जिल्लाको ओमसतिया गाउँपालिकाभित्रका सयौ स्थानीयवासी वर्षौंदेखि भूमि उपभोग गरे पनि लालपुर्जाविहीन बनेका छन् । विसं २०२७ मा नापी कार्यालयले घरबासको जग्गा भनेर फिल्डबुकमा लेखेको भेटिए पनि व्यक्तिले लालपुर्जा नपाउँदा सरकारलाई समेत वार्षिकरूपमा लाखौँ भूमिकर घाटा लागेको छ ।
गाउँब्लकका दर्जनौ बस्ती रुपन्देहीभरि भेटिन्छन् तर उनीहरुको लालपुर्जा नबनेको जिल्ला नापी कार्यालय रुपन्देहीले बताएको छ । मानिसले ठूलाठूला व्यावसायिक भवनसमेत बनाएका छन् । आपसी सहमतिमा किनबेचसमेत हुने गरेको छ तर जग्गाको लालपुर्जा नबनेको ओमसतियाका स्थानीयवासी जीतेन्द्र चौधरी बताउनुहुन्छ ।
गाउँब्लक जग्गाको लालपुर्जा पाउनका लागि पटकपटक स्थानीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । विसं २०१९ मा जग्गा ऐन र २०२१ सालमा भूमिसम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरु भएको थियो । रुपन्देहीमा भने २०२७ सालमा जग्गा नापजाँच भएको थियो । त्योबेला बस्ती बाक्लो भएको ठाउँमा नाप्न असजिलो भएको भन्दै पछि नाप्ने भनेर एकमुष्ठ गाउँको क्षेत्रफल नापी त्यसलाई गाउँ ब्लकको नाम दिएर छोडिएको नापी कार्यालय रुपन्देहीले बताएको छ । छाडिएको सोही जग्गाको नापजाँच नहुँदा अहिले पनि गाउँब्लक जग्गामा बस्ने लालपुर्जाविहीन बनेका हुन् ।
जिल्लाको ओमसतिया, सैनामैना, देवदह, बुटवल, सियारी, लुम्बिनीलगायतका क्षेत्रका दर्जनौँ बस्ती अहिले पनि लालपुर्जाविहीन रहेको भूमिहीनका अगुवा प्रतापनारायण चौधरी बताउनुहुन्छ । नापी कार्यालय रुपन्देहीका प्रमुख अजित कुँवरले जिल्लामा गाउँब्लकमा बसोबास गर्नेको जग्गा नाप्ने काम र पुर्जा वितरण कार्य निरन्तर हुने गरेको बताउनुहुन्छ । उहाँले जिल्लामा एक हजार २५० गाउँब्लकमा ५० हजार घरधुरीलाई लालपुर्जा वितरण गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FZP6TT via IFTTT
मकवानपुर । राष्ट्रिय सभा सदस्य चुनावका लागि वाग्मती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आउँदाे माघ १२ गते हुने चुनावका लागि महिलातर्फ तीन जना र अन्यतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडाले जनाएको छ ।
उम्मेदवारी दर्ता गराउनेमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट दुई/दुई जना रहेका छन् । उनीहरूले आज मङ्गलवार हेटौँडा उपमहानगरपालिका ५ मा रहेकाे प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले र नेमकिपा एक्लाएक्लै चुनावमा उठ्दैछन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल (काठमाण्डाै) ले उम्मेदवारी दर्ता गराउनुभएकाे छ भने महिलातर्फको एक सदस्यका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । त्यस्तै चुनावका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर दर्लामी (सिन्धुली) ले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै चुनावका लागि नेमकिपाबाट कृष्णबहादुर तामाङ र महिलातर्फ भक्तपुरकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति प्रतिनिधि बनेर उनीहरूको उम्मेदवारी दर्ता गराउनुभएको वाग्मती प्रदेशका राष्ट्रिय सभा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयाे ।
आउँदाे फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि चुनाव हुन लागेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयन दर्ता गराएका उम्मेदवारहरूको भोलि बुधवार २१ गते दाबी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ ।
पुस २२ र २३ गते उजुरीमाथि जाँच गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम हुनेछ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने त्यही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । यस्तै माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ ।
मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभा गृहलाई मतदान स्थल तोकिएको छ । चुनावमा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेश सभा सदस्यसहित प्रदेशबाट तीन सय ४६ मतदाता रहेका छन् । जसमा एक सय नाै जना प्रदेश सभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31rnmZf via IFTTT
रसुवा । सुक्खा पहिरो खसेर बन्द भएकाे रसुवाको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड खुल्न अझै एक दिन लाग्ने भएको छ ।
पहिरो खसेको ठाउँमा अझै साना–साना ढुङ्गा खसिरहेकाले पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा सुक्खा पहिलो खस्दा सडक बन्द भएको हो ।
सडक बन्द भएपछि मालवाहक कन्टेनर बाटोमा नै राेकिएका छन् । पहिरो पन्छाउनका लागि एक्स्काभेटर लगायतका उपकरण प्रयोगमा ल्याउन लागिएको र भोलि बुधवार बिहानदेखि पहिरो पन्छाउन सुरु गरिने प्रहरीले जनाएको छ । यो सडक खण्डमा पहिरो खसिरहने समस्या रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FVrSOD via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको आवश्यकता अनुसार आफू पुन: पार्टी अध्यक्षमा निर्वाचित भएको बताएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि सोमबार सम्बोधन गर्दै उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुन: नेतृत्वमा आएको बताएका हुन् । उनले आज आफूले पाएको अभिभाराले पुन: ठूलो सेवा गर्ने अवसर प्राप्त भएको बताए ।
माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको प्रचण्डको दाबी छ । माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताएका थिए । उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखेका थिए ।
उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठूलो जिम्मेवारी दिएको पनि बताए । ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो । म धेरै अघिदेखि नेतृत्वमा छु । धेरै घटनाहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने ।
दाहालले महाधिवेशन विचारमा आधारित भएर बहसमा केन्द्रित भएर सकिएको बताएका छन् महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको उनको दाबी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zpi2SQ via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् ।
२९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम भने अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरेका छन् । बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएको हो ।
त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुनेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sRxJk8 via IFTTT
लमजुङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताएका छन् । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए ।
नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे । उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए ।
उनले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताए । यही गठबन्धनले स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धनसँगै हुनेछ । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङ्कित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानाशाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3JxwBYY via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको हो ।
महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका छन् ।
केन्द्रीय समिति सदस्यको नामम सहमति जुटाउन अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Syv5u via IFTTT
