काठमाडौँ । यति एयरलायन्सको एनवाईटी ७८४ नम्बरको विमान विराटनगरबाट काठमाडौँ फर्कन लागेका परराष्ट्रमन्त्री नारायण खड्का झन्डै एक घण्टा विराटनगर विमानस्थलमै रोकिन परेका छन् । विमानमा इन्धन भर्न ढिलाइ हुँदा परराष्ट्रमन्त्री खड्का विमानस्थलमा अल्मलिन परेको हो ।
साढे २ मा उड्नुपर्ने विमान ४५ मिनेट ढिलो भएको यति एयरलायन्सका प्रतिनिधि प्रेम कुँवरले बताए । नेपाल आयल निगमको विमानस्थल डिपोका कर्मचारीको लापरवाहीले यस्तो समस्या आउने गरेको उनले बताए ।
प्रत्येक विमानमा इन्धन भरेपछि कर्मचारीले इन्धन भर्ने गाडी लिएर डिपोमा जाने र आउन ढिलो गर्ने गरेकाले समस्या हुने गरको बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GtIOeE via IFTTT
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालको ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
मन्त्री खाँणको कार्यकालमा भएका नीतिगत र कार्यगत प्रगति विवरण बिहीबार सार्वजनिक गरिएको हो ।
७१ बुँदे प्रगति विवरणमा संस्थागत नीतिगत तथा कार्यविधिमा गरेका सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समेटिएको छ ।
यो अवधिमा गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको छ । यस्तै अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार भएको, नेपाल प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वयको कार्यविधि पनि तयार भएको मन्त्रालयले जनाएको छ ।
यस्तै गृह मन्त्रालयले निर्वाचन सुरक्षा योजनाको मस्यौदा पनि तयार गरेको छ । राजमार्ग सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानको कार्ययोजना पनि कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ ।
तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, फौजदारी कसुर कैद कट्टा दोश्रो संसोधन नियमावलीको मस्यौदा र नेपाल प्रहरी नियमावली संसोधन भइ कार्यान्वयनमा आइसकेको छ । बेवारिसे शव व्यवस्थापन निर्देशिका र हातहतियार खरखजाना नियमावली दशौं संशोधन मन्त्री परिषद्बाट स्वीकृत भई कार्यान्वयनमा आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35SxDj7 via IFTTT
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने अडानमा टसमस नहुने भएका छन् । उनले सत्ता गठबन्धन जोगाएर या अन्य विकल्पबाट एमसीसी पारित गर्ने हुन् भन्ने चासो बनेको छ ।
देउवा सकेसम्म गठबन्धन जोगाउने पक्षमा छन् । उनले आफूलाई बालुवाटारमा भेट्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी पारित गर्न तयारीका लागि आग्रह गरेका थिए । तर, प्रचण्ड र नेपालले केही बुँदा संशोधन गरेमा सकारात्मक बन्ने जवाफ दिएको बुझिएको छ ।
देउवाले प्रचण्ड र नेपाललाई कुन कुन बुँदा संशोधन गर्नुपर्ने लाग्छ त्यो लिखित रुपमा दिन भनेको बुझिएको छ । केही संशोधन गरेमा आफूहरुलाई सजिलो हुने प्रचण्ड र नेपालले भनेपछि देउवा सकारात्मक भएको बुझिएको छ । नेता नेपालले पनि मध्यमार्गी बाटो खोज्नुपर्नेमा जोड दिएका थिए ।
एमसीसी संशोधनबारे देउवा सकारात्मक भएपनि त्यसमा के हुने हो चासो बनेको छ । तर, देउवा यथास्थितिमै एमसीसी पारित गर्ने पक्षमा छन् । प्रचण्ड र माधव नेपाल भने संशोधन गरेर सजिलो बनाइदिन आग्रह गरिरहेका छन् । गठबन्धन टुटाउने पक्षमा दुवै नेता छैनन् ।
एमसीसीबारे प्रचण्ड र माधव नेपाल सकारात्मक भएबाट नयाँ घटनाक्रम विकास भएको छ । यसले गठबन्धन तोडिएर ओली पुनः शक्तिशाली बन्ने सम्भावना तत्काल टर्ने अवस्था बनेको छ । तर, प्रचण्डलाई एमसीसीबारे पार्टीभित्र मनाउन कठिन छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3L7zsZm via IFTTT
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको भोलिपल्ट बुधबार गृहमन्त्री खाणले सुरक्षा समितिको बैठक बसेको हो ।
गृहसचिव टेकनारायण पाण्डे, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी बैठकमा गृहमन्त्री खाँणले आसन्न निर्वाचनलाई लिएर सुरक्षा योजना पेस गर्न निर्देशन दिएका छन् ।
सोही बैठकमा वर्तमान शान्ति सुरक्षाको अवस्थाकाबारेमा पनि छलफल भएको छ । एमसीसीको विषयलाई लिएर हुन सक्ने सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rlKBhm via IFTTT
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके केन्द्रसहित सातवटै प्रदेशमा आन्दोलन थाल्ने एमालेले निर्णय गरेको छ ।
पार्टीका जनसंगठनहरुले स्थानीय तहको निर्वाचन मिति तोक्न दवाव स्वरुप आन्दोलन गर्दै आएका थिए । बुधबार बसेको सचिवालय बैठकले भने विहीबार पनि निर्वाचन मिति नतोकिए सातै प्रदेश र केन्द्रमा समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेहरुबारे छानविन गरी कारवाही गर्ने निर्णय गरेको छ ।
महिला, युवा, विद्यार्थी र किसान महासंघ बाहेकका अन्य जन संगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमाले सचिवालय बैठकले निर्णय गरेको छ ।
बैठकले पार्टीको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले बैठकपछि जानकारी दिए ।
उनले प्रचार विभाग र स्कुल विभाग पनि गठन गरेको भन्दै चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32TVYnt via IFTTT
काठमाडौँ । नेपाल सरकारका सचिव शिशिर कुमार ढुङ्गानाले अनिवार्य अवकाश पाएका छन् । माघ २० गते(पर्सि)देखि अनिवार्य अवकाशमा जाने भए पनि भोलि सार्वजनिक बिदा परेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार(आजै) बिदाइ गरेको हो ।
नेपाल सरकारका विभिन्न निकायमा २४ वर्ष तीन महिना ४ दिन सेवा गरेका सचिव ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अवकाश लिएका हुन् ।
२०५४ कार्तिक १२ गते हवाई विभाग अन्तर्गत एयर ट्रान्सपोर्ट सपोर्ट केन्द्रमा शाखा अधिकृतबाट जागिरे जीवन शुरु गरेका ढुङ्गानाले भौतिक योजना तथा निर्माण मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमा काम गरे ।
२०६० सालमा उपसचिवमा नाम निकालेपछि सहकारी विभाग हुँदै ०६३ सालदेखि अर्थ मन्त्रालयमा काम गरे भने ०६५ सालको चैत्र १० गते सहसचिव भएका ढुङ्गानाले सहसचिवको सिङ्गै कार्यकाल अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायमा बिताए ।
आन्तरिक राजश्व कार्यालय काठमाडौँबाट शुरु गरेको सहसचिव यात्रा राजश्व अनुसन्धानको उपमहानिर्देशक, त्रिभवन विमानस्थल भन्सार कार्यालय प्रमुख, अर्थ मन्त्रालयको प्रशासन र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख, भन्सार विभागको महानिर्देशकसम्म भए ।
२०७३ साल माघ २० सचिवमा बढुवा भएसँगै क्षेत्रीय प्रशासन कार्यालय दिपायलको क्षेत्रीय प्रशासकमा खटिएका सचिव ढुङ्गाना अर्थ मन्त्रालयको राजश्व सचिव, २०७५ पुस १ गतेदेखि २०७६ कार्तिक १४ गतेसम्म प्रधानमन्त्री कार्यालय, त्यसपछि राजश्व सचिव, २०७६ माघ २९ गतेदेखि २०७८ साउन १७ सम्म अर्थ सचिव र त्यसयता प्रधानमन्त्री कार्यालयको सचिवका रूपमा काम गरे ।
कार्यालयमा आयोजित बिदाइ समारोहमा बोल्दै सचिव ढुङ्गानाले निजामती सेवामा राम्रा मान्छेहरू भित्रउनेसँगै कर्मचारीलाई उत्प्रेरित बनाउने तर्फ ध्यान दिनु पर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ‘सेन्ट्रल अप दि गभर्नेन्स’ हुनुपर्नेमा पछिल्लो समय त्यो हुन नसकेको समेत बताए ।
सचिवहरू प्रधानमन्त्री कार्यालयमा आउँदा डिमोटिभेटिभ भएर आउन थालेकोमा चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाई तत्काल सुधारको आवश्यकता रहेको औँल्याए । ‘प्रधानमन्त्री कार्यालयमा सचिवहरू आउँदा डिमोटिभेटेड भएर आउन थाले’, सचिव ढुङ्गानाले भने, ‘त्यसको कारण पत्ता लगाएर तत्काल सुधार गर्न सके मात्रै निजामतीमा सुधारको सुरुवात हुन्छ’
उनले पछिल्लो अवधिमा कार्यालयले त्यति प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउँदै के कारणले त्यस्तो हुन गएको हो, सो खोजी गर्नुपर्ने बताए ।
प्रशासनिक नेतृत्वलाई सबल र बलियो बनाउनु पर्ने बताउँदै सचिव ढुङ्गानाले राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्व छान्ने प्रणाली आयो भने त्यसले विकृति ल्याउने भन्दै त्यसलाई हटाउनुपर्ने धारणा राखे ।
सरकारका मुख्यसचिव सङ्कर दास वैरागीले सुधारका प्रयासहरू भइरहेको र यो एकैचोटी हुने नभई निरन्तरको प्रक्रियाबाट आउने परिवर्तन भएको बताए । मुख्यसचिव वैरागीले सचिव ढुङ्गानाको प्रशंसा गर्दै समन्वयात्मक भूमिका असाध्यै राम्रो रहेको र छिटो बुझ्ने अध्ययनशील सचिव भएको बताए ।
प्राविधिक तथा प्रशासनिक दुवै क्षेत्रमा उत्तिकै दखल राख्ने सचिव ढुङ्गाना निजामतीमा बिरलै कर्मचारीमध्ये पर्दछन् जसले प्रायः सबै कर्मचारी चिनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gdgNxf via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनको सहमतिमै स्थानीय तहको निर्वाचनको मिति सिफारिश गरिएको बताएका छन् ।
सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी भएपछि नेता खनालले रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलालाई दिएको प्रतिक्रियामा यस्तो बताएका हुन् ।
उनले भने,‘स्थानीय तहको निर्वाचनको मिति सिफारिशमा हाम्रो सहमति छ, गठबन्धनमा भएको सहमति अनुसार नै मिति सिफारिश भएको छ । यो सकारात्मक कुरा हो । मैले त प्रधानमन्त्रीजीलाई जेठ ६ गते नै निर्वाचन गराउँदा राम्रो हुन्छ भनेको थिएँ, जे भएपनि स्थानीय तहको निर्वाचनबारे गवठबन्धनमा राम्रो समझदारी छ ।’ उनले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन एकसाथ जाने सुनाए । चुनावसम्मै गठबन्धन कायम रहने कुरामा कुनै शंका नगर्न खनालको आग्रह थियो ।
नेता खनालले अमेरिकी सहयोग सम्झौता एमसीसी भने यथास्थितिमा पास नहुने जिकिर गरे । एमसीसी सम्झौतासम्बन्धी कतिपय महत्वपूर्ण दस्तावेजहरु भर्खरै हात परेको र अध्ययन भैरहेकोले अहिले हतार नगरिने उनको भनाई छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी तत्काल पास गराउने कुरा गरेको उनले सुनाए । उनले तत्काल एमसीसी पारित नहुने र यसबारेमा गठबन्धनमा छलफल भैरहेकोले एउटा निश्कर्षमा पुगिने सुनाए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3geyb4H via IFTTT
