एजेन्सी ।
बलिउड अभिनेत्री विद्या बालनका फ्यानहरुलाई नरामाइलो खवर छ । अभिनेत्री बालन विरामी भएपछि अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनलाई किड्नीमा पत्थरी भएको आशंकामा अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।
विद्यालाई मुम्बइको हिन्दुजा अस्पतालमा राखिएको र डाक्टरले उनको उपचार गरिरहेको पनि समाचारमा उल्लेख छ ।
नयाँ वर्ष मनाउन देश बाहिर जाने तयारी गरिरहेको समयमा विद्या एक्कासी विरामी परेको बताइएको छ ।
नायिका विद्या बालनको वैवाहिक सम्बन्ध धरापमा
विद्या बालनले जन्मदिनमा दिइन सेक्सी पोज…(फोटोसहित)
बलिउडका सर्वाधिक सफल ८ अभिनेत्री (फोटो फिचर)
The post विद्या वालन अस्पताल भर्ना, पत्थरी भएको आशंका appeared first on Nepali Headlines.
from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1Om2qTO
via IFTTT
ताजाखबर। अङ्ग्रेजी नया बर्ष २०१६ को उपलक्ष्यमा (एन.ए.जी) केन्द्रीय समिती र (एनआरएन) क्षेत्रीय समिति युएई फुजेराको आयोजनामा हुन लागेको वृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालबाट लोक गायक पुरुषोत्तम पौडेल र गायिका अनु ढकाल वुधबार बिहान युएई पुगेका छन् ।
बुधबार बिहान (एन.ए.जी)का संरक्षक रतन थापा, (एनआरएन) फुजेरा क्षेत्रका कार्यबाहक अध्यक्ष सागर लुइँटेल, (एन.ए.जी)का दुबई समितीका अध्यक्ष श्री राम प्रसाद ढकाल, (एन.ए.जी) केन्द्रिय सह कोषअध्यक्ष श्री लक्षमण पौडेल, (एन.ए.जी) सारजा समिती उपाध्यक्ष बिष्णु कान्त घिमिरे र कोषअध्यक्ष तारा प्रसाद पाण्डे लगायतले सारजाह अन्तरास्ट्रिय विमानस्थलमा पुगेर उनीहरुलाई स्वागत गरेका थिए ।
उक्त दिन नेपाली टोपी दिवस पनि परेको हुँदा टोपी दिवस पनि मनाउनको लागि जतिसक्दो नेपाली टोपीमा उपस्थित हुन अनुरोध गरिएको कुरा (एन.ए.जी)का संरक्षक श्री रतन थापाले बताए । साथै उक्त्त कार्यक्रममा दुबई सारजाह, रसअल खेमा र अज्मानबाट समेत उल्लेख्य दर्शकको उपस्थित हुने एनआरएन फुजेरा क्षेत्रीय समितीका सचिव शेर सुनारले बताए ।
यहि आउँदो शुक्रबार हुने उक्त्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको र तयारी को लागि (एन.ए.जी.) र (एनआरएन) टिम फुजेरा लगायत (एन.ए.जी) दुबई, सारजाह समिती एनआरएन रसल्खेमा आफ्नो नियमित कामको बाबजुत पनि दिनरात खटिरहेका (एन.ए.जी.)का केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद अधिकारीले जानकारी दिए ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1Om1Sxe
ताजाखबर। सामाजिक अभियन्ता एवं गीतकार प्रकाशपुञ्जको रचनामा तयार भएको गीत बेलायतस्थित लन्डनको साउथ हल स्टुडियोमा रेकर्डिङ गरिएको छ । चर्चित गायिका शर्मिला बर्देवाले गीतमा स्वर दिएकी छिन् । हाल उनी सांगीतिक यात्राको क्रममा गायक आनन्द कार्कीसँगै लन्डनमा रहेकी छिन् ।
गीतको शब्द तथा संगीत उत्कृष्ट र फरक धारको भएकाले आफूले स्वर दिएको गायिका शर्मिला बर्देवाले बताइन् । गायिका बर्देवाका साथमा गायक सपन राईले पनि गीतमा स्वर दिएका छन् भने शिखर सन्तोषको बेजोड संगीत र किरण कँडेलको संगीत संयोजन रहेको छ ।
गीत आइतबार रेकडिङ गरिएको हो । गीतको रेकर्डिङको क्रममा बेलायतमै रहेका गीतकार डा.भोला रिजाल तथा डा.कपिल रिजालको पनि उपस्थित भएका थिए । कुलजित भ्रामरले रेकर्डिस्ट रहेको गीतको छायाकन पनि चाँडै हुने बताइएको छ ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1Om1TBj
मिडिया एनपी, काठमाडौं, १६ पुष । मलेसियाले आफ्नो मुलुकमा गैरकानुनी अवस्थामा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको समयावधि बिहीबार (डिसेम्बर ३१) सकिँदैछ ।
यसैवर्षको सुरुदेखि यही डिसेम्बर ३१ तारिख सम्म स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारलाई समयावधि दिएको मलेसियाले उक्त समयावधि सकिएपछि फेरि थप्ने नथप्ने बारे केही खुलाएको छैन् ।
मलेसियामा भिसाको म्याद सकिँदा, दललाको फस्दा लगायतका विभिन्न कारणले गैरकानुनी रुपमा करिब १० लाख आप्रवासी कामदार रहेको अनुमान गरिएको छ । कानुनी रुपमा भने करिब २१ लाख आप्रवासी कामदार रहेका छन् ।
‘स्वेच्छिक फिर्ती कार्यक्रम’ (थ्री प्लस वान् भोलुन्टार्ली डिपोर्टेसन प्रोग्राम) नाम दिइएको उक्त अवसरको सदुपयोग गर्दै गत १६ महिनामा करिब ४५ हजार नेपालीहरु स्वदेश फर्केका बताइएको छ । र अहिले पनि १० हजार नेपाली गैरकानुनी अवस्थामा रहेको हुनसक्ने आंकलन गरिएको छ ।
The post मलेसियाले अवैध कामदारलाई स्वदेश फर्कने दिएको समयावधि सकिँदै appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1R0hMji
via IFTTT
एजेन्सी– मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ । त्यसलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।
आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।
सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।
मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् । १०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।
बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।
शुक्रबार
१.शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
१२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।
शनिबार
१.शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ ।
८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
१०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।
(श्रोतः विभिन्न एजेन्सीहरु ) –
## News source from Zoomnp
via IFTTT
काठमाडौं, पुस १६ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण विश्वभर भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ ।एन निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी पर्ने र केही भागमा भने बाढीपहिरोको जोखिमबढ्ने नासाले चेतावनी दिएको छ । यस्तो परिस्थिति हरेक दुईदेखि सात वर्षको अन्तरालमा आउने गर्दछ ।
एल निनोको सबैभन्दा नराम्रो प्रभाव १७ वर्षअघि सन् १९९८ मा देखिएको थियो । आगामी वर्षको अवस्था सन् १९९८ को भन्दा पनि खराव हुनसक्ने जनाइएको छ ।
सबैभन्दा बढी प्रभाव अफ्रिकी क्षेत्रमा हुने र त्यहाँ आगामी फेब्रअरीमा चरम खाद्य संकट हुने अनुमान गरिएको छ । यही मौसमी चक्रकै कारण सन् २०१५ को विश्वको तापक्रम अहिलेसम्मकै उच्च हुन सहयोग पु¥याएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
भूमध्यरेखामा पर्ने प्रशान्त महासागरसँग सम्बन्धित मौसमी चक्रअन्तर्गत तातो हुने अवधिलाई एल निनो र चिसो हुने अवधिलाई ला निना भनिन्छ ।
सन् १९९८ को एल निनोका कारण विश्वका धेरै देशमा भीषण बाढी तथा केही देशमा सुख्खा भएको थियो ।
उपग्रहबाट प्राप्त तस्वीरका अनुसार सन् १९९८ को भन्दा पनि खराब आगामी वर्ष हुने देखिएको नासाले जनाएको छ । (एजेन्सी)
## News source from Zoomnp
via IFTTT
चर्चित तानाशाह हिटलरको एउटा मात्र अण्डकोष रहेको पुष्टि भएको छ । हिटलरका चिकित्सा कागजातको अनुसनधानका क्रममा उनको एउटा मात्र अण्डकोष रहेको कुरा पुष्टि भएको एउटा जर्मन मिडियाले जनाएको छ । यो सँगै एउटा बेलायती लोकपि्रय गीत वन्ली गट वन बल को दाबी पुष्टि भएको छ ।
हिटलरको एउटा मात्र अण्डकोष रहेको र एउटा अण्डकोष पहिलो विश्वयुद्धको लडाइँमा सेनाको हैसियतले लड्ने क्रममा गोली लागेर झरेको भन्ने हल्ला यसअघि चल्दै आएका थिए ।
तर सन् १९२३ मा हिटलर जेलमा छँदाताकाका उनका स्वास्थ्य परीक्षण रिपोर्टको अध्ययनले उनको दायाँ अण्डकोष नभएको पुष्टि गरेको हो । उनमा राइट साइड क्रिप्टोर्किडिज्म अर्थात् दायाँ अण्डकोष तल थैलीमा आउन नसक्ने रोग रहेको बताइएको छ ।
हिटलरको स्वास्थ्य परीक्षण सम्बन्धी डाक्टरको पूरै रिपोर्ट सन् २०१० मा एक लिलामीका क्रममा फेला परेको थियो ।
जर्मनीको चर्चित पत्रिका बिल्डका अनुसार डाक्टरको त्यो रिपोर्ट हेर्नेबित्तिकै एकजना अनुभवी चिकित्सा अधिकारीले हिटलरको एउटा अण्डकोष नभएको कुरा पत्ता लगाइहाले । इतिहासविद पिटर फ्लेस्चम्यानले पनि दस्तावेज अध्ययन गरेका छन् ।
## News source from Zoomnp
via IFTTT
