काठमाडौं । कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख चयनका विषयमा परामर्श शुरु भएको छ ।
यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका थिए । संघीय संसद् सचिवालयमै कार्यरत एक महिलाले जबर्जस्ती करणीको अभियोग लगाएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । उनको राजीनामा लगत्तै आरोपित भनिएकी महिलाले आफ्नो आरोप खण्डन पनि गरेकी छन् ।
उनले दिएको राजीनामा प्रतिनिधिसभा नियमावली अनुसार आएको भन्दै संसद सचिवालयले सूचना जारी गरेको छ भने संसद सचिवालयले पनि आफ्नो वेभसाइटबाट सभामुख महराको नाम हटाएको छ ।
नयाँ सभामुख चयनका विषयमा सत्तारुढ नेकपाले छलफल शुरु गरेपनि कसलाई बनाउने भन्ने बारेमा नामका विषयमा छलफल नभएको एक नेताले बताए ।
नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन। अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ ।
संवैधानिक व्यवस्था अनुसार, सभामुख वा उपसभामुख फरक राजनीतिक दलको हुनुपर्छ। सभामुख वा उपसभामुखमध्ये एक फरक लिङ्गको हुनुपर्ने पनि संवैधानिक व्यवस्था छ। अहिले उपसभामुख तत्कालीन एमालेबाट निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फे छन् ।
यसअघि सभामुखमा माओवादी केन्द्रबाट महरा उम्मेदवार बनेका थिए । दुई दल एकीकृत भएपछि विपक्षी दलले पुनः निर्वाचनको माग गरे पनि सशक्त कार्यसूची भने बनाउन सकेको थिएन।
अबको समीकरण अनुसार उपसभामुखमा तुम्बाहाङ्फेलेलाई निरन्तरता दिएमा सभामुख नेकपाले पाउने छैन। अन्य दललाई सभामुख दिन नेकपाले नचाहेमा उपसभामुखको राजीनामा अनिवार्य छ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अब परामर्श स्वभाविक भएपनि वृहत छलफल नभएको बताए । उनले भने, ‘हामीले भर्खर मात्रै अप्रत्याशित घटना फेस गरेका छौँ। अब सभामुख चयनको प्रक्रिया दलीय सहमतिमा नै अघि बढ्छ। व्यक्तिबारे हामीले कुनै छलफल गरेका छैनौँ। सम्भवतः अब अर्को अधिवेशनमा नै चयन प्रक्रिया अगाडि बढ्छ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/356NIfS via IFTTT
सिमिकोट । दशैँको मुखमा हुम्लाका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैँ खल्लो हुने भएको छ ।
जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ ।
चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताए । नेपालीको महान् पर्व दशैँमा चामल नपुगे पनि तिहारसम्ममा पुर्याउने लक्ष्य लिइएको उनले जानकारी दिए ।
गत असारको अन्तिम सातादेखि दक्षिणी क्षेत्रमा रहेका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामल नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धाँमीले बताए । उनका अनुसार स्थानीय सरकारले स्थल मार्गबाट चामल ढुवानी गर्ने भने पनि नेपाल खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गर्दा यो दशैँमा चामल नपुगेको हो ।
यो वर्ष चामल नहुँदा दशैँ खल्लो हुने निश्चित भएको स्थानीयवासी भक्तराज ऐडीले गुनासो गरे । अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भए पनि चामल नहुँदा त्यहाँका स्थानीयवासीले यो वर्षको दशैँ भातविना मनाउने भएका छन् ।
दशैँ सम्ममा चामल पुग्छ भनेर कर्मचारी तयारी अवस्था रहे पनि चामल नपुग्ने निश्चित भएपछि दुई वटा डिपोका कर्मचारी पनि दशैँ मनाउन घर गएका छन् । ठेकेदारले यही असोज ८ गते टेण्डर प्रक्रिया सम्झौता गरी तिहारसम्ममा चामल स्थलमार्गबाट जिल्ला ल्याउने जानकारी दिएको संस्थान प्रमुख विष्टले बताए ।
खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेको भन्दै दशैँमा चामल पुर्याउन नसकिएको ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिए । उहाँका अनुसार यस वर्षको टेण्डर प्रक्रिया नै ढिला भएकाले कसैलाई पनि यस वर्षको दशैँमा चामल पुर्याउन सकिएको छैन ।
सिमकोटमा १६ सय क्विन्टल मौज्दात, याल्वाङमा १५ सय क्विन्टल बाँडियो
यता, सधैँ दशैँमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा यो वर्ष खाद्यान्न मौजात प्रशस्त रहेको छ । काठमाडौँ केरुङ हुँदै सिमकोट पुगेको ६ सय क्विन्टल र स्थानीयलाई वितरण गरी बाँकी रहेको एक हजार क्विन्टल चामल गरी १६ सय क्विन्टल मौज्दात रहेको खाद्य संस्थान प्रमुख विष्टले बताए ।
गत वर्ष संस्थान शाखा हुम्लाले एक घरधुरीलाई तीन केजीका दरले चामल वितरण गरेको थियो । त्यसैअनुरूप विभिन्न निकायको सहकार्यमा यो वर्ष सिमकोटमा रहेको खाद्य संस्थानको गोदाममा एक हजार ६ सय क्विन्टल चामल मौज्दात रहेको विष्टले बताए ।
उता केरुङ नाका हुँदै सिमकोट आउँदै गरेको चार हजार क्विन्टल चामलमध्ये ६ सय क्विन्टल संस्थान शाखामा भित्रिएको छ भने बाँकी रहेको तीन हजार ४ सय क्विन्टल चामल सल्लीखोलामा रहेको चौकीदार अखिल रोकायाले जानकारी दिए ।
केरुङ हुँदै गाडीमार्फत याल्वाङमा पुगेको एक हजार ५ सय क्विन्टल चामल याल्वाङ बिक्री केन्द्रमार्फत वितरण गरिसकिएको छ । सिमकोट खाद्य संस्थानका लागि गाडीबाट हिल्सा हुँदै सल्लीखोला पुगेको चामल वर्षातले सडक ठाउँठाउँमा भत्केका कारण ढुवानी कार्य रोकिएको ठेकेदार ध्रुव शाहीले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31MjyfZ via IFTTT
काठमाडौं । दशैंको टीका नजिकिँदै गर्दा काठमाडौं उपत्यका छाड्नेको संख्या दिनप्रतिदिन बढ्दो छ ।
बुधबारसम्म १२ लाख जना राजधानीबाट बाहिरिएकोमा विहीबार मात्रै झण्डै चार लाखको हाराहारीमा यात्रु बाहिरिएको प्रहरीले जनाएको छ ।
टिकट पाएकाहरु बसमा रमाउँदै राजधानी बाहिरिए पनि टिकट नपाउनेहरुको भने बिचल्ली छ । गोंगबुस्थित नयाँ बसपार्कमा टिकट पाइन्छ कि भनेर जानेहरुको भीड अझै बाक्लो छ ।
उनीहरु टिकट क्वाउन्टरबाट टिकट सकियो भन्ने खबर सुन्दा पीडाबोध गर्दै यताउता भौतारिन्छन् । कतै बसका ड्राइभर तथा सहचालकसँग पो टिकटको कुरा मिल्छ कि भनेर भौतारिनेहरु पनि यही भीडमा भेटिएका थिए ।
दशैंका लागि यसपटक काठमाडौंबाट करिब २५ लाख जना बाहिरिने प्रहरीको अनुमान गरिएको छ । उपत्यकाबाट बाहिरिने मुख्य ४ नाका छन् । जसमध्ये थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो । जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिने अनुमान छ । त्यस्तै, बल्खु–चोभार नाकाबाट १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै ५ प्रतिशत यात्रु राजधानीबाट बाहिरिने प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीका अनुसार विहीबार मात्र झण्डै चार लाख मानिस बाहिरिएका छन् । दशैंका लागि सबैभन्दा धेरै यात्रु अब भोलि र पर्सी बाहिरिने छन् ।
टिकट काउन्टरमा पनि यी ३ दिनका लागि नियमित र थप गरिएको टिकट बुकिङ समेत सकिएको छ । सार्वजनिक बिदा सुरु हुने भएकाले पनि ती दिनहरुमा दैनिक ४ लाख जनासम्म बाहिरिने ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुले अनुमान गरेका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2o3cZXY via IFTTT
१६ असोज, काठमाडौं । वर्षकै चर्चित एवं लोकप्रियमध्येको एक गीत ‘गलबन्दी’को मेकिङ भिडियो सार्वजनिक भएको छ । गायक एवं सर्जक प्रकाश सपुतको युट्युब च्यालनबाट गीतको मेकिङ भिडियो सार्वजनिक गरिएको हो ।

मेकिङ भिडियोमा गीतको भिडियो छायांकन गर्दाको रमाइलो पलहरुलाई समावेश गरिएको छ । चर्चित गीतको भिडियो प्रकाश सपुतको आफ्नै घर र त्यसआसपास छायांकन गरिएको हो । उनको घर बागलुङ जिल्लाको घम्जा हो । गलबन्दीको भिडियो यहि वर्षको बैशाखमा छायांकन गरिएको थियो ।
प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको गीतको शब्द तथा संगीत पनि प्रकाश सपुतकै छ । गीतलाई चोरीको आरोप लागेपछि यसको संगीतमा गायक एवं संगीतकार शम्भु राईको नाम पनि थपिएको छ । प्रकाशकै निर्देशनमा बनेको गीतको भिडियोलाई करण चैसरको सिनेम्याटोग्राफी छ भने प्रविण भट्टले सम्पादन गरेका हुन् । भिडियोमा प्रकाशको साथमा अञ्जली अधिकारी, दिप्लब बिक, करविन गैरे लगायतका कलाकारहरुको मूख्य भूमिका छ । भिडियोमा प्रकाशले आफ्नौ आमाबुवा र गाउँले परिवेशलाई छर्लङ्गै पर्दामा उतारेका छन् । हेरौैँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2OjgTGK
via IFTTT
१६ असोज, एजेन्सी । सलमान खान र प्रियंका चोपडालाई एकैपटक सिनेमाहलको पर्दामा देख्न दर्शकको चाहना अर्को वर्ष २०२० मा पनि पूरा नहुने भएको छ । २०२० को ईदमा रिलिज हुने प्रभुदेवाले निर्देशन गर्न लागेको चलचित्रमा सलमानले पहिले नै कट्रिना कैफलाई लिइसकेको बुझिएको छ ।

सलमानले प्रियंकालाई नचुनेर कट्रिनालाई चुनेका हुन् । यसअघि पनि सलमान खानको चलचित्र भारतका लागि नायिका प्रियंका चोपडालाई लिने भनिएको थियो । तर प्रियंकाले विवाहको कारण देखाउँदै फिल्म नगरेकी हुन् । २०२० को ईदमा रिलिज हुने सलमानको फिल्ममा सलमान खान प्रहरी अफिसरको भूमिकाम देखिने पक्का भएको छ । यसअघि उनले दबंगमा पनि प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा शुरुमा प्रियंकालाई लिने कुरा भएता पनि सलमानले सिधै हुन्न भनेका थिए । भारतीय मिडियाका अनुसार फिल्मको लागि ज्याकलिन फर्नान्डेज र कट्रिना कैफको नाम अगाडी आएको थियो । त्यसमध्ये सलमानले कट्रिनालाई छानेका हुन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2InoKzo
via IFTTT
१६ असोज, एजेन्सी । ऋतिक रोशन र टाइगर श्रोफ स्टारर फिल्म ‘वार’ले घरेलु बक्सअफिसमा दमदार कलेक्सन गरेको छ । एक्सन ड्रामाले पहिलो दिनको व्यापारमा सम्पूर्ण रेकर्ड तोड्दै ५३.३५ करोडको ओपनिङ गरेको छ ।
यसअघि बलिउडको ठुलो ओपनर ‘ठग्स अफ हिन्दोस्तान’को रेकर्ड पनि फिल्मले भत्कायो । आमिर खान स्टार ‘ठग्स अफ हिन्दोस्तान’ले ५०.७५ करोडको ओपनिङ गरेको थियो । ‘वार’को हिन्दी भर्सनको कमाई मात्रै ५१.६० करोड छ । भने, तामिल र तेलुगुमा १.७५ करोडको व्यापार गरेको छ ।

हिन्दी भर्सनको व्यापारमा सर्वाधिक ठुलो ओपनिङ गरेको हलिउड फिल्म ‘एभेन्जर्सः इन्डगेम’लाई पनि ‘वार’ले पछाडी छोडेको छ । ‘एभेन्जर्स’ले यसै वर्ष ५३.१० करोडको व्यापार गरेको थियो ।
सिद्दार्थ आनन्द निर्देशित ‘वार’, अब बलिउड र हिन्दी भर्सनमा सर्वाधिक ठुलो ओपनिङ गर्ने फिल्म बनेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले दुई दिनमै सय करोडको आँकडा छुन सक्छ । फिल्ममा ऋतिक र टाइगरका अलावा वाणी कपूर, आशुतोष रानाको पनि मुख्य भूमिका छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oOFHvK
via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनु उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति ग म्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो ।
संविधान र प्रतिनिधिसभा नियवावली २०७५ अनुसार सभामुख महराले उपसभामुख समक्ष राजीनामा दिनुपर्ने हुन्छ। नियमावलीको द फा २११ अनुसार सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहम्फेसमक्ष लिखित राजीनामा दिनुपर्ने हुन्छ। उच्च स्रोतका अनुसार महराको आजै साँझसम्म राजिनामा आउने सम्भावना बलियो रहेको छ । राजिनामा आएपछि प्रहरीले घटनाका विषयमा थप अनुसन्धान शुरु गर्ने जनाइएको छ ।

यस्तो छ महराको राजनीतिक इतिहाँस :
कृष्णबहादुर महरा ‘अमरसिंह’ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (मा ओवादी)का महासचिव हुन्। उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन् ।महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्वउप्रधान तथा गृहमन्त्री हुन् ।
उनी पटकपटक सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् । सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो । योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । योसँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागिसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
२०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत भएका थिए। २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १बाट विजयी बनेकामहरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र एमाओवादीका नेता हुन । अन्य नेताहरुले यो अवसर पाएका छैनन् ।
महराले रोल्पा जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। बि.सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा २०५२ देखि भू’मिगत भए। माओवादी बि’द्रोह सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भू’मिगत भए। रोल्पा जिल्लाको लिवाङ गाविस वडा नम्बर -७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन्। महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन् । कतिपय नेताहरुले आफ्ना छोराछोरी बिदेश पढाइरहँदा महराले भने आफ्ना छोराछोरीलाई यु द्धमै होमेका थिए । दुबै छोराले ज नुम’क्ति सेनाबाट गत वष मात्रै अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेका छन् ।
निकै सरल स्वभावका महरा आर्थिकरूपमा पनि निकै पारदर्शी र मि तव्ययी मानिन्छन् । केही वषअघि मात्र श्रीमतीको उपचार गर्दा पनि भारतका प्रवासी नेपालीहरुसँग र गत सहयोग मागेर काम चलाएका थिए । अन्य नेता कायकर्ताहरु निजी सम्पत्ति जोड्न लागिरहेको बेला महराले भने लिवाङमा रहेको पुख्र्यौली सम्पत्तिसमेत एक प्राविधिक शिक्षालयलाई दान गरेका छन् । यिनले अमरसिंह उपनामबाट माओवादी ज नयु द्धको ने तृत्व गरेका थिए।
मोहनविक्रम सिंहले रोल्पा जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्याएका हुन। निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा माओवादीका ‘स्वच्छ’ नेताको रूपमा चिनिन्छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oU1zWv via IFTTT
