काठमाडौँ । १६ वैशाखमा गुहेश्वरीको दिव्य हस्पिटल, बालाजुको काठमाडौं दुग्ध वितरण आयोजना (डिडिसी) र लैनचौरस्थित दुग्ध विकास संस्थानको वितरण आयोजनामा अनुगमन भयो ।
अनुगमन गर्न विभागका कर्मचारी रामबहादुर थापा, राजु पुलामी, मानबहादुर वली, प्रदीपकुमार श्रेष्ठ, लोकबहादुर कार्की, जानकी श्रेष्ठ, सावित्रा पन्थी, ओमबहादुर थापा, प्रतिमा श्रेष्ठ, दुर्गा दाहाल र जानबहादुर कार्की गएका थिए । टोलीमा उपभोक्ताकर्मी रञ्जन खनालसहित १२ जना थिए ।
उदाहरण २ १० फर्म, १८ निरीक्षक
२० पुस, ०७४ मा भक्तपुर, जगाती क्षेत्रका ६ खाद्यान्न पसल र व्यासी तथा सूर्यविनायक क्षेत्रका ४ पशुपंक्षीको दाना बिक्री केन्द्रमा अनुगमन भयो ।
विभागबाट तीन टोली बनाएर लक्ष्मण शाही, कालीबहादुर शाही, ध्रुवलाल तण्डुकार, प्रदीपकुमार श्रेष्ठ, कल्पना तिमिल्सिना, सावित्रा पन्थी, राजु पुलामी, रामबहादुर थापा, दुर्गा दाहाल, जमुना थापा, हेमचन्द्र दाहाल, जानकी श्रेष्ठ, ओमबहादुर थापा, प्रकाश धिताल, गणेश केसी र सोनामसिंह तामाङ अनुगमनमा गएका थिए । टोलीमा उपभोक्ताकर्मी शान्ता खनाल र अप्सरा कोइरालासहित १८ जना थिए ।
०६९ मा जारी भएको संयुक्त बजार अनुगमन निर्देशिकाले अनुगमनमा खटिने कर्मचारीलाई भत्ता उपलब्ध गराउने कानुनी व्यवस्था गरेसँगै त्यसको दुरुपयोग हुने क्रम बढ्दो छ । नयाँपत्रिकामा खबर छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Fu9yMB via IFTTT
जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् । भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ। नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको सुरक्षा घेराको स्केच अत्यन्तै गोप्य राखिएको छ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका बेला पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको बताए।
काठमाडौंबाट हेलिकप्टरमा जनकपुर आउने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी तैनाथ रहनेछन्। मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनालाई खटाइएको छ।
दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटिनेछ। राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिनेछ।
सुरक्षाकर्मीले मोदी चढेको हेलिकप्टरको हेलिप्याड, उनको नागरिक अभिनन्दन गरिने मञ्च र पन्डाल तथा कति दूरीमा सर्वसाधारण राख्ने र त्यहाँको सुरक्षा व्यवस्था कसरी मिलाउने, त्यसको स्केच तयार पारेको छ। ‘मोदीको भ्रमणका बेला जनकपुरको शान्ति–सुरक्षाको बन्दोबस्त उच्चस्तरको मिलाइनेछ,’ आन्तरिक मामिलामन्त्री यादवले भने, ‘सुरक्षा बन्दोबस्त कडा हुनेछ।’
वैशाख २८ गते नेपाल भ्रमणमा काठमाडौं पुग्ने भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरबाट जनकपुर आउने कार्यक्रम छ। मोदीको जनकपुर भ्रमणबारे नेपाल र भारतको सरकारले औपचारिक पुष्टि नगरे पनि यहाँ उनको आगमनको तयारी तीव्र पारिएको छ।
डीआईजीको नेतृत्वमा भारतबाट आएका सुरक्षाकर्मीले जनकपुर भ्रमणको क्रममा मोदी पुग्ने रंगभूमि मैदान र जानकी मन्दिरमा विशेष निगरानी बढाएको छ। नेपाली सुरक्षाकर्मीसँग मिलेर भारतीय सुरक्षाअधिकारीले रंगभूमि मैदानदेखि जानकी मन्दिरसम्मको सडकमा अपनाइने सुरक्षा बन्दोबस्त मिलाएको छ।
मोदी रंगभूमि मैदानमा अवतरण गरेपछि सडक मार्ग प्रयोग गर्दै जानकी मन्दिर पुग्नेछन्। रंगभूमि मैदानदेखि करिब ५ सय मिटरको दूरीमा रहेको जानकी मन्दिरसम्म पुग्न मोदीले गाडीको प्रयोग गर्नेछन् कि पैदल यात्रा, त्यो खुलाइएको छैन। सुरक्षाकर्मीले गाडी वा पैदल दुवै अवस्थामा हुने मोदीको यात्रालाई केन्द्रित गरेर सुरक्षाको बन्दोबस्त मिलाएको छ।
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्रालयको टिम मंगलबार यहाँ आउँदै छ। परराष्ट्र मन्त्रालयको टिमले मोदीको जनकपुर भ्रमणको तयारी र अपनाइएको सुरक्षा व्यवस्थाबारे समेत जानकारी लिने स्रोतले बतायो।
मोदीको जनकपुर भ्रमणलाई सुरक्षित बनाउन नेपाली सुरक्षा निकायका उच्च अधिकारीहरू बुधबार यहाँ आउँदै छन्। आन्तरिक मामिलामन्त्री यादवका अनुसार बुधबार जनकपुर आउने उच्च सुरक्षाअधिकारी मोदीको भ्रमण अवधिसम्म यहीँ खटिनेछन्।
मोदीको जनकपुर भ्रमणका बेला करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। आन्तरिक मामिलामन्त्री यादवले मोदीको सुरक्षा बन्दोबस्तका लागि प्रदेशको सुरक्षाकर्मी अपुग भए बाहिरबाट समेत झिकाउने बताए।
मोदीको जनकपुर भ्रमणको सुरक्षाको कमान्ड मन्त्री यादवले आफैं सम्हालेका छन्। उनको अध्यक्षतामा बनेको सुरक्षा समितिमा आन्तरिक मामिला राज्यमन्त्री, मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका सचिव छन्।
सुरक्षा ‘खतरा’ हुन नदिन प्रदेश सरकारले जनकपुर आउने र बाहिरिने मानिसहरूको निगरानी र तथ्यांक संकलन थालेको छ। ट्राफिक प्रहरीलाई यो अवधिमा जनकपुर आउने र बाहिरिने व्यक्तिको सबै विवरण राख्न प्रदेश सरकारले निर्देशन दिएको छ। यहाँको होटल तथा पसलमा समेत निगरानी बढाइएको छ। होटल सञ्चालकलाई ग्राहकको प्रमाण खुल्ने सबै विवरण दुरुस्त राख्न भनिएको छ। सुरक्षाकर्मीले चेकजाँच समेत गरिरहेको छ। कान्तिपुरमा खबर छ
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HIY4GQ via IFTTT
गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिशतको आधारमा एमाले र माओवादीबीच पार्टी एकता कुनै पनि हालतमा नहुने बताएका छन् । पार्टीको आन्तरिक कार्यक्रममा भाग लिन आएका श्रेष्ठले शनिबार पत्रकारसम्मेलनमा बोल्दै सम्माजनक तबरले समानताको नीति अनुरुप एकता हुने बताए ।
‘कुनै प्रतिशतको आधारमा पार्टी एकता हुँदैन, प्रतिशतको महाभारतले अड्ट्कीयो भन्ने होइन,’ उनले भने,‘यो वाहिर चर्चामा आए जस्तो विवाद र समस्याको कुरो हुँदै होइन, अतिरञ्जीत तरिकाले नबुझौँ।’
एकिकृत भएपछि ६० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने पार्टी हुने भएकाले नेता कार्यकताको ब्यवस्थापनमा केही समस्या देखिए पनि जटिल भने नरहेको उनको भनाइ छ। ‘कुन पदमा को बस्ने भन्ने विषय महाधिवेशनले टुङ्ग्याउँछ,’उनले भने,‘भ्रमात्मक प्रचारबाट विचलित नभइ एकीकृत पार्टीको घोषणा छिट्टै गछौँ।’ वैचारीक लाइन फरक रहेको दुई ठुला पार्टीको एकीकरण सहज नभएपनि इतिहासको आवश्यकता र जनताको चाहना मुताविक पार्टी एकता गर्न लागेको उनले दाबी गरे।
दुई अध्यक्ष बिचको छलफल पछि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकता घोषणाको मिति तय गर्ने श्रेष्ठले जानकारी दिए। पार्टी एकताका लागी गठीत कार्यदलले तयार पारेको राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अनुमोदननका लागि अहिले छलफल भइरहेको श्रेष्ठले बताए। २० गते एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको विषयमा छलफल हुने उनले जानकारी दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FnLuux via IFTTT
काठमाडौँ । साढे ३३ किलो सुन तस्करीमा मुछिएका तीन प्रहरी निलम्बनमा परेका छन् । छानबिन समितिमार्फत पक्राउ परेका एसपी विकास खनाल, डिएसपी सञ्जय राउत तथा सई बालकृष्ण सञ्जेल निलम्बनमा परेका हुन् ।
प्रहरी नियमावली अनुसार कर्तव्य ज्यान र सङ्गठित अपराधमा अनुसन्धान सुरु भएसँगै उनीहरू निलम्बनमा परेको हो । प्रहरी प्रवक्ता मनोज न्यौपानेले उनीहरू निलम्बित भएको पुष्टि गर्दै तीनै जनालाई कर्तव्य ज्यान तथा सङ्गठित अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती ९गोरे०का आपराधिक गतिविधमा प्रत्यक्ष संलग्न रहँदै आएका एसपी खनालविरूद्ध मोरङ प्रहरीले बिहीबार कर्तव्य ज्यान तथा सङ्गठित अपराध निवारण म्याद थप गरेको छ । मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
यसै गरी अनुसन्धानको क्रममा बयान दिंदादिंदै भागको इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जय राउत सञ्जयबहादुर राउत र सई बालकृष्ण सञ्जेललाई पनि ७ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मकवानपुर प्रहरी प्रमुख रहेका एसपी खना मङ्गलवार अनुसन्धान समितिमा हाजिर भएका थिए । समितिले मंगलबारै करिब ६ घण्टाभन्दा बढी बयान लिएपछि पक्राउ गरेको थियो ।
राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका थिए । डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । सई सञ्जेल भने महानगरीय अपराध अनुसन्धान महाशाखाका हुन् । जसले साढे ३३ किलो सुन प्रकरणको पहिले अनुसन्धान गरिरहेको थियो ।साढे ३३ किलो सुन सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ । प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Fr8rgq via IFTTT
मकवानपुर। भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ३ लाख ६४ हजार ४ सय ७६ भूकम्प प्रभावित लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्। जून प्रदेशको कूल लाभग्राही ५ लाख ९३ हजार ५ सय १६ मध्ये ६१ दशमलब ४० प्रतिशत मात्र हो। अनुदान सम्झौता गरेका प्रदेशका ५ लाख ४९ हजार ४ सय ९७ मध्ये पनि ३३ दशमलब ६७ प्रतिशत अर्थात् १ लाख ८५ हजार २१ भूकम्प पीडित लाभग्राहीले आवास निर्माण सुरु गरेका छैनन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले आवास पुनर्निर्माण अनुदान पाउन योग्य देशभरका ७ लाख ६७ हजार ७ सय ५ मध्ये प्रदेश ३ को १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ अर्थात् ७७ प्रतिशत रहेको बताए। उनका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैशाख १२ गतेसम्मको तथ्याङ्क अनुसार ५ लाख ३८ हजार १ सय ९७ लाभग्राहीले पहिलो किस्ताको रकम लिएपनि ११ हजार ३ सयले अझै लिएका छैनन्। सबैभन्दा बढी लाभग्राही भएको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोटका सबैले पहिलो किस्ता लिएपनि दोलखा, मकवानपुर, चितवनका धेरैले पहिलो किस्ता नै नलिएका हुन्।
प्रदेशका ५ लाख ९३ हजार ५ सय १६ लाभग्राहीमध्ये ५ लाख ४९ हजार ४ सय ९७ अर्थात् ९२ दशमलब ५८ प्रतिशतले मात्रै अनुदान सम्झौता गरेका छन्। आवश्यक कागजपत्र, जग्गा अभाव लगायतका कारण चितवनबाहेक १२ जिल्लाका लाभग्राही सूचीमा रहेका करिब ७ दशमलब ४२ प्रतिशत अर्थात् ४४ हजार १९ भूकम्पपीडितको अनुदान सम्झौता हुन सकेको छैन।
भूमिहीन र जोखिममा रहेका लाभग्राहीका कारण सम्झौता हुन नसकेको प्राधिकरणले जनाएको छ। प्रदेशमा कूल १९ हजार ७ सय १६ भूमिहीन लाभग्राहीमध्ये संस्था वा गुठीको जग्गामा ७ हजार ४ सय ८०, सरकारी वा सार्वजनिक जग्गामा ८ हजार ७ सय ४९ र अन्य ३ हजार ४ सय ८७ गरी छन्। संस्था वा गुठीको जग्गामा रहेका सबैभन्दा धेरै लाभग्राही सिन्धुपाल्चोक, दोलखा, काठमाडौंका छन् भने सरकारी वा सार्वजनिक जग्गामा सिन्धुली र मकवानपुरमा धेरै लाभग्राही छन्।
प्रदेशमा रहेका १३ हजार २ सय ४४ जोखिममा रहेका लाभग्राहीमध्ये नाबालक÷नाबालिका ७७, अपाङ्गता ९रातो वा निलो कार्ड० १ सय ७५, बृद्ध ६ हजार ५ सय ६० र एकल महिला ६ हजार ४ सय ३२ रहेका छन्।
७ वटा प्रदेशमध्ये सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ को १३ वटै जिल्ला भूकम्प प्रभावित हुन्। नेपालको भूकम्पबाट अति प्रभावित १४ मध्ये १२ जिल्ला र कम प्रभावित १८ जिल्लामध्ये चितवन पनि यस प्रदेशमा पर्छ। देशभर सर्वेक्षण भएका ९ लाख ९६ हजार ५ सय ८२ घरपरिवारमध्ये ७ लाख २७ हजार ६ सय ७६ अर्थात् ७३ प्रतिशत लाभग्राही प्रदेश ३ कै छन्। प्रवलीकरणमा सूचीकृत लाभग्राही २४ हजार ९ सय ९१ मध्ये प्रदेश ३ का ६७ प्रतिशत अर्थात् १६ हजार ७ सय ९७ छन्।
सरकारले निजी आवास पुनर्निर्माण गर्न ३ लाख, निजी आवास प्रवलीकरण गर्न १ लाख, जोखिमयुक्त वस्तीका लाभग्राहीका लागि जग्गा खरिद गर्न २ लाख र भूमिहीन भूकम्प पीडितका लागि जग्गा किन्न २ लाख अनुदान दिने ब्यवस्था गरेको छ।
पुनर्निर्माणतर्फ सबैभन्दा बढी लाभग्राही सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ्गमा रहेका छन् भने प्रवलीकरणतर्फ सबैभन्दा बढी मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली रहेका छन्। १ हजार ४ सय ३३ पुरातात्विक सम्पदाहरुको क्षति भएको ३ नम्बर प्रदेशमा ९ सय ३२ गुम्बामा क्षति पुगेको तथ्याङ्क छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय पुनर्निर्माणसम्बन्धी अन्तरक्रियामा सहभागी प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका साँसद र जिल्ला समन्वय समितिका प्रतिनिधीले पुनर्निर्माण प्रभावकारी नभएको भन्दै रोष प्रकट गरे।
मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माण निक्कै सुस्त भएको भन्दै त्यसको जिम्मा प्रदेश सरकारलाई दिए तिब्र गतिमा गर्ने दाबी गरे। भूकम्प पीडितलाई दिने अनुदानको ३ चरणको किस्ता वितरण अव्यवहारिक भएको भन्दै यही गतिमा पुनर्निर्माण गरिए ५ बर्षमा पनि नसकिने ठोकुवा गरे।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JzHHgb via IFTTT
काठमाडौँ । सरकारले संसदको दोस्रो अधिवेशन वैशाख २३ मा सुरु हुने गरी आहवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २३ गते आइतबार ४ बजे बैठक बस्ने गरी अधिवेशन आहवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिले बैठक आहवान गरेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशन सुरु हुन्छ।
संसद् सचिवालयका अनुसार जेठ १५ मा अर्थमन्त्रीले राजस्व र आयव्ययको अनुमान संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको १५ दिनअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ। त्योभन्दा अघि नै संसद्मा बजेटपूर्व छलफल गराइसक्नुपर्ने हुन्छ। संसद् सचिवालयका अनुसार वैशाख २४ र २५ गते बजेटपूर्व छलफल गराउने योजना छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार २३ गतेको बैठकमा नै संसद सञ्चालन नियमावली मस्यौदा पेस गर्ने कार्यक्रम छ । यसैगरी राष्ट्रपतिले जारी गरेको चार अध्यादेश त्यही दिन पेस हुनेछ । यो अधिवेशनमाबजेट, नीति तथा कार्यक्रमसँगै समानान्तररुपमा विधेयकहरुमाथिसमेत छलफल हुने गौतमले बताए । असार १५ सम्ममा बजेट पास गरिसक्ने क्यालेन्डर बनाइसकेको संसद सचिवालयले जनाएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटका सिद्धान्त र प्राथमिकता ९पूर्वबजेट० पेस गर्नेछन्। त्यसमाथि सांसदहरूले छलफल गर्नेछन्। २०६३ मा जनआन्दोलनको बलमा पुनस्स्थापित प्रतिनिधिसभाले सरकारले सदनमा पूर्ण बजेट पेस गर्नुअगावै त्यसका सिद्धान्त र प्राथमिकतामा छलफल गरी जनप्रतिनिधिको सुझाव समावेश गराउने अभ्यास थालेको हो।
जेठ १ मा राष्ट्रपति भण्डारीबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गर्ने योजना बनाइएको छ। नीति तथा कार्यक्रम संसद्ले पारित गर्नुपर्ने हुन्छ। जेठ १५ मा बजेट पेस गर्नुअघि नै अर्थमन्त्री खतिवडाले आर्थिक सर्वेक्षण पेस गर्नेछन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FnBlOG via IFTTT
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताका बिषयमा छलफल भएको छ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
एमाले र माओवादी केन्द्रबीच यही वैशाख ९ गते पार्टी एकीकरण हुने भनिए पनि अन्ततः केही विषय मिल्न बाँकी भन्दै उक्त दिन पार्टी एकता घोषणा हुन सकेन। त्यसयता दुवै अध्यक्षबीच शुक्रबार पहिलो पटक भेटवार्ता भएको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JzGTrP via IFTTT
