दिनभरीको काम, पढाइ र अरु झिनामसिना तनाब र चिन्ताले अलि बढी थकान महशुस हुन्छ अचेल । यो मनमा आफ्नो जिन्दगीको मात्र नभै आफन्त र परिवारको सुन्दर भविष्यको चिन्ता त छँदै छ, त्यो सँगसँगै थोरै भए पनि देशको राजनैतिक अस्थिरता र स्वार्थले ल्याएको गतिरोधले भोली हामी कहाँ पुगौंला भन्ने अर्को तनाब उत्पन्न भएको छ ।
संयोग हो अथवा सोचाइ, यहि तनाब र चिन्ताको बिच गएराति म आफै देशको प्रधानमन्त्री भएको सपना देखेछु । देशको प्रधानमन्त्री हुनु मेरो लागी एकदमै अपत्यारिलो र कल्पना भन्दा बाहिरको कुरा हो । म राजनीतिमा थोरै चासो राख्ने भए पनि राजनीति नै गरौंला भन्ने कल्पना गर्दिन । किनकी यो संसारमा सबैभन्दा फोहोरी मलाइ राजनीति लाग्छ र जानिजानी फोहोरमा टाउँको डुबाउन पनि चाहन्न म । तर आफै प्रधानमन्त्री भएर टोपी र माला लाएको सपना देख्दा चाहीँ अचम्म लाग्दोरहेछ । विहान उठेर सम्झिँदा त मनमा केही हर्ष लाग्यो र थोरै भए पनि खुशीको अनुभूति भयो । हातमा चियाको कप लिएर पत्रीका पढ्दै गर्दा सोचेँ, यदि म सपनामा जस्तै साँच्चै नेपालको प्रधानमन्त्री हुन पाएँ भने देशको लागी के गरुँला? यो संकटको घडीमा धेरै होइन जम्मा एक महिना अर्थात तीस दिन मैले देशको नेतृत्व गर्न पाएँ भने के के गर्न सक्छु होला भनेर गम खाएँ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ, म साँच्चै भाबुक भएर सोचेछु । यदि मैले मेरो सपनामा जस्तै केपी शर्मा ओली ज्यू को कुर्ची पाएँ भने अरु नसके पनि तीस दिनमा यि ३० काम त गर्थेँ होला जस्तो लाग्यो ।
१. एउटा गैह्र राजनैतिक व्यक्ति प्रधानमन्त्री भएपछी पार्टीको बारेमा सोच्नु परेन । जे गरे पनि देश र जनताको हितमा काम गर्ने थिएँ । मेरो प्रधानमन्त्री कालका तीस दिन नेपालको विकास, समृद्दी र शक्तिको जग बसाउनमा खर्चिने थिएँ, जसका कारण नेपालीहरु साँच्चीकै नेपाली हुनुमा गर्व गरेर हिड्न पाउन् र जीबनमा सुख र सन्तुष्टीको अनुभोति हुन पाओस ।
२. सबैभन्दा पहिले संविधानको अक्षरस पालन गर्दै प्रधानमन्त्रीको सपथ लिएको दिनमै संविधानमा तोकिए बमोजिम सानो र चुस्त मन्त्रीमन्डल गठन गर्ने थिएँ । जुन मन्त्रीमन्डलमा शिक्षित, शान्त, सक्षम र देश विकासको सम्भाबना बोकेका युवाहरु रहने छन् ।
३. अहिले तराइ अशान्त छ, त्यसकारण तराइका मुख्य ५ शहरमा शान्ति सभा राख्थेँ, र पाँचै सभालाइ आफैले सम्बोधन गरेर जनतालाइ आशाबादी हुन पहल गर्थेँ । प्रत्येक जनताका आफ्ना चाहनालाइ बुझ्नको लागी सुझाब संकलन समिति बनाएर आफै सँग लान्थेँ, जसकारण जनताका खास समस्या र इच्छाको पहिचान होस र समाधान गर्न सकियोस ।
४. प्रधानमन्त्री भनेको देशको अभिभावक हो। देशका सबै कुना कुनाका जनतालाइ अभिभावकत्व महशुस गराउनु मेरो कर्तब्य हुनेछ, मैले सबै जनतालाइ समान दृष्टीबाट हेर्ने थिएँ, र सबै जनतालाइ केही समय नआत्तिन र धैर्य गर्न आह्वान गर्ने थिएँ ।
५. चौरमा सभा गरेर अथवा पत्रकार सम्मेलन गरेर भारतलाइ गाली गर्नु भन्दा छोटो समयको लागी आफै कुटनैतिक भारत भ्रमणमा जान्थेँ, र भारतिय अधिकारी सँग भारत/नेपाल सम्बन्धको बारेमा बार्ता गर्थेँ । जसकारण दुबै पक्षको भ्रम चिर्न सहज हुने थियो । साथै अरु छिमेकी र मित्र राष्ट्रहरुसँग सुमधुर मन्बन्ध बनाउन पहुल गर्ने थिएँ ।
६. प्रधानमन्त्रीको सपथ खाना साथ नेपाल सेनाको संख्या बढाउने निर्देशन दिन्थेँ, छुट्टै सिमा सुरक्षा बल बनाएर चारै दिशाका सिमनामा सुरक्षाको जिम्मा सिमा सुरक्षा बललाइ दिन्थेँ ।
७. नेपाल प्रहरीको जिम्मेबारी बढाइदिन्थेँ, यदि प्रधानमन्त्रीले गल्ती गर्यो भने पनि समातेर जेल चलान गर्न सक्ने क्षमता प्रहरीमा होस । प्रत्येक जिल्लामा आफ्नै प्रहरी भर्ना गर्ने र रेखदेश पनि जिल्ला आफैले गर्नको लागी पहल गर्ने थिएँ, जसकारण प्रहरी प्रशासन चुस्त, प्रभाबकारी र प्रतिष्पर्धी बन्न सक्छ ।
८. खुला प्रतिष्पर्धाबाट अख्तियार प्रमुख नियुक्ति गर्ने थिएँ, जसले देशमा भएको अनियमिततालाइ केही दिनमै रोक्न सकोस ।
९. जेलको क्षमता र मापदण्ड बढाउने थिएँ र इतिहासमा राजनैतिक अथवा सरकारी पदमा रहेर भ्रष्टाचारको गन्ध आएका सबैलाइ जेल चलान गर्ने थिएँ । जसबाट घुसखाने कर्मचारी देखि भ्रष्टाचार गर्ने पार्टी नेता/नेतृत्वलाइ निरुत्साहित बनाउन सकियोस ।
१०. संविधान नै संसोधन गरेर सामाजिक र साँस्कृतिक जमघट बाहेक राज्यको सहमति विना मान्छेहरु जम्मा हुने र आन्दोलन, नारा जुलुस निकाल्न प्रतिबन्ध लगाउने थिएँ । अटेर गर्नेलाइ प्रहरीले सिधै बल प्रयोग गर्ने कानुन सारवजनिक गर्ने थिएँ ।
११. देश भरी श्रमदान, सामाजिक सहयोग र भोलिन्टियर काम गर्न चाहनेहरुलाइ प्रोत्साहन गर्ने थिएँ । जसकारण जनताले सहयोगको प्रत्याभुति गरुन, र सहयोगी हातहरुले पनि सन्तुष्टि मिल्नुका साथै नेपाली भएकोमा गर्व गर्न सकुन ।
१२. भूपु प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरुले पाउने सम्पुर्ण सेवा सुविधा कटौती गरिदिन्थेँ, त्यसबापत खर्च हुने रकमबाट सामाजिक सुरक्षा (बृद्धा र बालबालिका) को लागी सरकारी कोष स्थापना गराउने थिएँ ।
१३. इन्धनको सहज आपुर्तिका लागी नेपाल आयल निगम खारेज गरेर इन्धनको किनबेच र विक्रि वितरण खुला गरिदिन्थेँ । जनतासम्म इन्धनको सहज आपुर्ति गर्ने कम्पनिलाइ सरकारी करमा विशेष छुटको ब्यवस्था गर्थेँ । जसले जहाँबाट ल्याएर जति रुपैयाँमा बेचेपनि इन्धन सुलभ हुनुपर्छ । बजार प्रर्तिष्पर्धी भएपछी जसले सस्तोमा दिन्छ उपभोक्ता उसैकोमा जान्छन् । इन्धन पनि नुन किने जस्तै सहज होस ।
१४. देशभर स्वस्थ खाना र पिउने पानीको अबलोकन र मापन, होटल र गेष्टहाउसमा चेकिङ, जन स्वास्थ्य, जनसरोकार, उपभोक्ताको हक अधिकार, वातावरण संरक्षण, बजार ब्यवस्थापन र निगरानिको लागी छुट्टै क्रियाशिल सरकारी संस्था बनाएर काम सुरु गराउँथेँ ।
१५. कालो बजारी र महंगी नियन्त्रणसँगसँगै ब्यापार बजारलाइ अझ खुला र ब्यबस्थित बनाउन पहल गर्ने थिएँ, जसकारण मुल्य र गुणस्तरमा प्रतिष्पर्धा हुन सकोस । उपभोक्ताले सस्तो खोज्ने कि गुणस्तरिय खोज्ने आफ्नो कुरा हो ।
१६. दैनिक उपभोग्य बस्तुहरु विदेशबाट आयात गर्नुको सट्टा नेपालमै उत्पादन गर्ने कलकारखाना खोल्नको लागी टेन्डर खुलाउने र जिम्मेबारी दिने समम्को काम गर्ने थिएँ ।
१७. विशेष गरि किसानलाइ राज्यको सबै सुविधाकाे ब्यवस्था गर्दै राज्यले सकेसम्मको कृषि ऋण उपलब्ध गराएर सम्पुर्ण खाद्धन्न नेपालमा नै उत्पादन गर्न जोड दिने थिएँ ।
१८. एक रुपैया कमाउनेले पनि राज्यलाइ कर तिर्नैपर्ने नियम बसाउँथेँ, करले राज्यलाइ आर्थिक रुपमा बलियो बनाउँछ ।
१९. पाँच बर्ष सम्म तिब्र गतिमा विकास गर्नको लागी गाविस देखि महानगरपालिका सम्म विशेष खालको विकास समिति गठन गर्थेँ, जुन समितिले विकास मात्रै गरोस र त्यो समितिलाइ सरकार परिवर्तनले कुनै पनि असर नपारोस ।
२०. देशमा भएका सबै अस्पतालबाट जनतालाइ निशुल्क स्वास्थ्य उपचारको घोषणा गरिदिन्थेँ, विदेशमा डाक्टर र स्वास्थकर्मीकाे रूपमा काम गर्ने नेपालीलाइ देशमा राम्रो सेवा सुविधा दिएर नेपाल फर्कन आह्वान गर्ने थिएँ । देशभरका प्रत्येक गाविसमा एउटा आधुनिक अस्पताल निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाइ अनुरोध गर्थेँ ।
२१.देश विकासको सुरुवात भनेको बाटोघाटो र विधुत हो । द्रुत मार्ग, जलविधुत परियोजना र अन्तराष्ट्रिय विमानिस्थलको लागी लगानी कर्ता खोज्नु र निर्माण प्रक्रिया थाल्नु मेरो प्राथमिकतामा राख्ने थिएँ ।
२२. देशका धनी ब्यक्तिहरु र विदेशमा बस्दै आएका नेपालीहरुलाइ हाइड्रोपावर र द्रुतमार्गमा लगानी गर्न आह्वान गर्थेँ, यस्ता परियोजना बाट आएको नाफा रकमको निष्चित हिस्सा राज्यलाइ बुझाएर लगानी गर्नेलाइ नै उपभोग गर्ने वातावरण बनाउने थिएँ ।
२३. विदेशमा भएका युवा र दश जनशक्तिलाइ उनीहरुले चाहेको सुविधा दिएर देश विकास, विज्ञान, र सुचना प्रविधीको विकासको लागी स्वदेश फर्किन सार्वजनिक आह्वान गर्ने थिएँ ।
२४. प्रत्येक नागरिक सँग विधुतिय परिचय पत्र र सोसल सेक्युरिटी नम्बर राख्नु पर्ने ब्यबस्था गर्ने थिएँ, जसकारण नागरिकका हरेक काम र ब्यबहारको जानकारी राज्यले पाओस ।
२५. देश विकासको लागी प्राविधीक सहयोग गर्न विदेशी दातृ संस्थासँग आग्रह गर्ने थिएँ ।
२६. निजी विद्यालयलाइ सरकारीकरण गरेर सबै बासबालिकालाइ १२ कक्षा सम्म निशुल्क शिक्षाको थालनी गर्ने थिएँ । निजी विद्यालयमा लगानी गर्नेहरुको पैसा सरकारी कोशबाट फिर्ता दिएर अरु ब्यवसायिक काममा लगाउन प्रोत्साहन गर्ने थिएँ ।
२७. बेरोजगार भएर बसेका युवालाइ उनीहरुको क्षमता अनुशारको काममा लगाएर देश विकास, निती निर्माण, र सरसफाइमा लगाउने थिएँ । युवाहरु काम पाएपछी आन्दोलन र क्रान्ति भनेर हिड् थिएनन् ।
२८. नेपाल बन्द गर्ने र गराउनेलाइ पहिचान गरेर आजिबन गाराबासको सजाय दिने थालनी गर्ने थिएँ ।
२९. जथाभाबी समाचार लेख्ने र सामाजिक, राजनैतिक विषयलाइ लिएर गलत सुचना दिने सन्चार माध्यम र ब्यक्तिलाइ हदै सम्मको कारबाही गर्ने थिएँ । गलत र भ्रामक सुचनाले समाजलाइ अन्धकारमा धकेल्छ ।
३०. प्रत्येक नेपाली नागरिकको घरमा राष्ट्रिय झन्डा फरफराउनु पर्ने नियमको सुरुवात गर्ने थिएँ ।
अन्त्यमा, यति काम सकेपछी पदको लोभ नगरी तीस दिन पुगेको बेलुका १२ बजे आफ्ने पदबाट राजिनाम दिने थिएँ । देशलाइ विकसित समृद्ध बनाउना अन्य धेरै कुराको आवश्यक पर्छ, तर तीस दिनमा सबै कुरा सम्भब हुँदैन । मैले माथी अहिले जनतालाइ अत्यावश्यक रहेका केही बुँदा मात्र लेखेको हुँ । यि कुराहरुबाट देश विकासको जग हाल्न सक्ने हो भने हामी साँच्चिकै समृद्ध बन्ने छौं । मलाइ प्रधानमन्त्री हुने रहर पनि छैन, र जीबनमै राजनिती गरेर मन्त्री प्रधानमन्त्री बन्ने सोँच पनि छैन माथीमा सबैकुरा गैह्रराजनैतिक र काल्पनिक हुन् । जुन कुरा सरकारको नेतृत्वलाइ चाहना हुने हो भने असम्भब पनि छैनन् । माथी लेखिएका बुँदाहरुले कम्सेकम राजनैतिक नेतृत्वमा र सरकार संचालनमा रहेका ब्यक्तिहरुलाइ थोरै भए पनि परिवर्तन गर्न सकोस भन्ने चाहना चाहीँ हो । देश बन्यो भने हामी बन्ने छौं, हामी शारिरीक रुपमा जहाँ भए पनि भित्रीमनबाट देश परिवर्तन गर्नको लागी पहल गरौं । एक दिन त उज्यालो कसो नहोला र? पहल गरौं धैर्य होऔं ।
– लेखकको ब्लगबाट
## News source from Zoomnp
via IFTTT
रुपन्देही, १५ मंसिर । नेपाल सितोरियो कराँतेका जन्मदाता थानेश्वर राईलाई बुटवलमा सम्मान गरिएको छ ।
जिल्ला सितोरियो कराँते संघ र जिल्ला सितोरियो कराँते स्कुल संघ रुपन्देहीले संयुक्त रुपमा राईलाई सम्मान गरेका हुन ।
सो अवसरमा राईले अझै पनि खेल र खेलाडिलाई सरकारले राम्रो दृष्ट्रिकोणले नहेरेको बताए । खेल क्षेत्रले राष्ट्रको नाम उचो बनाउने भएपनि सरकारी उपेक्षाका कारण खेल र खेलाडिहरुको पछिल्लो समय बदनामी भएको बताए । उनले भने–‘खेल खेलेर बाच्ने आधार छैन्, त्यसैले खेलाडिहरुको मनोबल कमजोर हुन्छ, त्यसको परिणाम म्याच फिक्सिङ हो ।’
उनले अहिले देशमा कराँतेका खेलाडिहरु ७ लाख भन्दा बढि भएकाले अब यसलाई राष्ट्रिय खेलको रुपमा विकास गर्नुपर्ने बताए ।
कराँतेका बरिष्ठ प्रशिक्षक मदन उप्रेतीले राष्ट्रले प्रशिक्षकहरुलाई पनि उपेक्षा गरेकाले प्रशिक्षकहरु विदेश पलायन हुने क्रम बढेको बताए ।
## News source from Zoomnp
via IFTTT
मंसिर । आन्दोलनरत मधेसी मोर्चाले मुलुकलाई संकटबाट निकास दिन ‘बहुराष्ट्रिय राज्य तथा तथा समावेशी राष्ट्रिय सेना’को मागलाई बटमलाइनका रूपमा अगाडि सारेको छ।
मोर्चाले वार्ता, संकट तथा विभाजित मानसिकतालाई निकास दिन यस्तो बटमलाइन राखेको हो।प्रधानमन्त्री केपी ओलीले सोमबार आयोजना गरेको सत्तापक्ष, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठकमा मोर्चाले प्रस्तुत गरेको मागमा मुलुकको एकता र शान्तिका लागि आफूहरू पनि चिन्तित रहेकाले यी माग पूरा भएमा आन्दोलन स्वतः स्थगित हुने उल्लेख छ।
बिहान ११ः३० बजेदेखि करिब दुई घन्टासम्म बसेको बैठक ठोस सहमतिमा पुग्न भने सकेन। बैठकमा प्रधानमन्त्रीले सत्ता गठबन्धन मुलुकको संकटपूर्ण परिस्थितिप्रति चिन्तित रहेको भन्दै राष्ट्र बचाउन जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताएका थिए। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘क्लासिक’को ‘हारें हारें’ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ ।
यूवराज चौलागाँइको स्वर, ताराप्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको गीतको अडियो सार्वजनिक गरिएको हो । माघ २९ लाई रिलिज मिति घोषणा गरेको चलचित्रको हाल छायाँकन तथा प्रोडक्सनको काम एकसाथ भइरहेको छ । राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राईको कोरियोग्राफी, छेतन गुरुङको लेखन चलचित्रमा छ ।
म्यूजिकल लभस्टोरी कथा रहेको फिल्ममा आर्यन तथा नम्रताका अलावा सुशिल काफ्ले, प्रज्वल गिरी, समुना केसी, रोमी घिमिरे लगायतको अभिनय रहेको छ। यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, रुकुम, १५ मंसिर । भारतीय नाकाबन्दीका कारण जिल्ला स्वास्थ्य कार्यालय रुकुममा आपत्कालीन औषधिको अभाव भएको छ ।
संघीय सीमांकन हेरफेरको माग साढे तीन महिना भन्दा बढी समय देखि भइरहेको मधेशी मोर्चाको आन्दोलन र त्यसपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण रुकुम सहित मुलुकभर औषधिको अभाव देखिन थालेको हो ।
आपत्कालीन औषधिको अभाव हुँदा विरामीहरु निकै मर्कामा परेका छन् भने उपचार सेवा समेत दिन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय रुकले जनाएको छ । विशेष गरी विरामीले नियमितसेवन गर्ने औषधि, सुत्केरी गराउन र सम्भावित रक्तश्राव रोक्न रोक्न प्रयोग हुने औषधि अक्सिटोसिन लगायतका औषधिको अभाव देखिएको हो ।
उक्त औषधिको अभावले रुकम सहित मुलुकभरका विरामीमा मर्कामा परेका बताइएको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Qas520
via IFTTT
मंसिर १५, २०७२- नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद बैठकमै भारतीय राजदूत रञ्जित रेविरुद्ध नाराबाजी गरिरहेका छन् । सांसद प्रेम सुवाल र अनुराधा थापामगरले संसदमा राजदूत रेविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले नेपालको संविधान संशोधनमा हस्तक्षेप गर्ने भारत को हो ?, देश बिखण्डन गर्न पाइदैन, राजदूत रेलाई फिर्ता गर भन्ने नारा लगाएका थिए ।
आजको संसद बैठकमा नेमकिपाका सांसदले भारतीय हस्तक्षपविरुद्ध र मधेसी मोर्चाका सांसदले मोर्चाको माग पूरा हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
सभामुख ओनसरी घर्तीले कांग्रेस सभासद फर्मुल्लाह मन्सुरलाई बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आवद्ध सांसद र नेमकिपाका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।
संसद बैठक स्थगित
बैठक सुरु हुनेवित्तिकै नाराबाजी भएपछि सभामुख ओनसरी घर्तीले संसद बैठक स्थगित भएको घोषणा गरेकी थिइन् । नेमकिपा र मोर्चाको नाराबाजी करिब आधा घण्टा चलेको थियो । संसद बैठक मंसिर २० गते १ बजेसम्मका लागि स्थगित भएको छ ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं, १४ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय अर्ध सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेपाल सरकारले कुटनीतिक रुपमा निकास खोज्नु पर्ने बताउनुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (सोमबार) बिहान कुरा गर्दै अध्यक्ष महतोले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मी कहिले काहीँ नेपाली भूमि आउँछन् । कहिले नेपाली सुरक्षाकर्मी उता जान्छन् । यो कुरा कुटनीतिक रुपमा मिलाउनु पर्छ ।’ अध्यक्ष महतोले कुनै समस्या देखिए त्यसलाई नेपाल र भारतबीच कुटनीतिक रुपमा समाधान खोजिनुपर्ने उल्लेख गर्नुभयो । मधेसीले अधिकार नपाउँदासम्म काठमाडौं फिर्ता नहुने बताउनुभएका सदभावना पार्टीका अध्यक्ष महतोले अधिकार माग्दा राष्ट्रघातिको आरोप लगाएकोमा चिन्ता जनाउनु भयो । ‘मधेसीले आफ्नो अधिकार माग्दा राष्ट्रघाति भन्नु गलत मानसिकता हो’, उहाँले भन्नुभयो, ‘अधिकार राज्यले दिनैपर्छ । अन्यथा आन्दोलन रोकिँदैन ।’ नाकाबन्दी भारतले नभइ आफूहरूले गरेको भन्दै अध्यक्ष महतोले भारतको बचाउ गर्नुभएको छ । उहाँले आफूहरूले अबरोध गर्न नसकेको सीमानाकाहरूबाट तेल, ग्यास र अन्य सामाग्री आइरहेको बताउनुभयो । ‘यो सरकार छिमेकी भारतको बद्नाम गर्न लागेको छ । भारतको बद्नाम गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘आफूले गर्न नसक्ने भारतलाई दोष दिन मिल्छ ?’ सरकारले जनतालाई राम्रोसँग दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन नसकेको आरोप उहाँले लगाउनुभयो । सरकार तस्करी र भ्रष्टाचारीको संरक्षणमा लागेर कमाउन सक्रिय रहेको महतोले उल्लेख गर्नुभयो । अध्यक्ष महतोले मधेसीहरूको आन्दोलनमा भारतको पनि समर्थन रहेको दोहराउनु भयो । ‘मधेसीको अधिकारको यो आन्दोलनमा भारतको पनि समर्थन छ’, उहाँले भन्नुभयो । मधेसीहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुपैठ गराएको उहाँले आरोप लगाउनुभयो । ‘यो सरकारले शान्तिपूर्ण मधेस आन्दोलन बद्नाम गराउन घुपैडियाहरूलाई घुसाएको छ’, अध्यक्ष महतोले भन्नुभयो, ‘आन्दोलन बद्नाम गराउन घुसपैठिया गराएको हामीसँग प्रमाण छ ।’ उहाँले आन्दोलन अझै पनि आफूहरूको नियन्त्रणमा रहेको दाबी गर्नुभएको छ । राजधानी केन्द्रित खसबादी मिडियाले मधेस आन्दोलनविरुद्ध गलत समाचार सम्प्रेषण गरेको सदभावना अध्यक्ष महतोको आक्रोश थियो । ‘हाम्रो मधेस आन्दोलनविरुद्ध राजधानीका खसवादी मिडियाहरूले गलत प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘आन्दोलनविरुद्ध नकारात्मक प्रचार भएको छ ।’ मधेस आन्दोलन निष्कर्षमा नपुग्दासम्म राजधानी नफर्कने बताउनुभएका सद्भावना अध्यक्ष महतो तीन महिने आन्दोलनका क्रममा एक पटक मात्रै काठमाडौं आउनु भएको छ । साभार दैनिक नेपाल बाट
## News source from Zoomnp
via IFTTT
