काठमाडौं : विराटनगर–जोगवनी नाकामा प्रहरीसँग भएको झडपमा घाइते भएका नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि शुक्रबार दिउँसो दिल्ली लगिएको छ ।महतोलाई एयर इन्डियाको अपरान्ह ४ बजेको उडानमार्फत उपचारका लागि दिल्लीको मेदान्ता अस्पताल लगिएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
## News source from Zoomnp
via IFTTT
१७ पुस, एजेन्सी।
पाकिस्तानी गायक अदनान सामीले भारतको नागरिकता पाएका छन। नयाँ वर्षकै दिन अदनान भारतीय नागरिक बनेका हुन।
समाचार एजेन्सी पीटीआइको अनुसार ४६ वर्षका पाकिस्तानी गायकले भारत सरकारसंग मानवताको आधारमा भारतमा वैध तरिकाले बस्ने इजाजत मागेका थिए।
लाहौरमा जन्मेका सामी सन् १३ मार्च सन् २००१ मा पहिलो पटक भारत पर्यटक भिसामा आएका थिए। एक वर्षको म्याद भएको सो भिसाको समय पटक पटक थपिएको थियो।
२७ मे सन् २०१० मा पाकिस्तानले जारी गरेको उनको पासपोर्टको म्याद २६ मे सन् २०१५ मा सकिएपश्चात पाकिस्तानी सरकारले उनको पासपोर्ट नविकरण गर्न मानेन। त्यस पश्चात उनले मानवताको आधारमा भारतमै वैध तवरले बस्न केन्द्र सरकारसंग माग गरेका थिए।
सामी बलिउडका निकै चर्चित गायक हुन। ‘कभि तो नजर मिलायो’ र ‘लिफ्ट करा दे’ यी दुइ गित उनका सबैभन्दा चर्चित गित हुन। यो वर्षको हिट फिल्म ‘बजरंगी भाईजान’ पनि उनले ‘भर दो झोली मेरी’ बोलको गित गाएका थिए।
यो पनि पढ्नुस्।
पुजाले भनिन्- ‘म मेरो बक्षस्थल भन्दा अरु बढी केही हुँ’
नयाँ वर्षमा विपाशाको नयाँ अवतार
The post पाकिस्तान छोडी भारतीय बने अदनान सामी appeared first on Nepali Headlines.
from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1mnH7H6
via IFTTT
एजेन्सी ।
बलिउको पूर्व अभिनेत्री पुजा बेदीकी पुत्री आलिया अब्राहमले आफ्नो ग्ल्यामर तस्विर इन्स्टाग्राममा पोष्ट गरेर विवाद जन्माएकी छिन् ।
उनले आफ्नो फोटोमाथि भएको कमेन्टको जवाफमा ‘म मेरो बक्षस्थल भन्दा अरु बढी केही हुँ’ भनेपछि बलिउडमा उनको चर्चा चुलिएको छ ।
आफ्नो तस्विरमा अनेक भद्दा कमेन्ट आएपछि आलियाले यस्तो जवाफ दिएकी हुन् ।
उनले भनेकी छिन्, यदि मेरो क्लिभेज (स्तनको बीचको भाग) हेरिरहनु भएको छ तर यसको अर्थ यो होइन कि तपाइँलाई जे सुकै भन्ने छुट दिएकी छु । म मेरो बक्षस्थल भन्दा बढी अरु केही हुँ, यसकै आधारमा मलाई परिभाषित गर्नु गलत हो’ ।
बलिउडमा प्रवेश गर्न चाहिरहेकी आलिया अहिले फेशन इन्डष्ट्रीमा छिन् ।
जोडी नमिलेका ९ बलिउड सेलिब्रेटी दम्पति (फोटो फिचर)
श्रद्धा कपुरले यी सेलिब्रेटीलाई प्रेम प्रस्ताव राखेकी थिइन्
एक रात विताउँदा फरक नपर्ने सेलिब्रेटी
The post पुजाले भनिन्- ‘म मेरो बक्षस्थल भन्दा अरु बढी केही हुँ’ appeared first on Nepali Headlines.
from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1mtufhY
via IFTTT
मिडिया एनपी, काठमाडौँ, १७ पुस । मुलुकमा चरम ऊर्जा संकट उत्पन्न भई जनजीवन नराम्ररी प्रभावित भइरहेको बेला आउँदो माघ १६ गतेभित्र भारतबाट थप ९० मेगावाट विद्युत् ल्याउने तयारी गरिएको छ । निर्माणाधीन ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन यसै महिनाको अन्त्यसम्म पूरा गर्ने र आवश्यक प्राविधिक परीक्षणसमेत गरेर थप विद्युत् ल्याउने तयारी गरिएको राससले जनाएको छ ।
विभिन्न विन्दुबाट हाल दुई सय ३५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको अवस्थामा नेपाल र भारतीय पक्षबीच भएको सहमतिअनुसार थप विद्युत् आयात गर्न लागिएको हो । राष्ट्रिय प्रसारणमा सो परिणामको विद्युत् थप भएपछि मुलुकमा हाल कायम ११ घण्टाको दैनिक विद्युत् भार कटौतीबाट एकाध घण्टा भने पनि राहत मिल्नेछ ।
मुलुकभित्र हाल सञ्चालनमा रहेका आयोजनाबाट ७८० मेगावाट विद्युत् उत्पादन भएको भए पनि हिउँदको समयमा नदीमा जलप्रवाह घटेको र भारतको अघोषित नाका बन्दीपछि विद्युत्मा नै अत्याधिक भार पर्दा कुल एक हजार तीन सय मेगावाट विद्युत् माग पुगेको छ । तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको विभिन्न क्षेत्र प्रभावित भइरहेको बेला उक्त अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम समेत विगत चार महिनादेखि प्रभावित भएको थियो ।
सरोकार भएका विभिन्न पक्ष तथा तराई–मधेसमा आन्दोलनरत राजनीतिक दलसँगको सहमतिमा नै सो आयोजनालाई समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयका प्रमुख कन्हैयालाल मानन्धरले रणनीतिक महत्वको आयोजनाको रुपमा रहेको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमा उल्लेख्य प्रगति भएको बताएका राससले जनाएको छ ।
व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा मानन्धरले सो आयोजनाको निर्माण सम्पन्न भएपछि विद्युत् आयात तथा निर्यातको महत्वपूर्ण राजमार्ग खुला हुने बताएका हुन् । स्थानीयवासीले सो आयोजनामा अवरोध नगर्न भने पनि आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले समस्या समाधान नभइकन काम सुरु नगर्न दबाब दिएपछि आयोजना प्रभावित भएको थियो । नेपाल विद्युत् प्राधिकरणले केही समय पहिले भारतीय पक्षसँग द्वीपक्षीय छलफल गरेर तत्कालै आयोजना सम्पन्न गर्ने र ९० मेगावाट विद्युत् आयात गर्ने समझदारी समेत गरेको थियो ।
पावर ट्रान्समिसन कम्पनीका कम्पनी सचिव जनकप्रसाद दाहालले महोत्तरी र धनुषा प्रशासनले सुरक्षाको आवश्यक प्रबन्ध गरिदिएपछि काम युद्धस्तरमा अगाडि बढेको जानकारी दिए । विद्युत् आयातका विषयमा प्राधिकरणका उच्च अधिकारी र भारतीय पक्षबीच पटकपटक भएको द्वीपक्षीय वार्ताको क्रममा तत्काल नेपाललाई ९० मेगावाट विद्युत् उपलब्ध गराउने सहमति भएको छ । भारतीय पक्षले जनवरीभित्रै विद्युत् लाइन जोड्ने बचन दिएको कम्पनी सचिव दाहाल बताए ।
टावरको फाउण्डेसन करिब सम्पन्न
हाल उक्त प्रसारण लाइनको सबै टावरको ‘फाउण्डेसन’ राख्ने काम करिब सम्पन्न भएको छ । एकाधको मात्रै मिलाउन बाँकी रहेको छ । भने ९.५ किलोमिटर प्रसारण लाइन जोड्ने काम जारी रहेको छ । केही स्थानमा प्रसारण लाइन मिलाउन बाँकी रहेको छ । भारततर्फ सबै टावरको निर्माण सम्पन्न भइसकेको छ ।
ढल्केबरमा ट्रान्सफर्मर जडान
प्राधिकरणले विद्युत् आयात गर्ने पूर्व सहमतिअनुसार नै ढल्केबरमा एक सय एमभिए क्षमताको ट्रान्सफर्मर जडान कार्य अन्तिम चरणमा पुगेको छ । उक्त क्षमताको ट्रान्सफर्मरबाट ९० मेगावाट आयात गर्न सकिन्छ । भारतीय पक्षले अर्को ट्रान्सफर्मर व्यवस्था गरेर थप ९० मेगावाट विद्युत् उपलब्ध गराउने यसअघि नै जानकारी गराएको छ । प्रसारण लाइन सम्पन्न भएपछि तत्काल १३२ केभीमा विद्युत् प्रवाह गराएर प्रसारण लाइनको क्षमता परीक्षण गरिनेछ । सो प्रसारण लाइनबाट एक हजार दुई सय मेगावाट विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ ।
चार सय केभी क्षमताको सो अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पिटिसिएन) ले गरिहेको छ । कुल एक सय २९ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण करिब १५ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । त्यसमा तीन सय ५४ टावर निर्माण भएका छन् ।
एक अर्ब ५० करोड लागत
नेपालतर्पm रु एक अर्ब ५० करोड लागतमा ४१ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भए पनि आन्दोलनका कारण केही लागत बढ्ेको बताइएको छ । नेपालततर्फ करिब ११५ टावर निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइन निर्माणको काम भारतको टाटा इञ्जिनियरिङले गरिरहेको छ । नेपाली भू–भागमा पर्ने प्रसारण लाइन निर्माणका लागि स्थापना भएको पिटिसिएन कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ६४ प्रतिशत, पावर ग्रिड भारतको २६ प्रतिशत तथा आइएल एण्ड एफएस इनर्जी सर्भिसेजको १० प्रतिशत सेयर छ ।
यसैगरी भारतीय भूमिमा पर्ने ८८ किलोमिटर प्रसारण लाइनको निर्माण ‘क्रश बोर्डर’ पावर ट्रान्समिसन कम्पनी (सीपीटीसी) ले गरेको हो । भारतततर्फ कुल २३९ टावर निर्माण भइसकेको छ । सीपीटीसीमा पावर ग्रीड भारतको २६ प्रतिशत, सतलज जलविद्युत् निगमको २६ प्रतिशत, आइएल एण्ड एफएस इनर्जी सर्भिसेजको ३८ प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर छ ।
The post भारतबाट थप ९० मेगावाट विद्युत् ल्याइँदै, अन्तरदेशीय प्रसारण लाइन अन्तिम चरणमा appeared first on Medianp.com.
- feed news from समाचार – Medianp.com http://bit.ly/1YVbzUX
via IFTTT
अंग्रेजी नयाँ वर्ष २०१६ को इभमा विपाशाले निकै नयाँ गरिन। रातो बिकिनीमा अर्धनग्न विपाशा वासुले इन्स्टाग्राममा आफ्ना तस्बिर सार्वजनिक गर्दै आफ्ना फ्यानलाई खुसी भने पक्का बनाइन।
बलिउडका कलाकार बिकिनीमा आफ्ना तस्बिर सार्वजनिक गर्न हिच्किचाउँदैनन। बरु चर्चा कम र फिल्म कम पाइने अवस्था सिर्जना हुनासाथ अर्धनग्न तस्बिरको सहयता लिने बलिउडमा संस्कृति बसिसकेको छ।
यो पनि पढ्नुस्।
यसरी भेटिए पार्टीमा बलिउड कलाकार – फोटो फिचर
The post नयाँ वर्षमा विपाशाको नयाँ अवतार appeared first on Nepali Headlines.
from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1SpNKEQ
via IFTTT
ताजाखबर, काठमाण्डौ। स्विडिस गायिका क्यारोला ह्याग्भिस्टले वादी महिलाहरुका साथ नयाँ वर्ष २०१६ मनाएकी छिन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले वादी महिलाका साथमा एक गीत समेत गाएर सुनाएकी थिइन् ।
कार्यक्रममा नेपाली गायिकाहरु रिमा गुरुङ होडा र रेश्मा सुनुवारले गीत र मेरी बास्सैको टोलीले हास्यव्यंग्य प्रस्तुत गरेको थियो । विगत पाँच वर्षदेखि लभ नेपाल नामक गैरसरकारी संस्थासँग सहकार्य गरेर उनले वादी समुदायका महिलाहरुलाई सहयोग गरिरहेकी छिन् । आगामी दुई वर्षमा उनले साँखुमा रहेको २० रोपनी जग्गामा पाँच सय वादी समुदायका युवती र दुई सय ५० केटाकेटीका लागि घर निर्माण गरिदिनेछिन् ।
ज्योतिको घर (द लाइट हाउस फाउन्डेसन नेपाल)को छैटौं वार्षिकोत्सवकोमा सहभागी हुन स्विडेनदेखि आएकी गायिकाले आफ्नो चर्चित गीत ‘सेभ द चिल्ड्रेन’लाई नेपालीमा अनुवाद गर्दै सुनाएकी थिइन् । सन् १९८० को दर्शककी चर्चित पपगायिका क्यारोलाले ‘फ्रेमिङ’ नामक एल्बमबाट संगीत क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले यसअघि सांगीतिक टुरको क्रममा विभिन्न देश भम्रण गरिसकेकी छिन् ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1ZEksEr
आजदेखि राजधानीको भृकुटीमण्डपमा नवीकरणीय उर्जा प्रबद्र्धन मेला सुरु भएको छ। मेलामा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ। वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले आयोजना गरेको सो मेला तीन दिनसम्म संचालन हुनेछ।मेलामा सर्वसाधारणले विभिन्न प्रयोजनका लागि चाहिने सोलारको क्षमता तथा मूल्यका बारेमा जानकारी लिन सक्ने केन्द्रले जनाएको छ।
त्यस्तै नेपाल सरकारले सोलारमा उपलव्ध गराएको अनुदान कसरी लिने, कहाँबाट लिने त्यसको प्रावधानका सम्वन्धमा पनि मेलामै जानकारी लिन सकिने आयोजकले जनाएको छ।
केन्द्रका अनुसार १ सय वाटभन्दा माथिको सोलार जडानका लागि सर्वसाधारणले २ दशमलव ५ प्रतिशत व्याजमा ऋण लिन सक्नेछन्। त्यस्तै ५ सय वाटभन्दा माथिको सोलार जडान गर्दा सस्तो व्याजको ऋणका अलवा १५ हजार रुपैयाँ जडान शुल्क पनि उपलव्ध हुनेछ।
आफूलाई चाहिने विद्युतको आधारमा उपभोक्ताले सोलार जडान गर्न सक्नेछन्।
सुधारिएको चुलो, वायोग्यास, लघुजलविद्युत, वायुऊर्जा आदिको प्रदर्शनी, तथा नवीकरणीय ऊर्जा सम्बन्धि प्रयोगहरु प्रदर्शनीमा देखाइएको छ। प्रदर्शनीमा हालै नेपाल सरकारले शुरु गरेको शहरी क्षेत्रमा अनुदान र सुलभ कर्जा सहितको सौर्य ऊर्जा प्रणाली, फोहोरमैलाबाट ऊर्जा उत्पादन र घरायसी ग्यासीफायर जस्ता नवीवतम प्रविधि र जडान प्रक्रियाको वारेमा समेत जानकारी दिइने छ।
सोलार, लघुजलविद्युत, जैविक ऊर्जा, वायो ग्यास, वायु ऊर्जा जस्ता प्रविधिका साथै वित्तीय संघसंस्था, प्रविधिहरुमा अनुसन्धानरत निकाय गरी १ सय २५ स्टलहरु मेलामा राखिएको छ।
प्रदर्शनीमा विभिन्न तह र समूहका मानिसहरुको उल्लेखनीय सहभागिता रहने र नवीकरणीय ऊर्जाको बारेमा थप सकारात्मक धारणा विकास हुने विश्वास केन्द्रले लिएको छ।
नवीकरणीय ऊर्जा प्रविधिको विकास नै राम्रो विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई सबै सामु पु¥याउन समेत यो प्रदर्शनी मनाउन लागिएको केन्द्रले जनाएको छ।
हालसम्म नेपालले नेपाल सरकार र विभिन्न विकास साझेदारीहरुको सयुक्त सहयोगमा संचालित विभिन्न कार्यक्रमहरु मर्फत लघु जलविद्युतबाट करिब २६ मेगावाट विद्युत उत्पादन गरेको छ भने झण्डै ३ लाख ५० हजार वायोग्यास प्लान्ट, करिब ७ लाख सौर्य विद्युत प्रणाली र करिब १२ लाख सुधारिएको चुलो निर्माण गरिसकेको छ।
साथै यो क्षेत्रमा विभिन्न राष्ट्रिय क्षेत्रीय तथा स्थानीय स्तरमा कार्यरत सरकारी, गैर सरकारी, नीजि र वित्तिय संस्थाहरुको वीचमा सवल सकार्यको वातावरण समेत निर्माण भएको छ । फलस्वरुप नवीकरणीय ऊर्जा प्रविधिहरु मार्फत् देशका करिव ३० लाख भन्दा बढि घरधुरी लाभान्वित भैसकेका छन्।
सोतो पाटि बाट साभार
## News source from Zoomnp
via IFTTT
