काठमाडौं। स्वतन्त्र युवाहरुले ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेको तस्विर बाहिरिएपछि स्वतन्त्र युवाहरुले उनको समर्थनमा ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्वलनसमेत गरेका छन् ।
भारतले नयाँ बनेको संसद् भवनमा नेपालको लुम्बिनी, कपिलबस्तु लगायतका भू–भाग समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेसँग युवाहरुले संसद् भवनमा सुगौली सन्धि पूर्वको ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गरेका हुन् ।
The post ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गर्दै प्रदर्शन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/45TvOwE via IFTTT
काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् । राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले एमालेले गरेको ७० वर्षे उमेर हद हटाउने निर्णयको स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्कने बताए ।
उमेर हद हटाइएको यही अवस्था रहे हामी एमालेमा जान्छौँ । म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने,‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’
आफू पदका लागि नभएर एमालेभित्र योगदान दिनका लागि जान लागेको गौतमले बताए । आगामी ११औं महाविधेशनमा पनि ओली नै अध्यक्षको उम्मेदवार भएको उनको दाबी छ । ओलीको ठाउँमा एमालेमा अरु कोही नेता उत्पादन नभइसकेको उनले टिप्पणी गरे ।
‘यो महाधिवेशनको अवधि सकिएपछि ११औं महाधिवेशन हुन्छ । त्यसको अर्को १२औं महाधिवेशनसम्म पनि बाँचिरहनु भयो केपी ओली भने उहाँ नै हो अध्यक्ष । अर्को व्यक्ति त्यहाँ छैन,’– उनले भने ।
The post ११औं महाधिवेशनबाट पनि अध्यक्ष ओली नै हुनपर्छ: वामदेव गौतम appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42uHtyY via IFTTT
काठमाडौं । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।
उनलाई सरकारले गणतन्त्र दिवसको दिन आम माफी दिएको थियो । चौधरीको आम माफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गरेकी थिईन् ।
कडायतको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, त्रिलोकबहादुर चन्द, बद्रीप्रसाद भुषाल, ज्ञानेन्द्रराज आरण, लक्ष्मी रेग्मी, हरिप्रसाद पंगेनी, रामचन्द्र पौडेल, लोकेन्द्र सिंह धामी र हरिबाबु श्रेष्ठले बहस गरेका थिए ।
‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सोसमेत साथै राखी म्याद सूचना प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षी नं. १, २, ३, ४ र ५ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत तथा विपक्षी नं. ६ ले आफैं वा आफ्नो कानूनबमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूलाई म्याद सूचना पठाई म्यादभित्र लिखित जबाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नू,’– आदेशमा भनिएको छ ।
The post रेशम चौधरीको आम माफी मुद्दामा सर्वोच्चले माग्यो जवाफ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/42mDmoR via IFTTT
राष्ट्रिय सभाको बैठक एक दिन पछि सारिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित गरिदिएका छन् ।विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी दिए ।
The post राष्ट्रिय सभाको बैठक स्थगित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43oSHqa via IFTTT
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचार विरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उनले बताए ।
“स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि लेखक, कलाकार, साहित्यकार र पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई बचाउँदै नेपाललाई विकास र समृद्धिको बाटोमा लैजानका लागि सरकार दृढ रहेको बताए । समृद्ध मुलुक निर्माण गर्न सरकार अगाडि बढेको उनको भनाइ छ । उनले गोरखालाई नमूना जिल्ला बनाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । मौलिक पहिचान र संस्कृतिको रक्षामा लाग्ने कलाकारहरु अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको कला, संस्कृतिको, भाषा, भेषभूषाको रक्षा गर्दै गोरखालाई सांस्कृतिक नगर निर्माण गर्नका लागि सरकारले ‘गोरखा सम्पदा वस्ती’ निर्माण गर्न लागेको उल्लेख गरे । गोरखाको सांस्कृतिक पहिचानको रक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
उनले नेपाल निर्माणमा ऐतिहासिक भूमिकादेखि लोकतान्त्रिक आन्दोलनमा गोरखाको महत्वपूर्ण भूमिका रहेकाले गोरखा विश्व जगतमा स्थापित हुन सकेको बताए । संस्कृति बचाउने जिम्मा लेखक, कलाकार र पत्रकारको भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।
गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डितले गोरखाबाट काठमाडौँ आएर छरिएर रहेका साहित्यकार, गीतकार, सङ्गीतकार, गायक, गायिका, चित्रकार, मूर्तिकार नाट्यकर्मी, पत्रकार तथा कला संस्कृतिको क्षेत्रमा क्रियाशिल सम्पूर्णलाई गोलबन्ध गरी आठ वर्ष पहिले गोरखा सांस्कृतिक समाज स्थापना गरिएको जानकारी दिए ।
सो समाजले साधारणसभा तथा अधिवेशनका क्रममा मेल्मादेवी सङ्गीत सम्मान वरिष्ठ गायक रामचन्द्र अर्याल, शान्ति मास्के कला सम्मान वरिष्ठ कलाकार रश्मी भट्ट, युवा प्रतिभा सम्मान मरिचमान श्रेष्ठ (बल्छी धु्रर्वे) र पत्रकार सम्मान वरिष्ठ पत्रकार राजेन्द्र बानियाँलाई प्रदान गरेको थियो । उनिहरुलाई दोसल्ला, नगद पाँच हजार पाँच सय ५५ र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।
The post भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको छ : उपप्रधानमन्त्री श्रेष्ठ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CfBTpM via IFTTT
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण सफल भएको बताएका छन् । भ्रमणको क्रममा दुबै देशबीच पारवहान, सीमा, ऊर्जालगायत महत्वपूर्ण सहमति भएको गुरुङले बताए ।
आइतबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले “सापेक्षित रुपमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको छ । सीमा, पारवहान, ऊर्जासहित सात बुँदे सहमति भएको छ । यो उपलब्धीमूलक हो । यसबाट दुबै देशले फाइदा लिन सक्नुपर्छ” गुरुङले भने ।
कार्यक्रममा बोल्दै गुरुङले नागरिकता विधेयक प्रमाणिकरण गर्नुको अर्को विकल्प नभएको बताए । संसदबाट पारित भइसक्दा पनि अघिल्लो राष्ट्रपतिले नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु स्वाभाविक भएको गुरुङले दाबी गरे । उनले २०७२ सालमै संविधानमा गरिएको व्यवस्था अनुसार विधेयक आएको बताए ।
राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाउन केही समूहले गणतन्त्रको विरोध गरेको गुरुङले बताए । राष्ट्रियतालाई कमजोर बनाएर अस्थिरता निम्त्याउन चाहने वित्तीय दलाल पुँजीपति वर्गको स्वार्थको लागि गणतन्त्रको केही समूहले विरोध गरेको गुरुङले बताए ।
“नेपालमा वित्तीय एकाधिकार पुँजीपति वर्गले परनिर्भरतातिर धकेलिरहेको छ । यसले राष्ट्रिय स्वाधिनतालाई बलियो हुन दिँदैन । लोकतान्त्रिक गणतन्त्रले राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउछ कि भन्ने चिन्ता भएकै कारण केही व्यक्तिले विरोध गरिरहेका छन् । गणतन्त्रको विरोध जनताले गरेका होइनन्, अस्थिरता निम्त्याएर नेपालीलाई परनिर्भर बनाउँने वित्तीय दलालको स्वार्थमा हो” गुरुङले भने ।
कसैले चाहदैमा गणतन्त्र उल्टिन नसक्ने भन्दै गुरुङले सबै मिलेर वित्तीय एकाधिकार पुँजीबाट देशलाई मुक्त लाग्नुपर्नेमा जोड दिए ।
संचारकर्मीको प्रश्नको जिज्ञासामा बोल्दै गुरुङले सरकारले साहस गरेकै कारण नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएको बताए । सरकारले छानविन गरेर दलालमा पेश गरेको र अदालतले हेरिरहेको बताउँदै गुरुङले दोषीलाई सरकारले नछोड्ने र निर्दोशलाई नफसाउने बताए । शरणार्थी प्रकरण गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि उन्मुक्ति दिन नहुने आफ्नो पार्टीको धारणा भएको गुरुङले बताए ।
The post प्रधानमन्त्रीको भारत भ्रमण सफलः देव गुरुङ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43KYExv via IFTTT
काठमाडौं। काठमाडौं, १८ जेठ । ४ दिने भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता भएको छ।
उनीहरूबीच नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भेटवार्ता भएको हो।
भेटवार्तामा द्धिपक्षीय हितमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डले यस अगाडि बिहीबार मात्रै समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।
The post प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपतिबीच भेटवार्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3WNWB9K via IFTTT
