शरीरका सबै अंग देखिने प्रविधिको विकास
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
|
लस एन्जलस : अमेरिकी वैज्ञानिकले शरीरलाई सिसाजस्तो पारदर्शी रूपमा हेर्न मिल्ने एक प्रविधिको विकास गरेका छन्। अब यस प्रविधिको प्रयोगले शरीरका सबै अंगहरू हेर्न सकिनेछ। यो प्रविधिबारे 'सेल' नामको विज्ञान पत्रिकामा विस्तृत जानकारी दिइएको छ। वैज्ञानिकका अनुसार यस प्रविधिको प्रयोग गर्दा शरीरमा कुनै नोक्सानी पनि हुँदैन। यसबाट शरीरका अंगहरूले के-कसरी काम गरिरहेका छन् भनेर बुझ्न सकिन्छ।
क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले यो प्रविधिको प्रयोग मुसा र छुचुन्द्रोमा गरेका छन्। वैज्ञानिकहरूले यसअघि शरीरका अंगहरू हेर्न गरिएका अध्ययनको विश्लेषण गरी तीन स्तरीय प्रविधिको विकास गरेका छन्। सुरुमा कोषलाई प्लास्टिकजस्तो झिल्लीले समात्छ र रगतको प्रवाहबाट आनुवांशिक डिटरजेन्ट राखिन्छ, जसले लिपिड (बोसा) मोटो अणुलाई घोलेर अंगलाई पारदर्शी बनाउँछ।
क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले यो प्रविधिको प्रयोग मुसा र छुचुन्द्रोमा गरेका छन्।
वैज्ञानिकहरूले यस नयाँ प्रविधि प्रयोग गरी तीन दिनमै मुसाको मिर्गौला, मुटु, फोक्सो र आन्द्रा हेर्न सफल भए। उनीहरूले दुई सातामा जनावरको पूरा शरीर पारदर्शी रूपमा हेरे। यस अध्ययनका प्रमुख अनुसन्धानकर्मी डाक्टर भिभियाना गार्डिनारुले भने, 'यसले जीव वैज्ञानिकको सपनालाई वास्तविक बनाएको छ। यो अध्ययनको निकै प्रशंसा भइरहेको छ। दशकौंदेखि वैज्ञानिकहरू शरीरलाई पारदर्शी रूपबाट हेर्ने कोसिस गरिरहेका छन्। यसअघिका अधिकांश प्रविधि नोक्सानदायक थिए, तर यो प्रविधिले कुनै बेफाइदा गर्दैन'
वैज्ञानिकहरूले यो प्रविधिको प्रयोगबाट मानव शरीरमा क्यान्सर र भाइरसको फैलावट थाहा पाउन सकिने जानकारी दिए। यस प्रविधिको थप अध्ययन हुन बाँकी रहेको बताइएको छ। -एजेन्सी
थप तस्बिरहरु हेरनुस्
- मिति : २०७१ साउन, २० मंगलबार annapurnapost.com
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
