काठमाडौं । निर्वाचन आयोगले गत स्थानीय चुनावमा भन्दा करिब १० लाख मतदाता थपिने प्रक्षेपण गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कूल मतदाता एक करोड ८५ लाखदेखि ८६ लाखसम्म पुग्ने आयोगको प्रक्षेपण गरेको बताए। गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “त्यसमा दश लाख मतदाता थपिन सक्छन्।”
सरकारले ४ मंसीरका लागि चुनावको मिति घोषणा गरेसँगै आयोगले मतदाताा नामावली संकलन स्थगित गरेको छ। अनलाइन फारम भरिसकेकाहरूले भने साउन २१ गतेसम्म औंठा छाप लगाउन र फोटो खिचाउन पाउने छन्।
The post आगामी निर्वाचनमा १० लाख मतदाता थपिन सक्ने आयोगको अनुमान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Qlqtpn via IFTTT
काठमाडौं । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको उनीहरुमाथि आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम हालसम्म सार्वजनिक गरिएको छैन् ।
The post चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vFJsmL via IFTTT
दाङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्मालाई जनताले सजाय दिने टिप्पणी गरेका छन् । उनले शर्माले व्यापारिक घरानासँगको साँठगाँठमा बजेट ल्याएको आरोप लगाउँदै जनताले अब सजाय दिने बताएका हुन् ।
प्रेस चौतारी दाङले आज (बुधबार) तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले शर्माले बजेट माफियाकरण गरेको आरोप लगाउँदै भने,‘अहिले देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् । तर, जनताले सजाय दिनेछन् ।’ उनले वर्तमान सरकारले मंसिरमा हुनुपर्ने निर्वाचनको मिति घोषणा गर्नपनि अलमल गरेको आरोप लगाए ।
उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाए । उनले आफूहरु नेतृत्वको सरकारले आर्थिक सूचांक राम्रो अवस्थामा छोडेको पनि स्मरण गराए । उनले एमाले सरकारमा रहँदा विदेशी मुद्राको सञ्चिती राम्रो रहेको पनि तथ्यांक सुनाए । एमालेको सरकारले पुँजीगत खर्च गर्ने मामिलामा पनि अघि रहेको उनको दाबी छ ।
The post जनार्दन शर्मामाथि किन खनिए शंकर पोखरेल ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QlHf7Y via IFTTT
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
The post मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3zyzVPk via IFTTT
काठमाडौं । नेकपा एमालेले र नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाइ आधार मान्दा यी दुई दल मिलेमा अझै पनि सबैभन्दा बढी स्थानमा प्रत्यक्षतर्फ चुनाव जित्नसक्ने देखिन्छ । अर्थात् केपी शर्मा ओली र माधवकुमार नेपाल मिलेमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड मिल्दा पनि बढी सिट जित्न मुश्किल पर्न सक्छ ।
एमाले देशभर फुटेको छ । तल्लो तहमा समेत फुटको असर छ । त्यसैले ओली र माधव नेपाललाई मिलाउन ठूलै समूह लागेको छ ।
देउवा र प्रचण्ड मात्र मिल्दा जसपा र लोसपा कता जाने हुन् यकिन गर्न कठिन छ । उपेन्द्र यादवले विकल्पमा ओलीसँग मिल्ने कार्ड समेत तयार गरेर राखेका छन् । महन्थ ठाकुरले पनि ओलीसँग भेटवार्ता छाडेका छैनन् । यसकारण माधव नेपाल यसपटकको चुनावमा निर्णायक शक्ति बन्ने अवस्था बनेको छ ।
प्रचण्डले वामपन्थी एकता वा समाजवादी केन्द्र नबन्ने भन्दै काँग्रेससँगै मिलेर जाने स्पष्ट पारिसके । अब माधव नेपाल पनि गठबन्धनमै रहने निश्चितप्रायः छ । तर, राजनीतिक लेनदेनमा कुरा नमिले उनले पनि ओलीसँगै हात मिलाउने सम्भावना नकार्न सकिदैन । आखिर राजनीति सम्भावनाको खेल हो ।
स्थानीय चुनावको मत तथ्यांकलाई आधार मान्दा नेकपा एमाले र नेकपा एस मिलेमा काठमाडौं उपत्यकामा अधिकांश सिटमा अगाडि देखिन्छन् । तर, गठबन्धन मिलेमा भने एमाले सून्य हुन सक्छ । यसकारण उपत्यकामा माधव नेपाल निर्णायक शक्ति देखिएका छन् ।
नेकपा एसको प्रदेश १, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिममा शक्ति देखिन्छ । ती प्रदेशको मतका केलाउँदा ओली र माधव नेपाल मिलेमा देउवा र प्रचण्ड मिल्दा पनि धेरैजसो क्षेत्रमा चुनाव जित्न मुश्किल हुनसक्छ । देउवा र प्रचण्ड मात्र मिलेर जान खोजेको विषय पनि नउठेका होइनन् । त्यस्तो अवस्थामा माधव नेपाल या त ओलीसँग मिल्न सक्छन् या उनीनिकटस्थहरुले साथ छाडेर एमाले वा माओवादी रोज्न सक्छन् । यसकारण माधव नेपाललाई साथमै लिएर जानुपर्ने वाध्यता देउवा र प्रचण्डसामु देखिएको छ । माधव नेपाल निर्णायक शक्तिका रुपमा देखापर्दै गएका छन् ।
The post माधव नेपाल चुनावमा यसकारण बन्दैछन् निर्णायक शक्ति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ByXzOo via IFTTT
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा गएको पहिरोले पु¥याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएको हो ।
उनले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएको हो ।
उनले विपद् व्यवस्थापनमा समस्या परेमा मन्त्रालयमा खबर गर्नसमेत निर्देशन दिएका छन् । गएराति म्याग्दीको मालिका गाउँपालिका–२ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको जनाइएको छ । अन्य व्यक्ति बेपत्ता छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी जारी रहेको बताए । यता नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगर–२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लेदो बगिरहेकाले तत्काल अवरुद्ध सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए ।
मुग्लिङ–नारायणगढ सडकखण्डकै २० किलो र २१ किलो भन्ने स्थानमा पनि पहिरो गएको उनले बताए । अहिले नारायणगढतर्फबाट जुगेडीमा सवारीसाधन रोकिएको र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने कार्य भइरहेको प्रजिअ तामाङले बताए । सडकमा रहेको अवरोध तत्काल हटाउन सक्ने अवस्था नरहेकाले चालकलाई रुट परिवर्तन गर्न भनिएको छ ।
The post विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SmxLLu via IFTTT
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । सरकारको अकर्मण्यताको कारण मुलुकमा महँगी र भ्रष्टाचार बढेको भन्दै एमालेले प्रदर्शन गरेको हो ।
गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको नेताहरुले जनाएका छन् । प्रदर्शनमा युवा संघको बाहुल्यता रहेको थियो ।
The post सरकारविरुद्ध आन्दोलनमा उत्रियो एमाले appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3vV39qT via IFTTT
