काठमाडौं । गोकर्णको यज्ञडोल जगडोल सामुदायिक बनमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकको निर्माण घोषणा गरिएको १६औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक)यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या(पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा वृक्षारोपण तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । ०६२/६३ को जनआन्दोलन सफल भएसँगै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले पूर्ण लोकतन्त्र स्थापनाका लागि योगदान गर्ने शहीदको सम्झनामा स्मारक बनाउने निर्णय ०६४ जेठ ११ गते गरेको थियो । सरकारले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी जग्गामा निर्माण सुरु गरेको राष्ट्रिय शहीद स्मारकको काम जारी रहेको छ।
तीन वर्षमा विस्तृत परियोजना प्रस्ताव निर्माण गरी २०६७ मा काम सुरु भएको आयोजना २०७० मा सक्ने लक्ष्य राखिएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत सुरु भएको काम सम्पन्नहुन सकेको छैन । स्मारकको निर्माण घोषणा गरिएको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमका वक्ताले अहिलेसम्म भएका कामको समीक्षा गरी रोकिएको काम छिटो सम्पन्न गरिनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा प्रतिनिधि सभा सदस्य कृष्ण राईले स्मारकमा सबै दल राजनीतिभन्दा माथि उठेर काम भए पनि निर्माण व्यवसायीका कारण काम समयमै नसकिएको बताएका थिए । स्मारक निर्माणका काम अलपत्र रहँदा शहीद परिवारले सम्मान पाउन नसकेको अनुभव भएको उनले बताए । उनले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई दलभन्दा माथि उठेर साझा व्यक्तित्वका रुपमा काम गर्नुपर्ने बताए । जनताले पनि निर्वाचित जनप्रतिनिधिले खराब काम गर्लान् कि भनी निरन्तर खबरदारी गरिरहनु पर्नेमा सांसद राईको जोड रहेको थियो । वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले स्मारकको निर्माणका काममा समीक्षा गरी अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपक रिसालले शहीदकै योगदानले स्थानीय तहको संरचना तयार भई स्थानीय सरकार पनि बनेको उल्लेख गर्दै शहीदको सपना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । नगर क्षेत्रका पर्ती जग्गामा राष्ट्रिय फूल लालीगुराँस फुलाउने योजना रहेको बताउदै पर्ती जग्गा मास्न नदिइ खाली डाँडामा लालीगुराँस फुलाउन नगरपालिकाले बजेट विनियोजन गर्ने उनको भनाइ थियो । स्मारक निर्माणस्थलको ६५० रोपनी जग्गामा एउटा नमूना वनभोजस्थल निर्माणका लागि नगरपालिकाले सबै खर्च व्यहोर्ने पनि नगर प्रमुख रिसालले बताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वरका पूर्व नगर प्रमुख सन्तोष चालिसेले नवनिर्वाचित नगरपालिकाको समूहले जनताले देख्ने गरी काम गर्न सुझाव दिएका थिए । आफ्नो नेतृत्वको नगरपालिकाले बनाएको कार्यविधि अनुसार नै स्मारकले पुनर्जीवन पाएको उनले सुनाए । शान्ति मन्त्रालय खारेजीसँगै अलपत्र बनेको आयोजनालाई २०७४ सालमा निर्वाचित नगरपालिकाका जनप्रतिनिधिको समूहले अघि बढाएको थियो ।
नगर उपप्रमुख सान्नानी लामाले पटक–पटक सरकार फेरिँदा पनि स्मारकको काममा ढिलाइ भएको भनाइ राखेकी थिइन । उनले ०७० मै सकिने गरी तयारी भएको आयोजना ०८० साल आउन लाग्दा पनि अलपत्र रहनु दुःखद् भएको बताउदै काम छिटो गर्न नगरपालिकाका तर्फबाट सक्दो पहल गर्ने उनको भनाइ थियो । स्मारक उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले शान्ति मन्त्रालयबाट सहरी विकास मन्त्रालयमा पुगेको आयोजनालाई बजेट नदिँदा काम गर्न ढिलाइ भएको बताए । उनले आगामी वर्षका लागि भने रु पाँच करोड बजेट विनियोजन गर्ने गरी तयारी भएको सूचना प्राप्त गरेको सुनाए । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट पनि आगामी वर्ष रु पाँच करोड बजेट वचन पाएको सुनाएका सिग्देलले स्मारक निर्माण क्षेत्रमा युनेस्को ग्रामका लागि रु २४ करोड बजेट माग गरिएको जानकारी गराए ।
कार्यक्रममा शहीद परिवारका सदस्य द्रोण लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार नजित्ने गरी काम गर्न दलका नेता कार्यकर्तालाई सुझाव दिएका थिए । सो अवसरमा हास्य कलाकार श्रीकृष्ण सिम्खडा, सामुदायिक वन उपभोक्ता समूहका सचिव देवी बजगाइँ, स्मारक उद्यान व्यवस्थापन समितिका सचिव राजकुमार केसी लगायतले स्मारकको काम छिटो सम्पन्न गर्न तीनै तहका सरकारकाबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LLsmZK via IFTTT
काठमाडौं । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीचको टकराव सतहमै देखिन थालेको छ । स्थानीय चुनावमा देउवाले गठबन्धनबीच तालमेल गर्दा कोइराला खुलेरै विरोधमा उत्रिए । देउवानिकटस्थहरुले गठबन्धनबीच तालमेलको फाइदा पुगेको निष्कर्ष निकालिरहँदा कोइरालाले भने नोक्शान पुगेको बताए ।
चुनावी समिक्षाका क्रममा देउवा र शेखर निकट नेता कार्यकर्ताले एक अर्काविरुद्ध अन्तर्घातको आरोप समेत लगाउन थालेका छन् । अर्कोतर्फ, भातृ तथा भगिनी संगठनमा विवाद बढेको छ ।
काँग्रेस नजिकका पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ । युनियनका अध्यक्ष बद्री सिग्देल देउवाका विश्वासपात्र हुन् । तर, युनियनको नवौं महाधिवेशन पटक पटक तोक्ने र स्थगित गर्ने गरेको भन्दै शेखर निकट पत्रकारहरुले १३ जेठको विहान ८ बजे छुट्टै भेला डाकेका छन् ।
जेठ १३ र १४ गतेका लागि तोकिएको महाधिवेशन अवैध र अपारदर्शी ढंगबाट स्थगित गर्न खोजिएको भन्दै उपमहासचिव सलोजा दाहालले विज्ञप्ति नै जारी गरेकी छिन् । यो विज्ञप्तिले काँग्रेसनिकट पत्रकारहरुमा खैलाबैला मच्चिएको छ ।
पत्रकारहरुको संगठनबाट काँग्रेसभित्र देउवा र शेखरबीचको टकराव र धाँजा फाटेको उजागर भएको छ । यसको असर काँग्रेसको एकतामा पनि देखिने विश्लेषण हुन थालेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MUBOez via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न आग्रह गरे ।
गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट पारे । गठबन्धनका परिणाम सकारात्मक देखिएको जनाउँदै उहाँले आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए । आफ्ना पालिकामा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उनले नवनिर्वाचितलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बागलुङका सभापति जित शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा सरकारका पूर्वमुख्य सचिव डा सोमलाल सुवेदी र पूर्व सचिव बाबुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्नसकिने कामलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sX74BW via IFTTT
काठमाडौँ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ । गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु,’ मिश्रद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष पदबाट राजीनामा गरे पनि पार्टीको साधारण सदस्य भने रहिरहने प्रतिवद्धता उनले जनाएका छन् ।
विवेकशीलका उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा आफूले लिएको उनले बताएका छन् ।
बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जाने वज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।
‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ मिश्रले विज्ञप्तिमा भनेका छन् ।
गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई उनले विज्ञप्तिमा सम्झेका छन् ।
‘तपाईँहरूलाई सम्झेर म भावुक भएको छु र तपाईँहरूको अपेक्षा पुरा गर्न नसक्दा अत्यन्तै दुखित छु,’ उनले भनेका छन् ।
विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको उनले बताएका छन् । विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म नेपालको रूपान्तरण असम्भव हुने दाबी उनको छ ।
आफूले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई–तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णय विरुद्ध भएका गतिविधिका कारण पार्टी संयोजक लगायत कतिपयलाई कारबाही गरिएको उनले स्मरण गरेका छन् ।
सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई अनुरोध गरेका छन् ।
त्यस्तै उनले सो दस्ताबेजप्रति असहमति राखेर राजीनामा दिएका साथीहरूलाई पनि पुनः पार्टीमा सामेल हुन आग्रह गरेका छन् ।
‘पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ। मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु,’ मिश्रले भनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3PHCplB via IFTTT
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् ।
भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिदिने उनले निर्णय गरेकी छन् । बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुने उनले बताइन् ।
त्यस्तै, सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।
यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ । मेयर दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुच पुर्याउने उनले तेस्रो निर्णय गरेकी छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3LEFrE8 via IFTTT
वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
जसअनुसार अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन मात्र बाँकी छ । त्यसमा पनि ११ वटाको मतगणना भइरहेको छ भने दुईवटा तहको गणना नै सुरू भएको छैन ।
जारी मतगणनामा पनि ११ मध्ये ४ तहमा नेपाली कांग्रेसको अग्रता देखिएको छ भने । ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यसपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले १र१ तहमा अग्रता लिइरहेका छन् ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता छ ।
अन्तिम मत परिणाम आउन बाँकी रहेका पालिकाहरू :
कांग्रेसको अग्रता भएका तहहरू
१० कटारी नगरपालिका, उदयपुर
२० ललितपुर महानगरपालिका, ललितपुर
३० तिलोत्तमा नगरपालिका, रुपन्देही
४० महाराजगञ्ज नगरपालिका, कपिलवस्तु
एमालेको अग्रता भएका तहहरू
१० गरूडा नगरपालिका, रौतहट
२० पचरौता नगरपालिका, बारा
३० तुलसीपुर उपमहानगरपालिका, दाङ
माओवादी केन्द्रको अग्रता भएका तहहरू
१० फतुवा विजयपुर नगरपालिका, रौतहट
जसपाको अग्रता भएका तहहरू
१० गढीमाई नगरपालिका, रौतहट
नेकपा एसको अग्रता भएका तह
१० पोखरा महानगरपालिका, कास्की
स्वतन्त्रको अग्रता भएका तह
१० काठमाडौं महानगरपालिका, काठमाडौं
गणना सुरू नै नभएका तहहरू
१० त्रियुगा नगरपालिका, उदयपुर
२० बुढीगंगा नगरपालिका, बाजुरा
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3MJqIsO via IFTTT
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख दिपक रिसाल र उप प्रमुख सान्नानी लामाले सोमबार पदभार ग्रहण गरेका छन । सोमबारनै नगरप्रमुख र उपप्रमुखसँगै वडाध्यक्ष तथा सदस्यहरूको समेत शपथ ग्रहण र पदभार भएको छ । वडा अध्यक्ष तथा सदस्यहरुलाई नव निर्वाचित नगर प्रमुख दिपक रिसालले सपथ ग्रहण गराएका थिए ।
नगर प्रमुख दिपक रिसालले गोकर्णेश्वर नगरपालिका वडा नं ४ को विपद व्यवस्थापन अन्तर्गत जोखिमयुक्त रुख कटान गर्न पहल गर्ने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन । पदभार ग्रहणपछि नगरप्रमुख रिसालले सबै राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी गोकर्णेश्वरको साझा विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन । गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसबाट र उपप्रमुखमा एमालेबाट प्रतिनिधित्व गरेका छन् ।
सपथ ग्रहण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिकाकी निर्वाचन अधिकृत लगायत कर्मचारी र नव निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा कर्मचारी भुपेन्द्र बोहोराले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन प्रशासन प्रमुख टंक नाथ घिमिरेले गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38eKFsG via IFTTT