काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेन छ । २४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3EGP7eB via IFTTT
काठमाडौं । १४ औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसमा पदाधिकारीसहित केन्द्रीय नेतृत्वमा पुग्न रस्साकस्सी अन्तिम चरणमा पुगेको हो।
संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई चुनौती दिने कोही नदेखिए पनि पदाधिकारीको व्यवस्थापन भने जटिल हुने देखिएको छ । आकांक्षी धेरै हुँदा उनीहरुलाई व्यवस्थापन गर्न वर्तमान सभापति एवं प्रधानमन्त्री देउवालाई सहज छैन । यसअघि देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन् ।
महाधिवेशन नजिकिएसँगै सभापति देउवाले आफू पक्षधर नेताहरुसँग छलफल गर्न लागेका छन् । सभापतिमा आफूलाई चुनौती दिने कोही नभए पनि आफ्नो समूहको व्यवस्थापनका लागि देउवा लागि परेका हुन् । त्यसका लागि देउवाले बुधबार बिहान आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेताहरुसँग छलफल गर्न लागेका छन् ।
महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन् । ‘साथीहरुसँगको छलफलका लागि सभापतिज्यूले भोलि बिहान ९ बजे बैठक बोलाउनु भएको छ’ सहमहामन्त्री प्रकाशशरण महतले भने ।
देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने देउवा निकटका एक नेताले बताए । देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका कारण आफ्नो पक्षमा त्यसको व्यवस्थापन त्यति सहज देखिएको छैन ।
पहिला पदाधिकारीको टुंगो लगाएर मात्र केन्द्रीय सदस्यको चयन गर्ने तयारी देउवाको छ । यसैबीच, संस्थापन इतरले पनि सभापतिमा साझा उम्मेदवार चयन भोलिसम्ममा टुंग्याउने तयारी गरेको छ ।
मंगलबार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपनि सहमतिको नजिक पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनका अनुसार भोलिसम्ममा सभापतिको साझा उम्मेदवार चयन गर्ने उनको दाबी छ । सभापतिमा निर्णयमा पुगेपछि संस्थापन इतरले पदाधिकारी र केन्द्रीय सदस्यहरु विषयमा छलफल गर्ने तयारी गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/307TlNs via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऊँ नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन गर्न लागेको हो ।
पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।
कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए । उनका अनुसार केन्द्रीय निर्वाचन समितिले पदाधिकारीबाहेकका सदस्यको निर्वाचनका लागि विद्युतीय भोेटिङ मेसिन प्रयोग गर्न सकिने’ मा समेत पार्टी नेतृत्वसँग प्रस्ताव गरेको छ । तर, सो’ मा कुनै निर्णय भने भइसकेको छैन ।
‘कांग्रेस महाधिवेशनको अन्तिम तयारीमा छ, पदाधिकारीबाहेक सदस्यको निर्वाचनका हकमा डिजिटल भोटिङ मेसिनको प्रस्ताव पनि निर्वाचन समितिबाट आएको छ, सो’ मा पदाधिकारी बैठकले निर्णय गर्छ,’ प्रवक्ता शर्माले भने ।
तर, कागजी मतदान हुने अवस्थामा भने एक मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नेगरी तयारी गरिएको छ । कांग्रेसले मतदानका लागि तीन स्थानसमेत तय गरेको छ ।
प्रवक्ता शर्माका अनुसार भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लब गरी तीन स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । यी विभिन्न स्थानमा भूगोलका आधारमा मतदानको व्यवस्था मिलाइनेछ ।
यसैगरी, मतदानका लागि अहिलेसम्म २ सय ९३ वटा बुथ राख्ने तयारी भइरहेको छ । यस्तै, मतपत्रमा मत हालिसकेपछि सो मतपत्र खसाल्नका लागि १ हजारवटा बक्स राख्नेगरी तयारी गरिएको प्रवक्ता शर्माले जानकारी दिएका हुन् ।
कांग्रेसको नेतृत्व चुन्ने प्रक्रियामा एक मतदातालाई मतदान गर्न कागजी प्रक्रियामा जाँदा औसतमा ४५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ । कांग्रेस महाधिवेशनमा ७७ जिल्ला तथा विदेशस्थित जनसम्पर्क समिति तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाबाट गरी करिब ४६ सयको संख्यामा महाधिवेशन प्रतिनिधि मतदानको प्रक्रियामा सहभागी हुने अनुमान छ ।
कांग्रेस महाधिवेशन २४ मंसिर १ बजे भृकुटीमण्डपमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् ।
कांग्रेसले महाधिवेशनको प्रचारप्रसारका लागि सडकका विभिन्न भागमा डिजिटल बोर्ड तथा होडिङबोर्ड राख्ने तयारी गरेको छ भने सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गर्ने तयारी गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ov7ihL via IFTTT
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अधिवेशन नरोक्न उच्च अदालत पाटनले आदेश दिएको छ।
यसअघि मंसिर १२ गते भएको प्रारम्भिक सुनुवाइमा एनआरएनएको निर्वाचनमा रोक लगाउने परराष्ट्र मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिँदै छलफलका लागि आइतबार दुवै पक्षलाई बोलाएको थियो।
न्यायाधीश श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको इजलासले परराष्ट्र मन्त्रालयको असोज २२ र मंसिर ३ को निर्णय कार्यन्वयन नगर्न र महाधिवेशन नरोक्न आदेश दिएको उच्च अदालतका प्रवक्ता नगेन्द्रकेसरी पोख्रेलले जानकारी दिए।
एनआरएनएले कात्तिक ६ गतेदेखि ८ गतेसम्म अधिवेशनको मिति तोके पनि संघको विवाद समाधान नगरी निर्वाचन नगर्न परराष्ट्र मन्त्रालयले भनेको थियो। मन्त्रालयले निर्वाचनमा रोक लगाउनु गैर कानुनी भएको भन्दै एनआरएनएका तर्फबाट उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको थियो।
एनआरएनएको तर्फबाट सतिशकृष्ण खरेल, शेरबहादुर केसी, भिमार्जुन आचार्य र विपिन सुवेदीले बहस गरेका थिए। संरक्षक परिषदका अध्यक्ष शेष घलेको तर्फबाट शम्भु थापा, शुसिलकुमार पन्त, सुनिलकुमार पोख्रेलले बहस गरेका थिए।
सरकारको तर्फबाट उच्च अदालतका सरकारी वकिलहरुले बहस गरे।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32VTAvT via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महिला नेतृ तथा समाजसेवी भद्राकुमारी घलेलाई भेटेका छन् । डिल्लीबजारस्थित घलेकै निवासमा पुगेर अध्यक्ष ओलीले आज भेट गरेका हुन् । भेटका क्रममा घलेले आफूले लेखेका विभिन्न पुस्तक ओलीलाई हस्तान्तरण गरेकी थिइन् ।
घलेले आफू अहिले लेखपढमा लागेको बताइन् । ९० वर्षीय घलेले केपी ओलीलाई सच्चा देशभक्त र विकास प्रेमी नेता भएको बताउँदै आएका छन् ।
ओली चितवनमा १० औँ महाधिवेशनमा चुनाव लडिरहँदा घलेले उनलाई भेट्ने इच्छा रहेको बताएकी थिइन् । उनको इच्छा अनुसार ओली घलेलाई भेट्न उहाँको घरमा पुगेका हुन् ।
यसअघि केपी ओलीलाई षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाएको भन्दै घलेले चर्को आलोचना गर्दै आएकी थिइन् । घलेले ओली फेरी चुनाबाट प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।
घलेले ओलीलाई देखाइर वा चिनेर नभई उनको कामबाट प्रभावित भएर प्रशंसा गरेको बताइन् । विश्वबाट कम्युनिष्ट बढारिएको बेला नेपालमा केपी ओलीले कम्युनिष्टको दुईतिहाई बहुमत ल्याएको घलेले बताइन् ।
‘अब आउने चुनावमा पनि हामीले त्यस्तै देख्न पाए हुन्थ्यो’, ओलीसम्गको भेटमा घलेले भनिन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउन ओली एक पटक फेरी प्रधानमन्त्री बन्नुपर्ने घलेले बताइन् । ‘मैले आशिर्वाद दिएकी छु, ओली फेरि दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बन्नुपर्छ’, घलेले भनिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3GjcDPn via IFTTT
काठमाडौं । ९ देशबाट आउने नागरिकलाई सरकारले नेपाल प्रवेशमा रोक लगाउने भएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक र मलावी रहेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको बताइएको छ । ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3IgcC0s via IFTTT
काठमाडाैं । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ ।
सिंहदरबारभित्र गोली चलेको घटनामा प्रहरी प्रधान कार्यालयले छानविन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ ।
छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । कार्तिक १० गते सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किए पनि कुनै क्षति हुन पाएन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dcUQNk via IFTTT
