#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/2c0liZP
नायिका कट्रिना कैफको करिअर अहिले सन्तुलीत रुपमा अगाडि बढेको छ । यी नायिका बलिउड करिअरमा सफल मानिन्छिन् । नायक रणवीर कपुरसँगको प्रेममा परेपछि कैफको करिअर ओरालो लागेको थियो । तर, अहिले यी दुई अलग भैसकेका छन् ।
रणवीरको प्रेममा लामो समय परेकी कट्रिना आफूलाई माया गर्ने मान्छे पाएको खण्डमा बलिउड करिअर नै छाडिदिने बताउँछिन् । कट्रिनाले भनिन्(‘पक्कै पनि कोही पुरुषले आफूलाई वास्तविक प्रेम गर्छ भन्ने लाग्छ भने, म बलिउड करिअर छाड्न तयार छु ।’
उनले भनिन्(‘यदि मेरो मनले मलाई घरमै बसेर बच्चा हुर्काउनु भन्छ भने म बलिउड करिअर छाड्न तयार छु । हरेक महिला जस्तै मलाई पनि आमा बन्ने रहर छ । हरेक महिलाले यो कुरालाई पछ्याउछन् भन्ने मलाई लाग्छ ।’
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2bsllfM
via IFTTT
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर आन्दोलनताका क्रममा पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि दबाब दिएका छन् ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा मन्त्री निधिसँग आज भएको भेटवार्तामा मधेसी मोर्चाका नेताहरूले सूचीअनुसार शहीद घोषणा गर्न बाँकी रहेका १६ जनालाई पनि छिटो शहीद घोषणा गर्न दबाब दिएका हुन् ।
मोर्चाका दोस्रो तहका नेताहरू रहेको कार्यदलले सरकारलाई माग पूरा गराउन दबाब दिने उद्देश्य स्वरुप आज गृहमन्त्री निधिसँग भेट गरेको हो । मन्त्री निधिले सहमति कार्यान्वयन प्रक्रियामा रहेको भन्दै छिट्टै मधेसी मोर्चाका माग पूरा हुने बताउनुभएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
मधेसी मोर्चाले ६८ जनालाई शहीद घोषणा र क्षतिपूर्तिका लागि यसअघि नै गृह मन्त्रालयलाई सूची बुझाएको थियो । सरकारले ५२ जनालाई मात्रै शहीद घोषणा गरेको छ । मधेस आन्दोलनका क्रममा मुद्दा लागेका कार्यकर्ताहरूमाथिको मुद्दा खारेज गरी रिहा गर्ने प्रक्रिया सरकारले सुरु नगरेको मधेसी मोर्चाको आरोप छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bPaLly
अर्घाखाँची जिल्लाको हंसपुर गाविसमा आज जिप दुर्घटना हुँदा नौँ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।
जीप खसेको स्थानमा थोरै उकालो रहेकाले ब्याक भएर खसेको हुनसक्ने अनुमान प्रहरीको छ ।
सन्धिखर्कबाट प्यूठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जिप हंशपुर गाविस ५ रतनमोर भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जीपमा १५ जना सवार रहेको बताइएको छ ।
घाइतेहरूको उद्दारमा प्रहरी र स्थानीय सक्रिय रहेका छन् । घटनासम्बन्धी पूर्ण विवरण आइसकेको छैन ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bPaHlF
१२ भदौ, एजेन्सी ।
बलिउडका हट जोडी मानिने क्याट्रिना कैफ र रणबीर कपुरको प्रेम सम्बन्ध अन्त्य भएपछि आफूलाई भएको पीडाको अनुभव क्याट्रिनाले खोलेकी छिन् ।
प्रियंकासँग रोमान्स गरेका ५ प्रेमी (फोटो फिचर)
एक अन्तर्वार्ताका क्रममा क्याट्रिनाले आफूहरुको ब्रेकअपपछिको पीडाबारे खुलेर कुरा गरेकी हुन् ।
रणबीरसँगको ब्रेकअपपछि कस्तो अनुभव भयो भन्ने प्रश्नमा क्याट्रिनाको जवाफ थियो, “हेर्नुस तपाइँलाई पनि थाहा छ मलाई कस्तो भयो होला । सामान्य मानिसलाई जस्तो पीडा देखाउने सुविधा हामीलाई हुँदैन तर म पनि सामान्य मानिस जस्तै दुःखी र पीडित हुन सक्छु” ।
रणबीरसँगको सम्बन्ध टुटेपछि आफू कठिन समयबाट गुज्रिएको बताउँदै क्याट्रिनाले सामान्य मानिस जस्तो सेलिब्रेटीहरुलाई सहज नहुने बताइन् । ब्रेकअपलाई चुनौतीकोरुपमा लिएको बताउँदै क्याट्रिनाले अरुलाई जस्तो पिर परेको दिन काम छोड्ने र अध्यारो मुख लगाएर हिँड्ने सुविधा सेलिब्रेटीहरुलाई नभएको उनको भनाइ छ ।
क्याट्रिनाले अन्तर्वार्ता दिँदा दिँदै उनको आँखामा आँशु टल्पलाएको समेत बलिउड लाइफ डटकमले जनाएको छ ।
यस्तो ठाउँ जहाँ महिलाले विवाहपछि पनि परपुरुषसँग रोमान्स गर्न पाउँछन्
क्याट्रिनाले सेलिब्रेटीहरुलाई पीडा लुकाउन कठिन हुने तर आफूले ब्रेकअपछिको अवस्थालाई आफूलाई सम्हालेर अघि बढ्ने प्रण गरेको समेत खुलासा गरिन् ।
यस अघि क्याट्रिनाले रणबीरसँगको ब्रेकअपबारे यसरी खुलेर कुरा गरेकी थिइनन् । उनले ब्रेकअप भएको स्वीकार गर्दै दुखेसो पोखेको पहिलो पटक हो ।
क्याट्रिना आफ्नो आगामी फिल्म ‘बार-बार देखो’ मा सिद्धार्थ मल्होत्रासँग देखिँदैछिन् । यो चलचित्र ९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।
कस्ता गाडी चढ्छन् बलिउड नायिका? यस्तो छ मूल्य सूची
The post क्याट्रिनाले खोलिन् रणबीरसँग ब्रेकअप भएपछिको पीडा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2bqNVRz
via IFTTT
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2bXMEjz
via IFTTT
