काठमाडौं । सरकारले एकैदिन ३६ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलोपटक यति धेरै संख्यामा सहसचिव सरुवा गरेको हो ।
सबैभन्दा धेरै गृहमन्त्रालयमा ११ सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा पठाइएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका बाबुराम श्रेष्ठलाई गृहमा र दामोदरप्रसाद रेग्मीलाई वाणिज्य मन्त्रालयमा पठाइएको छ ।
गृहका यादव कोइराला र अर्थका बलराम रिजाललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ । डा। नारायण प्रसाद रेग्मीलाई काजमा निर्वाचन क्षेत्र निर्धारण आयोगमा लगिएको छ ।
को कहाँ सरुवा भए ? हेर्नुहोस् सूची
| क्र.सं. | नाम | सरुवा/पदस्थापन भएको स्थान |
|---|---|---|
| १. | केदारनाथ शर्मा | गृह मन्त्रालय |
| २. | चक्र बहादुर बुढा | गृह मन्त्रालय |
| ३. | रमेश कुमार केसी | गृह मन्त्रालय |
| ४. | बाबुराम श्रेष्ठ | गृह मन्त्रालय |
| ५. | सिताराम कार्की | गृह मन्त्रालय |
| ६. | रामकृष्ण सुवेदी | गृह मन्त्रालय |
| ७. | नारायण प्रसाद भट्टराई | गृह मन्त्रालय (पदस्थापन) |
| ८. | रामप्रसाद आचार्य | गृह मन्त्रालय (पदस्थापन) |
| ९. | श्याम प्रसाद भण्डारी | गृह मन्त्रालय (पदस्थापन) |
| १०. | ऋषिराम तिवारी | गृह मन्त्रालय (पदस्थापन) |
| ११. | तारानाथ अधिकारी | गृह मन्त्रालय (पदस्थापन) |
| १२. | बलराम रिजाल | प्रधानमन्त्री कार्यालय |
| १३. | यादव कोइराला | प्रधानमन्त्री कार्यालय |
| १४. | किशोरजंग कार्की | अर्थ मन्त्रालय |
| १५. | उत्तर कुमार खत्री | अर्थ मन्त्रालय |
| १६. | राजकुमार श्रेष्ठ | अर्थ मन्त्रालय |
| १७. | जगदिश रेग्मी | अर्थ मन्त्रालय |
| १८. | रुपनारायण भट्टराई | अर्थ मन्त्रालय |
| १९. | केशवराज घिमिरे | शिक्षा मन्त्रालय |
| २०. | बालकृष्ण पन्थी | शिक्षा मन्त्रालय |
| २१. | कृष्ण प्रसाद ज्ञवाली | श्रम तथा रोजगार (पदस्थापन) |
| २२. | देवराज ढकाल | श्रम तथा रोजगार (पदस्थापन) |
| २३. | शंकर प्रसाद खरेल | अख्तियार दुरुपयोग अनुसन्धान आयोग |
| २४. | ध्रुव घिमिरे | अख्तियार (पदस्थापन) |
| २५. | विश्व प्रकाश सुवेदी | लोकसेवा आयोग |
| २६. | ताराप्रसाद भट्टराई | लोकसेवा आयोग (पदस्थापन) |
| २७. | जनार्दन गुरागाई | स्वास्थ्य मन्त्रालय (पदस्थापन) |
| २८. | मनमाया भट्टराई | सामान्य प्रशासन मन्त्रालय (पदस्थापन) |
| २९. | यज्ञराज कोइराला | सूचना तथा सञ्चार मन्त्रालय |
| ३०. | दामोदर रेग्मी | वाणिज्य मन्त्रालय |
| ३१. | हरि प्रसाद बस्याल | आपूर्ति मन्त्रालय |
| ३२. | रबिलाल पन्त | सार्वजनिक खरिद अनुगमन कार्यालय |
| ३३. | मुकुन्द निरौला | भौतिक पूर्वाधार तथा यातायात |
| ३४. | रविशंकर ध्वजु | राष्ट्रिय सतर्कता केन्द्र |
| ३५. | आनन्दराज ढकाल | स्थानीय विकास मन्त्रालय |
| ३६. | डा. नारायण प्रसाद रेग्मी | निर्वाचन क्षेत्र निर्धारण आयोग (काज) |
The post ३६ सहसचिवको सरुवा (सूचीसहित) appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2u9QwX0 via IFTTT
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालन विधेयकबाट ‘सरकारले ऐन कार्यान्वयन गर्न आवश्यक नियम बनाउन सक्ने’ दफा हटाउन प्रस्ताव गरेको छ । मन्त्रालयले तहको अधिकार केन्द्रीकृत गर्न सक्ने र पुनः स्थानीय तहलाई आदेश गर्न सक्ने भन्दै यो प्रावधान हटाउन प्रस्ताव गरेको हो ।
विधेयक संसद्को विकास समितिमा छलफलको चरणमा छ । विधेयकका विभिन्न दफामाथि ९९ सांसदले १०५६ वटा संशोधन गर्न प्रस्ताव गरेका छन् । विकास समितिले गठन गरेको सात सदस्यीय उपसमितिमा मन्त्रालयका सचिव दिनेश थपलियाले संशोधनका लागि प्रस्ताव गरेका हुन् ।
उनले भने, ‘विकास समितिले विधेयकमा दफाबार छलफल भइरहेका बेला स्थानीय तहलाई अधिकार सम्पन्न गर्न प्रस्ताव गरिएको हो ।’
विकास समितिको आइतबारको बैठकमा सांसदले स्थानीय तहको अधिकार कटौती गरेको भन्दै विरोध जनाएका थिए ।तत्कालीन मन्त्री हितराज पाण्डेको पालामा मस्यौदा गरिएको विधेयक कमल थापाका पालामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।मन्त्रालयले राजस्व बाँडफाँट समिति, समिति सचिवालयसम्बन्धी दफा पनि हटाउन प्रस्ताव गरेको छ । मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद्मा पुगे पनि झन्डै अढाई महिना अड्किएपछि विकास समितिले पुनरवलोकन गरिरहेको छ ।
विधेयकमा प्रदेश सरकारको अर्थसचिव संयोजक हुने गरी राजस्व बाँडफाँट समिति गठन गर्ने व्यवस्था राखिएको छ । समितिले प्रदेश र गाउँपालिका वा नगरपालिकाबीच प्रत्येक दुई वर्षको लागत राजस्वको बाँडफाँटसम्बन्धी भार र आधारको विस्तृतीकरण तयार गर्ने उल्लेख छ ।
यस्तै, मन्त्रालयले विधेयकको दफा १०२ हटाउन माग गरेको छ । यो दफामा ऐन कार्यान्वयन गर्न सरकारले आवश्यक नियम बनाउन सक्ने व्यवस्था राखेको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।
विधेयकमा १ सय ३ वटा दफा छन् ।
समितिका सभापति रवीन्द्र अधिकारीले सांसदबाट संशोधनका लागि उठाइएका विषयलाई विज्ञ, जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरी अन्तिम रूप दिन ५ दिनको समयसीमा दिएर ७ सदस्यीय उपसमिति गठन गरेका थिए ।सांसद रामचन्द्र पोखरेल संयोजक रहेको समितिले मंगलबार र बुधबार मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो ।
उपसमितिका सदस्य गणेश पहाडीले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको अधिकार कटौती नहुने गरी विधेयकलाई संशोधन गर्न अघि बढाइएको जानकारी दिए ।उनले भने, ‘तत्कालीन समयमा विधेयकको मस्यौदा बनाउँदा वित्तीय हस्तान्तरण ऐन, प्राकृतिक स्रोत तथा वित्त ऐन, अन्तरसरकारी वित्तीय हस्तान्तरण ऐन र वडाको सीमा हेरफेरसम्बन्धी ऐन बनेकै थिएन अहिले बनिसकेको अवस्थामा सोहीअनुसार दफामा हेरफेर गरिरहेका छौं ।’ संसद्को विकास समितिमा छलफलको चरणमा रहेको विधेयकका विभिन्न दफामाथि ९९ सांसदले १०५६ वटा संशोधन गर्न प्रस्ताव गरेका छन् ।
The post केन्द्रले नियम बनाउने प्रावधान हटाउन विधेयक संसद्को माग appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2fcZY97 via IFTTT
तपाईलाई थाहा नहुन् सक्छ बलिउडमा निकै सफल र चर्चित नायीकाहरुले ग्र्याजुयट सम्म गरेका छैन्। उनीहरुको नाम संसार भर छ,दाम मनग्ये कमाएका छन् , हरदिन मिडियाहरुमा उनीहरुकै चर्चा हुन्छ तर खासै पढेका भने छैनन्।
यहाँ बलिउडका पाँच नायीकाहरुको चर्चा गरिएको जस्ले ग्र्याजुयट सम्म गरेका छैनन्।
करिना कपुर बलिउडकी चर्चित नायीका करिना कपुरलाई सानै उमेरदेखि बलिउडको ग्ल्यामरले तानेको थियो। उनी पढाइमा कहिल्यै अब्बल भइनन्। २० वर्षको उमेरमा पहिलो चलचित्रमा काम गरेकी करिना कलेज त गइन तर पास भनेर गर्न सकिनन। उनी आज बलिउडमा सर्वाधिक पारिश्रमिक लिने नायीकामा पर्दछिन ।
ऐश्वर्या राय बलिउडकी सुन्दर नायीका ऐश्वर्या रायको सुन्दरताबाट संसार परिचित छ। ऐश्वर्याले पनि कलेजको पढाइ पुरा गर्न सकिन्। उनी औसत विद्यार्थी थिइन्। कलेज पढ्दा पढ्दै मोडलिङमा राम्रो अफर पाएपछी उनले कलेज छोडिन्। त्यस लगतै उनी बलिउडमा आइन्। उनले पढ्ने समय पाउँदै पाइनन्।
दीपिका पादुकोने दीपिका पादुकोने आजका मितिमा बलिउडकी सर्वाधिक सफल नायीका मानिन्छिन। उनले सफल चलचत्र ‘ये जवानी दिवानी’मा कलेज गर्लको भुमिका गरेकी थिइन्। तर रियल लाईफमा भने दीपिकाले ग्र्याडुयसन गर्न सकिनन्।
प्रियंका चोपरा चर्चित बलिडड नायीका प्रियंका चोपराले कलेज पार लगाउन सकिनन्। उनले स्कुल भने भारत र अमेरिकबाट पास गरेकी थिइन्। उनी क्रिमिलन साइकोलोजिस्ट बन्न चाहन्थिन् । कलेज गए पनि मोडलिङमा सफलता हासिल गर्दै गएपछि उनले पढाइ छोडेकी थिइन्।
करिना कपुर ९० दशककी चर्चित नायीका करिश्मा कपुरले त पढ्ने समय नै पाइनन। उनले १६ वर्षकै उमेरमा चलचित्रमा काम शुरु गरेकी थिइन्। ६ कक्षा पढेपछी करिश्माले पढाई छोडेकी थिइन्।
The post नपढेका चर्चित बलिउड सुन्दरीहरु..(फोटो फिचर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2viHU3U
via IFTTT
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यत्तिलाई जथाभावी पैसा बाँडेको खुलासा भएको खबर आजको नागरिकमा छ ।
पदबाट राजीनामा दिएर काम चलाउ प्रधानमन्त्री रहेका बेला दाहाल नेतृत्वको सरकारले जेठ १९ गते एकै दिन पाँच सय ३५ जनालाई ३ करोड ७८ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको देखिन्छ ।
त्यस दिन ४ सय ८५ जनालाई ५० हजारका दरले २ करोड ४२ लाख ५० हजार वितरण गरिएको थियो भने अन्य ५० जनालाई १ देखि १० लाखका दरले १ करोड ३५ लाख ५० हजार वितरण गरिएको थियो ।
The post प्रचण्ड सरकारले यसरि बाडेको थियो १७ करोड appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wjDrL5 via IFTTT
काठमाडौं । संसद्को अर्थ समिति अन्तर्गतको उपसमितिले इन्धन भण्डारण गृह निर्मण गर्न नेपाल आयाल निगमले गरेको टेन्डर प्रक्रिया नै भ्रष्ट्राचारको बाटो बनेको ठहर गरेको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
अर्थ उपसमितिले नियतवशः भण्डारण निर्माण गर्न जग्गा अधिग्रहण ऐनअनुसार जग्गा प्राप्ति प्रक्रियामा निगम नगएको औल्याएको छ । उसमितिको मंगलबारको बैठकमा संयोजक अब्दुल्ल रजाक गद्दीले भने, ‘भौतिक पूर्वाधार निर्माण गर्न जग्गा अधिग्रहण ऐन हुँदाहुँदै आयल निगमले उक्त प्रक्रियामा जानुको साटो टेन्डर प्रक्रियामा गएको देखिन्छ । यही टेन्डर प्रक्रिया भष्ट्राचारको बाटो बनेको देखियो । जग्गा खरिदमा भ्रष्ट्राचार र कमिसनको खेल हुन्न दिन्नौँ ।’
संयोजक गद्दीले उपसमितिले निकट भविष्यमै स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।
The post ‘टेन्डर नै भ्रष्टाचारको बाटो’ : अर्थ समिति appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wjWepI via IFTTT
