,’ सन्देशमा उनले भनेका छन्, ‘ विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’
नयाँ वर्ष साच्चिकै नयाँ रहोस्, नयाँ वर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् भन्ने कामना पनि उनले गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DFPMQ6 via IFTTT
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालेको छ।
अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका सम्झौता गर्ने कर्मचारी र ठेकेदार कम्पनीमाथि अनुसन्धान भइरहेको छ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत कर्मचारी अख्तियारको अनुसन्धान घेरामा छन्। निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालमाथि अख्तियारले अनुसन्धान थालेको छ।
२०७३ जेठ २० मा काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच ३ वर्ष खुलामञ्च उपभोग गर्ने सम्झौता भएको थियो। महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तामाङले २०७३ साउन ३० मा निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न दिएका थिए। किर्ते कागजात बनाएर खुलामञ्चको १३ रोपनी जग्गा अतिक्रमण गरेको पाइएको छ। २९ तले भ्यू टावर निर्माण गर्न बसपार्क खुलामञ्चमा सारिएको थियो। बसपार्क उपभोग गरेबापत निर्माण कम्पनीले महानगरपालिकालाई वार्षिक ५० लाख रुपैयाँ बुझाउने सहमति भएको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XZeRNJ via IFTTT
भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ ।
निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन् । भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल अम्बानीको मतदान केन्द्र पुगी मतदान गरेका छन् ।
बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार, अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको छ ।
चर्चित अभिनेत्री रेखा, हेमा मालिनी, माधुरी दिक्षित, काजोल, करिणा कपूर, प्रियंका चोपडालगायत कैयौ अभिनेत्रीहरुको बाक्लो उपस्थिति रहै मतदान केन्द्रमा ।
भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर पनि आफ्ना सम्पूर्ण परिवारसहित मतदान केन्द्र पुगी मतदान गरेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटरमार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् । यी सवै कलाकारले पनि सर्वसाधारणलाई मतदान आफ्नो मताधिकार सुरक्षित गर्न आह्वान गरेका थिए ।
बिहान सात बजेबाट नै १० हजार मतदान केन्द्रलाई खुल्ला गरिए तापनि सो समयमा नै लामो लाइन भएको समाचारमा जनाइएको छ ।
यता बलिउड कलकारको मतदान केन्द्रमा बाक्लो उपस्थिति रहेको छ भने, उता सर्वसाधारणको भने मतदान केन्द्रमा कम मात्र उपस्थिति रहेका समाचारमा जनाइएको छ ।
आम निर्वाचनमा आम जनताको उपस्थिति नै निर्वाचनलाई सफलताको रुपमा लिन सकिन्छ । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2PHqMNe
via IFTTT
सुनिल थापा, नेपाली फिल्म इन्डस्ट्रीको चिरपरिचित भिलेन। सायद तपाईलाई थाहा नहोला की सुनील थापाले आफ्नो करिअरको सुरुवात हिन्दी फिल्मबाट गरेका थिए। सन् १९८१ मा उनले ‘एक दुजे के लिए’ नामक हिन्दी फिल्ममा अभिनय गर्ने मौका पाए। त्यही वर्ष ‘मानव हत्या’ नामक अर्को हिन्दी फिल्ममा उनको भूमिका रह्यो। सन् १९८२ मा ‘आज कि आवाज’ मा अभिनय गरे। त्यही वर्ष उनको पहिलो नेपाली फिल्म ‘मसाल’ रिलिज भएको थियो।
२० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले नेपाली र हिन्दी बाहेक भोजपुरी फिल्ममा पनि अभिनय गरेका छन्। ‘सरकार राज’ उनको पहिलो भोजपुरी फिल्म हो जुन सन् २०१७ मा रिलिज भएको थियो।
नेपाली फिल्ममा उत्कृष्ट अभिनय गरेर २ पटक मोसन पिक्चर अवार्ड पाएका सुनीलले सन् २०१४ मा बलिउड फिल्म ‘मेरी कोम’मा ‘बेस्ट एक्टर इन सपोर्टिङ रोल’को लागि अवार्ड पनि पाए।
हालै उनले फेसबुकमा ३४ वर्ष पुरानो आफ्नो फोटो सार्वजनिक गरेका छन्। कालो सर्ट र सेतो पाइन्ट पहिरिएका उनी चुरोट तान्दै गरेका देखिन्छन्। हेर्नुस उनको तस्विरः
फिल्म भन्दा पहिले उनी मोडल थिए। उनको मोडलिङ करिअर सन् १९७४ मा सुरु भएको थियो त्यो बेलाको बम्बइबाट। सुनील थापा सन् १९५७ मा काठमाडौंमा जन्मेका थिए।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2V32TWn
via IFTTT
काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। एक साता अगाडि क्याप्टेन लामाले एक अन्तरवार्ताका क्रममा तनाव र थकानमा उडान गर्नुपरेको बताएपछि उनलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेको थियो। लामाको जवाफ चित्तबुझ्दो नभएपछि प्राधिकरणले वायुसेवा निगमसमक्ष लामालाई दोहोरो जिम्मेवारी नदिन निर्देशन दिएको थियो।
प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको प्राधिकरणका प्रवक्ताले जानकारी दिए।
प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने पत्र निगम पठाएपछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी निगमले दिएको पौडेलले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LcKT7o via IFTTT
