एनजीओले यो कामको सुरूवात निकै राम्रा खाले कण्डमको निर्माण होस् भन्ने चाहनाले गरेको बताइएको छ । बजारमा पाइने कण्डमहरुले सबैलाई समेट्न नसकेको तथा ग्राहकहरुको आवश्यकता अनुरूप नभएको, ग्राहकले कन्डम प्रयोग गर्दा समेत हिच्किचाउनु परेको कारण आफूहरुले यस्तो प्रतियोगिता गरेर उत्कृष्ट खाले कण्डमलाई प्रोत्साहन गर्ने बताएको छ ।
Sourece - http://www.nepaliheadlines.com/bill-gates-offers-80-lakh-for-better-quality-condom/
मिडिया एनपी, काठमाडौं, १५ असार । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नयाँ संविधानमा किसानको हकहित, उन्नति र प्रगतिका लागि विषेश कृषि नीति अख्तियार गर्नुपर्ने बताएकी छिन् ।
असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवसको अवसरमा मंगलबार आम नेपाली किसान समुदायलाई सुभकामना सन्देश दिँदै नेतृ कोइरालाले भावी संविधान किसान मैत्री हुनुपर्नेमा जोड दिइन् ।
पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री समेत रहेकी नेतृ कोइरालाले यस वर्ष मनसुनले किसानलाई साथ दिने विश्वास व्यक्त गरिन् । नेपाल कृषि प्रधान देश भएको र यहाँ ८१ प्रतिशत किसान रहेकाले असार पन्ध्रको छुट्टै महत्व रहेको र मानो रोपेर मुरि फलाउने दिनका रुपमा लिइदै आएको यस दिनलाइ सबैले बिषेश दिनका रुपमा लिनु पर्ने उनको भनाइ छ । कोइरालाले सबै नेपालीहरुलाई दहि चिउरा खाएर आसार पन्ध्र खुशियालीका साथ मनाउन पनि आग्रह गर्नु भरिन् ।
The post विशेष कृषि नीति अख्तियार गर्नुपर्ने नेतृ सुजाताको भनाइ appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1HrvbuS
via IFTTT
गायक प्रलाद तिमल्सिना एक बहुप्रतिभाशाली गायक हुन् । बिजनेश हुदैं गायकक्षेत्रमा प्रवेश गरेका गायक प्रलाद निकै छोटो समयमा गायकक्षेत्रमा चम्केका व्यक्तिको रुपमा चिनिन्छन् । गाला रात्तै, बट स्लोली स्लोली लगायतका केहि चर्चित गीत गाएपछि उनको माग र चर्चा यति बेला नेपाली बजारमा व्यापक छ । पहिलो सोला एल्बम महक बजारमा ल्याएका उनी हाल महक २ नामक एल्बमको तयारीमा रहेको बताउँछन् । उनै चर्चित गायक प्रलाद तिमल्सिनासँग राष्ट्रिय खबरडटकमका सह—सम्पादक मनिष दाहालले गर्नुभएको कुराकानी :
१.अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले नयाँ नयाँ गीतहरु र मेरो आफ्नै दोस्रो एल्बम महक २ बजारमा ल्याउने तयारी गरिरहेको छु ।
२.तपाईलाई सबैले बुझ्ने र सजिलै चिन्ने केहि चर्चित गीतहरु छन् ?
सबैलाई सबैले चिन्ने भनेको गाला रात्तै, बट स्लोली स्लोली लगायतका गीतहरु हुन् ।
३.तपाई बढि मात्रामा डासिङ गीतहरु गाउँनुहुन्छ, वियोगान्त गीतहरु गाउँन कठिन हुन्छ हो ?
त्यस्तो होइन । सुरुमा पनि मैंले वियोगान्त गीतहरु नै गाएको हुँ । मलाई संगीतकारहरुले जसरी दिनुहुन्छ मैले त्यहि अनुसार नै गाउँने हो । त्यसैले वियोगान्त गीत गाउँन गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन ।
४.चलचित्र सफल भएपछि सोहि चलचित्रको सिक्वेल निर्माण गर्ने चलन जस्तै बनेको छ । तपाईले पनि पहिलो एल्बम महक राम्रो चलेपछि यसैको सिक्वेल भनेर महक २ ल्याउन खोज्नुभएको हो ?
सिक्वेल चाहि किन गरेको भन्दा नाम नयाँ जुराउँनुभन्दा पहिलाको नामबाट पनि अलि फलिफाप भएको र दोस्रो फेरी अर्को नयाँ नाम राख्दा अलि अफाप हुने होकी भनेर महकलाई नै महक २ नाम राखेर नयाँ एल्बम ल्याउन लागेको हुँ ।
५.यो एल्बममा कस्ता गीत छन् ?
एउटा डासिङ खाल्कै गीत छ भने अरु चाहि सेटिमेन्टल गीतहरु छन् ।
६.एउटा साधारण मानिसले जिउँने जिन्दगी र एउटा गायकले जिउँने जिन्दगी निकै फरक हुन्छ होइन ?
मलाई चाहि त्यस्तो लाग्दैंन । एउटा राजाले खाने पनि पेटभरी खाने हो र एउटा लेभरले खाने पनि पेटभरी हो तर खाइकीमा चाहि जुन हुन्छ त्यो चाहि फरक हुन्छ । नभएर त्यस्तो आकाश पतालकै फरक हुन्छ जस्तो चाहि मलाई लाग्दैन ।
७.एउटा गायक के कारणले बाँच्छ ?
नेपाली बजारमा हेर्ने हो भने स्टेजले नै बाँच्छ ।
८.तपाई चाहि स्टेज कार्यक्रममा कतिको देखिनु भएको छ ?
यो बर्ष देखी देखिएको छु । मेरो गायनक्षेत्र भन्दा पनि मेरो अर्को क्षेत्र बिजनेश पनि छ । त्यसैले पहिला मैले समय दिन सकिरहेको थिइन तर यस बर्षदेखी विभिन्न स्टेज कार्यक्रममा पनि देखिएको छु ।
९.एउटा गायकले गीत गाएर मात्रै बाँच्न सक्छ ?
अहिलेको अबस्थामा बाँच्न सक्ने अबस्था म देख्छु । एल्बम बेचेएर, टिभिमा देखिएर मात्र एउटा गायक बाँच्न सक्दैन तर स्टेज देखी अन्य कार्यक्रममा पनि सहभागी हुने हो भने अहिले नेपाली बजारमा गायक राम्रैसँग बाँच्न सक्छ ।
१०.पछिल्लो समय नेपाली गीत ,संगीतमा पनि धेरैं व्यक्तिहरु भित्रिरहेका छन् । एउटा नयाँ गायक संगीतक्षेत्रमा भित्रियो भने पुरानो गायक विस्तापित हुने कत्तिको सम्भाबना छ ?
म चाहि त्यस्तो देख्दिन । आफु भित्र कस्तो कला र दर्शक स्रोताले कस्तो रुचाउनुहुन्छ त्यसैमा भर पर्छ ।
११.अब पारिवारिक कुरा गरौं । कहाँबाट आउँनु भयो काठमाडौं ?
हाम्रो पुर्खाहरु चाहि काभ्रेबाट आउनुभएको हो । म जन्मेको चाहि हेटौंडा मकवानपुर जिल्लामा हो । म हेटौडा हुदै काठमाडौ छिरेको हुँ ।
१२.गीत संगीतको रुची चाहि कसरी भयो ?
म सानै देखी गीत संगीतको निकै ठुलो पारखी हुँ । सानै देखी म स्कुलमा आयोजना हुने विभिन्न कार्यक्रममा गाउँने गर्थे । र केहि पटक गाएर नै पहिलो समेत भएको छु । त्यसैले यो क्षेत्रमा मेरो सानै देखीको रुची हो ।
१३. तपाई बिजनेश गर्ने व्यक्ति पनि अनि गीत संगीतमा लाग्नु भएको छ । कतिको गाह्रो हुन्छ समय निकाल्न ?
गाह्रो भएर नै हो मैले केहि समयदेखी गीत संगीतलाई समय दिन सकिरहेको थिइन । तर अहिले केहि सजिलो छ त्यसैले अहिले गीत संगीतलाई पनि समय छुट्याउदै गएको छु ।
१४. के देख्नु भयो यो क्षेत्रमा ?
यो आफु भित्रको एउटा इच्छा पनि हो । यो काम आफ्नो कला र गलाबाट गर्न पाइन्छ भने किन नगर्नु भनेर यो क्षेत्रमा लागेको हुँ । र यो क्षेत्रबाट एउटा पहिचान दिने अलग घार पनि हुन्छ ।
१५.एउटा गायक हुनका लागि चाहिने खुबी चाहि के हो ?
सुरुमा चाहि गीत बुझ्नु पर्छ, मिठासपना हुनु पर्यो, गीत सुन्दा अरुलाई आनन्द आउनु पर्यो ।
१६.पछिल्लो समय पैसाको दमले पनि यो क्षेत्रमा नयाँ गायक, गायिकाहरु भित्रिरहेका छन् हैन ?
अहिलेको जमनामा पैसा नभए केहि पनि हुदैन । र यो क्षेत्रमा लाग्नका लागि पैसा पनि आवश्यक छ ।
१७.विदेशिने सोच बनाउँनु भएको छ की छैंन ?
मेरो बिजनेश यहि भएका कारणले गर्दा त्यस्तो सोच भने बनाएको छैंन ।
१८.यो क्षेत्रलाई व्यबस्थित बनाउन के गर्नुपर्छ जस्तो लाग्छ तपाईलाई ?
पाइरेसी सबै भन्दा ठुलो बिडम्बना हो अहिले । सरकारले यो विषयमा कडा निती ल्याएर अगाडी बनाउन सके व्यबस्थित हुन्थ्यो कि जस्तो मलाई लाग्छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1RODli6
via IFTTT
मिडिया एनपी, महोत्तरी, १५ असार । महोत्तरीमा एक आठ वर्षीषा बालिका बलात्कृत भएकी छिन् । महोत्तरीको हरिहरपुर हरिणमरीमा सोमबार साँझ स्थानीय ७० वर्षीय मटर साफीले आठ वर्षीया बाललिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घर नजिकैको वनतिर खेल्न गएको मौका छोपी भैँसी चराइरहेका मटरले उनलाई ललाइफकाई वनमा बनाइएको छाप्रोमा लगेर बलात्कार गरेको बताइएको छ । मटरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र जबरजस्ती करणी मुद्दा चलाउने तयारी गरिरहेको छ ।
The post ७० वर्षे वृद्धले ८ वर्षीया बालिकालाई बलात्कार गरे appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1NrD9EX
via IFTTT
३७ बर्षिया अमेरिकन मोडल जेनिफर निकोल ली आफ्नो सुन्दरता कायम राखिरहन फलफुलको साहेता लिन्छिन । उनी नियमित रुपमा केरा, स्याउँ, अनार लगायतका फलफुल सेवन गर्ने गर्छिन् । उनी आफ्नो छाला चम्किलो बनाउँन र फुर्तिलो बनाउँन पनि फलफुलले सहयोग गरेको बतउछिन् । त्यसैले उनी आझै पनि कुनै भर्खरका २० २२ बर्षका मोडल भन्दा कम छैनन् ।
३७ बर्षिया यि मोडलको शरीर हेर्दा अझै पनि धेरै अचम्ममा पर्छन् । फलफुलमा पनि उनी अत्याधिक मात्रामा केरा सेवन गर्दछिन् । यसैले पनि उनको अनुहारमा यति धेरै चमकता देखिएको हुनुपर्छ भन्ने धेरेको अनुमान सहि साबित भएको छ । हालै मात्र जेनिफर विकिनी लगाएर मस्ती गरिरहेको समयमा भेटिएकि थिइन ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1C3UliS
via IFTTT
हरेक बर्ष प्रकाशन गर्ने फोब्र्स पत्रिकाले धनीमध्येको सूचिमा गायकी जोडी टेलर स्विफ्ट र क्वैलिन हेरिसको जोडी रहेको उल्लेख गरेको छ । सार्वजनिक तथ्यांकमा फोब्र्स पत्रिकाले भनेको छ तीन महिनादेखि प्रेममा रहेका टेलर र हेरिसले बितेका वर्षमा १४.६ करोड डलर कमाएका थिए । गत वर्षका धसिन जोडी बियोन्से र जे.जी.ले भने ११ करोड डलर मात्र कमाएको रेकर्ड छ। टेलरको ‘१९९८’ नामको एल्बम सन् २०१४ मा धेरै बिक्रि भएको एल्बममा परेको थियो । साथसाथै फोब्र्सले संसारकै महँगो डिजे घोषित गरेको क्वैलिनले गएको वर्षमा ६.६० डलर कमाइ गरेका थिए । उनीहरुले आफ्नो व्यवसायबाट राम्रै मुनाफा लिइरहेको पनि बताइन्छ। जहाँ उनीहरुले सोनी, केड्स, डाइट, कोक जस्ता ब्राण्डहहरु उपलब्ध हुन्छन्। उनीहरुले यस वर्षको अन्त्यसम्म संसारमै चर्चित बनाउने योजनामा एउटा एल्बम ल्याउने तयारी गरिरहेको पनि बताइएको छ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1LF1BES
via IFTTT


