काठमाण्डौ। नेपाली नाटक ‘लक्ष्मीकान्त’ जापानको टोकियोस्थित ‘युनियन अफ थिएट्रिकल कम्पनिज फर चिल्डे«न एन्ड योङ पिपुल र आसितेज जापान’द्वारा आयोजित ‘नेक्स्ट जेनेरेसन प्रोग्राम एसिया–२०१५’ एकल पात्र नाटक महोत्सवका लागि छानिएको हो । यो नाटक काठमाडौंको लोकदृष्टि थिएटरले तयार पारेको हो ।
‘कार्यक्रममा विभिन्न देशका एकल नाटक मञ्चन हुनेछ । यो नाटकमा लक्ष्मीकान्त नामक एकल पात्रको जीवनमा भएका केही महत्वपुर्ण घटनालाई दैनिकी लेखनको शैलीमा उतारिने निर्देशक प्रेम पौडेलले जानकारी दिए । कथाअनुसार नेपालीको कुनै एउटा बेलटारी गाउँमा जन्मेका उनी सानैदेखि जिज्ञासु थिए । त्यसैले उनले आफ्नो जीवनका महत्वपूर्ण घटना डायरीमा लेखेर राख्दै आए ।
सोही डायरीमा समेटिएका विविध प्रसंगमा नाटक केन्द्रित छ । नाटकमा सो पात्रको गाउँका विविध समस्या तथा गाउँलेको चरित्रलाई एकल पात्रले विभिन्न भावभंगीबाट प्रस्ट्याउँदा नाटक रोचक रूपमा अघि बढ्ने यसका कलाकार निर्देशक पौडेलले जानकारी गराए ।
## News source from Zoomnp
via IFTTT
अम्बाको मौसम सुरु भैसकेको छ । हरेक तरकारी तथा फलफूल पसल र ठेलामा पाकेका अम्बाको व्यापार समेत फस्टाउन थालेको छ । अम्बामा सुन्तलाको तुलनामा चार गुणा बढी भिटामिन सी पाइन्छ भने मानव प्रतिरक्षा प्रणालीलाई फाईदा पुर्याउने तत्व पनि प्रशस्तै पाइन्छ ।
मधुमेहः
अम्बाको सेवनले मधुमेहको असर कम हुन्छ । अम्बाको नियमित प्रयोग गर्ने हो भने शरिरमा चिनीको मात्रा घटाउन मद्धत हुन्छ ।
छालाको रोगः
अम्बाको प्रयोग छालासम्बन्धि रोगमा समेत गर्न सकिन्छ । अम्बामा प्रशस्तै भिटामिन सी र ए पाईन्छ । यसले छालामा चमक दिनुका साथै फुट्ने समस्यामा समेत काम गर्छ ।
पाचन प्रणालीः
अम्बामा प्रशस्तै फाइबर पाइने हुनाले पाचन प्रणालीमा समेत अम्बाको प्रयोग उपयुक्त हुन्छ । यदी तपाईंलाई अपच हुने समस्या छ भने अम्बाको नियमित सेवन गर्नुस् ठीक हुनेछ ।
क्यान्सरः
अम्बामा लाइकोपीन र क्वरसिटिन नामक तत्व पाइन्छ । यो तत्वले मानव शरिरमा क्यान्सर रोग विरुद्ध लड्न सहयोग गर्छ । स्तन, छाला र प्रोस्टेट क्यान्सरबाट बचाउन अम्बा सहयोगी सावित हुनसक्छ ।
आँखाको समस्याः
अम्बाले आँखा समेत स्वस्थ राख्न सहयोग पुर्याउँछ । आँखाको सुन्रदता र आँखा स्वस्थ राख्नमा अम्बाले सहयोगी भूमिका निर्वाह गर्नसक्छ ।
रक्तचाप र दिमागः
अम्बाले दिमागलाई समेत सन्तुलन र ताजा राख्न सहयोग पुग्छ । अम्बाको प्रयोगले रगतको वहावमा सुधार आउँछ र दिमागसम्म यसको पहुँच पुग्छ । यसले रक्तचाप सन्तुलनमा राख्न सहयोग गर्छ ।
तनाव कम गर्छः
अम्बामा प्रशस्तै म्याग्नेसिम पनि पाइन्छ । जसका कारण तनाव कम हुन्छ । अम्बाको नियमित सेवनले मन र दिमाग शान्त हुन्छ ।
गर्भवस्थामा समेत उपयोगीः
अम्बामा भिटामिन बी नाइन पाइन्छ । जुन गर्भवती महिलाका लागि निकै जरुरी मानिन्छ । अम्बाले गर्भमा रहेको बच्चालाई स्वस्थ राख्न सहयोग गर्छ ।
दाँतको दुखाईः
अम्बाको पात चपाउनाले दाँत दुखाई कम हुन्छ । यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, जसले किटाणुसँग लडेर दाँतलाई स्वस्थ राख्न सहयोग गर्दछ ।
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। पूर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नी लियोन शनिबार दोस्रो पटक पति ड्यानिअल वेबरसँगै काठमाडौं आएकी छन् । गतवर्ष चैतमा पनि उनी पति ड्यानिअलसँग निजी भ्रमणमा आएकी थिइन् ।
शनिबार बिहानै उनले आफ्नो इन्स्टाग्राममार्फत् नेपाल भ्रमण बारेमा जानकारी दिएकी थिइन् । ‘संसारमा मलाई मनपर्ने मध्येको एक ठाउँ नेपाल जाँदैछु । एकदम उत्साहित छु’ पति ड्यानिअलसँगको फोटोसमेत पोष्ट गर्दै सन्नीले लेखेकी छिन् ।
उनले त्यसयता ‘रागिनी एमएमएस-२’, ‘हेट स्टोरी-२’ र ‘सुट वाउट एट वाड्ला’ सहितका चलचित्रमा अभिनय गरिसकेकी छन् ।
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। निष्प्रभ सजीको पहिलो उपन्यास ‘डार्लिङ हार्बर’ को विमोचन गरिएको छ । साहित्यकार मुकुन्दशरण उपाध्यायले उपन्यासको विमोचन गरेका हुन् । विमाचेनपछि लेखकहरुले पुस्तकमाथि टिप्पणी गरेका थिए ।
साहित्यकार मुकुन्दशरण उपाध्याय, नयनराज पाण्डे, बुद्धिसागरलगायतले उपन्यासको विमोचन गरेका हुन् । लेखक बुद्धिसागर र नयनराज पाण्डेले सो उपन्यासको प्रतिक्रियात्मक समीक्षा गरे । निष्प्रभको लेखाइ नयाँ आख्यानकारको जस्तो नभएर लामो अनुभवपछि लेखिएकोजस्तो भएको बुद्धिसागरले बताए । आख्यानकार नयनराज पाण्डेले नाकाबन्दीले पुस्तक बजार थला परेका बेला डार्लिङ हार्बर सार्वजनिक हुनु आफैंमा सकारात्मक भएको प्रतिक्रिया दिए ।
प्रेमलाई केन्द्रमा राखेर उपन्यास लेखिएको भन्दै उनले पाठकले पनि लेखकलाई प्रेम गर्ने बताए । लेखक सजीले आफुले बिताएको समयको बिम्बका रूपमा उपन्यास लेखेको बताए । उपन्यासमा डायस्पोराको जीवनका बारेमा पनि धेरथोर उल्लेख भएकाले सबै वर्गका पाठकलाई यसले छुने उनको दाबी थियो ।
बुकहिलले बजारमा ल्याएको २ सय ३२ पेजको उपन्यासको मूल्य ३ सय ५० रुपैयाँ राखिएको छ । शनिबार राजधानीको शिल्पी थिएटरमा विमोचनअघि उपन्यासको सार समेटिने नाटकसमेत मञ्चन गरिएको थियो ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, कञ्चनपुर, १३ मंसिर । नेपाल बन्द गरेर भारतीय नाकाबन्दी विरुद्ध उत्रेको नेत्रविक्रम चन्द विप्लव माओवादी कार्यकर्ताले आइतबार बिहान कञ्चनपुरमा भारतीय जीप तोफोड गरेका छन् ।
आइतबारका लागि नेपालबन्दको आह्वान गरेका विप्लव माओवादीका कार्यकर्ताले कञ्चनपुरको भीमदत्तनगर बजारमा एचआर २६ जेड ०२२७ नम्बरको भारतीय जीप तोडफोड गरेका हुन् । प्रहरीका अनुसार चम्मन चोकबाट गड्डाचौकीतर्फ गइरहेको उक्त जीप माओवादीका कार्यकर्ताले तोडफोड गरेका हुन् । यद्यपी तोडफोड गरिएको जीपलाई सुरक्षा दिई नेपाल भारत सीमा क्षेत्र गड्डाचौकी पार गराएको छ ।
जीप तोडफोड र यातायात साधन सञ्चालनमा अवरोध पुर्याएको आरोपमा माओवादीका महाकाली इन्चार्ज देवीदत्त पाण्डेयसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । माओवादीले भारतीय सवारी साधनलाई निसाना बनाउन थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले भारतीय सवारी साधनलाई सीमाना मै नेपाल आउन रोकेको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Re6Ayf
via IFTTT
नाकाबन्दीविरुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण कास्कीको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार क्षेत्रमा पसल फाट्टफुट्ट खुलेका छन् ।
बिहानको समयमा सञ्चालन हुने शैक्षिक संस्थाको पठनपाठन पनि प्रभावित भएको छ ।
बिहान कास्कीका विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने २७ जनालाई लेखनाथ र पोखराका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता कृष्णबहादुर बल्लीले बताए।
उनका अनुसार लेखनाथ नगरपालिका क्षेत्रबाट सातजना र पोखरा उपमहानगर क्षेत्रबाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । रासस
## News source from Zoomnp
via IFTTT
फिल्ममा अभिनय गर्दै सुन्दरताको लागि प्रख्यात नायिकहरु विश्वमा प्रशस्त छन्। तर ठुला पर्दामा नदेखिने, म्यागजिनको कभर, रेड कार्पेटमा क्याटवाक गर्दै सुन्दरता प्रस्तुत गर्ने मोडलहरु पनि कम छैनन। भलै नायिका झै विश्वव्यापी चर्चा नहोला, तर मोडलिङको दुनियाँ छुट्टै छ।
विश्वकै सबैभन्दा चर्चित मोडलको कमाइ कति होला? यी हुन सन् २०१५ का सबैभन्दा धनी मोडल। आफ्नो सौन्दर्यताले मानिसको आखामा बसेका यी सुन्दरीहरु उमेरमा बने बढी छैनन। मोडलिङ गरेर विश्वका धनी मोडल बनेका यी हुन १० सुन्दरी।
१. गिसेल क्यारोलीन
ब्राजिलकी यी मोडलले यो वर्षले सर्वाधिक कमाइ गरिन। गिसेल २०१५ मा ४४ मिलियन डलर कमाइ गर्दै विश्वकै सबैभन्दा धनी मोडल बनेकी छिन।
२. कारा डेलेविङ्ग्ने
१० वर्षको उमेर देखि मोडलिङ गरेकी काराले सन् २०१५ मा ९ मिलियन डलर कमाइ गरिन।
३. एडरियाना लीमा
९ मिलियन डलर कमाइ सहित ब्राजिल की एडरियाना तेस्रो स्थानमा छिन। एडरियानाले स्कुलमै भएको एक सौन्दर्य प्रतियोगिता जितेपछि मोडलिङ करिअर सुरु गरेकी थिइन।
४. डटजेन क्रोएस
डटजेन यो वर्ष ७.५ मिलियन डलर कमाइ गर्दै धनी मोडलको चौथौ स्थानमा छिन्।
५. नटालिया मिखेलोवना
रुसकी सुपरमोडल नटालिया मिखेलोवनाले सन् २०१५ मा ७ मिलियन कमाइ गरिन। निकै गरिब परिवार बाट आएकी नटालिया मोडलिङ भन्दा पहिले सडकमा खानेकुरा बेच्ने गर्थिन।
६. मिरान्डा केर
१३ वर्षको उमेर देखि मोडलिङ सुरु गरेकी मिरान्डाले यो वर्ष ५.५ मिलियन डलर कमाइ गरिन।
अर्धनग्न तस्बिरको लागि प्रख्यात, मिरान्डाका १४ तस्बिर
७.जोआन स्माल्स
५.५ मिलियन कमाइ सहित सबैभन्दा बढी कमाइ गर्ने मोडलको सूचीको सातौंमा छिन् जोआन स्माल्स।
८.लारा क्याथरिना
नेदरल्याण्डकी लारा क्याथरिना स्टोनले यो वर्ष ५ मिलियन डलर कमाइ गरिन। लाराले १५ वर्षको उमेर देखि मोडलिङ सुरु गरेकी थिइन।
९.एलेसान्ड्रा कोरीन
ब्राजिककी मोडल एलेसान्ड्रा कोरीन ५ मिलियन डलर सहित नवौ स्थानमा छिन। १२ वर्षको उमेर देखि मोडलिङ सुरु गरेकी एलेसान्ड्रा १४ वर्षको उमेर देखि चर्चामा आएकी थिइन।
१०. क्यान्डिस स्वानपोएल
दशौं स्थानमा छिन् क्यान्डिस स्वानपोएल। दक्षिण अफ्रिकाकी यी मोडलको यो वर्षको कमाइ पनि ५ मिलियन डलर छ। क्यान्डिसले १५ वर्षको उमेर देखि मोडलिङ सुरु गरेकी थिइन।
यो पनि पढ्नुस्।
उमेर लुकाएकी मोडलको तस्बिर र भिडियो भाइरल (भिडियो सहित)
विश्वका ७ चर्चित मोडल (फोटो फिचर)
अमेरिकाकी पहिलो सुपर मोडल – फोटो फिचर
The post बर्षका सबैभन्दा धनी मोडल appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1IheTHz
via IFTTT
