काठमाडौ । चक्रपथ क्षेत्रमा बढदै गएको फोहरले जनजीबनमा समेत गभीर प्रभाबपार्न थालेको कुरालाई ध्यानमा राखीचक्रपथ सफाइअभियान शुरु भएको साढे चार महिना अर्थात २१ औ हप्ताभएको छ ।
शनिबार २१ औ हप्ताका दिन गंगबुमा रहेको बिजी महलमा बिशिष्ट महानुभाबहरु सहित ६०० जनाको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्ने हरेक व्यक्तिहरुले चक्रपथ सरसफाई अभियानलाई थप प्रभाबकारी बनाउनुपर्छ भन्नुभएको छ ।
सो अबसरमा कार्यक्रम संयोजक लोक बहादुर टण्डनले ग्रिनसिटी अस्पतालको संयोजनमा भएको सफाई अभियान उदाहरणीय भएको बताउनुभएको छ । रिङ्घरोडको छेउछाउमा पसल राख्ने , ढुगा रोडा राख्ने , काठ दाउरा राख्ने मात्रहोइनफोहर फ्याक्ने समेत गरेकोले पैदलयात्रु हिडन समेत बाधाहुने गरेकोले नागरिकहरुकै पहलमा स्वतस्फुर्त रुपमा सफाई अभियानप्रारंभ गरिएको हो ।
ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट अहिले सम्म ४ सय २५ टन भन्दा बढी फोहर संकलन गरिसकेको छ ।
संकलित फोहर लैजानका लागि काठमाडौ महानगरपालिका , टोखानगरपालिकाले सहयोग गरेको छ । प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुहहोटल ब्यबसायी संघ , हिमालयबाताबरण सस्था , पत्रकार कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको पनि सहभागिता हुने गरेको छ ।
महाराजगंज नारायणगोपाल चोक देखि नयां बसपार्क सम्मको सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षाै देखि फालिएका हरेक फोहोरलाई उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र पलास्टिक गुड्खा र सुर्तीजन्य फोहर फाल्न छाडेका छैनन ।
चक्रपथ भन्दा पनि टाढा टाढा बाट फोहर संकलनगर्न गर्ने गरिएको तर सोही क्षेत्रका नागरिक , पसललेले यत्रतत्रफोहर फाल्ने गरेको पाइएपछि सफाई अभियानताहरुको सहयोगमा प्रहरीले कारबाही पनि गर्न थालेको छ । कारबाही प्रारंभ भएपछि फोहर फाल्नकमी त भएको छ तर लुकेर पुलमुनी र कुनाकानीफोहर फाल्ने घृेणित प्रबृत्तिअझै पनि रहेको छ ।
ग्रिनसिटी अस्पतालका अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको सयोजकत्वमा भएको चत्रपथ सफाई अभियानमा बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्ड डाइरेक्टर टंक पन्त, राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुगाना , युवा स्वरोजगार कोषकाकार्यकारी निर्देशक डा बिष्णु गौतम , कलाकार तिलक बस्नेत,कलाकार निर्देशक अर्जुन पाडे , जेनिथशर्मा ,सीताराम पाठक , समाजसेबी रेनु गुरुड, मीनान्यौपाने , बासु गिरी , छत्र बस्नेत , पदमलिम्बु , लच्मीओली , ग्रिनसिटी अस्पतालका कर्मचारी नर्स सहित ५० जनाको यो अभियानमानिरन्तर सक्रियता र सयोजन रहेको छ भने नेपालप्रहरी , सशस्त्रप्रहरी , नेपाली सेना बागमति संरक्षण सस्था सहित प्रत्येक हप्ता कम्तिमा ३ सयको सहभागिताले स्थानीय बासिन्दालाई हाम्रै कारणले कारणले फोहर हुन दिनुहुदैन भन्ने सन्देश दिन थालको छ ।
सफाई अभियानचलिरहेकै समयमा बिगत ३ हप्ता देखि सडकको दायाबाया रहेका माटाका ढिस्काहरु डोजर मार्फत हटाउने काम भैरहेको छ ।
The post चक्रपथ सफाईको २१ औ हप्तामा २० टन फोहोर संकलन (फोटो फिचर सहित) appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iQzNGX via IFTTT
कञ्चनपुरबाट फर्किएलगत्तै अस्वस्थ भएका प्रधानमन्त्री देउवा घरमै आराम गरी बसेकाले प्रदेश नम्बर दुईको उम्मेदवार तय गर्न महामन्त्री डाक्टर शशांक कोइराला, नेता विमलेन्द्र निधिलगायतका नेताहरु शुक्रबार दिनभर छलफलमा व्यस्त भए ।
(प्रधानमन्त्रीलाई समान्य रुघा खोकी लागको हो ।
(उहाँ आराम गरेर बस्नुभएको छ ।
उम्मेदवार चयन गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गरी दशैं आनन्दसँग मनाउने योजनामा प्रधानमन्त्री रहेका देउवा निकट स्रोतले जानकारी दिएको छ ।
The post प्रधानमन्त्री अस्वस्थ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2eNEooV via IFTTT
कञ्चनपुरबाट फर्किएलगत्तै अस्वस्थ भएका प्रधानमन्त्री देउवा घरमै आराम गरी बसेकाले प्रदेश नम्बर दुईको उम्मेदवार तय गर्न महामन्त्री डाक्टर शशांक कोइराला, नेता विमलेन्द्र निधिलगायतका नेताहरु शुक्रबार दिनभर छलफलमा व्यस्त भए ।
(प्रधानमन्त्रीलाई समान्य रुघा खोकी लागको हो ।
(उहाँ आराम गरेर बस्नुभएको छ ।
उम्मेदवार चयन गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गरी दशैं आनन्दसँग मनाउने योजनामा प्रधानमन्त्री रहेका देउवा निकट स्रोतले जानकारी दिएको छ ।
The post प्रधानमन्त्री अस्वस्थ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2eNEooV via IFTTT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) तत्काल सरकारमा सहभागि हुन नपाउने भएको छ । राप्रपा विवादसम्बन्धि सर्वोच्चमा परेको रिटमा छलफलका लागि भदौ २६ गते सर्वोच्चले बोलाएपछि त्यसयता उसको सरकारमा जाने योजना पुरा नहुने भएको हो ।
राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगले पशुपति शम्शेर राणाको पार्टी राप्रपा प्रजातान्त्रिकलाई बिना आधार दल दर्ताको प्रमाणपत्र दिएको भन्दै सर्वोच्च अदालतमा दायर रिटप्रति शुक्रबार सुनुवाइ गर्दै आगामी भदौ २६ गते रिट निवेदक र विपक्षी निर्वाचन आयोग दुवै पक्षलाई बोलाएको हो । अध्यक्ष थापाले राणाको पार्टी खारेज गर्ने अन्तरिम आदेशको मागसहित गत भदौ ११ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
२६ गते दुवैपक्षको छलफलपछि सर्वोच्चले सो रिटमा अन्तरिम आदेश दिने या नदिने भन्ने निर्णय सुनाउनेछ । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले सर्वोच्चले दुवै पक्षलाई बोलाउने निर्णय गरेकोमा आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको भन्दै आफुहरुले न्याय पाउनेमा विश्वस्त रहेको बताए ।
न्यायाधशि केदार चालिसेको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णय गरेको हो । सर्वोच्चको यो आदेशसँगै राप्रपा प्रजतान्त्रिकको तत्काल सरकारमा जाने सपना पूरा नहुने भएको छ ।
The post राप्रपा विवाद तिब्र : दुवै पक्षलाई भदौ २६ मा उपस्थित हुन सर्वोच्चको आदेश appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2er4pK1 via IFTTT
काठमाडौं । निर्वाचन आयोग र सुरक्षा निकायले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि दुई अर्ब रुपैयाँ माग गरेका छन् । तेस्रो चरणअन्तर्गत असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन हुँदैछ । पहिलो र दोस्रो चरणमा ६ प्रदेशमा स्थानीय तह चुनाव सम्पन्न भइसकेको छ । असोज २ गते २ नम्बर प्रदेशका आठ जिल्लामा निर्वाचन हुने कार्यक्रम छ । सरकारले पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा वैशाख ३१ तथा दोस्रो चरणमा प्रदेश १, ५, र ७ असार १४ मा निर्वाचन गरेको थियो ।
स्थानीय निर्वाचनसुरक्षा निकाय र निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय निर्वाचनका लागि एक÷एक अर्ब रुपैयाँ मागेका हुन् ।
अर्थ मन्त्रालयका एक अधिकारीले सुरक्षा निकाय र निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लागि एक–एक अर्ब रुपैयाँ माग गरेको जानकारी दिए । ती अधिकारीका अनुसार सुरक्षा निकायअन्तर्गत सेनाले करिब आठ करोड र गृह मन्त्रालयले ९२ करोड रुपैयाँ मागेका छन् । ‘चुनावको मौकामा सुरक्षा निकायले सधैं धेरै बजेट माग्छन्,’ ती अधिकारीले नागरिकसँग बिहीबार भने, ‘पहिले पनि स्थानीय तहका लागि ३१ अर्ब रुपैयाँ मागिएको थियो । अर्थले ११ अर्ब रुपैयाँमात्र निकासा दिएको हो ।’
ती अधिकारीले तेस्रो चरणको निर्वाचनका लागि सुरक्षा निकायलाई एक अर्ब रुपैयाँ बजेट आवश्यक नभएको बताए । यो निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्ने पनि भनिएको छैन । सुरक्षा निकायको सबैभन्दा बढी खर्च म्यादी प्रहरी भर्ना गर्दा हुने उनले बताए ।
गृह मन्त्रालयका अनुसार आफ्नैका लागि ९५ लाख, जिल्ला प्रशासन कार्यालयका लागि २ करोड, नेपाल प्रहरी र माताहत कार्यालयका लागि ६९ करोड ७० लाख, सशस्त्र प्रहरीका लागि १८ करोड ७९ लाख र राष्ट्रिय अनुसन्धान विभाग र यसअन्तर्गतका कार्यालयका लागि ६८ लाख ४३ हजार रुपैयाँ माग गरिएको हो । अर्थका ती अधिकारीले यसको आधा बजेट पनि आवश्यक नभएको जानकारी दिए ।
स्थानीय तहको दुई चरणको निर्वाचनमा निर्वाचन आयोगले ७ अर्ब २९ करोड पैयाँ खर्च गरेको छ । यही चुनावमा सुरक्षा निकायले ११ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । अर्थका अधिकारीका अनुसार स्थानीय तह निर्वाचन खर्च २० अर्ब रुपैयाँभन्दा माथि पुग्ने देखिएको छ । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि भने २० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने भएको छ ।
स्थानीय तह चुनाव घोषणा भएलगत्तै अर्थ मन्त्रालयले १० अर्ब २९ करोड रुपैयाँ निर्वाचन आयोगलाई निकासा दिएको थियो । त्यसमध्ये ७ अर्ब २९ करोड रुपैयाँ निर्वाचन आयोगले खर्च गरेको छ । यस्तै पटकपटक गरी रक्षा र गृह ९सुरक्षा निकाय० लाई ११ अर्बभन्दा बढी निकासा दिइएको छ ।
चुनावका नाममा हुने जथाभाबी खर्चले राज्यको व्यभार बढ्दै गएको छ । पछिल्लो दुई दशकयता मुलुकमा भएका संसदीय निर्वाचनको खर्च करिब सात सय प्रतिशतले बढेको छ ।
२०५६ को संसदीय निर्वाचनमा सुरक्षासहित २ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको थियो । यसको १७ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा राज्यले २० अर्ब रुपैयाँ खर्च व्यर्होर्नु परेको छ ।
अर्थ मन्त्रालयका अनुसार मुलुकमा प्रत्येक पटक निर्वाचन हुँदा खर्च दोब्बर–तेब्बर रुपमा बढ्ने गरेको छ । २०५६ को निर्वाचनपछि २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा ७ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो । यो ०५६ को संसदीय निर्वाचनभन्दा करिब तेब्बरले बढी हो । यस्तै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ११ अर्ब १० करोड रुपैयाँ खर्च भयो । यो खर्च ०६४ को चुनाव तुलनामा ४८ प्रतिशतले धेरै हो । यसपटकको चुनावमा ०७० को भन्दा करिब दोब्बर बढी खर्च हुने देखिएको छ ।
सुरक्षा निकायका अधिकारीले दुई चरणको निर्वाचनका कारण म्यादी प्रहरीलाई करिब तीन महिना सेवा सुविधा दिनुपर्दा यो पटक खर्च बढी लागेको बताउँदै आएका छन् । एकै चरणमा चुनाव भएको भए डेढदेखि दुई महिनाका लागि मात्र म्यादी प्रहरी भर्ना लिइन्थ्यो । दुई चरणमा भएपछि कम्तीमा पनि एक महिना समय थपिँदा खर्च पनि त्यसै अनुसार बढेको हो । यसपटक निर्वाचनका लागि ६० हजारभन्दा बढी म्यादी प्रहरी भर्ना गरिएको थियो ।
The post तेस्रो चरणलाई २ अर्ब माग गर्दै आयोग appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iQ77xx via IFTTT
काठमाडौँ । नयाँ क्षेत्र निर्धारणपछि अब नुवाकोटको राजनीतिक परिस्थिति, घटना र दाउपेच कस्तो रहला ? निर्बाचनको माहोल र परिणाम कतातिर मोडिन्छ त ? नुवाकोटका एकजना राजनितिक विश्लेषकसंग गरिएको कुराकानिमा आधारित सम्पादित अंश ।
निर्बाचन क्षेत्र निर्धारण आयोगले नुवाकोटमा उत्तर दक्षिण भुभागलाई काटेर जम्मा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश निर्बाचन क्षेत्र कायम गरेको छ । १ न. क्षेत्रमा सात वटा गाउपालिका र २ न. क्षेत्रमा दुई वटा नगरपालिका सहित तिन वटा गाउँपालिका रहेका छन ।
सम्भावित उमेदबार र परिस्थिति
नुवाकोटको क्षेत्र न.१ डा रामशरण महत तथा हितबहादुर तामाङले यस अघिका निर्बाचनमा अधिकांश भागमा सहभागिता जनाएका क्षेत्रहरु हुन । क्षेत्र न १ को शिबपुरी, लिखु र ककनि गाउँपालिका नया क्षेत्रको रुपमा देखा परेको छ ।
यसै क्षेत्रको भोटनै निर्णायक बन्ने स्थिति पनि देखापरेको छ । अबको प्रतिनिधि सभाको निर्बाचनमा यस क्षेत्रबाट राम शरण महत र हित बहादुर तामाङ काङ्ग्रेस र माओवादी केंद्रबाट तथा एमालेबाट लोहनी लड्ने संभावना बढेको छ ।
तर केन्द्रमा एमाले तेस्रो पोजिसनमा पुग्ने सम्भाबना बढेको छ । तर अरु दुबै उमेदबारलाई जित्नको लागी भने फलामको चिउरा चपाएको भन्दा कम पक्कै हुने छैन ।
कांग्रेसको गढको रुपमा रहेका गाउँपालिका सुर्यगढि, तादी तथा पन्चकन्या गाउँपालिका हो भने माओबादि केन्दको गढको रुपमा ककनि, दुप्चेस्वर र पन्चकन्या पनी गढकै रुपमा मान्य गरिन्छ । महत र तामाङ दुबैको लागि चुनौति र अबसर दुबै हुन सक्ने गाउँपालिका शिबपुरि र लिखु गाउपालिका हो । लिखुमा ब्राह्मण जातिको बाहुल्यता छ भने शिबपुरिमा तामाङ, गुरुगं को बाहुल्यता रहेको छ ।
तर यस क्षेत्रका जनताले डा महतलाई २०४८ सालकै चुनाबमा हराई सकेको क्षेत्र पनि हो त्यसकारण महतलाई आकासको फल आखा तरि मर भनेझै नहोला भन्न पटक्कै सकिदैन ।
६ पटक सम्म अर्थमन्त्रि भएका महतले छहरे टोखा, छहरे त्रिशुली तथा सुरुगं मार्गको लागि पुर्वाग्रहि भएर बजेट नपारेको आरोप पनि छ । यसको प्रत्यक्ष फाईदा हितबहादुरले लिन सक्छन । त्यस्तै क्षेत्र न. २ मा अर्जुन नरसिंह केसि, बिमला सुवेदी र महेन्द्र पाण्डेको संभाबना छ । त्यहा त्रिपक्षिय प्रतिस्पर्धा देखिन्छ ।
प्रदेश सभा र परिस्थिति
नुवाकोटमा ४ वटा प्रदेशसभा कायम गरिएको छ । प्रदेश सभामा कसले टिकट पाउलान भन्ने यकिनको साथ भन्ने स्थिति छैन । तरपनि अधिकांश ठाउँमा सबै पार्टीका उमेदबारले ठाउँ पाईसकेकाले टिकट बितरणमा केहि सहज भने पक्कै हुन सक्छ ।
प्रदेश सभा क्षेत्र न १ मा कांग्रेसबाट महेन्द्र थिंक मुख्य उमेदबार हुन सक्छन किनभने त्यहाका अधिकासं नेताले गाउँपालिकामा ठाउँ पाइसकेका छन । माओबादि केन्द्रबाट राधिका तामाङ र किरण रिजाल दाबेदारको रुपमा आएका छन भने एमालेबाट बद्रि मैनाली आउन सक्ने सम्भाबना छ । तर यस क्षेत्रमा माओबादि अगाडि रहेको बताइन्छ ।
प्रदेश सभा क्षेत्र नं २ मा माओबादि केन्द्रबाट राजन गौतमको संभाबना अत्यधिक बलियो देखिएको छ भने काग्रेस र एमालेमा बादबिवाद हुने देखिएको छ ।
काग्रेसबाट टिकटको मुख्य आकांक्षिमा रमेश महत र माधब खनाल हुन । साथै बैकुन्ठ मिश्र पनि आकाक्षि भयपनी उनले माधब खनाललाई सपोट गर्ने बुझिएको छ ।
रमेश महत मुख्य दाबेदार भयपनि एकैचोटि काका र भतिजा उठ्दा समाजमा नकारात्मक सन्देश जाने देखिन्छ । लिखु गाउँपालिकामा नै रमेश महतलाई जस्तापाता कान्ड लागेकाले पनि त्यहाका जनताबाट महत वहिस्कृत हुन सक्छन । उनको गाउँमा नै राम्रो छाप नछोडेका रमेश ईमानदार र बिबेक प्रयोग नगर्ने ब्यक्तिमा पर्ने स्थानीय बताउछन । रमेश जिल्ला सभापतिमा जगदिश्वर नरसिगं केसीसँग पराजित भएका उमेदबार पनि हुन ।
खनाल स्वच्छ तथा ईमानदार छबिका नेतामा गनिन्छन । भुभागले पनि साथ दिएका खनाललाई यदि पार्टिले इमानदारिपुर्बक टिकट दिएमा आफु सबैपार्टीको भोट लिन सक्ने दाबि गर्छन ।
त्यस क्षेत्रमा रमेश महत प्रतिस्पर्धामा आए पराजित गर्न सजीलो हुने माओबादि केन्द्रको बुझाई छ । त्यस्तै क्षेत्र नं २ को प्रदेश सभा निर्बाचन: क्षेत्र नं २ मा नेपालि काग्रेसबाट जगदिश्वर नरसिगं केसिको संभाबना छ भने एमालेबाट नारायण खतिवडा र माओबादि केन्द्रबाट हिरानाथ खतिवडाको संभाबना रहेको पाइन्छ । त्यस क्षेत्रमा एमाले र काङ्ग्रेस प्रतिस्पर्धामा आउन सक्ने बुझिन्छ । साभार – जलजला अनलाइन
The post नयाँ क्षेत्र निर्धारणपछि यसरी अघी बढ्ने भयो नुवाकोटको राजनिति appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xETW6i via IFTTT
एजेन्सी । अन्ततः सोनी टेलिभिजन च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । तर यो निर्णय सोनी टेलिभिजनले कुनै विशेष कारण नभई कपिल शर्माको स्वास्थ्यलाई ध्यानमा राखेर गरेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।
लामो समयदेखि कपिल अस्वस्थ भएपछि नयाँ श्रृंखला सुटिङ गर्न नपाएको र च्यानलले पुरानै श्रृंखलाहरु दोहोर्याउनुपरेपछि शो बन्द गर्ने निश्कर्षमा सोनी टेलिभिजन पुगेको हो ।
च्यानलका प्रवक्ताले हालै दिएको एक अन्तरवार्तामा द कपिल शर्मा शो तत्कालका लागि अस्थायी रुपमा मात्रै बन्द गरिएको बताएका थिए । अस्वस्थ भएपछि कपिलले पछिल्लो समय नयाँ श्रृंखला सुटिङ गर्न सकेका छैनन् । थुप्रै बलिउड स्टारहरु उनको शोको सुटिङका लागि आएपनि कपिल आउन नसकेपछि विना सुटिङ फर्किएका थिए ।
The post अन्ततः ‘द कपिल शर्मा शो’ बन्द appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2eK0TLa
via IFTTT
