नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् ।
आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् । ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै कम्युनिष्ट समर्थक नागरिकहरु, जनसमुदायहरू, देशभक्त नागरिकहरू,’ उनले भनेका छन् ।
कम्युनिष्टलाई घेरबन्दी गरेर समाप्त पार्न खोजिएको उनको आरोप छ । ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिष्टलाई घिसारेर अन्तत कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिष्ट समर्थक जनताहरूलाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षडयन्त्रहरू भएका छन् । हामी सचेत हुनुपर्छ,’ उनले थपे । महासचिव विप्लवले सबैले कमजोरी सच्याउनु पर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रममात्रै रहेको बताएका छन् ।
उनले संसारभर पुँजीपती वर्गको रजाइँ चल्दासम्म शान्त नहुने बताउँदै अहिले नेपालमा पनि त्यसैकारण श्रमिक र देशभक्त नागरिकले शान्ति नपाएको दाबी गरे ।
संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको उनको टिप्पणी छ । नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षडयन्त्रमात्रै भएको उनले बताए ।
The post नेपालका सबै कम्युनिष्टहरू एक हुने:नेत्रविक्रम चन्द विप्लव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3GUn5QE via IFTTT
धनुषा ४ मा नेकपा (एमाले) का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १ सय २४ मतान्तरले पराजित गरेका हुन् । महासेठले ३२ हजार २ सय ३६ मत पाउँदा यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् । महासेठ २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । महासेठ विजयी भएसंगै एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा क्षेत्रमा जित हासिल गरेको छ ।
The post धनुषा-४ मा एमालेका रघुवीर महासेठ निर्वाचित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VyFpTv via IFTTT
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणनामा सिके राउत नेतृत्वको जनमत पार्टी भन्दा नेकपा (एकीकृत समाजवादी) पार्टी पछाडि छ । हालसम्म ९४ लाख ९६ हजार ७१४ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ६२ हजार ८८४ मत पाएको छ । पहिलोपटक निर्वाचन लडेको जनमत पार्टीले भने २ लाख ८८ हजार २१६ मत प्राप्त गरिसकेको छ ।
राष्ट्रिय पार्टी बन्न समानुपातिकमा कूल सदर मतको ३५ मत पाउनुपर्छ । तर, अहिलेसम्म एकीकृत समाजवादीले यो अनुपातमा मत प्राप्त गरिसकेको छैन ।
The post समानुपातिकमा सिके राउतको पार्टीभन्दा एकीकृत समाजवादी पछि appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3GU9tF1 via IFTTT
वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको हो ।
शनिबार राति वीरगञ्ज वडा नं.१४ नर्सिङ माविस्थित सडक खण्डमा मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार साहिल र २० वर्षीय सरताज अन्सारी घाइते भएका थिए । उनीहरुको उद्दार गरी वीरगञ्जकै स्पर्स मल्टी पर्पस हस्पटिलमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सहिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
लास जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
The post मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3UaLbd4 via IFTTT
मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले नेकपा एमालेका पर्शुराम बस्नेतलाई पराजित गरेका हुन् ।
उनले १० हजार ४५० मत ल्याउँदा बस्नेतले ९ हजार २७३ मत प्राप्त गरे । कार्की र बस्नेतबीचको मतान्तर १ हजार १७७ छ ।
The post मोरङ प्रतिनिधिसभा क्षेत्र.न-६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3VtzNd8 via IFTTT
उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई गरेका हुन।
अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाएर तेस्रो स्थानमा रहे ।
The post माओवादीका राजन किराती उदयपुरबाट प्रदेशसभामा निर्वाचित appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3U7A7NE via IFTTT
कास्की क्षेत्र नम्बर-१ मा नेकपा एमालेका मनबहादुर गुरूङ विजयी भएका छन्। गुरुङले कांग्रेसका दीपक गुरुङलाई हराएका हुन्। विजयी गुरुङले १२ हजार ६६१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १७९ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई १० हजार ९४१ मतसहित तेस्रो भए।
The post कास्की-१ मा एमालेका मनबहादुर गुरूङ विजयी appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XxtTd6 via IFTTT