१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ ।

गीतमा प्रचण्ड नातिनी स्मिता र गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर छ । सुनिता नेपाल (सुवेदी)को शब्दरचनामा रहेको गीतमा दीपक शर्माको संगीत छ । अनिल अधिकारीको रेकर्डिङमा तयार भएको गीतलाई श्यामश्वेत रसायलीले मिक्सिङ गरेका हुन् ।
रमाइलो गीतको भिडियो पनि अन्यन्तै राम्रो बनेको छ । कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा बनेको गीतको भिडियो स्वयं सरोज र कार्टुन्ज क्रुकै आश्मा विश्वकर्माको अभिनय छ । नवराज उप्रेतिले खिचेको गीतको भिडियोलाई अर्जुन केसीले सम्पादन गरेका हुन् । गीतको सुटिङ काभ्रेको धुलिखेलस्थिल धुलिखेल माउण्टेन रिसोर्टमा भएको हो । हेरौँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2JL8Orq
via IFTTT
१८ कात्तिक, काठमाडौं । निश्चल बस्नेत चलचित्र ‘लुट’ निर्देशनपछि एकाएक चर्चामा आएको निर्देशक हुन् । चलचित्र ‘लुट’ निर्देशन गरेका निश्चललाई नेपाली चलचित्र क्षेत्रमा स्थापित गराउन त्यहि एउटा चलचित्र काफी भयो । उनको चलचित्रलाई नेपाली चलचित्रको कोशेढुङ्गाको रुपमा पनि हेर्ने गरिन्छ । नेपाली चलचित्र क्षेत्रमा पुरानो धार र नयाँ धार भन्नेहरुको भिन्नता पनि त्यहि बेलादेखि शुरु भयो । उनले बनाएको चलचित्रमा न त चलेका कलाकार थिए न त चलेका निर्माण समूह नै । त्यहि पनि उनले बनाएको सिनेमा दर्शकहरुले मनपराए र उनी स्थापित बने ।

चलचित्र निर्देशनबाट नेपाली चलचित्रमा हामफालेका निश्चल अचेल गीत पनि गाउँछन्, अभिनय पनि गर्छन् भने चलचित्रको गीतमा गज्जबले कम्मर पनि मर्काउँछन् । उनले नाचेका तथा अभिनय गरेका कैयौँ गीतहरु निकै चर्चित र लोकप्रिय बनेका छन् । लुट प्रदर्शनको ७ वर्ष नाघिसक्दा उनले अहिलेसम्म तीनवटा चलचित्र मात्र निर्देशन गरेका छन्, ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ । तीनवटा चलचित्र मात्र निर्माण गरेका उनी विभिन्न चलचित्रको गीतमा नाच्छन् भने कतिपय चलचित्रमा मुख्य भूमिकामा पनि देखिएका छन् । यस्तै उनकै मुख्य भूमिका रहेको चलचित्र ‘घामड शेरे’ यहि कात्तिक २२ गतेबाट हलहरुमा प्रदर्शन हुँदैछ ।
यसअघि तिहारमा छुट्टीमा प्रदर्शन हुने भनिएको चलचित्र अन्य चलचित्रसँग जुध्ने भएपछि कात्तिक २२ लाई सािरएको हो । उनले ‘घामड शेरे’मा मुख्य कलाकारकै रुपमा अभिनय गरेका छन् । चलचित्र निर्देशनमा नलागी अभियनमा मात्र लाग्दा उनलाई एउटा आरोप लाग्ने गरेको छ । धेरैले उनलाई ‘लुट फिल्मको ब्याज खाइरहेको समेत भनेका छन् । यहि प्रश्न आइतबार राजधानी गरिएको चलचित्र ‘घामड शेरे’को पत्रकार सम्मेलनमा पनि सञ्चारकर्मीहरुले राखे । प्रश्नको जवाफमा उनले यो आरोपलाई सोच्दै नसोची नकारे ।
निश्चलले भने, ‘त्यो गुडविलले काम गरेको चाँही हो । मलाई हेर्ने नजरमा पनि एकहदसम्म फरक पारेको छ । त्यो ब्याज चाँही मैले खाइराको छु की ममाथि लगानी गर्ने मान्छेहरुले खाइरहनुभएको छ, आफैँ मुल्याङ्कन गर्नुस् ।’ यति भन्दै गर्दा उनी मुसुक्क हाँसे । एक फरक प्रसङ्गमा उनले आफू हरेक वर्ष चलचित्र बनाउने चक्करमा नभएको स्पस्ट पारेका छन् । ‘मैले बनाउने फिल्म र मैले खेल्ने फिल्मको स्क्रिप्ट अरुभन्दा फरक हुनैपर्छ, त्यहीभएर पनि टाइम लागेको हो ।’ उनले थपे ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2JQC0gG
via IFTTT
१८ कात्तिक, काठमाडौं । हास्यकलाकार एवं सामाजिक अभियन्ताद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण टीमले सोमबार सामाजिक सञ्जालमार्फत चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक फस्टलुक पोस्टरमा सिताराम कट्टेल गाउँले युवकको रुपमा देखिएका छन् । हाप टिसर्ट, हाप ज्याकेट र कालो पाइन्टमा देखिएका उनको शिरमा ढाका टोपी पनि ढल्काएका छन् । पोस्टरमा उनी हल्का गम्भीर देखिएका छन् । डिन्डु लामा ह्योल्मोको लगानीमा बन्न लागेको चलचित्रलाई कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्य ‘काकु’ले लेखेका हुन् । कमेडी जनराको चलचित्र आगामी फागुन ९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

सुबिहानी फिल्म्स् प्रा.लिको प्रस्तुती रहेको चलचित्र ‘सेन्टी भाइरस’लाई कबड्डी सिरिज, पुरानो ढुङ्गा लगायतका चलचित्रहरु निर्देशन गरिसकेका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्दैछन् । चलचित्रमा सिताराम र कुञ्जनाको साथमा दयाहाङ राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई, बसन्त भट्ट, एलिसा राई, सन्दीप क्षेत्रीलगायतका कलाकारहरुको मुख्य भूमिका छ । चलचित्रको सुटिङ मंसिरबाट शुरु गरिने निर्माण टीमले जनाएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2NfzBy2
via IFTTT
१८ कात्तिक, काठमाडौं । चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङको विषयमा अर्का चर्चित एवं लोकप्रिय गायक सुगम पोखरेलले मुख खोलेका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा सुगम पोखरेलले भिटेनको पछिल्लो विषयमा आफ्नो धारणा राखेका हुन् ।
भिटेनको विषयमा तपाईंको धारणा के हो भन्ने विषयमा गायक पोरखेलले गायक आफैँमा सेन्सर हुनुपर्ने बताएका छन् । उनले भने, ‘कलाकारहरुले कुनैपनि व्यक्तिको नाम लिँदा सोच्नुपर्छ । आफैँमा सेल्फसेन्सर हुनुपर्छ ।’ कसको नाम लिएर उनीहरुलाई गाली गर्न संसारको कुनैपनि स्थानमा नपाइने बताउँदै गायक पोखरेलले रमाइलोको लागि कसैको नाम, जात, सम्प्रदाय र समुदायप्रति नराम्रो भन्न कदापी पाइँदैन ।

गीतमा राजेश हमालले बोलाउँदा सुटिङमा गइन भन्ने किसिमका शब्दहरु प्रयो गरिएको सन्दर्भमा बोल्दै गायक पोखरेलले भिटेनको पक्षमा बोले । ‘उनले गाएको गीतमा सम्मान नगरिएको भन्न मिल्दैन’, उनले भने, ‘राजेश दाइले बोलाउँदा गइन भन्नाले राजेश दाईलाई एकदमै ठूलो मानेर सम्मान गरेको हो ।’ गायक पोखरेलले गर्न मिल्छ भन्दैमा सबैकुरा गर्न नहुने बताएका छन् । ‘देखाउन मिल्छ र भन्न मिल्छ भन्दैमा सबैकुरा गर्न मिल्छ भन्ने छैन’, उनले भने, ‘कपडा लाको केही कुरा ढाक्नलाई हो ।’
यस विषयमा राजेश हमालसँग प्रश्न गर्दा उनले सुगमले भनेको कुरा ठिक हो भन्दै उनको कुरामा समर्थन जनाए । लोकतान्त्रिक परिवेशमा सिर्जनामा लगाम लगाउन नमिल्ने बताउँदै राजेश हमालले सरकारले सिर्जनाको क्याटेगोरी छुट्याएर हेर्न मिल्ने बनाउनुपर्नेमा जोड दिए । कसैले हल्काफुल्का शब्द प्रयोग गर्ला कसैले गहकिला शब्दहरु प्रयोग गर्ला त्यसलाई रोक्नु हुँदैन । सिर्जनालाई बाहिर ल्याउने माध्यम चाँही सरकारले चयन गरिदिनुपर्छ । उनले भने, ‘टेलिभिजनमा देखाउन मिल्नेलाई टेलिभिजनमा देखाउनुपर्छ, केही सामाग्रीहरु १८ वर्षभन्दा माथिकोले मात्र हेर्न मिल्ने भए त्यहि उमेरसमूहका माानिसहरुले मात्र हेर्नेगरी सरकारले नियमन गर्नुपर्दछ ।’
तिहारअघि चर्चित र्यापर भिटेन पक्राउ परेका थिए । उनको ‘हामी यस्तै त होनी ब्रो’ नामक गीतमा प्रहरीको पोषाकको गलत प्रयोग गरेको र अश्लिल शब्दहरु बोलको भन्दै प्रहरीले युट्युबबाट गीत हटाउन लगाएको थियो । पक्राउ गरेको भोलिपल्ट उनलाई साधारण तारेखमा छोडिएको थियो । भिटेन अहिले अर्को गीत सार्वजनिक गर्ने तयारीमा छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2WDoLFe
via IFTTT
१८ कात्तिक, काठमाडौं । सातै प्रदेशमा ‘सप्तरंग २’ सांगीतिक कार्यक्रम हुने भएको छ । कात्तिक २० देखि मंसिर ४ गतेसम्म हुन लागेको ‘टिभिएस अपाचे सप्तरंग२’ मा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् ।
कार्यक्रममा महानायक राजेश हमाल रहनेछन् भने साथमा जितु नेपाल, गायक सुगम पोखरेललगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिनेछन् । गृष्मा ब्रोडकाष्टिङको आयोजनामा हुन लागेको कार्यक्रमले सातै प्रदेशमा विभिन्न कलामार्फत पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै स्थानीयलाई प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।

प्रदेश १ को बिर्तामोडमा कलाकार मेलिना राई, प्रदेश २ को वीरगञ्जमा जितु नेपाल, प्रदेश ३ को चितवनमा सुगम पोखरेल, गण्डकी प्रदेशको पोखरामा नेपाल आईडल विजेता रवि ओड, प्रदेश ५ को नेपालगञ्जमा प्रकाश सपुत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राजेश हमाल र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा हिमाल सागरको प्रस्तुति रहनेछ ।
गृष्मा बोर्डकाष्टिङले ५ वर्षदेखि निरन्तर मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ । ‘सप्तरंग २’ संगीतिक यात्रालाई पूर्णरुपमा निःशुल्क गरेको छ। उक्त मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन् । कात्तिक २० गते बिर्तामोड, २२ गते वीरगञ्ज, २४ गते चितवन, २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र मंसिर ४ गते पोखरामा कार्यक्रम हुँदै छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2C9dfI7
via IFTTT
काठमाडौं । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ ।
यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको छ ।
सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Clnppr via IFTTT
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् ।
‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुईटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ । फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं ।’
मंसिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रित भयो । ‘छिनछिनमै असजिलो भएपछि डायलाइसिस गरियो, आज या भोलि फेरि अर्को डायलाइसिस गर्नुपर्नेछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तर म एकदमै सिकिस्त छैन ।’
( यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/36qXqKQ via IFTTT
