चितवनको कालीखोलामा पहिरो खसेर अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ । सडक सुचारु भएसँग रोकिएका सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन् ।
पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको थियो ।
अहिले निकै चापमा गाडी चलिरहेका मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले बताउनुभयो । यो खण्ड अवरुद्ध भएपछि सिमलटारदेखि मुग्लिनसम्म नै जाम छ ।
पहिरोका कारण चितवनबाट काठमाडौ र पोखरा जाने आउने सयौँ सवारी बीच बाटोमै रोकिएका थिए ।
बाहिरी जिल्लालाई काठमाडौं जोड्ने मुख्य सडकखण्ड पटकपटक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bIJP7b
न्यूजिल्यान्डमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ ।
गिस्बोर्नको उत्तरपूर्व १६९ किलोमिटर दुरीमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहानै भूकम्प गएको हो ।
भूकम्पपछि सुनामीको खतरा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, सुनामी चेतावनी केन्द्रले भने समुद्रमा २१ सेन्टिमिटर उचाइमा मात्रै छाल आएको पाइएकाले खतरा नरहेको जनाएको छ ।
भूकम्पपछि उत्तरी आइल्यान्डको पूर्वी तटका मानिसलाई सुरक्षित ठाउँमा राखिएको छ । भूकम्पपछिको क्षतिको विवरण आइसकेको छैन ।
न्यूजिल्यान्डमा वर्षेनी १५ हजार पटक भूकम्प जाने गरेको र त्यसमा झन्डै १५० वटा शक्तिशाली हुने गरेको अधिकारीहरुले जनाएका छन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bXjUtg
छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गर्नुभएको छ ।
असोज २२, २३ र २४ गते मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाएको छ।
असोज २२ गते फुलपाती, २३ गते महाअष्टमी र २४ गते महानवमी पर्छ ।
भारतको गोवास्थित पणजीमा असोज २८ र २९ गते ब्रिक्स सम्मेलन हुँदैछ । सी जिनपिङ भारतको गोवामा हुने चीन, भारत, रूस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने एक मन्त्रीले बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
पहिले ब्रिक्स सम्मेलनपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भन्ने थियो, अहिले ब्रिक्स सम्मेलन पहिले नै नेपाल भ्रमण गर्ने प्रस्ताव आएको छ,’ एक मन्त्रीले बिहीबार भने ।
नेपालमा दुई दशकपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bGTE2y
म्याग्दीमा गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ ।
बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिए । राति एक्कासि आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् ।
बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ । बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो ।
अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/2bGT3mf
सलमान खानको जति विवाहको चर्चा सायदै अन्य कसैको होला। ५० वर्ष कटेका यी नायक अहिले रोमानियाकी मोडल यूलियां भन्तुरसंग डेटमा छन्। पछिल्लो केही समय देखि यहि नोभेम्बरमा १८ मा सलमानको विवाह हुने चर्चा निकै छ। सलमानको विवाह नोभेम्बरमै हुनेमा अर्को एक कुराले भुमिका खेल्ने भएको छ।
सलमानकी गर्लफ्रेन्ड यूलियाको भिसा नोभेम्बरमा एक्पायर हुनेवाला छ। भिसा सकिए उनी रोमानिया फर्कनुपर्ने छ। भिसा थपी फर्कन उनलाई कम्तीमा पनि ३ महिना लाग्छ।
सलमान पनवेल स्थित आफ्नो फार्महाउसमा यूलियासंग समय बिताउँदै छन्। सोमबार यहि फार्म हाउसमा विल स्थिमसंग भएको पार्टीमा सहभागी एक व्यक्तिले सलमानको विवाह सभ्य हुने, १५ देखि २० जनाको उपस्थितिमा हुने बताएका छन्।
किन नोभेम्बर १८?
सलमानको आमाबाबु सलीम खान र सुशीला(सलमा) खानको विवाह १८ नोभेम्बरमा भएको थियो। सलमानकी बहिनी अर्पिताले पनि अघिल्लो वर्ष १८ नोभेम्बरमै आयुष शर्मासंग विवाह गरेकी थिइन्। सलमानले समेत आफ्नो विवाह १८ नोभेम्बरमा हुने बताउँदै आएका छन्।
The post यसकारण हुँदैछ सलामानको विवाह १८ नोभेम्बरमा! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2bNMCtg
via IFTTT
काठमाडौं । फ्रान्सेली मोडल क्यामिली सर्फ घुमघामको लागि नेपाल आएकी छिन्। गतवर्षकी मिस फ्रान्स समेत घोषित भइसकेकी मोडल सर्फले नेपाल आएको जानकारी इन्टाग्राममार्फत गराएकी छिन्।
‘हेलो काठमाडौं’ सहितको फोटो इन्टाग्राममा राखेर उनले नेपाल भ्रमणबारे जानकारी गराएकी हुन्। सोमबार राजधानी आइपुगेकी उनीले कपन गुम्बा र बौद्धस्थित विभिन्न गुम्बा भ्रमण गरेकी छिन्।
आमासँग थाइल्याण्डको लामो बसाई सिध्याएर गतसातमात्र फ्रान्स पुगेकी सुपरमोडल सर्फले आफ्नो शुभचिन्तकहरुलाई सामाजिक सञ्जालमार्फत कामको जानकारी गराउने प्रतिवद्धतासहित फोटोहरु इन्टाग्राममा राखेको प्रतिक्रिया दिएकी छिन्।
सन् २०१४ को मिस युनिभर्सको टप १५ मा पुगेकी २१ वर्षे मोडल सर्फले नेपाल भ्रमणमा स्कुले साथीहरु समेत भेटघाट गरेकी छिन्।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/2bNuoYA
via IFTTT
१६ भदौ, काठमाडौं ।
नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री तथा नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धरले कुशे औंशीको दिन निक्कै भावुक फेसबुक स्ट्याटस राखिन् । आफूले जीवनमा बुवा भनेको कस्तो हुन्छ थाहा नभएको भन्दै उनले भावकु बनाउने स्ट्यास राखेकी हुन् ।
पार्टी घोषणा हुने अघिल्लो रात सुत्नै सकिन- करिश्मा मानन्धर
सानै उमेरमा पिता गुमाएकी करिश्माले इश्वरसँग बिलौना गर्दै कोहि बच्चा हरुको बुवाहरु लाई उ सानै हुदा नलग भन्ने प्रार्थना समेत गरेकी छिन् ।
करिश्माले पिताको तस्विर सहितको स्ट्याटसमा लेखेकी छिन्, “म हजुर को सन्तान तर जीवन मा कहिले बुवा भनेको कस्तो हुन्छ थाहा छैन . जे भए पनि येस्तो राम्रो दुनियाँ मा आउने मौका पाए हजुर र मामी लाई धन्यवाद सबै ले father’s day मनाईरहदा मलाई हजुर को याद आयो .. हे ईस्वर कोहि बच्चा हरु को बुवा हरु लाई उ सानै हुदा नलग” ।
करिश्मा पिता गुमाएपनि नेपाली सिने क्षेत्रमा निक्कै सफल अभिनेत्री हुन् । पछिल्लो समयमा भने उनी नयाँ शक्ति पार्टीमा नेतृ बनेपछि उनको अभिनेतृ परिचय नेतृमा परिणत भएको छ ।
रंगशालमा बोल्दा विराएपछि करिश्मालाई बाबुरामको म्यासेज
करिश्माले नयाँ शक्तिका नेता डा बाबुराम भट्टराईले फेसबुकमा राखेको आफ्ना पिता सहितको स्ट्याटस पनि शेयर गरेकी छिन् ।
करिश्मालाई अमेरिकाबाट छोरीले सोधिन्- आमा राष्ट्रिय बेइज्जत गरेउ रे !
The post करिश्माको भावुक स्ट्याटस- बुवा भनेको कस्तो हुन्छ थाहा छैन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2c6VDzB
via IFTTT
