काठमाडौं । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । सत्तापक्षका सांसदबिनै सुरु भएको बैठक प्रतिपक्षी दलहरु एमाले र राप्रपाले अवरोध गरेपछि बैठक आइतबार सम्मका लागि स्थगित भएको हो ।
विहान ११ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेसम्म पनि सुरु नभएपछि सत्तापक्षका सांसदहरुले आजको बैठक वहिष्कार गरेका थिए ।
सत्तापक्षका सांसदबिनै सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजित बजेटमा असन्तुष्टि जनाउँदै एमाले र राप्रपाले अवरोध गरेपछि सभामु भुवनकुमार पाठकले १७ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
The post सांसदबिनै सुरू भएको बागमती प्रदेशसभाको बैठक आइतबारसम्म स्थगित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3CUnrnn via IFTTT
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको।
कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरुसँग जोडिएको विषयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले गुरुङ र उनको परिवारको नाममा २९ रोपनी ललिता निवासको जग्गा रहेको पाइएको जानकारी दिए। उनले अन्यको हकमा चार, पाँच रोपनी जग्गा रहेको देखिएको बताए।
यस्तै, अर्का पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहले भने मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा पाँच रोपनीभन्दा बढी ललिता निवासको जग्गा हडपेको आरोप लगाइएको छ। प्रहरीले मङ्गलबार गुरुङ र शाहसहित धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ।
सर्वोच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये अन्य तीन जनालाई भने कागज गराएर हिजो नै छाडिएको थियो। सिआइबीका अनुसार उनीहरुलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न सर्वाेच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो। यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन्। देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख र कपाली कर्मचारी हुन्।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। त्यसपछि सिआइबीले पुन अनुसन्धान थालेको हो। उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको छ।
The post भाटभटेनीका सञ्चालक गुरूङ र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3COfxvM via IFTTT
काठमाडौं। झुटा विवरण पेश गरी एकाघरका सात जना भारतीय नागरिकले नेपाली नागरिकता लिएका छन् । भारतको विहार राज्यअन्तर्गत पर्ने आदापुर क्षेत्र हरपुरथाना श्रीसिया कला वार्ड नं–४ स्थायी ठेगाना भएका रामनाथ साह सोनार र नीजकी श्रीमती कान्ति देवी, शम्भु साह सोनार र नीजकी श्रीमती पार्वती देवी र शम्भु र पार्वतीका छोरा गोपालप्रसाद सोनार तथा भारतमा बच्चा साह नामले चिनिने रामनरेश साह सोनार र निजकी श्रीमती मञ्जुदेवीले नेपाली नागरिकता लिएका हुन् ।
उनीहरुले झुठो विवरण पेश गरी केही कर्मचारीहरुको मिलेमतोमा नेपाली नागरिकता प्राप्त गरेका हुन् । नेपाली नागरिकता प्राप्त गरेपश्चत उनीहरु नेपालमा विभिन्न किसिमको अवैध कार्यमा संलग्न रहँदै आएका छन् । सुन चाँदीको तस्करी, अवैध भारतीय रुपैयाको कारोबार हुन्डी लगायत लागूऔषध ओसार पसार तथा कारोबारमासमेत संलग्न रहेका छन् । अवैध धन्दाबाट उनीहरुले नेपालमा अकुत सम्पत्ति आर्जन गरेका छन् । उनीहरुले पर्सा जिल्ला साविकको बगही गाविस वडा नं–३ हाल विरगञ्ज महानगरपालिका वडा नं–२८ स्थायी ठेगाना राखेर नागरिकता लिएका हुन् ।
सोनार दाजुभाइहरुको भारतको विहार स्थित पन्चायत आमनिर्वाचन नामवली सन् २०२१ मा नाम रहेको भोटर आईडी समेत फेला परेको छ। भारतीय नागरिक महादेव साह सोनारका छोरा रामनाथ साह सोनार, नेपालमा रामनरेश साह सोनारको नामले नेपाली नागरिकता प्राप्त गरेका (भारतमा बच्चा साह सोनारको नामले चिनिएका) उनीहरु भारतमा पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ । उनीहरुको नाममा विहारको मोतीहारी जिल्ला अदालतमासमेत अनेकौ मुद्दा रहेको खुलेको छ ।
रामनाथ साह सोनार नेपालमा कुख्यात सुन तस्करको नामले प्ररिचित छन् । उनका माईला छोरा सन्दीप सरार्फलेसमेत आफ्नो बुवाले सञ्चालन गरेको सुनतस्करी र हुण्डीको कारोबार सघाउँदै आएका छन् । उनीहरुको वीरगञ्ज माईस्थान ३ नम्बर रोडमा आर.के.एण्ड सन्स नामक सुनचाँदस् कारोबार गर्ने पसलको आडमा अवैध धन्दा चलाउँदै आएका छन् ।
त्यसैगरी, भारतमा बच्चा साह सोनारको नामले कुख्यात पहिचान बनाएका रामनरेशले अहिले वीरगञ्जको माईस्थानमा जय माँ दुर्गे ज्वेलर्स, माँ दुर्गे मनि चेन्जर र मा दुर्गे मनि ट्रान्सफर सञ्चालन गरिरहेका छन् । उनले त्यसैको आडमा सुन चाँदीको तस्करी, अवैध भारतीय तथा विदेशी मुद्राको कारोबार र लागुऔषधकोसमेत कारोबार सञ्चालन गर्ने गरेका छन् । अवैध कारोबारको आडमा उनले अकुत सम्पत्ति आर्जन गरेका छन् । उनी र उनीकी श्रीमती मन्जु देवी सोनारिनको नाममा अहिले चितवन जिल्ला अदालतमा लागुऔषध (खैरो हेरोईन) कारोबारमा संलग्न रहेको अभियोगमा मुद्दा विचाराधीन छ ।
रामनरेशका भतिज पर्ने गोपालप्रसाद सोनार पनि उक्त अवैध धन्दामा संलग्न रहेका छन् । निजहरुमाथी जिल्ला प्रसाशन कार्यालय पर्सामा दोहोरो नागरिकता मुद्दा तथा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागमासमेत मुद्दा परिसकेको छ। त्यसैगरि जिल्ला प्रसाशन कार्यालय पर्साले नागरिकता छानबिनका लागि गृहमन्त्रालयमासमेत सिफारिस गरिसकेको तथ्य सार्वजनिक भएको छ। हालसम्म निजहरु निधर्क साथ आफ्नो कारोबार संचालनमा राखेका छन।
रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगञ्ज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागुन ५ गते उल्लेख छ । उनको बाबुआमाको नाम महादेव साह सोनार र वास्मती देवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।
त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ । त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जु देवी सोनार रहेको छ ।
मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो । नेपाली र भारतीय दोहोरो नागरिकता भएका उनीहरु भारतीय मूलको भएको २०७८ कात्तिक १ गते ‘देशभक्त नेपाली’ भन्ने संस्थाले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीमा उल्लेख छ । reportersnepal
The post सात जना गैरनेपालीले पर्साबाट लिए नेपाली नागरिकता, पटक–पटक उजुरी पर्दा पनि भएन छानविन (प्रमाणसहित) appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PzfsDU via IFTTT
काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ। यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरू गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवा तथा पदस्थापनलाई आगामी दिनमा प्रणालीगत गराइने स्पष्ट गरे।
मन्त्री मोदीले कर्मचारीको सरुवा र काज र पदस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन जानकारी दिए। उनले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिने कार्यलाई निरुत्साहित गरिएको बताए। हाल एक सय ४२ तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्।
हिमाली तथा तराईका जिल्लाका पालिकामा दिनैपर्ने विशेष परिस्थितिमा मात्रै स्थानीय तहको कार्यपालिकाको निर्णय र सिफारिसबमोजिम स्थानीय तहमा कार्यरत सबैभन्दा ज्येष्ठ कर्मचारीलाई मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरिएको उनले जानकारी दिए।
The post सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने : मन्त्री अमनलाल मोदी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NNr2cZ via IFTTT
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप पौडेलले कांग्रेस तीनै तहको सरकारमा रहेपनि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले अब पार्टी सरकारमा बस्नुको औचित्य नभएको बताए ।
प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेस अब सरकारमा बस्नुको औचित्य छैन् । सरकारमा बस्ने औचित्य सिद्दियो ।’ उनले पार्टी अब प्रतिपक्षमा बस्नुपर्ने धारणा राखेका छन् ।
उनले थपे,‘हाम्रो पार्टी तीनै तहको सरकारमा छ, स्थानीय तह, प्रदेशदेखि संघीय सरकारमा हाम्रो पार्टीको जबरजस्त उपस्थिति छ । तर, कांग्रेसका मन्त्रीहरुको राम्रो पर्फर्मेन्स देखिएन । स्थानीय तहमा पनि देखिएन । सरकारमा रहने नेतृत्वकर्ता असफल भएको देखियो ।’
सो क्रममा उनले अहिले एमालेसँग मिलेर सरकार बनाउनेबारे किन मिल्ने भन्नेबारे खाका प्रष्ट पारिनुपर्ने बताए । उनले भनेका छन–‘एमालेसँग किन मिल्ने भन्नेबारे अहिले नै सूत्रवद्ध कुरा बाहिर आउनुपर्छ । एउटा स्पष्ट रोडम्याप चाहिन्छ । बरु, कांग्रेस प्रतिपक्षमा बस्दा राम्रो हुन्छ । सरकारमा गएर काम छैन् ।’ उनले आफ्नो तर्फबाट अब पार्टीबाट महामन्त्री गगन थापा प्रधानमन्त्रीको उम्मेदवार भएको बताए ।
The post कांग्रेस अब सरकारमा बस्नुको औचित्य छैन, प्रतिपक्षमा बस्नुपर्छ : प्रदीप पौडेल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/430hwb0 via IFTTT
The post परिबर्तनले जनतालाई राहत दिन सकेन,उल्टो संकटको चक्रब्युहमा फस्यो:- कमल थापा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qZPjnr via IFTTT
काठमाडौं । नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । आज (बुधवार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएको सिचुवान एयरको अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङ्ले यस्तो बताएका हुन् ।
उनले भने, ‘अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतामा बनेको हो ।
The post चिनियाँ राजदूत छन् सोङले भने–पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गत हो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/449xDUz via IFTTT