पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आठ महिनाको सरकारकोे कार्यसमिक्षा गर्दा पूर्ण रुपमा असफल भएको बताएका छन्। आइतबार बिहान पाँचथर सदरमुकाम फिदिममा आयोजित पत्रकारसम्मेलनमा बोल्दै थापाले उक्त कुरा बताएका हुन्।
मुलुकमा शान्तिसुरक्षा कायम गर्ने, भ्रष्टाचार नियान्त्रण गर्ने, विकासलाई गति दिने काम गर्न नसकेकाले वर्तमान दुईतिहाई बहुमत प्राप्त सरकार पूर्ण रुपमा असफल भएको राप्रपाको ठम्याई भएको उनले बताए। ‘जनताको अपेक्षा अनुरुप राजनीतिक स्थिरता कायम गरेर विकास निर्माणको कामले गति लिन्छ होला भन्ने अपेक्षा थियो, त्यो हुन सकेन, नेको त्यो हुन सकेन’, उनले भने, ‘निमर्ला पन्तको बलात्कार र हत्या, हुँदा पनि सरकारले दोषि पत्ता लगाउन सकेको छैन। बरु अपराधिलाई उन्मुक्ति दिने तर्फ जिम्मेवार पदाधिकारीनै रहेको पुष्टि भएको छ। काठमाण्डौंमा पूर्व राजदुतको हत्या भयो। देशभरी अपराधका घटना बढिरहेका छन्। यसले देशको शान्ति सुरक्षाबारे चिन्ता बढाएको छ।’
नीतिगत र संस्थागत रुपमा व्यापाक भ्रष्टाचार भइरहेको आरोप अध्यक्ष थापाको आरोप छ। देशको अर्थतन्त्र विगतको तुलनामा कमजोर हुँदै गएपनि सरकारको ध्यान तेता नपुगेको उनको भनाई छ। ‘प्राय सबै क्षेत्रमा सरकारको उपस्थीति दरबिलो छैन। विखण्डकारी शक्तिहरु क्रियाशिल भइरहेका छन्’, थापाले थपे ‘नेपालको राष्ट्रिय राजनीतिमा वाह्य चलखेल बढिरहेको छ। सरकारको पराष्ट्र नीति सन्तुलित हुन सकेन। नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीति प्रतिस्पर्धा स्थल बन्ने खतरा बढेको छ।’
धर्म परिवर्तनले सामाजिक सद्भाव र एकता खलवलाउने प्रयास भइरहेको थापाको आरोप छ। जनताले परिवर्तनको अनुभूति गर्न नपाउनु दुर्भाग्य भएको उनको टिप्पणी छ। आफ्नो पार्टीमा आन्तरीक समस्या नभएको समेत थापाले दावी गरेका छन्। थापाले समान विचार भएका दलहरुसँग एकता गरेर अघि बढ्ने समेत बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2F5Yvhz via IFTTT
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा आज शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गरेका छन्। उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने जलपान आज अपरान्ह साढे २ बजेबाट सुरु हुनेछ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ।
समारोहमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी, मानवअधिकारकर्मी, कलाकार, पत्रकार लगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AKJEVI via IFTTT
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार निधन भएका मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकी श्रीमती नीलशोभा तुलाधरलाई शोक सन्देश पठाएका छन्। सन्देशमा तुलाधर आफ्नो लामो समयदेखिका मित्र रहेको र उनको निधनले आफुलाई अत्यन्तै मर्माहत तुल्याएको उल्लेख छ।
प्रधानमन्त्री ओलीले तुलाधरसँग जेलमा सँगै विताएका क्षणको स्मरण गर्दै उनी एक सच्चा देशभक्त, लोकतन्त्रवादी, समानता तथा सामाजिक न्यायका पक्षधर र मानवअधिकारकावादी रहेको उल्लेख गरेका छन्। तुलाधरले विभिन्न समयमा निर्भिकतापूर्वक देश, जनता र लाेकतन्त्रका पक्षमा गरेकाे अनवरत याेगदान अाफ्नाे स्मृतीमा अाइरहेकाे प्रधानमन्त्री अाेलीले उल्लेख गरेका छन्। समवेदना सन्देश प्रधानमन्त्री पत्नी राधिका शाक्यले परिवारलार्इ हस्तान्तरण गरेकी थिइन्।
राष्ट्रिय सम्मानकाे तयारी
सरकारले पद्ममरत्न तुलाधरलार्इ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएकाे छ। साेमबार सरकारका तर्फबाट सलामी अर्पण गर्दै राष्ट्रिय सम्मानका साथ तुलाधरकाे अन्त्येष्टि गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्। नेपालकाे लाेकतान्त्रिक अान्दाेलनमा तुलाधरकाे महत्वपूर्ण याेगदान छ। अहिले तुलाधरकाे शव लाजिम्पाट स्थित घरमा राखिएकाे छ। साेमबार उनकाे अन्त्येष्टि गरिने पारिवारिक श्राेतले जनाएकाे छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qscRyD via IFTTT
सर्लाही। नेपाली कांग्रेसले सर्लाहीको सदरमुकाम सहितका मूख्य व्यापारीक केन्द्र बन्द गरेको छ।
गत कार्तिक १३ गते रामनगर बहुर्वा ४ मा नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय कांग्रेस कार्यकर्ता विलास महतोको ज्यान गएपछि कांग्रेसले हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै आन्दोलन कार्यक्रम घोषणा गरेको हो।
कांग्रेस कार्यकर्ताले आइतबार बिहानैदेखि हत्याको विरोधमा ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
दोषीलाई पक्राउ गरेर कानुनी कार्वाही नगरेसम्म मृतकको शव नबुझ्ने कांग्रेस नेता अम्रेशकुमार सिंहले बताए। नेकपाका जिल्ला संयोजक रेवती पन्तले आफ्नो कार्यकर्ताले महतोको हत्या नगरेको दावी गरे।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OiGDPX via IFTTT
मकवानपुर । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् ।राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । आजको नागरिकले पृष्ठ ४ मा यो समाचार छापेको छ ।शनिबार नागरिककर्मीसँग कुरा गर्दै स्थापितले आफूले विकासका काम गर्न थालेपछि मुख्यमन्त्रीले आत्तिएर आफूलाई पदमुक्त गरेको आरोप लगाए । उनले आफूलाई गलत साबित गरेर देखाउन समेत मुख्यमन्त्रीलाई चुनौती दिए ।
मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग बाझेको भन्दै स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी राजधानी भएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच केही समयदेखि टकराव सुरु भएको थियो । मन्त्री पदको सपथलगत्तै स्थापितले हेटौंडाबाट चाँडै राजधानी सार्ने बताएपछि उनी र मुख्यमन्त्रीबीचको दुरी बढ्न थालेको थियो । मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृहजिल्लाको हेटौंडालाई नै स्थायी राजधानी तोक्नुपर्नेमा दृढ थिए । तर, स्थापितले काभ्रेतिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qtDgMG via IFTTT
मकवानपुर। प्रदेश नम्बर तीनका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने कुराले राजनीतिमा तरंग ल्याएको छ। मुख्यमन्त्रीकै दौडमा रहेर अन्ततः प्रदेश मन्त्री भएका स्थापित त्यसबाट समेत बर्खास्तमा पर्ने लगभग निश्चित भएको छ।
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री डोरमणि पौडेलले ओली निकटका स्थापितलाई पदमुक्त गर्न लागेका हुन्। स्थापितलाई हटाएरै छाड्ने दृढतामा मुख्यमन्त्री पौडेल रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद श्रोतले बताएको छ।
मुख्यमन्त्री पौडेलसँगै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल पनि बिहिबार काठमाडौं पुगेका छन्। मुख्यमन्त्री पौडेलले स्थापितलाई जसरी पनि हटाउनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग चाँडै परामर्श गर्ने श्रोतले जनाएको छ।
बुधबार हेटौंडामा बसेको प्रदेश नम्बर ३ मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच चर्काचर्की परेको थियो। बैठकमा स्थापितको मन्त्रालयको कामको गति सुस्त रहेको बताउँनासाथ मुख्यमन्त्रीमाथि स्थापित खनिएका थिए।
जनतासँग प्रत्यक्ष जोडिएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको काम सुस्त भएको र मन्त्री स्थापितको कार्यशैलीबारे मुख्यमन्त्रीले असन्तुष्टि जनाएका थिए। तत्काल आक्रोशित भएका स्थापितले प्रतिवाद गरेपछि विवादले ठुलो रुप लिएको थियो। अन्ततः विवाद अपशब्द प्रयोग गर्दै गालीगलौजसम्म पुगेको मन्त्रिपरिषद् स्रोतको दाबी छ। उनका अनुसार बैठकमै मुख्यमन्त्रीमाथि मन्त्री स्थापितले जथाभावी मुख छाड्दै हातपात समेत गर्न खोजेका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2P1uDHC via IFTTT
काठमाडौँ । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार आएको छ ।छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सन्तोषजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओलीलाई एक दुई दिनभित्र निवास फिर्ता गराइनेछ । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yKH3JQ via IFTTT

