काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण रहेको बेलामा केही नेताहरुले शान्ति प्रक्रियाबारेमा देश विभाजित छ भन्ने देखाउन खोजेको बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालको शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन अन्तराष्ट्रिय समुदायदेखि संयुक्त राष्ट्रसंघका महासचिवसमेत सकारात्मक देखिएको बेला नेपालका नेताहरु विभाजित देखिनु दूर्भाग्यपूर्ण हुने बताए ।
‘नेपालको बारेमा र नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघका महासचिवको यतिराम्रो धारणा छ । तर, दूर्भाग्य हाम्रै केही नेता साथीहरुले यस्तो बेलामा देश विभाजित देखाउनु भयो, त्यो भने दूर्भाग्यपूर्ण छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।
शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउने सन्दर्भमा महासचिव गुटेरेसको पूरै सहयोग रहनेमा आफू विश्वस्त रहेको उनले बताए । गुटेरेसको नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यो नेपाल र नेपालीका लागि खुसीको कुरा भएको बताए ।
The post नेताहरुले शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खाजेः प्रधानमन्त्री प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/49t7TWO via IFTTT
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा अपराह्न शिष्टाचार भेट गरे ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
The post राष्ट्रसङ्घका महासचिव गुटेरेस र राष्ट्रपतिबीच शिष्टाचार भेट appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/49fVODY via IFTTT
काठमाडौं । ठूलाबडालाई खुसी बनाउने नाममा राज्यकोषको कतिसम्म दुरुपयोग हुन्छ भन्ने उदाहरण काठमाडौंको भृकुटीमण्डपमा रहेका तीनवटा ढुंगेधाराको हरिबिजोग हेरे पुग्छ ।
काठमाडौंबासीको दशकौँको सपना रहेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि तात्कालिक राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउन चार दिनको हतारोमा लाखौं खर्च गरी बनाइएका ती धारा अहिले बेहाल अवस्थामा छन् ।
चौबीसै घण्टा पानी झार्ने गरी राष्ट्रिय विकास आयोजनाको गौरव झल्कने गरी तात्कालिक राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री मणि थापाले धाराको टुटी खोलेर पानी खसालेका थिए । देशको प्रशासनिक मुख्यालय सिंहदरबारको सम्मुख देखिएको विकासको यो विद्रुप दृश्यले देशकै विकासे मोडलको खिल्ली उडाएको छ । तीन वर्षअघि सम्पन्न भएको भनिएको मेलम्ची आयोजना फेरि हेडबक्स मर्मतका नाममा अनिश्चित बनेको छ ।
राष्ट्रपतिको हातबाट मेलम्ची खानेपानी आयोजना उद्घाटन गराउने तत्कालीन सरकारको निर्णय भएपनि कसरी औपचारिक कार्यक्रम गर्ने भन्ने विषयमा सबै अन्योलमा थिए । खानेपानी मन्त्री थापा, सचिव माधव बेल्बासे, आयोजना प्रमुख तिरेश खत्री, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलकुमार श्रेष्ठको बैठकले भृकुटीमण्डपको सरकारी स्वामित्वको खाली जग्गामा धारा निर्माण गर्ने निधो गरेको थियो ।
राष्ट्रप्रमुखले शुभारम्भ गर्ने धाराको टुटीबाट चौबीसै घण्टा पानी झर्नुपर्ने अडानलाई मूर्तरुप दिन पानी वितरण गर्न बिछ्याइएको मुख्य पाइपमा जोडेर सम्पूर्ण काम सम्पन्न गरिएको थियो ।
निर्माणको सम्पूर्ण दायित्व केयूकेएल, पीआईडी र रमण कन्स्ट्रक्सनले लिएका थिए । रातारात काम सक्ने दबाब भएपछि निर्माण कम्पनीले सिमेन्ट सुकाउन हेयर ड्रायर मेसिन समेत प्रयोग गरेको बताइन्छ । ठुलाबडा रिझाउन गरिने यसखाले विकासको पिरलोले पुरै देश आक्रान्त बनेको छ ।
The post राष्ट्रपतिले उद्घाटन गरेको तीनवटा ढुंगेधाराको हरिबिजोग appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QiipqR via IFTTT
झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएकोे छ । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उहाँले बताउनुभयो ।
झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गर्नुभयो । सबै राजनीतिक दललाई मिलाएर कोशी प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्रीले कोशी प्रदेश सरकार अब ढल्दैन भन्नुभयो ।
गत असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको कार्कीले असोज २८ गते दुईजना मन्त्री नियुक्त गर्नुभएको थियो । त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन ।
समृद्धिका लगानी लगानी गर्न आह्वान
मुख्यमन्त्री कार्कीले अन्तर्राष्ट्रिय झापाली समाजलाई कोशी प्रदेशको समृद्धिका लागि योजनासहित लगानी भित्र्याउन आह्वान गर्नुभएको छ ।
विदेशमा रहेका नेपालीको सीप, प्रविधि र लगानी भित्र्याउन प्रदेश सरकार आतुर रहेको धारणा व्यक्त गर्दै उहाँले लगानीमैत्री कानुन बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
The post मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्कीको भनाई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QiimLH via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु सहभागी भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी थिए ।
सो अवसरमा मुलुकमा भइरहेको विभिन्न घटनाक्रमलाई लिएर राजनीतिक दलहरुप्रति प्रश्न उठिरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, “हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।”
कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो ।
The post प्रश्न उठेको होइन, उठाउने कोशिस गरियोः ओली appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3MmDMWS via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले बडादसैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अजसरमा चियापान कार्यक्रम गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अाज शनिबार कोजाग्रत पूर्णिमाको दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान समारोह गर्न लागिएको हो ।
२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दैै आएको छ ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, सम्पादक, प्रकाशक एवं पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका विशिष्ट व्यक्तिहरुलाइ सहभागिताका लागि कांग्रेसले आमन्त्रण गरेको छ ।
The post शुभकामना आदान–प्रदान तथा चियापान समारोह गर्दै कांग्रेस appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3SlBP0L via IFTTT
केही मान्छेहरू समयमा खान नपाएर अस्वस्थ हुन्छन्, धेरै मान्छे पाएको खानेकुरा विधिपूर्वक खान नजानेर अस्वस्थ हुन्छन् । खानामा एउटा विज्ञान छ, यही विज्ञानको आधारमा प्राचीनकालदेखिको हाम्रो खाना संस्कार चल्दै आएको छ ।
खानाकै सवालमा एक व्यक्तिगत प्रश्न पनि आउन सक्छ, के तपाई प्रायः पेटको भारीपन, ग्यास र अन्य पाचनसम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्छ ? छ भने यसको पछाडि हामीले खान नजानेको खानपान शैली नै कारक पनि हुन सक्छ । जुनसुकै खाद्य पदार्थ पनि एउटा निश्चित संयोजनमा नखाने हो भने त्यसले हामीलाई हानि गर्न सक्छ । शोधकर्ताहरू यस्तै खानाका सारथिको खोजीमा हुन्छन् जसले शरीरलाई फाइदा गर्छ ।
हाम्रो संस्कृतिले खाद्य पदार्थहरूको मात्रा र विधिको बारेमा उल्लेख गरेको छ । जस्तो, छोकडाको साथमा दूध, खानाको साथमा नरिवल र दालको साथमा दहीको संयोजनले सम्पूर्ण पोषणलाई बढाउने काम गर्छ । यद्यपि पनिरसँग पालक, दहीको साथमा फलफूल जस्ता केही बेमेल हुने खानेकुरालाई पहिचान गरेर आफ्नो खानपान संस्कार बनाउने हो भने यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने पोषणविद्हरू बताउँछन् ।
आँप र काँक्रोको नमिल्दो संयोग
आँप आफैँमा गर्मी खालको फलफूल हो । तराईतिर यसलाई गर्मी समयको फलफूलको राजासमेत मान्ने गरिन्छ । यो गर्मी मौसममा हरेक घरमा उपभोग हुने फलफूल हो । यही आँपसँग काँक्रोको प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन्छ ।
पोषणविदहरु आँपको गर्मी स्वभाव र काँक्रोको चिसो स्वभावका कारण यी दुई फल एक साथ खानु स्वास्थ्यको लागि हानिकारक हुने बताउँछन् । यी दुवै फल एकै पटक खाँदा शरीरको पाचन प्रक्रियामा समस्या सिर्जना हुन्छ भने पेटमा ग्यास भरिने र पेट भारी हुने समस्या पनि सिर्जना हुन्छ ।
दुग्ध उत्पादन र पालक
पालकबाट बन्ने विभिन्न किसिमका परिकारहरू आफैंँमा स्वादवद्र्धक हुन्छ । पालकसँग पनिर खाने चलन पनि कताकतै पाउन सकिन्छ । तर त्यो आफैँमा हानिकारक रहेको न्युट्रिसियनहरू बताउँछन् । पनिरलगायत दुग्ध उत्पादनहरूमा क्याल्सियम प्रशस्त मात्रामा पाउने गरिन्छ । तर जब दुग्ध उत्पादनहरू पालकसँग मिसिन्छन् दुग्ध पदार्थमा रहेको क्याल्सियम र पालकको अक्सेलिक एसिड मिसिन्छ । जसले शरीरले क्याल्सियम लिन सक्दैन । त्यसैले यो आफैँमा हानिकारक हुन्छ । बरु पालकलाई दाल र च्याउसँग मिसाएर खान सकिन्छ ।
दूध र दाल
भुटेको सिमी, भट्टमासजस्ता दलहन र दूधलाई मिसाएर खानु पनि स्वास्थ्यको लागि राम्रो कुरा होइन । दूध र दलहनलाई साथमा सेवन गर्ने हो भने यसले पेटको पाचन प्रणालीमा समस्या सिर्जना गर्ने बताइन्छ । फेरि दूधको साटो दहीको प्रयोगले आँतलाई राम्रो गर्ने गर्छ । पोषणविद्हरूका अनुसार दूधको पाचन प्रणाली पेटमा नभई डुओरेअम अर्थात् भित्री आँतको एक भागमा हुने गर्छ । अर्कोतर्फ पेटमा पाचन प्रणाली रहेको दलहनमा रहेको ओलिगोसाकराइड्स नामको गुलियो पदार्थ पनि पचाउनको लागि कठिन हुने खानाको कोटीभित्र पर्छ । यसरी दुई किसिमको खानेकुरा एकैपटक प्रयोग गर्दा शरीरको पाचन प्रणाली ढिला हुनसक्ने बताइन्छ ।
दूध र एन्टिबायोटिक
गिलासमा दूधको साथ एन्टिबायोटिक लिनु धेरैको लागि सामान्य बानी भइसकेको हुन सक्ला । तर यो स्वास्थ्यका लागि राम्रो कुरा भने होइन । एन्टिबायोटिक प्रभावकारी हुनका लागि मुखदेखि पेटसम्मका अंगले त्यसलाई बिस्तारै थोरै मात्रामा शोषण गर्दै गएको जानुपर्छ । जहाँबाट ती पोषक तत्वहरू रगतभित्र जान्छ । दुग्ध उत्पादनहरूमा क्याल्सियम धेरै मात्रामा पाउने गरिन्छ । जसले एन्टिबायोटिकसँग मिसिँदा औषधिलाई प्रभावहीन बनाउँछ । साथै, शरीरका अरू अंगले पनि एन्टिबायोटिकलाई शोषण गर्न सक्दैन ।
सिमी र चिज
भुटेको गेडागुडी र चिज जस्ता परिकारले शरीरको पाचन प्रणालीमा असर गर्ने एवं शरीरको ऊर्जा अधिक खर्च गर्ने गर्छ । यस्तो खानाका कारण शरीरले प्रोटिनबाट अमिनो एसिडको थोरै मात्रा अवशोषण गर्छ । जबकि बाँकी प्रोटिन खेर जाने गर्छ । जसले बढी विष र अम्लियपना उत्पन्न गर्छ । शरीरमा रहेको एसिडले हड्डीको द्रव्यमानलाई कम गर्न र प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने गर्छ ।
खानासँग रक्सी
खानासँग चिसो खाले पेय पदार्थ खानु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यस्ता पेय पदार्थ खानासँगै खाँदा त्यसले पाचन प्रणालीमा अवरोध गर्नसक्ने पोषणविद्हरू बताउँछन् । उनीहरूका अनुसार कार्बोनेटेड पेयले पाचन प्रणालीमा असर गर्छ । फलस्वरुप पाचन प्रक्रिया नै ढिलो हुन जान्छ ।
The post कुन खानेकुरा एकसाथ सेवन गर्दा विषाक्त बन्छ ? appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3tK9x5V via IFTTT