जापान सरकारले नेपालका भूकम्प पीडितका लागि करिब आठ सय मिलियन अमेरिकी डलर (करिब ८० करोड रुपैयाँ ) बराबरको सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
जापान सरकारले आपत्कालीन अनुदान सहयोगअन्तर्गत उक्त रकमका साथै पीडितका लागि मानवीय सहयोग गर्न उद्धार टोली र राहत सामग्री पनि सँगै पठाउँदैछ ।
नेपालस्थित जापानी दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार प्रभावकारी उद्धार र पुनःस्थापनाका लागि निरन्तर सहयोग गरिने जनाइएको छ ।
from Taja News Online http://ift.tt/1P1FyFu
via IFTTT
गत शनिबार र त्यसपछि पटक पटक आएका भूकम्पका कारण नेपालमा महाविपत्ति निम्तिएको छ । मृतकको संख्या कति पुग्छ अनुमान गर्न सक्ने अवस्था छैन । मृतकको संख्या घण्टा घण्टामा बढ्दै गएको छ । घाइतेहरुको अवस्था पनि उस्तै छ ।
(19)विश्वसम्पदा सूचिमा सूचिकृत ऐतिहासिक धरोहर, घर लगायतका भौतिक सम्पत्ति तहस नहस भएका छन् । कतिपय स्थानका भग्नावशेषमा उद्धार टोली पुग्नै सकेका छैनन् । घरबार विहीन भएकाहरु राहत, उद्धार र पुनःस्थापनाको पर्खाइमा छन् । भोकै, प्यासै खुला आकाशमुनि बस्न उनीहरु बाध्य छन् ।
स्वदेश तथा विदेशबाट राहत र उद्धारको लागि नेपाललाई सहयोग आउनेक्रम जारी छ । तर, वास्तविक पीडित समक्ष राहत अझै पुग्न नसकेको जनगुनासो बढ्दै गएको छ । सरकारले भने सबै शक्ति लगाएर राहत, उद्धार र पुनःस्थापनाको कामलाई तिव्रता दिएको छ ।
महाभूकम्पको महाविपत्तिमा सरकारले गरिरहेको कामप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? आफ्नो मत व्यक्त गर्नुहोला ।
१. विपत्तिकोबेला यस्तै हो, सरकारले गरिरहेको काम ठीक छ
२. सरकारको उपस्थिति देखिएकै छैन, कसरी सन्तुष्ट हुनु ?
३. अहिले कामको मूल्यांकन गर्नु भन्दा सहयोगमा जुटौं
from Taja News Online http://ift.tt/1Ei4w0I
via IFTTT
काठमाडौं, वैशाख १५ - मुग्लिङ नारायणघाट सडक फेरि अवरुद्ध भएको छ । सोमबार पहिरो गएको मुग्लिङ नारायणघाट सडक खण्डको चण्डी भञ्ज्याङमा मंगलबार फेरि पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
पहिरोले बन्द भएको सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । भूकम्पपछि काठमाडौंबाट आफ्नो घरतिर लागेका यात्रु र सडक अवरुद्ध भएपछि अलपत्र परेका छन् ।
from Taja News Online http://ift.tt/1z8X9cM
via IFTTT
सिड्नी, वैशाख १५ - गएको शनिबार र आइतबार आएका भूईंचालोका कारण नेपालमाको राजधानी काठमाडौँ ३ मिटर दक्षिणतिर सरेको अनुमान वैज्ञानिकहले गरेका छन् । भुईचालोका कारण पर्ने प्रभावका कारण काठमाडौंको जमिन दक्षिणतिर सरेपनि यसबाट आत्तिनु पर्दैन ।
यो भूकम्पबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाईमा कुनै असर नपरेको विज्ञहरुको भनाई छ । गएको शनिबार नेपालमा ७।८ रेक्टर स्केलको भूकम्प गएको थियो । हिमालयन देश नेपालमा गएको सो भूकम्पका कारण हिमाली क्षेत्रमा पर्ने असरका बारेमा पनि विभिन्न अनुमानहरु गरिएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयका भू गर्भसम्बन्धी विज्ञहरुले काठमाडौंको जमिन करिब तीन मिटर (दश फिट) दक्षिणतर्फ सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । काठमाडौं र नेपालका विभिन्न स्थानमा राखिएका प्रारम्भिक भूकम्पमापक आवाजसहितका तरङ्गहरुले रेकर्ड गरेका तथ्याङ्कहरुको आधारमा गरिएको अध्ययनमा यस्तो देखिएको क्याम्ब्रिज विश्वविद्यालयका विज्ञ जेम्स ज्याक्सनले दावी गर्नुभएको छ
। ती मेसिनहरुले मापन गरेका तथ्यका आधारमा हेर्दा काठमाडौंको यसअघिको बनावटभन्दा करिब तीन मिटर काठमाडौंको जमिन दक्षिणतर्फ सरेको हुनसक्ने देखिएको उहाँको भनाई छ ।
उहाँको यो अनुमान यसअघि आएको अर्को एक तथ्यसँग नै मिल्दोजुल्दो रहेको छ । यसअघि पनि गरिएको एक अर्को अनुसन्धानमा काठमाडौंको जमिन सरेको हुनसक्ने अनुमान गरिएको थियो ।
यसअघि पनि अष्ट्रेलियाको अडेलिड विश्वविद्यालयले गरेको अनुसन्धानमा यही तथ्य बाहिर आएको थियो । यो विश्वविद्यालयको भौतिक विज्ञान विभागका प्रमुख स्यान्डी स्टेसीले गरेको अनुसन्धानमा पनि सोही तथ्य बाहिर आएको थियो ।
हिमालयन क्षेत्रमा जाने गरेका यस्ता भूकम्पले विशेषतः उत्तरी प्लेटमा ठोकिई प्रभावित पार्ने गरेको छ र यसका कारण त्यस भूभागका पत्रहरु सरेर माथिल्लो तहमा चिरा पार्ने गरेको पनि पाइएको छ ।
यस्ता पत्र या चिराहरुले हिमालयन क्षेत्रको उत्तरतर्फ घुमिरहेको चट्टानलाई प्रभावमा पार्ने गरेको पहिलेका अनुभवहरु छ । यो कारणले जमिनको यसअघिको बनावटमा पनि फरक आउन सक्छ ।
तथ्यलाई बेलायतको दुरहाम विश्वविद्यालयको डिपार्टमेन्ट अफ अर्थ साइन्स (पृथ्वी अध्ययन विज्ञान विभाग)का प्राध्यापक मार्क अलेनले पनि स्वीकार्नुहुन्छ । उहाँले भूकम्पका कारण खासगरी काठमाडौंको चट्टान करिब १० फिट पर सरेको हुनसक्ने र त्यस चट्टान दक्षिणतर्फ सरेको हुनसक्ने अनुमान गर्नुभयो ।
उहाँले भन्नुभएको छ सामान्य रुपमा यो भन्न सकिन्छ कि यस भूकम्पपछि काठमाडौंको केही जमिनले ठाउँ छोडेको छ र त्यो बढीमा तीन मिटर हुनसक्छ । यस भूकम्पको गहिराई कम्तीमा पनि १५ किलोमीटर हो र यसपछिको मापनका आधारमा अध्ययन गर्दा यसले तीन मिटर स्थान छोडेको हुनसक्ने उहाँको भनाई छ ।
पहिलो भुईंचालो गएको ७२ घन्टासम्म पनि काठमाडौंमा सानाठूलागरी करिब एक सय बढी पटकसम्म झड्का आएका छन् । सोही कारण पनि यसरी जमिनले स्थान छोडेको अनुमान गरिएको हो ।
- रासस/एएफपीको आधारमा
from Taja News Online http://ift.tt/1PQF9bs
via IFTTT
१५ वैशाख, जोमसोम । भूकम्प गएको चार दिनपछि जोमसोममा जमिन भासिन थालेको छ । एकाएक जमिन भासिएका कारण घरहरु भत्किएका छन् ।
अहिलेसम्म १५/१६ घरमा क्षति पुगेको छ । जसमा ६ बटा घर पूर्ण रुपमा क्षतिग्रस्त छ । लुमानथाङ क्षेत्रतर्फ जाने काठे पुल समेत भासिएको छ ।
जमिन भासिएपछि मानिसहरु अहिले खेतमा बसिरहेका छन् । धेरै ठाउँमा जमिन चर्किएका छन् भने सडकहरुमा पनि क्षति पुगेको स्थानीय निरज थकालीले अनलाइनखबरलाई बताए ।
from Taja News Online http://ift.tt/1FtErxK
via IFTTT
