काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ (परिवर्तित नाम) ले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएक छन् ।
बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेपछि उनका समर्थकहरुले गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले आफ्नो पहिचान सार्वजनिक गरिएको भन्दै ६ वटा सामाजिक सञ्जालका पेजहरु उल्लेख गरेर ब्यूरोमा उजुरी दिएकी हुन् ।
गौशाला २६ ले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर ९मुलुकी अपराध संहिता, २०७४० को दफा २९४, दफा २९८ समेत र कम्प्युटर सम्बन्धी कसुर ९विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ समेत बमोजिम कसुर भएको भन्दै जाहेरी दिएकी हुन्।
अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ।
गोपनीयता सम्बन्धी ऐन २०७४ को दफा ३ को उपदफा ४ मा कुनै पनि व्यक्तिको जीवनमा असर पुग्ने, आघात पुग्ने गरी लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन।
गौशालाको उजुरीपछि साइबर ब्यूरोले पनि आवश्क छानबिन थालेको छ । ब्यूरो स्रोतका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिरिराज ढकालको एकल इजलासले १३ पुसमा सन्दीपलाई दोषी ठहर गरेको थियो । भने उनै ढकालको इजलासले बुधबार लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको थियो ।
The post पहिचान सार्वजनिक भएपछि गौशाला-२६ ले दिइन् उजुरी,साइबर ब्यूरोले थाल्यो अनुसन्धान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48tGmmV via IFTTT
काठमाडौं । प्रहरीको लामो खोजीपछि पक्राउ परेका रामबहादुर बम्जन भनिने रामलाल बम्जनले पाँच करोडमा ल्याण्ड कु्रजर एक्सजेड गाडी खरिदका लागि तीन करोड रुपैयाँ नगदनै बुझाइसकेको खुल्न आएको छ ।
बम्जनले आफ्नो प्रयोगका लागि ललितपुर–३२ बुङमति बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा धुम्बराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. लाई तीन करोड रुपैयाँ नगदनै बुझाएर गाडी बुकिङ गरेको खुलेको हो ।
बम्जनले तुलाराम तामाङको नाममा रहेको प्रदेश–३–०१– ०२४ च ६७२९ नम्बरको सेतो रङ्गको टोयटा फच्र्युनर गाडी प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी, बम्जनको निवासबाट प्रहरीले विभिन्न १७ देशका मुद्रा र ठूलोमात्रा नेपाली रुपैयाँ बरामद गरेको थियो । प्रहरीले नेपाली रुपैयाँ तीन करोड तीन लाख ७५ हजार पाँच सय र विभिन्न १७ देशमा मुद्राहरु नेपालीमा कन्भर्ट गर्दा ३० लाख ९२ हजार चार सय ६ रुयैयाँ बरामद गरेको थियो ।
बम्जनविरुद्ध बाल यौन दुराचारमा सर्लाहीमा मुद्दा चलिरहेको छ ।
The post पक्राउ परेका बम्जनले पाँच करोडमा बुक गरेका थिए गाडी, तीन करोड नगदै भुक्तानी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vEh5YH via IFTTT
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चसम र कर्णाली प्रदेशका दुई उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार सुदूरपश्चिमबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।
आज र भोलि उजुरीउपर जाँचबुझगरी उम्मेदवारीको नामावली प्रकाशन तथा पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ ।
The post राष्ट्रियसभा सदस्य निर्वाचन: नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48Nhu9D via IFTTT
काठमाडौं । राष्ट्रियसभा उम्मेदवार चयनको विषयलाई लिएर नेपाली कांग्रेसका दुई नेताले फरक मत राखेका छन् । केन्द्रीय सदस्यद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीको संयुक्त फरक मतमा उम्मेदवार चयनमा गम्भीर त्रुटि र स्वच्छाचारिता देखिएको टिप्पणी गरिएको छ । उम्मेदवार चयनमा सभापति देउवाको एकाधिपत्य र चरम एकक्षीय कार्यशैली देखिएको पनि दुई नेताको आरोप छ ।
केन्द्रीय कार्यसमितिको बैठकले स्पष्ट मापदण्ड बनाएकोमा त्यसको उल्लंघन गरेर निर्णयप्रति अविश्वनीयता खडा गरेको उनीहरूको भनाइ छ ।
यसअघि महामन्त्री गगन थापाले पनि उम्मेदवार चयनको विषयमा लिखितरूपमा फरक मत राखेका थिए ।

The post कांग्रेसले छानेको उम्मेदवारमा केसीद्वयको फरक मत appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/4aJWZwh via IFTTT
काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले मधेशवादी दलका शीर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर र सिके राउतसँग संयुक्त भेटवार्ता गरेका छन् । जयशंकर र यादवसहित ठाकुर र राउतहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको बताईएको छ ।
यादव, ठाकुर र राउतसँगको भेटवार्ताबारे जयशंकरले सामाजिक सञ्जाल एक्समा उनीहरुसँग भेट हुँदा खुशी लागेको उल्लेख गरेका छन् । र, सो भेटवार्तामा नेपाल र भारतबीचका द्धिपक्षीय सहकार्य र विकास साझेदारीबारे फलदायी अन्तरक्रिया भएको जयशंकरले जनाएका छन् ।
भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने कार्यक्रम छ ।
The post उपेन्द्र, महन्थ र सिके राउतसँग भारतीय विदेशमन्त्री जयंशकरको संयुक्त भेट appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48Fsypo via IFTTT
काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले आफूहरुलाई पनि राष्ट्रिय सभामा केही सिट दिन भनेपछि एमालेलाई पनि सहभागी गराउने गरी छलफल भएको दाबी गरे ।
‘सहभागी गराएर जानेकी भन्ने खाल्को कुरा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नगर्नुस्् भन्नुभयो भन्ने खाल्को कुरा आयो । हामीले सबै दलसँग सल्लाह गरेर उहाँहरुको खास प्रस्ताव के हो भनेर बुझेरमात्रै टुङ्गो लगाउन भनेका छौं,’– बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाण्डेले भने ।
कांग्रेस र माओवादीका नेताबीच आज विहान भएको बैठक पनि एमालेको प्रस्तावमा नै केन्द्रीत भएर छलफल भएको उनको दाबी छ । नेता पाण्डेले एमालेको प्रतावभित्रको रहस्य राम्रोसँग बुझ्न आवस्यक रहेको बताए ।
The post प्रधानमन्त्री प्रचण्डसँग ओलीले भने ‘राष्ट्रिय सभामा हामीलाई शून्य नबनाइदिनुस्’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RN1dul via IFTTT
काठमाडौं । सरकारले ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको परिवारसँग सहमति गरेको छ।
मृतकका परिवारले र सरकारसँग चार बुँदे सहमति गरेका हुन्। गृह मन्त्रालयमा गृहमन्त्रीको उपस्थितिमा भएको छलफलमाचार बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका छन्।
चार बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ।
यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख छ।
मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ भने चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ।

The post बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवार र सरकारको सहमतिमा के छ ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3TIxwgE via IFTTT
