काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो–हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधीनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन ।
शनिवार नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताउनु भयो ।
नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उहाँले कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने विश्वास दिलाउनुभयो ।
संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले बताउनुभयो ।
उहाँले अहिले देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थी गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै दक्षिणपन्थीहरु विस्तारै बिलाएर जाने बताउनुभयो ।
उहाँले केपी ओलीले विदेशीसंग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघीयता समेत समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।
नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको जनाउँदै अध्यक्ष नेपालले यो पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको बताउनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38YIeaa via IFTTT
काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद् नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले बिहीबार खारेज गरिदिएको हो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो ।
कोरोना भइरसको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४औँ महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने तय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l9U1Iw via IFTTT
चाडपर्वहरु मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइन्छ । भाद्र शुक्ल तृतिया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरुको धर्म र संस्कृति बोकेको छ ।
तीज र ऋषिपञ्चमी महिलाहरुको धार्मिक, सांस्कृतिक महत्वको रुपमा लिने गर्दछन् । आफ्ना पतीको दिर्घायु तथा परीवारजनको सुख समृद्धिको लागी व्रत बस्ने चलन पनि तिज पर्वको अर्को धार्मिक पाटो रहेको छ । तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको प्रति पुराना पुस्ताको चिन्ता पनि छ ।
हुदाखानेले हुनेखानेको देखासिकी गर्दै ऋण खाजेरै भएपनि कपडा र गर–गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा ब्याप्त देखिन्छन । गर–गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तिज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउदै जानेमा पनि पुराना पिढिको तर्क रहेको छ । यसरी देखासिकीको रुपले बिकृति निम्त्यायो भने गरीव महिलाहरुले यो पर्ब मनाउने भन्दा पनि कसरी छल्ने तर्फ चिन्तित बन्ने देखिन्छ ।
नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा वजारमा आएका गित नेपाली मौलिकता पन, नेपाली संस्कृति, भन्दा फरक तरिकाबाट तोड मोड हुदै नयाँ पन थपिदै आएका छन् । पछिल्लो पिडीका नयाँ कलाकारहरुले निकालेका सबै खाले गीतहरु नेपाली मौलिकता पन नदेखिएको पुराना कलाकारहरुको भनाई छ । पछिल्लो समय हाम्रो समाज पुरानो शैली भन्दा फरक भएको पनि मौलिक संस्कृतिलाई मोड्न नहुने सबै समुदायको जोड छ ।
अहिले हाम्रो समाजमा सासुले बुहारीलाई दुख दिने जस्ता घट्ना अहिलेको समाजमा हट्दै गएकाले केहि परिर्वतन आएपनि गीत गाउने बाहनामा नयाँपन ल्याउन संस्कृतिलाई नै धरापमा लैजानू भएको प्रति धेरैको चिन्ता छ । तर बिगत केही वर्षहरू यता आधुनिकताको नाममा चाडलाई बिकृति बनाइदै छ ।
अहिलेको समाज परिर्वतनशिल छ । समाज परिर्वतनशिलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन् । संस्कृतिको आफ्नै महत्व छ । आधुनिकताको नाममा संस्कृतिलाई आफु अनुकुल परिभाषा आफु अनुकुल चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व माथी प्रश्न उठ्न थालेको छ ।
पहिले तिजको बेला बिभिन्न मन्दीर खेला मैदानमा भेला भएर वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन बिस्तारै इतिहास बन्न थालेको छ ।
अहिले तिजको दिन पनि यसरी जम्मा हुने प्रचलन पनि घट्न थालेको छ । कहि कतै जम्मा भएपनि गीत संगीत पनि फरक खालका गाउने गर्नुले पनि सबैको चाख चाडपर्व प्रति घट्न थालेको छ । पछिल्लो समयमा तिज आउनु भन्दा पहिले विभिन्न पार्टी प्यालेस र चारतारे होटलमा दर खाने साउन्ड सिस्टम बजाएर नाच्ने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ ।
झण्डै एक महिना अघिबाट दर खाने प्रचलन एउटा तिज पर्वको पछिल्लो समयमा भित्रिएको विकृतिको पाटो बन्न जान थालेको छ । तिज पर्वमा देखासिकी प्रतिस्पर्धा बढ्ने गरेको छ । पर्वलाई धर्म संस्कृति जोगाउनु भन्दा पछिल्लो पिढि देखासिखी तर्फ लागेको पुराना पुस्ताको चिन्ता छ ।
तीजको अर्को मौलिक पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने गीतहरुमा पनि एउटा संस्कृति बोकेको छ । तर पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् ।
तीज भनेकोे गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने ठुलो अवसर हो । तर पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । पर्वको अबसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेदना भन्दा पनि फरक खालको संस्कृति भित्रिएको प्रति पुराना पुस्ताको चिन्ता छ ।
तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व को रुपमा लिइन्छ । विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिई पराईघरमा भएका अन्याय अत्याचार ज्यादतीलाई गित मार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको पर्व पनि तीज हो ।
महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि माइतिसंग समय बिताउने पर्वको रुप पनि हो । तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने गर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ ।
तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मैदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3laevRg via IFTTT
काठमाण्डौ । गत शूक्रबार भारत भ्रमणमा गएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल चार दिने भारत भ्रमण पुरा गरी आज स्वदेश फकिएका छने । अध्यक्ष ढकाल भारतमा रहदाँ भारतका विभिन्न राजनैतिक नेताहरु तथा सरकारका उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेटि नेपालको बिकासमा सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष ढकालले नेताहरु संगको संबादमा नेपालको संबेदनशिलतालाइ मनन गरि एक असल र बिशाल छिमेकीको रुपमा भारतको थप सहयोग र सदभाब नेपालको अपेक्षा गरेको बताउँर्द पछिल्लो समय कोभिड –१९ बिरुद्धको नेपालको लडाईमा सहयोग गरेकोमा भारतीय सरकार तथा जनताप्रति आभार ब्यक्त गरेका छन् ।
पूर्वमन्त्री ढकालले सार्क लाई क्रियाशील गर्नु पर्ने, क्षेत्रीय शान्ति, सुरक्षा र बिकासको लागी उच्च स्तरीय समझदारी हुनुपर्ने लगाएतका धारणाहरु राख्नु भएको ढकालको सचिवालयले जनाएको छ । भेटमा भारतीय नेताहरुले नेपाल संगको मित्रता अतुलनिय रहेको भन्दै एक–अर्काका सम्बेदनशिलतालाई बुझी मित्रता थप प्रगाड बनाउनु पर्ने बताएका थिए । अध्यक्ष ढकालले पूर्व उप–राष्ट्रपति हमिद अन्सारी, भारत सरकारका कानुन तथा न्याय केन्द्रिय मन्त्री कीरेन रिजिजु, परराष्ट्र राज्य मन्त्री डा राजकुमार रंजन सिंह, केन्द्रिय राज्यमन्त्री रामेश्वर तेली, बिजेपिका पूर्व महासचिव तथा आरएसएस का राष्ट्रिय कार्यकारिणी राम मानव, कांग्रेस नेता मनिशंकर एयर, बिजेपी नेता बिजय जोली, सांसद भुवनेश्वर कालिता, आम आदमी पाटिका बिधायक अजय दत्त लगाएतका नेताहरुसंग छुट्टा छुट्टै छलफल गरेको भ्रमणमा सहभागि परिवार दलका प्रबक्ता सन्तोष पौडेलले दिए । नेता ढकालको भ्रमणले दुई मित्रराष्ट्रका नागरिक बिचको सम्बन्ध थप मजबुत बनाउन सफल रहेको ढकालको सचिवालयले जनाएको छ ।
अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टर, दिल्लीमा आयोजित “इन्डो–प्यासिफिक क्षेत्रको शान्ति र बिकासका चुनौती“ बिषयक अन्तरक्रियामा बोल्दै दक्षिण तथा पुर्बी एशियामा बिकसित घटनाक्रमको बारेमा गम्भीर विश्लेषण आबस्यक रहेको बताए । उनले म्यान्मारमा नागरिक सरकारको पुनर्बहाली गर्न तथा अफगानिस्तानमा शान्ति र मेलमिलापको खांतिर सार्क लाइ क्रियाशील बनाउनुको साथै भारतले बिशेष भूमिका खेल्नु पर्ने धारणा राखे । ढकालले क्षेत्रीय शान्ति र बिकासको लागी सरकार, नागरिक समाज र निजि क्षेत्रको भरपर्दो सहकार्यमा जोड दिनुपर्ने बताए । सोही कार्यक्रममा पूर्वमन्त्री मनीशंकर एयरले नेपाल लगाएत छिमेकि मित्रराष्ट्र प्रति भारतको पछिल्लो नीति मित्रता र बिश्वाश अभिबृद्धि गर्न असफल रहेको बताए । बिजेपी नेता तथा सांसद भुवनेश्वर कलिता, म्यानमार र अफगानिस्तानको लागी पूर्व भारतीय राजदुत गौतम मुखोपड्याय र राजिव भटिया, दिल्लीका बिधायक अजय दत्त, परराष्ट्र विज्ञ प्रोफेशर महेन्द्र पी लामा, पूर्व राजदुतहरु योगेन्द्र कुमार तथा केभी राजन, पूर्व मेजर जेनेरल अशोक मेहता लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।
युपिएफ र आइआइपिपि बीच सम्झौतामा हस्ताक्षर
यसै बीच अध्यक्ष ढकालको भारत भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा आबद्दता प्राप्त सस्था युनिभर्सल पीस फेडेरेसन र इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका बिचमा बिज्ञ समुह २०२२ लक्ष्य प्राप्तीको लागि एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनिभर्सल पीस फेडेरेसन एशिया प्रशान्त क्षेत्रका अध्यक्ष समेत रहेका ढकाल तथा इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीकाका संस्थापक निर्देशक श्री केसी. सुन्दरमका बिचमा बिज्ञ समुह २०२२ लक्ष्य लाई समर्थन गर्ने सहमति पत्रमा सेम्टेम्बर ५ मा हस्ताक्षर भएको हो । दुवै हस्ताक्षरकर्ताहरूले एशिया प्रशान्त क्षेत्र तथा विश्वमा शान्ति, सुरक्षा तथा विकासको कार्यलाई बढावा दिने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एशिया प्रशान्त क्षेत्र तथा बिश्वमा शान्ति तथा समझदारीलाई बढावा दिन दुई संगठनहरूका बिचमा सहकार्य गर्ने तथा बिद्धता आदान प्रदान गर्ने प्रतिबद्दता समजदारी हस्ताक्षर कार्यक्रममा ब्यक्त गरियो । सोही अवसरमा भारत सरकारका बिदेश राज्य मन्त्री मानानीय डा. राज कुमार रन्जन ,राज्य सभाको सान्सद मानानीय भुबनेश्वोर कालिता ,नेपालका लागि पूर्व भारतीय राजदूत के. भि. राजन्, भारतिय जनता पार्ट्रीका नेता बिजय जोली, सुरक्षा विज्ञ प्रा. डा. महेन्द्र लामा लगायत बिशिस्ट ब्यक्तित्वहरुको रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hcHd2P via IFTTT
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारमिा मुख्यमन्त्री शाक्य रहेको स्रोतको भनाइ छ । पाँच मन्त्री र चार राज्यमन्त्रीको सपथ भोलि गराउने तयारी छ ।
मन्त्रीहरुको नाम टुंगो लगाइसकेको भएपनि सबैको नाम प्राप्त भएको छैन ।
स्रोतका अनुसार, सिन्धुलीका प्रदीप कटुवाललाई सम्भवत पर्यटनमन्त्री बनाउने तयारी छ । त्यस्तै, रामेछापका शान्तराम पौडेल र चितवनका विजय पौडेललाई मन्त्री बनाउने तयारी छ ।
त्यसैगरी, भूगोल र लैंगिक सन्तुलन मिलाउने गरी मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री रहेको स्रोतको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jPiHGU via IFTTT
काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा छलफल अघि बढाएपछि नेपालमा यसबारे बहस र चर्चा चुलिएको छ भने नागरिकले यसको चर्को विरोध गर्दै आइरहेको छ ।
प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइसकेको छ ।
मंगबार एमसिसी उपाध्यक्ष फतिमा सुमार यसबारे सरकारी अधिकारीसँग छलफल गर्न नेपाल आउँदैछन् । सरकारले विज्ञप्ति जारी गरेर नै एमसिसी र भारतको विरोध नगर्न चेतावनी पनि दिइसकेको छ ।
५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भएको थियो । उत्त सम्झौता संसदबाट अनुमोदन हुन नपाइरहेकै बेला उपाध्यक्ष सुमारको नेपाल भ्रमण हुन लागेको हो ।
सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट्ने जनाइएको छ । सो भेटमा उनले एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्ने बताइएको छ ।
को हुन् फातिमा र जोनाथन ?
नेपालसँगको एमसीसी सम्झौताबारे एमसीसी मुख्यालयकी उपाध्यक्ष फातिमा सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स मंगलबार नेपाल आउँदैछन् । फातिमा र जोनाथनले प्रधानमन्त्री देउवा र शीर्षस्थ नेताहरूसँग भेट गर्नेछिन् ।
एमसीसी मुख्यालयको वेभसाइटमा उल्लेख गरिए अनुसार फातिमा सुमर अन्तरराष्ट्रिय विकास, वैदेशिक नीति, कूटनीति र वकालतमा पोख्त छन् । सुमार एमसीसीको कम्प्याक्ट अप्रेशनकी उपाध्यक्ष हुन् । उनले नै एमसीसी सम्झौताअन्तर्गत अमेरिकाले प्रवाह गरेको अनुदान सहायता हेर्ने उल्लेख छ ।
सुमारले पूर्वाधार, वातावरण, जलवायु परिवर्तन, निजी क्षेत्र, लैंगिक तथा सामाजिक समावेशीकरण, मानव र समुदाय विकास, भूमि तथा कृषि, खरिद, वित्त व्यवस्थापन, रणनीतिक साझेदारी, सम्झौता र अनुदान व्यवस्थापनमा पनि काम गरिरहेका छन् ।
उनी कम्प्याक्ट अप्रेशन उपाध्यक्ष हुनुअघि युरोप, एसिया–प्रशान्त, दक्षिण अमेरिका हेर्ने एमसीसीकी सहायक उपाध्यक्ष थिइन् । यी क्षेत्रमा एमसीसी कम्प्याक्ट व्यवस्थापन पनि उनले गर्थिन् ।
सुमरले अक्स्फार्म अमेरिकाकी उपाध्यक्ष पनि भइसकेकी छिन् । उनले अमेरिकी सरकारको कार्यपालिका र व्यवस्थापिका गरी दुवै क्षेत्रमा काम गरिसकेकी छिन् ।
अमेरिकी विभागमा दक्षिण तथा मध्य एसिया हेर्ने उप–सहायक निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेकी सुमरले विभिन्न देशमा आर्थिक र ऊर्जा क्षेत्रमा अमेरिकी संलग्नता बढाएकी थिइन् । अमेरिकी कंग्रेसमा उनी अफगानिस्तान, पाकिस्तान र सीमावर्ती क्षेत्र हेर्ने वरिष्ठ कर्मचारी थिइन् ।
सुमर अमेरिकाको प्रिन्स्टन, कोर्नेल र इन्डियाना विश्वविद्यालयकी सल्लाहकार बोर्डमा पनि छिन् । उनले प्रिन्स्टन विश्वविद्यालयबाटै सार्वजनिक मामिलामा ग्य्राजुुएट गरेकी छन् ।
यस्तै जोनाथन ब्रुक्स एमसीसीका कम्प्याक्ट अप्रेशनका सहायक उपाध्यक्ष हुन् । एमसीसी कार्यक्रमको प्राविधिक र क्षेत्रीय विभाग तथा एजेन्सीहरूको नियमन उनले गर्छन् ।
एमसीसीका मान्यता र साझेदारीमा केन्द्रित रही ब्रुक्सले नतिजा र नीतिगत सुधारमा काम गरिरहेको एमसीसी वेभसाइटमा उल्लेख छ । एमसीसीले विदेशी सरकारहरूसँग उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी पनि ब्रुक्सलाई नै दिएको विवरणमा उल्लेख छ ।
उनले एमसीसी सहायताका परियोजनाको गुणस्तर, खरिद मापदण्ड, वित्तीय व्यवस्थापन, वातावरण, सामाजिक प्रभाव र अनुुगमन तथा मूल्यांकनसमेत गर्छन् । यसअघि नै उनले एल–साल्भाडोर, इन्डोनेशिया, कोशोभो, मंगोलिया, नेपाल र टिमोर लेस्टेमा एमसीसी परियोजना अघि बढाउन काम गरिसकेका छन् ।
ब्रुक्स होन्डुरसमा एमसीसीका देशीय निर्देशक पनि भएका थिए । राजनीतिक अस्थिरताबीच त्यहाँ एमसीसीले जेनतेन केही परियोजनाहरू बनाएको छ । जर्जिटाउन विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका ब्रुक्सले दक्षिण अमेरिकी मुलुकहरूमा पनि काम गरिसकेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3n8jqVQ via IFTTT
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले आफ्ना सांसद्माथि गरेको निर्णयविरुद्ध एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
आफ्ना १४ जना सांसद्माथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्यसको सूचना जारी नगरेको र कारबाही गरेका नेताहरुलाई निर्वाचन आयोगले पार्टी विभाजनमा सनाखत गराएको भन्दै एमाले सर्वोच्च गएको हो ।
एमाले अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । सो रिटमाथि आउँदो शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद् कारबाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको बताए । रिटमा कारबाही गरेर १४ सांसद्लाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ ।
एमालेले १४ जनालाई सांसद् पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ । सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसद्लाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ ।
एमालेले १४ सांसद्लाई कारबाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद् सचिवालयमा सिफारिस गरेको थियो । तर, सभामुख सापकोटाले कारबाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसद्लाई कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DxsUzs via IFTTT
