काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको छ । मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले आज सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गरेका छन् ।
“सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आउने सके र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने भएकाले आफ्नो स्वीकृत शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नहुन अनुरोध छ”, सूचना भनिएको छ । उहाँले उपचारका लागि वैकल्पिक प्राणवायु (अक्जिसन) को पनि व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।
मन्त्रालयले कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्रै रहनपुगेको समेत जनाएको छ । प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापनसम्बन्धी तयारी प्रौढ र युवालक्षित मात्र पुगकाले तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित बन्ने भएकाले शय्या र अक्सिजन व्यवस्थापन गर्न आग्रह गरिएको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iijks1 via IFTTT
काठमाडौ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ ।
यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा.चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ ।
पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।
“विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै बागमती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो”–उनले भने ।
कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ ।
पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो । विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गर्ने जनाइएको छ ।
भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आरधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहनुभएका ढकालले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न ३५ करोड बजेट विनियोजन गरेको छ ।आम्दानीका अरु धेरै स्रोत भएकाले शवदाह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उचित नहुने निष्कर्षमा कोष पुगेको छ ।
पुरातात्विक महत्वले विश्वमै चर्चामा रहेको पशुपति क्षेत्रमा शवदाह हेर्नमात्र विदेशी पर्यटक आउँछन् भन्ने तर्क गरेर मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न नहुने उनको भनाई छ ।
आर्यतीर्थबाट घाट हटाएपनि ब्रह्मनालको व्यवस्था गरिने जनाइएको छ । काठमाडौँ उपत्यकामा जनसङ्ख्यासमेत बढ्दै गएकाले घाटको विकल्प खोज्न कोषले सरोकार भएका निकायलाई अनुरोध गर्ने भएको छ । एक करोडसम्म जनसङ्ख्यालाई धान्ने गरी घाट व्यवस्था गरिनुपर्ने कोषको सुझाव छ ।
पशुपति क्षेत्रमा हाल आर्यघाटमा दुई, भष्मेश्वर घाटमा १० र विद्युतीय शवदाह गृहमा तीन गरी १५ घाट सञ्चालनमा छन् । पछिल्लो समय पशुपति क्षेत्रका यी सबै घाटमा २४ सै घण्टाजसो शवदाह हुन थालेको छ ।
पहिले बागमती किनारका गोकर्णेश्वर, हत्यामोचनघाट, शङ्खमूल क्षेत्र, कालमोचनघाटलगायत स्थानमा पनि शवदाहा हुने गरेको थियो ।
पछिल्लो समय पशुपति क्षेत्रमा शवदाह सामग्री, क्रियापुत्री भवन, ब्राह्मणको सुविधा आदि कारणले सबै मानिस यहीँ आउँदा मसानघाटका रुपमा विकास हुन लागेको भन्दै कोषले वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गुरुयोजनामार्फत् गर्न लागेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vSnkDy via IFTTT
काठमाडौँ। सरकारले भोलिबाट केही खाद्य वस्तुमा २० प्रतिशत छुट दिने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ आय व्ययको बजेट वक्तव्यको ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रमको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट बिक्री हुने खाद्यन्नमा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।
सोही व्यवस्थाअनुरुप कम्पनीसँग मौज्दातमा रहेको विभिन्न प्रकारका खाद्य सामग्रीहरु चामल, पिठो, दाल, नुन, दाने तेल, चिनीलगायत खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।
यी हुन् छुटमा पाइने खाद्यन्न
चामल : अरुवा मोटो चामल, अरुवा मकवानपुर चामल, अरुवा सोना मसिनो चामल, स्टिम सोना मसिनो चामल, अरुवा मध्यम चामल, स्टिम रञ्जित चामल, स्टिम जिरा मसिनो चामल र कर्णालीको सिमीमा साविक कायम बिक्री मूल्यमा २० प्रतिशत छुट ।
छुट सुविधामा प्राप्त हुने चामल प्याकिङको व्यवस्था गर्नुपरेमा अधिकतम ३० केजी र कर्णालीको सिमी बढीमा २ केजी मात्र प्रति परिवारका दरले उपलब्ध हुनेछ ।
यी हुन् बिक्री हुने स्थान :
काठमाडौँ उत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट ।
त्यस्तै अन्य जिल्लाको हकमा भने कम्पनीका कार्यालय तथा बिक्री कक्षहरू रहेको स्थानबाट बिक्री तिवरण गर्ने कम्पनीले जनाएको छ ।
उपभोक्ताले छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनु पर्नेछ ।
यो सुविधा निषेधाज्ञा जारी गरेको अवधिभर कायम रहने छ ।


- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34IkCVg via IFTTT
काठमाडौँ । कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको छ ।
यस पटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गरिएको छ । यसअघि किराना पसल, डिपार्टमेन्ट स्टोर लगायत पूर्ण बन्द गरिए पनि अहिले केही खुकुलो गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जेठ २१ गतेदेखि लागू हुने गरी फेरि निषेधाज्ञा थपिएको हो यसअघि थपिएको निषेधाज्ञा जेठ २० गते राति १२ बजे सकिनेछ ।
अब लागू हुने निषेधाज्ञामा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pjVaPl via IFTTT
काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
पार्टीमा विवाद उच्च बन्दै गएको बेला माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले विहीबार केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको नेता युवाराज ज्ञवालीले जानकारी दिएका छन् ।
बैठक विहीबार बिहान ११ बजेका लागि तय गरिएको छ । कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा गरिने भएको छ ।
मंगलबार पार्टी एकता प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने निर्णय गरेर स्थगित भएको एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठक बुधबार पनि स्थगित भएको छ ।
ओली र नेपाल पक्षका दोस्रो वरियताका नेताहरु पछिल्लो समय पार्टी एकता कायम राख्नका लागि सक्रिय देखिएका छन् ।
पछिल्लो समय पार्टी महासचिव ईश्वर पोखरेल र योगेश भट्टराई लगायतका नेता बढी सक्रिय देखिएका छन् ।
माधव नेपालले भने दैनिकजसो जनवर्गीय संगठनहरुको बैठक राख्दै आएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wQlGCy via IFTTT
काठमाडौं । सरकारले नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीलाई तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति दिएको छ । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको हो ।
यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको छ । नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएको स्वीकृत तालिकामा उल्लेख छ । नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेका छैनन् ।
अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने जनाइएको छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको हो । उडान हरेक बिहीबार हुने भएको छ ।
यस्तै नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको हो । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले हरेक सोमबार उडान गर्ने भएको छ ।
दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् । नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्ने भएको छ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wMKT0I via IFTTT
काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए ।
सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ ।
महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । उनले परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vHE28w via IFTTT
