काठमाडौं । बानेश्वरको शान्तिनगरमा मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री यागेन्द्र राय यादव चढेको गाडीले स्कुटीलाई ठक्कर दिएको हो ।
मन्त्री सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको थियो । मन्त्रीको गाडीले बा ४२ प ३३३२ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर पल्टिएको थियो ।
स्कुटर पल्टिएपनि स्कुटरमा सवार दुई युवा भने सकुशल छन् । उनीहरुलाई चोटपटक लागेको छैन । स्कुटर पल्टिएपछि युवाहरुले विवाद गरेका थिए । विवाद गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरु विप्लव समुहको नेकपा निकट विद्यार्थीसंगठनका विद्यार्थी नेता भएको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2POfp5U via IFTTT
काठमाडौँ । काठमाडौँको मध्यसहर भएर बग्ने टुकुचा खोलाको जमिन कित्ताकाट गरेर ब्यापारीक प्रयोजनका लागि बेचिएको छ । कुनै बेला खोला बग्ने जमिनमा अहिले ठुलठुला भवन ठडिएका छन् । बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोला गायब पारिएको छ । करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको देखिएपछि महानगरपालिकाले खोजि सुरु गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।
काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको देखिएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिको नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।
बुढानीलकण्ठ हुँदै बगेर आएको टुकुचा खोला नारायणहिटी दरबार परिसर पूर्व–दक्षिण मोहडास्थित बाँसको झाङसम्म सतहमा देखिन्छ । त्यसपछि तल आउँदा गायब भएको खोला एकैपटक काठमाडौं प्लाजा पछाडितर्फको सतहमा बगेको देखिन्छ । उक्त जग्गामा अहिले लक्ष्मी बैंकको प्रधान कार्यालय छ । जय नेपाल हलको पार्किङ क्षेत्र पनि मिचिएको सोही जग्गामा पर्छ । सिद्धार्थ बैंकको कार्यालय रहेको भवन पनि मिचिएको सोही जग्गामा बनेको छ । एसबिएल डेभलपर्सले मिचिएको सोही जग्गामा पक्की भवन बनाई व्यापारिक प्रयोजनमा लगाएको छ ।
ओमकारशमशेर जबरा, महेन्द्रराज वैद्य तथा गौरी श्रेष्ठले पनि मिचिएको सोही जग्गा वर्षांदेखि निर्बाध रूपमा भोगचलन गर्दै आएका छन् । त्यसबाहेक ट्राभल एन्ड टुरिजमसम्बन्धी कार्यालय रहेको भवन, रेस्टुरेन्ट, कफी सपदेखि सवारीसाधन पार्किङ क्षेत्र मिचिएकै जग्गामा निर्माण गरिएका छन् । प्राधिकरणका अनुसार टुकुचा अहिले पनि जय नेपाल हलको ठीक मुनिबाट, गल्फ ट्राभलको छेउ हुँदै लक्ष्मी बैंक, साख हाउस, सिद्धार्थ बैंक रहेको भवन लगायतस्थानबाट भूमिगत रूपमा बगेको छ ।
काठमाडौं महानगरपालिकाले खोलाको गायब जग्गा दोस्रोपटक खोज्न सुरु गरेको छ । यसअघि महानगरपालिकाले २४ जेठ ०६६ मा गायब जग्गा खोजी गरेको थियो । तर, त्यसको परिणाम भने प्राप्त हुन सकेन । गत २९ चैतमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्र लेख्दै महानगरपालिकाले जग्गाको पुनः खोजी सुरु गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GWiKgx via IFTTT
नेपाल कम्युनिष्ट पार्टीको जिल्ला एकीकरण टुंगिएलगत्तै शीर्ष नेतृत्वको पोलिटब्युरो सदस्य चयनमा पनि सैद्धान्तिक सहमति जुटाएको छ । नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो ।
नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भएको छलफलका क्रममा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटीमा रहेकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटब्युरो सदस्य बनाउने सहमति भएको छ ।
नेकपा पोलिटब्युरोमा कुन समूहका को ? दाहाल ४९, ओली ३८, नेपाल ३६, थापा १०, गौतम ७, श्रेष्ठ ७
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UTtlws via IFTTT
टोकियो । जापानका सम्राट नारुहितोले मङ्गलबार मध्यरातबाट जापानको राजगद्दी सम्हाल्नुभएको छ । उहाँ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं राजा हुनुभएको छ ।
शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उहाँलाई मङ्गलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतिक, एउटा बहुमूल्य रत्न दिइएको थियो । उक्त समारोहमा पूर्व सम्राट अकिहितोको पनि उपस्थिति थियो ।
राजगद्दीमा आसिन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै सम्राट नारुहितोले आफू बुबाकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैँ साथ रहने वचनबद्धता प्रकट गर्नुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZW0c7M via IFTTT
