१८ पुस, बागलुङ । गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो ।
गायक सपूत साङ्गीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए ।
गायक सपूतले आफ्नो र समग्र नेपाली साङ्गीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्याङ्कन गरेको बताए । ‘म अब जहाँ–जहाँ कार्यक्रमका सिलसिलामा पुग्छु, भ्रमण वर्षको प्रचार गर्नेछु’, उनले भने, ‘मेरा सिर्जनामा पनि नेपालका पर्यटकीय गन्तव्यका भिडियो र विषयवस्तु समेट्ने प्रयास गर्नेछु ।’
भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाए । ‘विशेषगरी आन्तरिक पर्यटकलाई गण्डकी प्रदेश भ्रमणका लागि आकर्षित गर्नु मेरो दायित्व हुनेछ’, उनले भने, ‘विदेशका कार्यक्रममा पनि भ्रमण वर्षको प्रचार गर्छौँ ।’
गायक सपूत अहिलेको नेपाली लोकसङ्गीत जगत्मा सफल प्रतिभा हुन् । सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत बहुचर्चित छन् । केही महिनाअघि सार्वजनिक झ्याउरे शैलीको मौलिक लोकदोहारी गीत ‘गलबन्दी’ अहिलेसम्म युट्युवमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ ।
डेढ वर्षअघि सार्वजनिक ‘बोलमाया’ गीतले सपूतलाई एकाएक चर्चामा ल्याएको थियो । प्रेदशमा प्रियजन गुमाउने परिवारको बेदनामा आधारित उक्त गीत ‘युट्युव ट्रेन्डिङ’ को १ नं मा आउन सफल भएको थियो । त्यसयता गायक सपूतका दर्जनौँ गीत सार्वजनिक भइसकेका छन् । सपूत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यसमेत हुन् ।
गायक सपूतसँगै म्याग्दीका कीर्तिमानी आरोही निर्मल पूर्जा पनि भ्रमण वर्ष २०२० को सद्भावना दूतका रुपमा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारले पनि भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । रासस
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2SPugRa
via IFTTT
बलिउड नायक रणवीर सिंहले मुम्बइको प्रभादेवी इलाकामा एउटा फ्ल्याट भाडामा लिएका छन्। रोचक कुरा के छ भने रणवीरले भाडामा लिएको फ्ल्याट त्यही ब्युमोन्ड टावर नामक बिल्डिङमा छ जहाँ पत्नी दीपिका पादुकोन वर्षौ देखि बस्दै आएकी छिन्।

दीपिका सो बिल्डिङको २६ औं तलामा ४ बेडरुमको फ्ल्याटमा बस्दै आएकी छिन। दीपिकाले सन २०१० मा १६ करोड भारुमा यो फ्ल्याट लिएकी थिइन्।
रणवीरले भाडामा लिएको फल्याट भने ३३ औं तलामा रहेको छ। मिडिया रिपोर्टका अनुसार उनले ३ वर्षको लागि फ्ल्याट भाडामा लिएका हुन्।
पत्नी बस्दै आएकै बिल्डिङमा छुट्टै फ्ल्याट किन लिए रणवीरले भन्ने कुरा त उनै जानुन तर भाडा भने रणवीरले राम्रै तिर्ने गरेका छन्। उनले प्रति महिना ७ लाख २५ हजार भारु भाडामा रुपमा तिर्ने छन्।
बलिउडमा रणवीर र दीपिका निकै राम्रो करियर अघि बढिरहेकै छ। दीपिकाको छिट्टै ‘छपाक’ नामक चलचित्र प्रदर्शनमा आउँदै छ। ‘छपाक’ दिल्लीमा भएको एसिड आक्रमणकी पिडित लक्ष्मी अग्रवालको जिन्दगीमा आधारित छ ।
रणवीर कबिर खानको निर्देशनमा बन्दै गरेको चलचित्र ‘८३’ मा देखिदैछन्। चलचित्र १९८३ को क्रिकेट विश्वकपमा आधारित छ। रणवीर चलचित्रमा कपिल देबको भुमिकामा आउँदैछन्।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2QEVMhH
via IFTTT
‘सुवासजी! तपाईंले म सभामुख बन्दिनँ भन्दै हिँड्नुभएन, केही समय मौन बस्दै राम्रो हुन्छ, नबोल्नु नै उचित हुन्छ,’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झाए। दसैंलगत्तै अध्यक्ष प्रचण्डले नेम्वाङलाई उक्त कुरा भनेका थिए।
त्यसपछि नेम्वाङले बाहिर एउटै प्रतिक्रिया व्यक्त गर्न थाले। ‘मलाई यस (सभामुख) बारे नबोल्न अध्यक्षहरूले निर्देशन दिनुभएको छ, यसमा केही टिप्पणी गर्दिनँ, जे गर्नुहुन्छ, अध्यक्षद्वयले उचित समयमा गर्नुहुन्छ,’ नेम्वाङको यस्तै प्रतिक्रिया आउने गथ्र्यो। पछि पनि नेम्वाङले सभामुखका बारेमा कहीँकतै सार्वजनिक टिप्पणी गरेनन्। बोल्नै पर्यो भने यही कूटनीतिक भाषा मात्रै प्रयोग गर्दथे।
अध्यक्ष प्रचण्डको सुझाव पाउनुअघि नेम्वाङले भन्दै आएका थिए, ‘सभामुखका लागि मेरो ‘इन्ट्रेस्ट’ छैन, पार्टीभित्र अरु पनि एकसेएक साथीहरू हुनुहुन्छ, आवश्यक समयमा पार्टीले उचित निर्णय लिन्छ।’ सञ्चारमाध्यमहरू पत्रपत्रिका, रेडियो, टिभी, अनलाइनमा यस्तै विभिन्न प्रतिक्रिया आइरहने क्रम बढिरहँदा नेम्वाङलाई प्रचण्डले उक्त सुझाव दिएका थिए।
जुन दिन प्रचण्डले सुझाव र निर्देशन दिए, त्यो दिनदेखि नेम्वाङले ‘हुन्छु/हुन्नँ’ भन्नै छाडिदिए।
पुस १६ दिनसम्म ‘मिलाउन समय माग गरेका’ प्रचण्डले नयाँ प्रश्न गरिदिए, ‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष त पूर्व एमालेलाई थियो नै, अब त सभामुख पनि पूर्वएमालेलाई दिने हो भने पूर्वमाओवादीलाई के त?’
त्यसपछि नेम्वाङको छोटो प्रतिक्रिया आउन थाल्यो, ‘त्यसबारेमा अध्यक्षद्वयले उचित समयमा निर्णय लिनुहुन्छ, त्यही बेला थाहा हुन्छ, अबको सभामुख को हुन्छ भनेर?’ एकाएक नेम्वाङ ‘यु–टर्न’ हुँदै गए ।
अध्यक्ष प्रचण्डले उक्त निर्देशन दिएको चाल पाएपछि नेकपाभित्र रहेका पूर्व माओवादीका नेताहरूले नेम्वाङलाई ‘बधाई/शुभकामना’ दिन थाले। तर, पनि नेम्वाङले कूटनीतिक भाषामा भनि नै रहे, ‘कमरेड यसमा अलि हतार भयो, उचित समयमा अध्यक्षद्वय (केपी शर्मा ओली र प्रचण्ड)ले आवश्यक निर्णय लिनुहुन्छ, उहाँहरूको निर्णय नै अन्तिम हुन्छ, अहिले बधाई र शुभकामना नलिउँ क्यारे!’
बधाई दिनेमा पार्टीबाट सभामुखका दाबेदार मानिएका देवप्रसाद गुरुङ पनि थिए। उनले तीन पटक भेट्दा हरेक चोटी नै नेम्वाङलाई ‘बधाई र शुभकामना’ दिएर सिंहदरबारस्थित नेम्वाङको कार्यकक्षबाट बाहिरिएका थिए।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुन दुवैले नेम्वाङलाई बधाई नदिएका होइनन्। त्यति मात्रै होइन, गत पुस १६ को प्रतिनिधिसभा बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेका बेला जनार्दन शर्माले फोन गरेर नेम्वाङलाई भावी सभामुखका रूपमा बधाई र शुभकामना दिएका थिए। राष्ट्रियसभाका सदस्यसमेत रहेका दीनानाथ शर्माले त सार्वजनिक रूपमै नेम्वाङको नाम लिने गरेका थिए।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच नेम्वाङलाई नै भावी सभामुखको रुपमा उभ्याउने ‘भद्र सहमति’ का बारेमा सबैजसो जानकार थिए, किनकि त्यसबारे निर्णय गर्ने अधिकार अध्यक्षद्वयलाई नै दिइएको थियो।
त्यति मात्र होइन, साइनोमा नेम्वाङकी सानिमासमेत रहेकी उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि उनलाई सभामुख बनाउनका लागि राजीनामा दिएर बाटो खोलिदिने पार्टीका शीर्ष नेताहरूलाई जानकारी पनि दिइन्।
उता, प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेम्वाङ पुनः सभामुख भएर आउने भएमा पार्टीले उम्मेदवार नदिने प्रतिबद्धता जनाए।
जो–जो बाधक मानिनसक्ने भनिएका थिए, ती सबै नेम्वाङको पक्षमा उभिए। प्रचण्ड, गुरुङ, तुम्बाहाङफे र प्रतिपक्ष दलका नेता देउवा मात्रै होइन, विपक्षी राष्ट्रिय जनता पार्टी नेपाल पनि नेम्वाङको पक्षमा अनुकूल भएर उभिदिएपछि पुस ११ गतेका लागि संसद बैठक आह्वान गरियो।
पुस ११ गतेको बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरियो, सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने।
तर, जब सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयले कार्यतालिका बनायो, त्यस बेला अध्यक्ष प्रचण्ड भने चितवनमा थिए।
चितवनबाट फर्कनुपर्ने प्रचण्ड फर्केनन्। स्रोतका अनुसार पुस १० गते पार्टीका तर्फबाट सभामुखका उम्मेदवार नेम्वाङ हुन् भनेर सार्वजनिक गर्ने तयारी थियो। तर, प्रचण्ड नफर्किएपछि बालुवाटारमा भने आशंका पैदा भयो।
‘सभामुखमा ‘भद्र सहमति’ गरिएको भए पनि कतै प्रचण्डले बोली फेरिदिने त होइनन्?’ यही आशंकाबारे बालुवाटारमा छलफलसमेत भयो।
‘निर्णय गर्न अलिकति समय चाहियो,’ प्रचण्डको प्रस्ताव आएपछि ११ गतेका लागि बोलाइएको बैठक सूचना टाँस गरी पुस १६ गते १ बजेसम्मका लागि सारियो। कारण, पूर्वमाओवादी नेताहरूलाई मिलाउन प्रचण्डका लागि आवश्यक समय लाग्ने भयो।
उपराष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्ष मात्रै रहेको र त्यो पनि कार्यकारी भूमिकाविहीन भएको भन्दै प्रचण्डले कार्यकारी भूमिका भएको सभामुख पद नछाड्ने संकेत ओलीसँगको भेटमा गरे।
पूर्वमाओवादीबाट अग्नि सापकोटा, देवप्रसाद गुरुङ र पम्फा भुसालका नाम सार्वजनिक भइरहेका थिए, तीमध्ये गुरुङले आफू ‘अनिच्छुक’ रहेको भन्दै नेम्वाङलाई शुभकामनासमेत दिइसकेका थिए।
प्रचण्डले पूर्वमाओवादीमा मिलाउनका लागि समय माग गरेपछि पुस १६ गतेसम्म बैठक स्थगित गरियो। १६ गते बैठक सञ्चालन गर्नुअघि पुनः ओली र प्रचण्ड सभामुख चयनका लागि बालुवाटारमा बसे।
तर, त्यो दिनसम्म ‘मिलाउन समय माग गरेका’ प्रचण्डले नयाँ प्रश्न गरिदिए, ‘राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष त पूर्व एमालेलाई थियो नै, अब त सभामुख पनि पूर्वएमालेलाई दिने हो भने पूर्वमाओवादीलाई के त?’
उपराष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्ष मात्रै रहेको र त्यो पनि कार्यकारी भूमिकाविहीन भएको भन्दै प्रचण्डले कार्यकारी भूमिका भएको सभामुख पद नछाड्ने संकेत ओलीसँगको भेटमा गरे।
ओलीले भने, ‘अब पार्टी एकता नै भइसक्यो, पूर्वएमाले र माओवादी भनिरहन जरुरी छ र ? जो भए पनि नेकपाको हुने हो।’
तर, प्रधानमन्त्रीसमेत रहेका ओलीका भनाइमा प्रचण्ड भने ‘कन्भिन्स’ हुन सकेनन्। सभामुख पनि पूर्वएमालेलाई छाड्नु भनेको ‘पार्टी ‘एकीकरणकोे नाममा आत्मसमपर्ण गर्नुसरह’ भन्ने आशय व्यक्त गर्दै आफूलाई नछाडन दबाब परेको भन्दै प्रचण्डले नेम्वाङलाई मान्न नसकिने तर्क गरिदिए।
१५ गते पुग्दा नेम्वाङको नाममा बैठकमा भने सहमति हुन सकेन। संसद सुचारु हुनुभन्दाअगाडि एकपटक बसेर पुनः छलफल गर्ने भन्दै ओली-प्रचण्ड थोरै समय बसेर वालुवाटारबाट छुट्टिए।
तर, ओलीले प्रचण्डसँग सल्लाहै नगरी पुस २७ गतेसम्मका लागि संसद बैठक सारिदिए, यसरी संसद् बैठक सारिएको प्रचण्डले एसएमएसमार्फत् मात्रै थाहा पाए। ओली-प्रचण्ड भेटमा संसद् बैठक सार्ने कुनै कुरा चलेको थिएन।
पुस २७ अघि दुईवटा महत्वपूर्ण निर्णय लिन नेकपालाई आवश्यक थियो। पहिलो त, पुस २० गतेभित्र राष्ट्रियसभा उम्मेदवार चयन गरिसक्नुपर्ने थियो भने पुस २३ गते हुने नेकपा केन्द्रीय समिति बैठकको तयारी गर्नुपर्ने थियो।
अहिलेसम्मको अवस्था हेर्दा प्रचण्ड बादलनिकट नेताहरूलाई अगाडि बढाउन चाहँदैनन्, कारण बादलले प्रचण्डलाई भन्दा ओलीलाई विश्वास गर्न थालेका छन्।
राष्ट्रियसभा उम्मेदवार चयन र केन्द्रीय समिति बैठक लम्बिने भएकाले पनि ओलीले पुस २७ गतेसम्म बैठक सारिदिएको बुझिन आएको छ। तर, पुस २३ गतेका लागि भनी बोलाइएको केन्द्रीय बैठक निर्धारित समयमा हुनेमा भने आशंका कायमै छ, कारण उक्त बैठक सार्नेबारेमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ।
तर, सुरुमै सभामुखका लागि नेम्वाङलाई वचन दिएका प्रचण्ड अन्तिम समयमा आएर किन बदलिए त?
पूर्वएमालेबाट आएका एक स्थायी समिति सदस्य भन्छन, ‘उनी अझै पनि पार्टीभित्र बार्गेनिङ बढाउन चाहन्छन् ताकि अन्य केही हात लागोस्, केही हात नलागी फोकटमा नेम्वाङलाई किन छाड्नु ?’ उनका अनुसार थप केही प्राप्त हुने भरपर्दो प्रतिबद्धता आएपछि प्रचण्ड नेम्वाङलाई स्वीकार गर्न चाहन्छन्।
नेम्वाङलाई स्वीकार नगरे पनि उनी सभामुखका लागि गतिलो उम्मेदवार भने दिनसक्ने अवस्थामा भने प्रचण्ड छैनन्, उनले दिनसक्ने भनिएका दुई उम्मेदवार हुन्-अग्नि सापकोटा र ओनसरी घर्तीमगर।
सापकोटाविरुद्धको गम्भीर प्रकृतिको मुद्दा संवैधानिक इजलासमा छ, कुनैबेला सर्वोच्च अदालतले के निर्णय गर्छ, ठेगान छैन भने ओनसरीका पति वर्षमान पुन ऊर्जा मन्त्रीको जिम्मेवारीमा छन्। पतिलाई मन्त्री, पत्नीलाई सभामुख बनाउँदा कम्तीमा पूर्व माओवादीभित्र असन्तुष्टि बढ्नेछ।
अहिलेसम्मको अवस्था हेर्दा प्रचण्ड बादलनिकट नेताहरूलाई अगाडि बढाउन चाहँदैनन्, कारण बादलले प्रचण्डलाई भन्दा ओलीलाई विश्वास गर्न थालेका छन्। ‘आफ्नो समूह हुँदै गएका भनिएका बादलझै अब बन्ने सभामुख पनि ओली नजिक भइदिने भयले प्रचण्डजी हुनुहुन्छ, यो भुल सायद गर्नुहुन्न’ बादलनिकट एक नेता भन्छन्।
तैपनि, गतिलो उम्मेदवार नभए पनि पूर्वमाओवादी भन्ने एउटा समूहको नेतृत्व उनी कायम राख्न चाहन्छन्। पूर्वमाओवादीको समूहलाई नबिच्क्याउन पनि प्रचण्ड तत्काल भने नेम्वाङलाई स्वीकार गरिहाल्ने अवस्थामा छैनन्। तर, नेम्वाङको नाममा केही न केही हात पार्न भने उनी चाहन्छन्। कारण, पार्टीभित्र अझ अलिकति शक्तिशाली हुन चाहन्छन् उनी।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QixivB via IFTTT
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
नेकपाले सभामुखको उम्मेदवार चयन लगाउन सकेको छैन । जसका कारण प्रतिनिधि सभाको बैठक समेत बस्न सकेको छैन ।
प्रचण्डले नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको र त्यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो छलफल रहेको जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MPARHz via IFTTT
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार काठमाडौंमा ‘बालबालिकासँग प्रधानमन्त्रि’ कार्यक्रममा विद्यार्थीले विभिन्न प्रश्न सोधे। विद्यार्थीले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधे- हजुर जस्तो प्रश्नको पनि सामान्य ढंगले उत्तर दिनुहुन्छ। हजुरको जस्तो अथाह ज्ञान पाउन कसरी पढ्ने होला ?
यो प्रश्नलगत्तै प्रधानमन्त्री ओलीले मुसुक्क मुस्कुराउँदै विद्यार्थीलाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले आफूसँग अथाह ज्ञान नभएको पनि बताए। उनले आफ्ना र समाजका लागि उपयोगी हुने कुरा जान्नुपर्ने पनि बताए।
उनले आफू बालक हुँदा शिक्षक बन्ने इच्छा राखेको पनि बताए। उनले समयक्रममा समाजमा बेठीक र अनुचित काम देखेपछि त्यो बदल्न आफू संघर्ष यात्रामा होमिएको सम्झिए।
उनले पञ्चायती तानाशाहविरूद्ध लड्दा मर्न परे पनि मर्छु भनेर होमिएको पनि बताए। उनले जेलमा पर्दा अहिले मार्छ कि भोलि मार्छ भन्ने त्रास रहेको पनि बताए। उनले सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री बनाएको पनि उल्लेख गरे।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QDHZYD via IFTTT
काठमाडौं । बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा औपचारिक रुपमा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन साँझ ८ः३० बजेसम्म सञ्चालन भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए । समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शङ्खध्वनी बजाउनुको साथै वैदिक स्वस्ति पाठवाचन गरेका थिए । वौद्ध धर्मालम्बीले बौद्धसम्बन्धी पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।
उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाली चलचित्रका महानायक राजेश हमाल मञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।
त्यसपछि पर्यटन व्यवसायी र विभिन्न सङ्घ संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनसम्बन्धी सामग्री बोकेर झाँकी प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो ।
शुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा नेपाल घुम्न आउन सबै पर्यटकलाई निम्तो दिँदै आर्थिक विकासको आधार पर्यटनलाई बनाउने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रपति भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गरेका थिए । सोही समारोहमा भ्रमण वर्षको मस्कट ‘यति’को प्रदर्शन गरियो ।
समारोहमा उपस्थित दर्शकले भ्रमण वर्षको मस्टक यति अभिरुचिपूर्वक अवलोकन गरेका थिए । उनीहरु यतिको अगाडि बसेर फोटो खिचाउन व्यस्त थिए । भ्रमण वर्षको लोगो अङ्कित ब्यानर चार वटा नेपाली सेनाको हेलिकप्टरबाट प्रदर्शन गरिएको थियो ।
भ्रमणवर्ष सफल बनाउनका लागि पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता र सातवटै प्रदेशमा मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको भिडियो सन्देश देखाइएको थियो । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले भ्रमण वर्षको शुमकामना दिँदै सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी सातैवटै प्रदेशमा मुख्यमन्त्रीले आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रबारे जानकारी गराउँदै भ्रमण वर्ष सफल बनाउन आग्रह गरे । समारोहमा विदेशबाट आउनु भएका पर्यटन मन्त्रीहरुले सम्बोधन गरेका थिए । उनीहरुले भ्रमण वर्षमा आफ्नो मुलुकबाट बढिभन्दा बढी पर्यटक भित्र्याउने प्रतिबद्धता व्यक्त गरे । रङ्गशालाको बीचमा रहेको मञ्चमा देखिने स्क्रीनमा नेपालका विभिन्न पर्यटकीय गन्तव्य, विभिन्न सङ्गीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको गीत र नृत्य प्रस्तुति गरेका थिए ।
समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना र मन्त्रिगणको उपस्थिति थियो । मुख्य राजनीतिक दलका शीर्षस्थ नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी रहेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MN5jCl via IFTTT
‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईँ बिर्सिँदै हुनुहुन्छ !’ तर, जवाफ आयो,‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ ! के गर्नुपर्छ मैले पनि जान्याछु !’
बहिर्गमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर हतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ । रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएका हुन् । राजेश्वर रघुवीरका विश्वासपत्र । उनलाई विस्थापित गरेर गएका नेम्वाङले रघुवीरको डिजाइनमा असहयोग गरेको आरोप लगाएका थिए ।
वसन्तले प्रशासन महासाखा प्रमुखसमेत रहेका राजेश्वरसँग असहयोग गर्नुका कारण सोधेपछि हो, मन्त्रीसँग मुखमुखै लागेको । रघुवीर सिञ्चाइमन्त्री हुँदा निजी सचिव रहेका राजेश्वर भौतिकमन्त्री भएपछि पनि महासेठसँगै पछि लागेर मन्त्रालय चलाए । त्यतिबेला मन्त्रीको निजी सचिवभन्दा पनि कमिसन एजेन्टका रुपमा बढी परिचित थिए । भौतिकमा पनि महासेठले त्यही भूमिकामा राखे । तर, रघुवीरको बहिर्गमनसँगै तिल्मिलाएका राजेश्वरले नयाँ मन्त्रीलाई सुरुदेखि नै असहयोग गर्न थाले ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZFgWjV via IFTTT
