काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादीको एजेण्डामा हिँडेको बताएका छन् । तर, उनले माओवादीको नीतिमा देश हिँडेपनि नेतृत्व माओवादीले गर्न नपाएको गुनासो पोखेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले देशमा समावेशी, समानुपातिक प्रणाली आफूहरुले नै ल्याएको दाबी गरे । उनले देशमा अब माओवादी केन्द्रमात्रै माओवादीको रुपमा रहेको भन्दै मोहन बैद्य, नेत्रविक्रम चन्द र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीको औचित्यमाथि प्रश्न उठाए । उनले पार्टी स्थानीय तहको निर्वाचनमा निर्णायक शक्तिको रुपमा स्थापित भएको भन्दै आगामी निर्वाचनपछि देशको बागडोर माओवादीले सम्हाल्नुपर्नेमा जोड दिए ।
The post देश माओवादीको नीतिमा हिँडेको भएपनि नेतृत्व गर्न नपाएको प्रचण्डको गुनासो appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3zjYkbj via IFTTT
काठमाडौं । ग्रील तथा स्टील ब्यबसायी संघ हरुको छाता संगठनको रुपपमा रहि २७ बर्ष देखि ब्यबसायीहरुको हक हितमा कार्य गरीरहेको संस्था ग्रील तथा स्टील ब्यबसायी संघको २७ औं बार्षिक साधारण सभा आज भक्तपुर राधे राधे मा रहेको अतिथि बैंक्युट मा भब्यताको साथ सम्पन्न भएको छ ।
ग्रील तथा स्टील ब्यबसायी महासंघका अध्यक्ष मोहन कटुवाल को अध्यक्षता ,उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका उद्योग सचिव अर्जुन प्रसाद पोखरेलको प्रमुख आतिथ्य ,नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह तथा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ को बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ ,प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ ,सल्लाहकार समितिका सदस्यहरु तथा जिल्ला ,क्षेत्र र इकाईका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
११ हजार भन्दा बढी ब्यबसाय र १ लाख ६० हजार भन्दा बढी मानिसलाई प्रत्यक्ष रोजगारी दिई बार्षिक ६५ अर्ब भन्दा बढी कारोबार गर्ने यो ब्यबसायलाई सरकारले आफ्नो मुलधारको ब्यबसायमा ल्याउन नसकेकोमा ब्यबसायीहरु चिन्तित रहेको अध्यक्ष कटुवालले बताउनु भयो ।
महाभुकम्प २०७२ पछि यो ब्यबसाय अलि फस्टाएको भएपनि कोरोनाको कारण ब्यबसायहरु धरासायी बन्दै गईरहेको भएपनि कारोनाको समयमा राज्यलाई अक्सिजनको हाहाकारको अवस्थामा आफ्नो ब्यबसाय र उद्योगमा प्रयोग हुने अक्सिजनका सिलिन्डरहरु प्रयोग गर्न दिएकोमा सरकारको तर्फबाट उद्योग सचिव अर्जुन प्रसाद पोखरेल ले आम ब्यबसायीहरुलाई हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा महासंघमा आवद्ध जिल्लाका संगठन तथा बिभिन्न इकाईलाई कार्यसम्पादन मुल्याङ्कनको आधारमा सम्मान समेत गरेको थियो ।
जिल्ला स्तरबाट उत्कृष्ट पोखरा फेब्रिकेट एसोसिएसन का अध्यक्ष बिष्णु प्रसाद कर्माचार्य , ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु, खुसिबुँ इकाईका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र) तथा काठमाडौं पुर्वि क्षेत्र अन्तरगत कपन इकाईका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ लगाएत लाई सम्मान गरीएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित भई तथा आर्थिक भौतिक सहयोग गर्ने सहयोगदाता हरुलाई मायाको चिनो बाट सम्मान गरीएको थियो ।
कार्यक्रममा अध्यक्ष मोहन कटुवालको स्वागत मनतब्य , कोषध्यक्ष कमलमान श्रेष्ठको आर्थिक प्रतिवेदन , महासचिव विबेकदास श्रेष्ठको प्रतिवेदन सार्वजानिक भएको थियो ।
उद्याटन सत्रको समापन संगै शुरुभएको बन्द सत्रले आगामी भदौ महिनाभरीमा महाधिवेशन गर्ने निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेको छ ।
महासंघमा यो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।
The post ग्रील तथा स्टील ब्यबसायी महासंघको २७ औं साधारण सभा सम्पन्न :उत्कृष्ट कार्यसम्पादन गर्ने इकाईहरुलाई सम्मान appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3blGXyL via IFTTT
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए ।
नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र राय यादवलगायत नेताहरु छन् ।
कम्युनिस्ट पार्टी छाडेर नयाँ राजनीतिक मार्गमा हिंडेका भट्टराईले विगतमा नयाँ शक्ति पार्टी खोलेका थिए । उक्त पार्टी संघीय समाजवादी फोरमसँग एकीकरणपछि संघीय समाजवादी पार्टी बनेको थियो । पछि राष्ट्रिय जनता पार्टीसँग एकीकरण भई जनता समाजवादी पार्टी बन्यो । बाबुराम जसपाबाट अलग भए ।
कुनैबेला जनमोर्चामा रहेका बाबुराम माओवादी जनयुद्धमा लागेका थिए । यसरी उनले सातौं पार्टीमा आफूलाई संलग्न गराइसकेका छन् ।
The post भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PK6G32 via IFTTT
काठमाडौं । नागरिकता विधयेक पारित भएसँगै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति सिफारिश हुने आशा गरिएको छ । विधयेक पारित नभएसम्म चुनाव घोषणा नगर्ने सत्ता गठबन्धनमा छलफल भएको थियो ।
विश्वस्त स्रोतका अनुसार नागरिकता विधयेक कार्यान्वयन गरी नयाँ नागरिकता पाएकालाई पनि मतदाताको सूचीमा समावेश गर्नुपर्ने विषय उठेको छ । त्यसका लागि केही महिना लाग्ने भन्दै निर्वाचन फागुन या चैत्रसम्म धकेल्न सत्ता गठबन्धनका केही शिर्ष नेताहरुले दबाब दिएका छन् ।
आज माओवादी केन्द्रको बैठकमा प्रचण्डले नागरिकता विधयेक पारित नभएसम्मका लागि चुनाव घोषणा नगर्न आफूले सुझाव दिएको खुलाए । तर, नागरिता विधयेकको कार्यान्वयनको विषय पनि उठाउन थालिएको छ ।
सत्ता गठबन्धनभित्र संवैधानिक निकायमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएका नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको फैसला कुरेर खारेजीको आदेश आएमा नयाँ नियुक्तिमा जानेसम्मको तयारी भएको छ । यसका लागि पनि चुनावको मिति घोषणा नगरी रोकिएको चर्चा छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसै हप्ता ४ मंसिरमा चुनाव हुने गरी घोषणा हुनसक्ने खुलासा गरेका थिए । तर, क्याबिनेटले अझै पनि कुनै निर्णय लिएको छेन । यद्यपि, प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा चुनाव घोषणा गर्ने पक्षमा रहेकाले धकेलिने सम्भावना कम छ ।
The post प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव कहिले घोषणा होला appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3z8Xm1m via IFTTT
काठमाडौं । नेपालमा अमेरिकी अधिकारीहरुको आवतजावत बाक्लिएको छ । हरेक महिनाजसो कुनै न कुनै अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम चलि नै रहेको छ । यसलाई धेरैले अमेरिकी प्रभाव बढेको रुपमा पनि लिएका छन् ।
नेपाल भ्रमणमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउने भएका छन् । उनी बिहिबार र शुक्रबार नेपाल रहने बुझिएको छ । एमसीसी पारित गराउन उनैले मुख्य भूमिका खेलेका थिए । प्रचण्डले त सार्वजनिक रुपमै आफूलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले दबाब दिएको बताएका थिए ।
लू आफै नेपालका नेताहरुसँग टेलिफोन संवाद गर्दै आएका छन् । यसपटक उनले प्रत्यक्ष भेट्ने गरी भ्रमण गर्न लागेका हुन् ।
रुस र युक्रेनबीच युद्ध चलेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए । उक्त संवाद रुस र युक्रेनबीचको युद्धको विषयमा केन्द्रित रहेको खुलाइएको थियो ।
केही महिना अघि अमेरिकी सांसदहरुको जम्बो टोली नेपाल भ्रमणमा आएको थियो । २५ जना अमेरिकी सांसद नेपाल भ्रमणमा आएका थिए ।
अमेरिकी उपमन्त्री उज्रा जिया जेठमा नेपाल आएर तिब्बती शरणार्थीलाई भेटेकी थिइन् । विगतमा एमसीसीकी अधिकारी फतिमा सुमार नेपाल आउँदा खूबै चर्चा भएको थियो ।
The post अमेरिकी अधिकारीको बाक्लो आवतजावत, डोनाल्ड लू फेरि आउँदै appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3zdFti3 via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली (ढकाल) लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासङ्घका लागि नेपालको आवासीय राजदूतमा, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई भूटानका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
The post राष्ट्रपतिबाट विभिन्न मुलुकका लागि राजदूत नियुक्त appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3b6ZEX5 via IFTTT
काठमाडौं । पुरातनवादी सोचलाई त्यागेर अहिलेको विज्ञानको युगलाई आत्मसाथ गर्दै, सुचना संचार र प्रबिधिको उच्चतम प्रयोग गर्नसके नेकपा ( माओवादी केन्द्र ) लाई आम नागरिकले चाहेजस्तो पार्टी बनाउँदै समाजवादको लक्ष्य हासिल गर्न सकिने सम्पर्क समन्वय समिति प्रदेशका अध्यक्ष श्री कृष्ण अधिकारी ( बिवेक ) ले बताउनु भएको छ ।
आज सम्पर्क समन्वय समिति प्रदेशको कार्यलयमा पार्टीको विज्ञान तथा सुचना प्रबिधि बिभाग र प्रकाशन तथा प्रचार प्रसार बिभागको संयुक्त बैठकमा बोल्दै उहाँले यो कुरा बताउनु भएको हो ।
विज्ञान तथा प्रबिधि बिभागका प्रकाश रायमाझी को अध्यक्षतामा बसेको बैठकमा पार्टीका विज्ञान प्रबिधि बिभागका सदस्यहरु तथा सम्पर्क समन्वय समिति प्रदेशका प्रकाशन तथा प्रचार प्रसार बिभागका सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकले पार्टीको आधिकारीक सप्टवेयर तथा पोर्टल बनाउने बिषयमा गंभिर छलफल गरि आगामी मध्यावधी निर्वाचन सम्ममा पार्टीलाई आम नागरिकको मनमनमा पुर्याउन सुचना तथा संचार मा आधुनिकिकरण गर्दै पार्टीले बिगतमा गरेका कामहरु तथा आगामी कार्ययोजना बारेमा प्रष्ट हुने सामाग्री समेत बनाउने निर्णय गरेको छ ।
बैठकमा उपस्थित सबैले अबको युग संग सुहाउँदो संयन्त्र बनाएर विज्ञान र प्रबिधिको प्रयोग गर्न सके पार्टीलाई आम नागरिकको मुटुको ढु्कढुकी बनाउन सकिने कुरामा एकमत जनाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zx1ObW via IFTTT