काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्मको समय दिएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सो समयावधिमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा तथा कोणसभासमेत गर्न पाउने बताएको हो ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम सो समयभित्र जुलुस, आमसभा, कोणसभा, बैठक तथा भेला गर्न पाउने स्पष्ट पारेको हो ।
आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था उल्लेख छ ।
सो दफाको १३ ९म०मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले भनेको छ ।
यसैगरी, आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पनि आयोगले दल तथा उम्मेदवारलाई सम्झाएको छ ।
यस्तै, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउनेगरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेको पनि आयोगले स्मरण गराएको छ ।
आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन भए÷नभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लंघनका घटना’दयगत प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी रहेको बताएको छ ।
The post १७ देखि मंसिर १ सम्म चुनावी प्रचारप्रसार गर्न पाइने appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Ugmtsm via IFTTT
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाका साथै प्रदेशसभा निर्वाचनका लागि आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि तथा समाजवादमा आधारित घोषणापत्र तयार पारेको छ ।
जनताको अधिकार, आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई विशेष जोड दिइएको घोषणापत्रमा उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य राखिएको छ । विकासका लागि भौतिक पूर्वाधारमा लगानी गर्ने विषयमा उल्लेख गरिएको घोषणापत्रमा १५ बुँदे नारा समावेश गरिएको छ । खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा जोड दिइएको छ ।
राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शितासहितका विषय घोषणापत्रमा उल्लेख गरिएको छ । सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्बन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।
पिछडिएको क्षेत्र र समुदायका हितमा कार्य गर्ने, मिटरब्याजीलगायत सबै खाले शोषण तथा उत्पीडनको अन्त्य गर्ने विषयलाई प्राथमिकतामा राखिएको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।
The post नेकपा (एकीकृत समाजवादी) को समाजवादमा आधारित घोषणापत्र appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3NkCCdL via IFTTT
काठमाडौं । बाम लोकतान्त्रिक गठबन्धन संयुक्त निर्वाचन परिचालन कमिटि सिन्धुपाल्चोकको आयोजनामा आज राजधानि काठमाडौं को कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको हलमा सिन्धुपाल्चोक बाट काठामाडौं आई बिभिन्न पेसा,ब्यबसाय अध्ययन तथा मजदुरी गर्दै आएका बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता र समर्थकहरु संग छ वटै सिटका उम्मेदवारहरुको परिचयात्मक तथा प्रतिबद्धता जाहेर गर्ने संयुक्त भेला सम्पन्न भएको छ ।
सिन्धु—काठमाडौं सम्पर्क समितिको सभापति सुबास तिमल्सिनाको सभापतित्व , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष जयराम आचार्यको सन्चालनमा भएको कार्यक्रममा सिन्धु—काठमाडौं सम्पर्क मञ्च (एकिकृत समाजवादी)का अध्यक्ष नर बहादुर श्रेष्ठले स्वागत मनतब्य राख्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य,पुर्व सु्चना तथा सन्चार मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मोहन बहादुर बस्नेत,बिशेष अतिथि तथा अतिथि हरुमा क्षेत्र नं २ सिन्धुपाल्चोकका उम्म्ेदवार माधव सापकोटा (सुबोध), प्रदेशसभा तर्फका उम्म्ेदवारहरु मसिना खड्का भण्डारी,सरल सहयात्री पौडेल,युवराज दुलाल (शरद),कण्ण बहादुर तामाङ(समिर) चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा(देशबन्धु)सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै उम्मेदवारहरुले बिपक्षी पार्टीहरुले आफुहरुलाई टुरिष्ट उम्मेदवार भन्ने हल्ला चलाएकोमा आपत्ति जनाउँदै , बोल्ने एजेण्डा नभएपछि यस्तो हल्ला चलाएकोले यसको पछाडी नलागिकन सबै मिलेर मंसिर ४ पछाडी देखाईदिनु पर्नेमा जोड दिएका थिए ।
काँग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोटहाल्दैनन् त्यहि भोटले जितिन्छ भन्ने दिवा सपना बोकिरहेका बिपक्षि दललाई गठबन्धन भित्रको आन्तररिक अबस्था बलियो हुँदा पिडा हुनु स्वभाबिक भएको गठबन्धनका नेताहरुले बताउनु भएका छन् ।
पार्टीको निर्णय र आवश्यकतालाई मध्यनजर गर्दै यो गठबन्धन भएकोले निशन्देह आफ्ना क्षेत्रका उम्म्ेदवारलाई जिताउन लागि पर्नको लागि र चुनावचिन्ह हेरेर मतदान गर्न गठबन्धनका सबै नेताहरुले आफ्ना कार्यर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो ।
एकिकृत समाजवादीका नेता सुबास कर्माचार्य तथा नेकपा (मसाल) का नेता दिर्घ सुबेदी ले सिन्धुपाल्चोकमा आफ्नो पार्टीको प्रत्यक्ष तर्फ उम्मेदवारी नभएपनि गठबन्धनलाई जिताउन आफ्नो पार्टीको तर्फबाट कुनै कसुर नराख्ने बताउनु भयो ।
आजैका मिति देखि गठबन्धनको तर्फबाट आम मतदाताको घर घर डेरा कोठा ब्यापार ब्यबसाय सबैठाउँमा पुगेर आफ्ना कुराहरु राखेर कन्भिन्स गर्ने तर्फ लाग्ने हो भने सिन्धुपाल्चोकको छ वटै सिटमा सानदार जित हासिल गर्न सकिने कुरामा आफुहरु बिस्वस्त रहेको सबै नेताहरुले बताउनु भएको छ ।
The post सिन्धुपाल्चोकको छ वटै सिटमा सानदार जित हुन्छ : बाम लोकतान्त्रिक गठबन्धन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3DpqVxU via IFTTT
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन् । देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउने भन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका कारण मुलुकले दुःख पाएको ओलीको भनाई थियो ।
शनिबार झापाको दमक–९ स्थित कृष्ण मन्दिर चौकमा एमाले र राप्रपाले संयक्त रुपमा आयोजना गरेको मतदातासँग उम्मेदवार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले भने,नेकपा ९एमाले० को नेतृत्वमा भएको सरकार ढाल्ने काम समेत यही नेता बिकाउ धन्दामा लागेकाले भएको हो । एमालेभित्र पनि यस्तो सोच राखेका नेता थिए । जस्ले मुलुक बनाउने भन्दा आफू कसरी बन्ने भन्ने आशयले पार्टीभित्र चरम गुटबन्दी र बिकाउमा लागेर पार्टी फुटाएर आफ्नै पार्टीको सरकार ढालेको प्रष्ट पार्नुभयो ।
‘२०७४ सालको निर्वाचनको परिणाम आएपछि नै तत्कालीन नेकपाको नेतृत्वमा सरकार बनाउनै नदिने खेल सुरु भयो । यो खेल सफल नभएपछि मेरो नेतृत्वमा सरकार गठन भयो । एमाले र माओवादी एकीकरणपछि पार्टीभित्र झन ठूलो समस्या आयो । सरकारलाई काम गर्न नदिने, असफल बनाउने षडयन्त्रका बीच ४१ महिनामा नै सरकार अल्पमतमा पुर्याएर ढाल्ने काम भयो । त्यसपछि देश विकासको काम पूर्ण रुपमा ठप्प भयो ।’
विभिन्न चुनौतीका बीच पनि एमालेको सरकारले छोटो समयमा गरेको अस्वाभाविक विकास निर्माणले गर्दा खाने धन्दा बन्द हुने भयो भनी अनैतिक र अप्राकृतिक गठबन्धन बनाई अहिलेको सरकार भ्रष्टाचार र कमिशनखोरहरुको चङ्गुलमा चलिरहेको र मुलुकलाई असफलताको बाटोतिर अघि बढाइरहेको बताउँदै अध्यक्ष ओलीले यसलाई रोक्न पनि अब एमालेको नेतृत्वको सरकार निर्माण गर्न आवश्यक छ भने ।
उनले आफ्नो सरकार हुँदा अघि बढेका योजना समेत अहिले सबै कटौती गरेर सरकार कमाउने खाने धन्दामा लागेको, नातावाद, गुटबन्दी गर्नमै व्यस्त रहेको बताए । उनले आफ्नो नेतृत्वको सरकारले पूर्वपश्चिम रेलमार्ग निर्माणको काम अघि बढाउँदा उडाएर हास्ने नेपाली काँग्रेसले नै अहिले आफ्नो घोषणापत्रमा जनतालाई झुक्याउन रेलमार्ग निर्माण गरिने लेखेको बताए । उनले अहिले रेलमार्गको जग्गाको मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनै लाग्दा आफ्नो सरकार ढालेको दाबी गरे ।
ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका ठूला–ठूला योजना अघि बढाएको, त्यस बाहेक मानिसका दैनिक जनजीवन सहज बनाउने, गरिव आवास कार्यक्रम अन्तर्गत लाखौँ विपन्नलाई घर निर्माण गरिएको, बालबालिका र बृद्धबृद्धालाई समेत संरक्षणका कार्यक्रम अघि बढाइएको बताए । ओलीले आजै कमल गाउँपालिकामा पनि कार्यकर्ता भेलामा सम्बोधन गरेका थिए ।
The post ‘नेताहरू विकाउधन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’ appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3Fsgmgc via IFTTT
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् । झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई ध्रुवमा बाँडिएको र एमाले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा रहेको बताएका हुन् । उनले सत्ता स्वार्थमा रहेको अर्को ध्रुवको नीति आत्मसमर्पणवादी, घुँडा टेकुवा भएको बताए ।
देशभक्तहरुको पार्टी एमाले विकासको पक्षधर भएको र यो पार्टीले देशमा विकास अभियन्ताका रुपमा अगुवाई गर्ने वताउँदै यस ध्रुवमा देशभक्तहरु एकत्रित हुँदै जान थालेको अध्यक्ष ओलीको भनाई थियो । ओलीले आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको वताउँदै झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताए ।
अध्यक्ष ओलीले देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ भन्दै एमालेले समर्थन गरेका सबै उम्मेदवार निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अदालतको परमादेशबाट गठन भएको गठबन्धन सरकार जनताप्रति जवाफदेही छैन । सरकार भ्रष्टाचार र कमिशनखोर, दलालहरुको चङ्गुलमा छ । गठबन्धनका नेता नै विदेशीहरुका लागि कम्फर्टेवल सरकार हौ भन्दै भाषण गर्दै हिडेकाले जनताले हदैसम्म दुःख पाएका छन् ।’
अध्यक्ष ओलीले गठबन्धनका कारण देश र राष्ट्रियता नै रहने कि नरहने भन्ने प्रश्न उठेको छ भने । गठबन्धनले एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौता गरेका र सत्ता टिकाउन जे पनि गर्ने बताउँदै अध्यक्ष ओलीले नेकपा एमालेको देश बनाउने अभियानमा सहयात्रा सहकार्य गर्न सबैमा आग्रह गरे ।
उनले भने, ‘नेकपा ९एमाले० सहित राप्रपा र जसपाको चुनावी तालमेल जसरी पनि सरकारमा जानुपर्छ भन्ने अर्थमा होइन । यो देशको रक्षा गर्न नेपाली जनतालाई स्वाभिमानसहित बाँच्ने अवस्था सिर्जना गर्न, नेपाली जनताको आर्थिक जीवनस्तर बदल्ने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा एक भएर अघि बढ्नका लागि भएको हो ।’
उनले एमाले लगायत तीनै दलका कार्यकर्ताले इमान्दारीपूर्वक आफ्नो पक्षका उम्मेदवारलाई मतदान गरी विजयी गराउन समेत निर्देशन गरे । अध्यक्ष ओलीले अहिलेको सरकार आएपछि न विकास छ, न ढुकुटीमा पैसा छ । यो सरकार घरको धुरीमा गिद्ध बस्दा अलछिन लाग्छ भन्ने नेपाली उखान जस्तै देशका लागि अलछिना भएको बताए ।
झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजना गरिएको उक्त कार्यक्रममा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँग देशको विकास र राष्ट्रियताको पक्षमा सहकार्य भएकाले इमान्दारीपूर्वका एमालेका उम्मेदवारलाई विजयी गराउन राप्रपाका सम्पूर्ण कार्यकतालाई निर्देशन गरे । अध्यक्ष लिङदेनले देशलाई अफ्ठ्यारो परेका बेला एमाले र राप्रपाको सहकार्य हुने गरेको र आफू एमालेको साथमा रहने गरेको बताए ।
The post लिङ्देनलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको ओलीको भनाई appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3fkEfM7 via IFTTT
काठमाडौं । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुनेसमेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधन, स्रोत तथा जनशक्तिको उपयोग गर्न पाइँदैन ।
त्यस्तै निर्वाचन प्रसार–प्रसारका लागि आयोगले अनुमति दिएको सवारीसाधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोकेबमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसार–प्रसारका लागि सवारीसाधन प्रयोग गर्ने, निवाचन प्रचार–प्रसारका लागि अनुमति लिएका सवारीसाधनबाहेक अन्य सवारीसाधनमा दलको वा निर्वाचन चिह्न अङ्कित झण्डा प्रयोग गर्न पाइँदैन ।
आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पाल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको छ ।
साथै यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने व्यवस्था रहेकाले कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड राजाविपरीत हुने गरी आफ्नो वा आफ्नो दलसँग सम्बन्धित प्रचार–प्रसार सामग्री नटास्न तथा अरुलाई समेत त्यस्तो प्रचार–प्रसार सामग्री राख्न वा टाँस्न नदिने उल्लेख छ ।
आचारसंहिता विपरीतका काम भएमा कानुनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरुलाई समेत पालना गर्न लगाउने रहेको छ ।
आगामी निर्वाचनमा जम्मा मतदाता सङ्ख्या एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० रहेका छन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् ।
The post निर्वाचनसंहिताअनुसार के पाइन्छ, के पाइँदैन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3TSGBAs via IFTTT
काठमाडौँ। यमपञ्चकको दोस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।
आजै कुकुर तिहार पनि
आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदै छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।
The post आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3slJEoT via IFTTT