काठमाडौं। विगत डेढ दशकदेखि श्रमजीवी र व्यवसायिक पत्रकारिताको क्षेत्रमा रहेर निरन्तर कलम चलाउँदै आएका पत्रकार मुकुन्द कुमार ढुंगानाले नेपाल पत्रकार महासंघ काठमाडौंबाट कोषाध्यक्ष पदमा उमेद्वारी दिनुभएको छ ।
श्रमजीवी पत्रकारको हितका निम्ति डेढ दशकदेखि नै निरन्तर सङ्घर्ष गर्दै आइरहेको पत्रकार ढुंगानाले ‘महासंघमा नाम मात्रको पत्रकार होइन, काम गर्ने पत्रकारहरुको प्रवेश र पत्रकारिता पेशा गर्नेहरुको मात्र छाता संगठन पत्रकार महासंघ हो’ भनेर आफुलाई चिनाउँदै आएका छन् ।
सामाजिक संजाल फेसबुकमा ढुंगानाले आफुलाई कोषाध्यक्षमा जिताउन सबै पत्रकार साथीहरुलाई आग्रह समेत गर्नुभएको छ । ‘मैले नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लाको कोषाध्यक्ष पदमा उम्मेदवार दिएको छु । छरिएर रहेका पत्रकारहरुलाई महासंघमा आवद्धता गराउनुका साथै साना लगानीका मिडियाको रक्षाको पक्षमा साथै श्रमजीबी पत्रकारको हकहितको लागि आवाज उठाउन मेरो उम्मेदवारी ।’ उनले भनेका छन् ।
ढुंगाना राष्ट्रिय अनलाइन पत्रकार संघको केन्द्रीय अध्यक्ष समेत हुन् भने ४० वटा संघसस्थामा समेत आबद्ध रही हरेक क्षेत्रसंग जोडिएर सक्रिय पत्रकारको रुपमा चिनिएका छन् ।‘पत्रकार महासंघको पदाधिकारीमा सक्रिय पत्रकारिता गरिरहेकोलाई हेरौं एकपटक’ भन्ने विचारका साथ निर्वाचनमा होमिएको ढुंगानाको भनाई छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2OmoDtU via IFTTT
हेटाैंडा । वाग्मती प्रदेसभाको मङ्गलबार बस्ने सातौं अधिवेशन बैठकमा सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक दिउँसो १ बजे बस्नेछ । उक्त बैठक कक्षको पहिलो लहरमा सत्तारुढ दल नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल र दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई क्रमशः लहरै बस्ने कक्षमा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
यसैगरी उक्त बैठक कक्षको भित्र पश्चिमतर्फको स्थानमा विभिन्न साना दलहरुको नेता बस्ने लहरमा नामसहित समावेश गरिएको कुर्सी पनि राखिएको प्रदेशसभा सचिवालयका सचिव खड्काले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेताको रुपमा शालिकराम जम्मकट्टेल, उपनेतामा प्रदेशसभाका सदस्य कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ नियुक्ति भएकाे पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको पनि सो सचिवालयले जनाएको छ ।
प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई आएको कार्यसूचीहरु बैठकमा प्रस्तुत हुने र राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि उक्त बैठकलाई जानकारी दिने व्यवस्था गरिएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले राससलाई बताए।
गत माघ ७ गते सातौँ अधिवेशन बैठक शुभारम्भ भई गत माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल भई सोही दिनको अपराह्नदेखि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरिएको थियो । प्रदेशसभामा कूल ११० जना प्रदेशभाका सदस्य रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ukfIZe via IFTTT
रुपन्देही । एमालेमा लागेका दुई सांसदलाई माओवादी केन्द्रले कारवाही गरेको छ ।
एमालेमा गएका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी)लाई माओवादीले कारबाही गरेको हो ।
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले माओवादी केन्द्रबाट सांसद न्यौपाने र पन्थीलाई कारबाही गरेको पत्र प्रदेश सभामा आएको जानकारी दिए ।
प्रदेशसभाको निमावली १९० अनुसार पत्र आएको र अब निमावली १९१ अनुसार सभामुखले प्रदेशसभामा जानकारी गराउने उनले बताए ।
माओवादीका संसदीय दलका नेता वसन्त घर्तीले एकहप्ता बितिसक्दा पनि स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीले कारवाही बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2OlkNBj via IFTTT
काठमाडौँ । नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा केपी शर्मा ओली लागेको भन्दै आफूहरूले उक्त षड्यन्त्र पूरा हुन नदिने बताएका छन् ।
शनिबार उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
आफूहरू ओली प्रवृत्तिसँग जुधिराखेको भन्दै उनले त्यो प्रवृत्तिको हार र आफूहरूको जीत सुनिश्चित रहेको बताए । उनले ओलीले नै पार्टीलाई कमजोर बनाउन तत्पर रहेको आरोप लगाए । उनले पार्टीभित्रको समस्यालाई समाधान गर्न नखोज्दा अहिले समस्या देखिएको र समस्या समाधानका लागि ओली उदाशिन देखिएको तर्क गरे ।
कार्यक्रममा एमाले नेता भीम रावलले पार्टी विधान मिचेर नेताहरूलाई गरिएको कारबाहीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भष्मासुर प्रवृत्तिलाई छरपष्ट पारेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3t1enGs via IFTTT
काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । दावाँली मिलन क्लबको १५औं वार्षिक साधारणसभा एवं विशेष सम्मानमा आज उनले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताए ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनुपरेको उल्लेख गर्दै उनले पाँच वर्षका लागि जनताबाट म्याण्डेड पाएको कम्युनिष्ट सरकारले तीन वर्षसम्म पनि काम गर्न नसकेको बताए ।
संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधान कार्यान्वयनका लागि जनताले कांग्रेसलाई खोेजेको उनको भनाइ थियो । कांग्रेसका पूर्व महामन्त्री सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्वकर्तामा सेवाको भावना हुनु जरुरी रहेको उल्लेख गरे । सरकार सङ्घीयताभन्दा केन्द्रीकृत शासन व्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2PRSGKC via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ ।
एमालेका वरिष्ठ खनालले राष्ट्रपति भण्डारीसँगको भेटवारे कुरा गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको बताए ।
नेता खनालले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निवासमा आउँदा खुशी लागेको समेत बताएका छन् । उनले राष्ट्रपतिसँगको भेटवार्तामा पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको बताए ।
खनालले भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै भने, ‘उहाँ देशको अभिभावक र संविधानको परिपालक हो । पहिले म नेता हुँदा कार्यकर्ता भएर काम गर्नुभएको थियो । अहिले सम्मानित स्थानमा पुग्नुभएको छ । राष्ट्रको परिपालक भएको हिसाबले पहिलेका नेताहरुलाई सम्झिनु खुशीको कुरा हो । मलाई खुशी लागेको छ ।’
खनालले भने, ‘हामी यहाँ सेक्युरिटीसमेत १९-२० जना बस्छौं । सबैले स्वागत गर्यौं । विगतका कुराहरु र वर्तमान स्थितिका बारेमा भलाकुसारी भए । पार्टी र आन्दोलन एकतावद्ध हुनुपर्छ भन्ने उहाँका कुरा थिए ।’
राष्ट्रपतिले आफ्नो स्वास्थ्यप्रति पनि चिन्ता व्यक्त गरेको नेता खनालको भनाई छ । ‘मैले आफ्नो स्वास्थ्य अहिले सामान्य रहेको जानकारी गराएँ । अहिले मेरो स्वास्थ्यभन्दा पार्टीको र कम्युनिष्ट आन्दोलनको स्वास्थ्यको चिन्ता रहेको बताए ।’ उनले भने ।
‘हामी त आन्दोलनका लागि जीवन बलिदान गर्न तयार भएर हिँडेका हौं । यो नाफाको जीवनभन्दा कम्युनिष्ट आन्दोलनको चिन्ता छ । पार्टीमा कतिपय समस्या उत्पन्न भएको बेला तपाईं आउनुभएको छ । सबै पार्टी बलिया भए र एकतावद्ध भए मात्रै लोकतन्त्र बलियो हुन्छ । भन्ने कुराहरु मैले राखेँ । राष्ट्रपतिज्यूले पनि त्यसमा सहमति जनाउँदै नेकपा एमाले नफुटोस र एकतावद्ध भएर जावस भन्ने सदिच्छा व्यक्त गर्नुभयो । ’ उनले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sNbCsk via IFTTT
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट छ महीनाका लागि निलम्वन गरेका छन् ।
अध्यक्ष ओलीले उनीहरु दुवै जनालाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि निलम्वन गरेका हुन् । दुवै जनालाई निलम्वन गरिएको पत्र पठाइएको छ । “पार्टीले सोधेको स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटि स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएकाले पार्टी विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (ख) बमोजिम छ महीनाका लागि दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी (प्रतिनिधिसभा सदस्य) बाहेक पार्टी सदस्यताबाट निलम्वन गरिएको छ”, पत्रमा भनिएको छ ।
अध्यक्ष ओलीले दुवै जनालाई सच्चिनका लागि अन्तिम मौकासमेत दिनुभएको पत्रमा उल्लेख गरिएको छ । पार्टीले सोधेको स्पष्टीकरण यही चैत १७ गते दुवै नेताले बुझाएका थिए । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीमबहादुर रावललाई पनि सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि छ महीनाका लागि पार्टीको सदस्यताबाट निलम्वन गरिएको थियो ।
यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै पार्टीका नेता नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sL4Tzh via IFTTT
