काठमाडौं: महाभूकम्पपछिको स्थिति अध्ययन गर्न युरोपियन युनियनका एकजना उच्च अधिकारी अत्याधुनिक हतियारसहित आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो एकछिन विवाद र असहज परिस्थिति उत्पन्न भएको थियो।
युरोपियन युनियन मानवीय सहयोग र विपत् व्यवस्थापन प्रमुख क्रिस्टोस स्टेलियानिडेस हतियारधारी दुई सुरक्षाकर्मीलाई तत्काल फिर्ता (डिपोट) गर्न तयार भएपछि स्थिति सामान्य भएको थियो।
हतियारधारी सुरक्षाकर्मीसहित पस्न पाउनुपर्ने उनको अडानलाई विमानस्थलस्थित सुरक्षा अधिकारीहरूले अस्वीकार गरी सुरक्षाकर्मीहरूलाई अध्यागमन क्षेत्रबाटै छिर्न दिएनन्।
विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थका अनुसार हतियारसहित आउने पूर्वजानकारी र स्वीकृतिसमेत नलिएकाले उनीहरूलाई प्रवेशमा रोक लगाइएको हो।
कुनै भीआईपीले हतियारसहित आउन चाहेमा पूर्वजानकारी गराउनुपर्ने र यसअनुसार हतियारको विवरण खोली गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ। अनुमतिसहित ल्याइएको हतियार गृह मन्त्रालयको आदेशमा प्रहरीले विमानस्थलमै सुरक्षित राखिदिने र फर्कने बेलामा जिम् मा दिने गरिन्छ।
स्टेलियानिडेस संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी अन्तर्राष्ट्रिय संयोजक तथा उपमहासचिव भेलरी आमोसँगै भूकम्पपछिको स्थिति अध्ययन गर्न नेपाल आएका हुन्।
दुवै विशिष्ट व्यक्तिहरूले स्रोतको कमी रहेको नेपाली सेनाको हेलिकोप्टर प्रभावित क्षेत्रको अवलोकनका लागि शुक्रबार प्रयोग गर्ने भएका छन्। सुरक्षाकर्मीले अनुमतिपत्र खोजेपछि पाहुनाको स्वागतका लागि विमानस्थल पुगेकी युरोपियन युनियनकी नेपालका लागि राजदूत रेन्स्जे तिरिङलाई पनि परिस्थिति समाल्न गाह्रो भएको थियो।
सुरक्षा स्रोतका अनुसार उनले परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयबाट अनुमति लिन समय अभाव भएकाले नसकिएको सुरक्षाकर्मीहरूलाई बताएकी थिइन्। दुवै भीआईपी इन्डियन एयरलाइन्सको दिल्ली काठमाडौंको नियमित उडानबाट साँझ ५ बजे विमानस्थल अवतरण गरेका थिए।
सुरक्षा स्रोतका अनुसार प्रवेश अनुमति नदिने अडान सुरक्षाकर्मीले राखेपछि दुईमध्ये एक सुरक्षागार्डलाई हतियारसहित नै दिल्ली फिर्ता गराउने तयारी गरिएको थियो।
'उनीहरू फर्कने टिकट काट्ने तयारीमा थिए', सुरक्षा स्रोतले भन्यो, 'सँगसँगै यहाँका सुरक्षा निकायलाई पनि एकपटकलाई हतियार विमानस्थलमै राखिदिएर मानिसलाई मात्र प्रवेश दिन आग्रह गरिरहेका थिए।
निकै लामो प्रयत्नपछि नेपाली सेनाले हतियार जिम्मा लिएर विमानस्थलमा राखिदिन मन्जुर गरेपछि दुई हतियारधारी सुरक्षाकर्मीले भीआईपीसँगै नेपाल प्रवेशको अनुमति पाएका थिए।
डीआईजी कायस्थ भन्छन्, 'सेनाले हतियार डिपोजिट गरिदिएपछि उहाँहरूले प्रवेश पाउनुभएको हो।' भीआईपीको सुरक्षाका लागि दुई आधुनिक पेस्तोलका साथमा २१ राउन्ड गोली पनि ल्याइएका थिए।
एयर इन्डियाको जहाजमा उड्दा उडान नियमअनुसार नै भीआईपीका ती हतियार गोली खाली गरी पाइलटको जिम्मामा दिइएको थियो।
सोर्स-अन्नपूर्ण पोस्ट्
from Taja News Online http://ift.tt/1HWYHrT
via IFTTT

भक्तपुर : जिल्ला प्रशासन कार्यालयले भूकम्पपीडितका लागि आएको राहत वितरणलाई व्यवस्थित गर्न नसकेपछि राहत जति सैनिक आवासीय महाविद्यालयमा थन्किएको छ।
राहत वितरणलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्ने भन्दै प्रशासनले जथाभाबी राहत वितरण नगर्न र राहत दिनेहरुलाई प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएपछि आएको राहत महाविद्यालयस्थित नेपाली सेनाको ब्यारेकमा थन्किएको छ।
भूकम्प आएको छ दिन बित्दा पनि राहत वितरण प्रभावकारी रुपमा सुरु हुन नसकेपछि यहाँका भूकम्पपीडितले राहतबिना नै दिनरात बिताउनुपरेको गुनासो चौतर्फी आएको छ।
भक्तपुरमा अहिलेसम्म नेपाल सरकारले रु तीन करोड दिएको प्रशासन कार्यालयले जनाएको छ । सरकार, नेपाल रेडक्रस सोसाइटी, हिमानी ट्रस्टलगायत विभिन्न निकायबाट आएको त्रिपाल, चामल, चिउरा, चाउचाउ, चिनी, दालमोठ, बिस्कुट, दाल, नुन, भाँडा, पानी, कम्बललगायत सामान ब्यारेकमा थन्किएको छ ।
गाउँ गाउँमा राहत सामग्री र त्रिपाल नपुगेको भन्दै चौतर्फी विरोध आए पनि कार्यायले राहत वितरणलाई अझै सहज बनाउन नसकेपछि पीडित आक्रोशित भएका छन्। भूकम्पपीडित त्रिपालसमेत नपाएपछि हिलाम्मे भुइँमा बस्न बाध्य भएको पीडितले गुनासो गरेका छन्।
यता प्रजिअ अनिलकुमार ठाकुरले विभिन्न निकायबाट आएको तीन हजार ७३४ त्रिपाल, चामल, दाल, नुनलगायत खाद्यान्न वितरण सुरु गरिएको जिकिर गरे। ।
नेपाली सेनासहितको टोलीमार्फत राहत वितरण सुरु गरिएको जिकिर गर्दै उहाँले मृतक परिवारलाई किरिया खर्चसमेत वितरण गर्न थालिएको बताए । उनले आज पनि राहत पठाइने जानकारी दिँदै भक्तपुरमा ३० हजार त्रिपाल आवश्यक भए पनि त्रिपाल नहुँदा समस्या आएको बताए।
जिल्लामा भक्तपुर नगरपालिकालाई पाँच हजार थान त्रिपाल किनेर वितरण गर्न निर्देशन गर्दा पनि नगरपालिकाले अटेर गरेको बताउँदै उनले भक्तपुरका अन्य पाँच नगरपालिकाले त्रिपाल किनेर वितरण गर्न थालेको जानकारी दिए। नगरपालिकाका सूचना अधिकृत गौतम लासिवाले भने–“बजारमा पाइएको ८० थान त्रिपाल किनेको भए पनि बजारमा त्रिपाल नपाएपछि समस्या आएको छ ।
सोर्स-अन्नपूर्ण पोस्ट्
from Taja News Online http://ift.tt/1HWYJQq

काठमाडौं : भूकम्प पीडितको राहत र उद्धारमा नाममा विदेशी विमानले मनोमानीर रुपमा उडान भरेको गुनासो आएपछि प्रधानमन्त्री सुशील कोइराला अवस्था बुझ्न त्रिभुवन विमानस्थलमा पुगेका छन् ।
शनिबारको विनासकारी भूकम्पपछि पीडितहरुको उद्धार र राहतका लागि खटिएको भारतीय सैनिकको टोलीले सरकारी निकायसँग समन्वय नै नगरी मनोमानी रुपमा हेलिकोप्टर तथा जहाज उडाइरहेको गुनासो आएपछि प्रम कोइराला विमानस्थल पुगेका हुन् ।भारतीय उद्धार टोलीले उद्धारमा समेत कुनै समन्वय नगरेको गुनासो नेपालीपक्षले गर्दै आएको छ ।
भूकम्प पीडितको उद्धार र राहतका लागि छिमेकी देशबाट आएका जहाज र हेलिकोप्टरको एकीन तथ्यांक नहुँदा उद्धार प्रक्रिया नै प्रभावकारी हुन सकेको छैन। प्रम कोइरालाले विमानस्थलमा पुगेर विदेशी हेलिकोप्टर र जहाजको संख्या, उडानको अवस्था र समन्वय भए नभएकोबारे सरोकारवालासँग बुझेका छन्। विदेशबाट आएका सबै जहाजको अभिलेख राख्न र अनुगमन गर्न निर्देशन दिएका छन्।
विमानस्थलमा पुगेका प्रम कोइरालालाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले विदेशी विमानहरुको उडान गतिविधिबारे जानकारी गराएका छन् ।भारतीय सैनिकले राहत र उद्धारका नाममा नेपालसँग जोडिएको चीनको सीमाक्षेत्रमा हेलिकोप्टर उडाएको पाइएपछि चीनले त्यसमा कडा आपत्ति जनाइरहेको छ ।
सोर्स-अन्नपूर्ण पोस्ट्
from Taja News Online http://ift.tt/1HWYJQo

| फोटो :पोखरा विमानस्थलमा भूकम्पपीडितहरुका लागि भनेर विभिन्न क्षेत्रबाट दिइएको सामग्रीको डंगुर। |
घरदैलो र स्वतस्फूर्त संकलित खाद्यान्न, कपडा, पाललगायतका बन्दोबस्ती सामग्री पोखरा विमानस्थल र विभिन्न संघसंस्थामा थुप्रिएको छ। धेरैजसोले चाउचाउ र पानी किनेर दिएकाले पीडितले अन्य अत्यावश्यक सामग्री पाएका छैनन्।
पोखरा विमानस्थलको कोठाहरू र चउरमा राहतको थु्रपो लागेको छ। दाताले पोकाका पोका सामान ल्याएर दिए पनि स्रोत र साधन अभावले वितरणमा समस्या भएको एक प्रहरी अधिकृतले बताए। 'कुन सामान कति छन् भनेर साध्य नै छैन', उनले भने, 'अलिअलि मात्रै बाँड्ने हो भने अब यहाँ राख्ने ठाउँ पनि हुने छैन।'
पोखराबाट मनग्ये राहत सामग्री उठाएका विभिन्न संघसंस्थाका प्रतिनिधि आफैं प्रभावित क्षेत्र पुगेका छन्। राहत बाँड्नेलाई कहाँ कुन सामग्रीको खाँचो भन्ने थाहा नहुँदा एकैथरीका सामानको थु्रपो लागेको छ।
अति प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट राहत पुर्याइए पनि कुनै स्थानमा केही पनि नपाएको पीडितले गुनासो गरेका छन्। 'भुइँचालोले घर भत्काएपछि गाउँले चौरमा रुझ्दै बसेको पाँच दिन भइसक्यो', लमजुङ दूधपोखरीका मानसिङ गुरुङले भने 'अझै राहत नपाएकोले बिचल्ली भएको छ।'
उनले बिचौर, दूधपोखरी, इलमपोखरीका सबै पीडितले राहत नपाएकोले गाउँले आक्रोशित भएका बताए। उनीहरूले कतै फालाफाल त कतै केही पनि नदिएको आरोप लगाएका छन्। राहत लिएर जानेहरू पनि सदरमुकाम र मोटर पुगेको ठाउँमा मात्रै पुगेका पीडितको गुनासो छ।
क्षति धेरै भएकोले अलिकति पठाएको राहत हात्तीको मुखमा जीराजस्तै भएको रामचन्द्र दवाडीले बताए। लमजुङको भार्तेका शेरबहादुर विकले बजारमा राहत बाँड्नेको होडबाजी लागे पनि गाउँमा कोही पनि नआएको जनाए।
यसैगरी कास्की, स्याङ्जा, तनहुँ, पर्वतका विकट क्षेत्रका हजारौं घर भत्किए पनि अधिकांश पीडितले पालसमेत पाएका छैनन्। उठीबास भएका उनीहरू राहत खोज्दै सदरमुकामतर्फ आउने क्रम जारी छ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष वामदेव ढुंगानाले पीडित धेरै भएकोले राहत सामग्री अपुग भएको बताए। 'धेरै ठाउँमा पाल चाहियो भनेर माग भएको छ', उनले भने 'बजारमा पालको समस्या भएकोले भारतबाट मगाइएको छ।' उनले राज्यको दैवी प्रकोप उद्धार समन्वय समिति र आफूहरूले आआफ्नै ढंगले राहत बाँडेको बताए।
पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठले राहत वितरण र उद्धारकार्य जारी रहेको बताए। 'सबै स्रोत र साधन परिचालन गरेर उद्धारमा दिनरात नभनी जुटेका छौं', उनले भने 'ठूलो क्षति भएकोले सबैतिर एकैचोटी पुग्न समस्या भएको छ।'
उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय वायु सेनाको टोली बिहीबार पनि परिचालन भएका थिए। पश्चिमाञ्चलमा भूकम्पले चार सय १३ को मृत्यु र एक हजार एक सय ६६ घाइते भएका प्रहरीले जनाएको छ।
सोर्स-अन्नपूर्ण पोस्ट्
from Taja News Online http://ift.tt/1HWYHrN
via IFTTT
फेसबुक अब सोसल मिडियामात्र रहेन, लाइफस्टाइल बनिसक्यो । फेसबुकबाटै च्याट, भ्वाइस कल, गेम मात्र हैन पैसा पठाउनेसम्मका सुबिधा सुरु भइसके । तर, फेसबुकलाई सही तरिकाले चलाइएन भने अनाबश्यक दुःख पाइन्छ भने दुरुपयोगको सम्भावना पनि बढि हुन्छ ।
आज हामी तपाईलाई फेसबुक संचालनका केही आधारभूत तरिकाबारे जानकारी दिँदैछौं जो फेसबुकका नयाँ प्रयोगकर्ताका लागि लक्षित गरिएको छ ।
म्यासेन्जरबिना नै म्यासेज पठाउने
धेरैजसो फेसबुक प्रयोगकर्ताले फेसबुकमा सन्देश पठाउनका लागि म्यासेन्जरको प्रयोग गर्ने गरेको पाइन्छ । तर फेसबुकमा सन्देश पठाउन कुनै छुट्टै एप्स म्यासेन्जरको आवश्यकता छैन । सिधै वेब फेसबुकबाटै म्यासेज पठाउन सकिन्छ । यसका साथै आइफोन प्रयोगकर्ताहरुले त झन होमस्क्रिनमै फेसबुक राखेर सिधै ‘च्याट’ गर्न सकिन्छ । जसले गर्दा फेसबुकको छुट्टै म्यासेन्जर प्रयोग गरिरहने झन्झट हुँदैन । अझ भनौ कुनै ‘वेब ब्राउजर’ को खाँचो छैन ।
कसैले थाहा नहुने गरी ‘रिलेशनसिप स्टाटस चेन्ज’यदि तपाईले फेसबुकमा गर्नुभएको ‘रिलेशनसिप चेन्ज’ अरुले चाल नपाओस् भन्ने चाहनु हुन्छ भने पनि फेसबुकमा सेटिङ मिलाएर तपाई आफ्नो चाहना पुरा गर्न सक्नु हुनेछ । यसका लागि ‘एबाउट’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि रिलेसनशिप अप्सनमा क्लिक गर्नुहोस अनि ‘इडिट’ गर्नहोस् र प्राइभेसी सेटिङमा गएर ‘अन्ली मी’ भन्ने अप्सनमा क्लिक गरेर सेभ गर्नुहोस् ।
फोनबाटै फेसबुक अपडेटतपाई बसेको ठाउँमा फेसबुकको नेटवर्क छैन तर फेसबुकमा केही कुरा शेयर गर्न चाहनुहुन्छ भने के गर्ने ? यसको पनि उपाय छ । सुन्दा अनौठो लागे पनि यो सत्य हो । फोनमार्फत नै फेसबुकमा स्टाटस, फोटो, भिडियो लगायत पोष्ट गर्न सकिन्छ । त्यसका लागि ‘पोष्ट बाइ इमेल’ अप्सनको प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले आफ्नो एकाउन्टको सेटिङमा गएर बायाँतर्फ रहेको मोबाइल अप्सनमा ‘क्लिक’ गरी सेटिङ मिलाउनुपर्ने हुन्छ ।
म्यासेज हेरेको/नहेरेको थाहा पाउने सुबिधा बन्द गर्ने
फेसबुकमा पठाएको ‘म्यासेज’ सम्वन्धित व्यक्तिले हेरेपछि ‘seen at’ वा ‘seen by’ दथु भनेर देखाउँछ । यो फिचर बन्द गर्न मिल्दैन होला भन्ने धेरैलाई लाग्न सक्छ तर, होइन । यसलाई बन्द गर्न सकिन्छ । त्यसका लागि ‘ब्राउजिङ’ अनुसार २ तरिका छन । ‘गुगल क्रोम’ प्रयोग गर्ने र यसवाहेक अन्य ब्राउजर प्रयोग गर्नेहरुका लागि छुट्टाछुट्टै तरिकाहरु रहेका छन् । ‘गुगल क्रोम’ प्रयोग गर्नेहरुका लागि ‘फेसबुक अनसिन’ भन्ने एउटा ‘सˆटवेयर’ प्रयोग गर्न सकिन्छ भने अन्य ‘ब्राउजर’का लागि ‘एड ब्लक प्लस’ इन्सटल गर्न सकिन्छ । ‘फेसबुक अनसिन’ राखेपछि वेबको दायाँतर्फ एउटा अँाखाको संकेट जस्तो चिन्ह आउँछ, त्यसलाई आवश्यकताअनुसार ‘अन/अफ’ गर्न सकिन्छ ।
स्टाटस र कमेन्टमा ‘एमोजी’ को प्रयोगफेसबुकमा स्टाटस लेख्दा वा कमेन्ट गर्दा ‘एमोजी’ सुविधा प्रयोग गर्न सकिन्छ । अर्थात् कुनै संकेतको प्रयोग गरी तपाईले आफ्ना भावना अभिब्यक्त गर्न सक्नुहुन्छ, यसलाई इन्टरनेट भाषामा एमोजी भनिन्छ । यो सुविधा ‘डेक्सटप’ र ‘मोबाइल’ दुवैमा प्रयोग गर्न सकिन्छ । मोबाइलमा तपाईले किबोर्डमा एमोजी अप्सन पाउन सक्नुहुन्छ भने डेक्सटपका लागि बेग्लै एक्सटेन्सन डाउनलोड गर्नुपर्ने हुन्छ । क्रोम ब्राउजरमा एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
आफू नजिकको साथीहरु पत्ता लगाउनेफेसबुकमा धेरैलाई थाहा नभएको अर्को फिचर हो ‘फ्रेण्ड्स ट्रयाकर’ । फेसबुकमा तपाई बसेको नजिकै को-को साथीहरु छन भनेर पत्ता लगाउन मिल्छ । यदि तपाईले यो सुविधा प्रयोग गर्नुभयो भने तपाईको आसपास को-को साथीहरु छन भन्ने कुरा फेसबुकले देखाई दिन्छ । तपाईको एरियामा तपाईका फेसबुक साथी आए भने पनि सूचना दिन्छ । यो फिचरलाई सुरक्षित तरिकाले प्रयोग गर्न निश्चित साथीहरुलाई मात्र यो लिस्टमा राखेर चलाउन सकिन्छ ।
ग्राफ सर्चको प्रयोगफेसबुकले करिव एक वर्षअघि सार्वजनिक गरेको यो फिचर अझै पनि धेरैलाई थाहा छैन् । साधारण खोज भन्दा ‘ग्राफ सर्च’ को प्रयोगले आफूले खोजेको कुरा सहजै पत्ता लगाउन सकिन्छ । यसका अतिरिक्त यसको प्रयोगले तपाईले सोचे भन्दा पनि उपयुक्त र वृहत खोज गर्न सकिन्छ । यसका लागि तपाईले खोजेको चिजसँग सम्बन्धित अक्षरहरु राखेर बिशेशीकृत गर्न सकिन्छ ।
‘जीआइएफ’ पोष्टयो फेसबुकको रमाईलो पक्ष हो । यो पोष्ट गर्नका लागि (giphy.com) मा गएर आफूलाई मनपर्ने फोटोमा क्लिक गरी त्यसको लिंक फेसबुकको ‘स्टाटसबार’ मा पोष्ट गर्नुपर्ने हुन्छ । यो एक प्रकारको ‘एनिमेटेड’ खालको तस्विर हो । तपाईले पोष्ट गरेको ‘जीआइएफ’ तपाईको वालमा आफै ‘एक्टिभ’ भैरहन्छन् । जसले तपाईका साथीहरुलाई तपाईको अनुभूति वुझ्न र ‘मुडफ्रेस’ गर्न सघाउ पुर्याउँछ ।
‘प्राइभेसी चेकअप’को प्रयोगफेसबुकमा कमैलाई थाहा भएको अर्को फिचर हो ‘प्राइभेसी चेकअप’ । प्रायः फेसबुकमा प्राइभेसी मिलाउनका लागि सेटिङबाट जाने गरिन्छ । तर सेटिङबाट नगइकनै ‘प्राइभेसी सर्टकट’ बाट पनि सेटिङ मिलाउन सकिन्छ । यसमा ३ तहको प्रोसेस रहेको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/04/269872/#sthash.Q7Ws20Zz.dpuf
धर्म सुवेदी
सँधै झै मेरो आफ्नो कामले शनिवार घर बाहिर निस्केँ । धरहरा पछाडि खिचापोखरी जाने बाटोमा रहेको हवल्दार पान भण्डारमा जानु पर्ने काम थियो । म १२ बजे पान पसलमा पुगेँ । मोटरसाइकल पसल अगाडि राखेर म पसलमा छिरे । केही बेरमा नै हलचल हुन थाल्यो ।
अब लाग्न थाल्यो यो धरहरा कता ढल्ने हो । हेर्दाहेर्दै धरहरा त हामीतिर पो आउन थाल्यो । होस हवास उडेछ । केही छिनमा त्यही धरहराको टुप्पोले हामीलाई पुरिसकेको थियो । भित्र थोरै उज्यालो चै थियो । कहाँबाट त्यो उज्यालो आएको हो थाहा भएन तर, मेरो टाउको र हात चलाउन सक्ने अवस्थामा रहेछु । अब कसरी निस्कने भन्दा पनि तत्काल चै मरिएन भन्ने लाग्यो । हवल्दार अंकल र मसँगै थियौ । उनी बोल्ने अवस्थामा थिएनन् तर मैले हेर्दा सास फेर्दै गरेको देखेँ । उनी पनि बाँचेका रहेछन् भन्ने मलाई लाग्यो ।
म धरहराले पुरिएको थिएँ । त्यसै बेला श्रीमतीको फोन आयो । मैले म ठीक छु भने । मेरो अवस्थाको बारेमा भन्न उचित लागेन । आफु बाँच्छु वा मर्छु दोधारमा थिएँ । घरमा धेरै पीर गर्लान भन्ने लागेर मैले वास्तविकता भनिन । तर, विराटनगरमा रहेका तुल्सी दाजुलाई फोन गरेँ । मेरो वास्तविकता दाजुलाई सुनाएँ । तर, कसैलाई खवर नगर्नु है भने । त्यतिबेलासम्म पुरिएकै अवस्था थियो । फेरि दोश्रो पटक भुँइचालो जाँदा अव चै बाँचिदैन जस्तो लाग्यो तर आत्मबल चै घटेको थिएन ।
म चिच्याउन थाले । बाहिरको कल्याङकुलुङ आवाज मैले सुनिरहेको थिएँ । तर, मेरो आवाज बाहिर सुनिएको थियो या थिएन थाहा भएन । हामी टाँसिएको पर्खालले थिचिरहेको थियो । पर्खाललाई ढाडले म एक्लैले थेगिरहेको थिएँ । मानिसहरु नजिकै नजिकै आइरहेका थिए । म चिच्याइरहेको थिएँ । मैले पर्खाल हल्लाएँ । त्यसपछि त्यहाँ मान्छे रहेछ भन्ने पत्ता लगाएर पर्खाल फुटाउन थाले ।
झण्डै ४५ मिनेट पछि मलाई त्यहाँबाट उद्धार गरियो । मरेर पनि बाँचेजस्तो लाग्यो । अब पुर्नजन्म पाएँ भन्ने भयो । अनि म मात्र होइन अरुलाई पनि बचाउनु पर्छ भनेर जुट्न थालेँ । मसँगै रहेका अंकललाई निकाल्न म आफैं लागेँ, उनलाई ठूलो चोट लागेको रहेनछ । नजिकै अर्का युवा थिए उसलाई पनि निकाले ।
त्यतिबेलासम्म उद्धारका लागि धेरै मान्छे आएका थिएनन् । स्थानियहरु मात्र जुटेका थिए । बाहिर निस्कदाँ प्रहरीहरु सहयोगका लागि आइरहेका मात्र थिए । मेरो टाउकोमा सामान्य चोट मात्र लागेछ तर धुलोले म नचिनिने अवस्थामा थिएँ । तर, धरहरामा धेरै मानिसको आवतजावत गरेको मैलै पहिलै जाँदा नै देखेको थिएँ । धेरै हताहत भयो भन्ने चै लाग्यो तर चिच्याएको र कराएको भने मैले सुनिन ।
मैले श्रीमतीलाई फोन गरेँ, अनि आफ्नो वास्तविकता सुनाएँ । घरमा रुवावासी शुरु भइहाल्यो । म बाँचे, अव चिन्ता गर्नु पर्दैन भनेर तत्काल घर आइहाल्छु भने । बल्ल होस आयो मेरो मोटरसाइकल खोई ? हेर्दा त पुरै पुरिएको रहेछ । मान्छे त बालबाल बाँचियो, मोटरसाइकलको के चिन्ता भनेर जतिसक्दो छिटो घर आउनका लागि हिडेँ । तर, सवारी साधान केही पाइएन ।
सिंहदरवारसम्म हिँडेर आएँ अनि ट्याक्सीमा पुरानो वानेश्वर कोठा आइपुगेँ । जब घर पुगेँ छिमेकीसहित सबै बाहिर बसेर मेरो प्रतिक्षामा गरिरहेका रहेछन् । मलाई देख्ने वित्तिकै चकित भए । म चिनिने अवस्थामा थिइन । मृत्युलाई जितेर आएको भन्दै मलाई सगुन खुवाएर अविर लगाइदिए ।

अनि पो मलाई डर लाग्यो मृत्युको मुखमा पुगेर पनि बाँचेछु भनेर ।
(उद्वव भट्टराईसँग कुराकानीमा आधारित)
- See more at: http://www.onlinekhabar.com/2015/04/270672/#sthash.HdyGCbPv.dpuf
काठमाडौं । भुकम्पको महापित्तिमा परेकाहरुले सरकारवाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । काठमाडौंको जनजिवन सामान्य बने पनि सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दोलखा लगायतका अन्य जिल्लामा बसोबास गर्नेहरुको दैनिकी झन झन कष्टकर हुँदैछ ।
भूकम्प पीडितलाई केही हदसम्म भएपनि राहत होस् भन्दै रेशम फिलिली निर्माताले ५ लाख रुपैंया राहत दिने घोषणा गरेको छ । ५ लाख रुपैंयाको राहत कोष स्थापना गरेको उक्त चलचित्रले आगामी दिनमा सहयोगी हात फराकिलो बनाउने निर्णय गरेको छ ।
कोषमा जम्मा भएको रकम भुकम्प प्रभावित सरकारी विद्यालयलाई दिईने निर्माता माधव वाग्लेले बताए ।
साथै निर्माता वाग्ले, निर्मात्री रोजिता घले, निर्देशक प्रणय जोशी, अभिनेता विनय श्रेष्ठले थैवका स्थानिय वासिन्दालाई भुजा, चाउ चाउ, बिस्कुट, चिउरा, दालमोठ वितरण गरेका छन् ।
from Taja News Online http://ift.tt/1OKUKvW
via IFTTT