काठमाडौं । एमालेको माधव पक्षले भोलि स्थायी समिति बैठक बोलाएको छ । विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौँ,’ उनले भनिन् ।
प्रधानमन्त्री तथा ध्यक्ष केपी शर्मा ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समूहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साँठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jz5r9w via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीले पदमुक्त गराएका दुई मेयरलाई पनुरवहाली गर्न अन्तरिम आदेश दिएको छ ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको हो ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएको उल्लेख छ । मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।
नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qx3ZWM via IFTTT
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक पार्टीको सभापति बन्ने ठूलो इच्छा रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका छन् ।
पौडेल निवास बोहोराटारमा आज कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटवार्तामा पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।
आगामी १४औँ महाधिवेशनमा सभापतिका दाबेदारसमेत रहेका कोइरालासँगको भेटमा वरिष्ठ नेता पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताए । ‘अहिले मलाई छोडिदिनुहोस्, एक वर्षपछि म तपाईंलाई नै सहयोग गर्छु ।’ पौडेलेको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो ।
भेटमा कोइरालाले भने पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।
कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै वरिष्ठ नेता पौडेललाई भने लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधामन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गरेको बोहोराटार निकट स्रोतको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qx5hRu via IFTTT
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताएका छन् ।
आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै उनले भने, ‘अप्ठ्यारो अवस्थामा रहेको व्यक्ति वा नेता वा विचार समूहको रुपमा आएको छु । यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन ।’
विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरे ।
राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताए । उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’
ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jl9wOr via IFTTT
काठमाडौं । नेपाल प्रहरीको एआईजी पदमा डीआईजी सहकुल थापालाई बढुवा सिफारिस गरिएको छ ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो ।
हालै नेपाल प्रहरीमा एक एआईजीको दरवन्दी थप गरिएको थियो । अब सात दिनपछि मन्त्रिपरिषदले बढुवाको निर्णय गर्नेछ । त्यसअघिको समयमा बढुवाउपर चित्त नबुझे उजुरी गर्न सकिने समितिले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hj4Ndu via IFTTT
काठमाडौ । यो बा २ झ ३१४२ को गाडी बहालवाल मन्त्रीको हो ।
अगाडी चक्कामा देख्न सक्नुहुन्छ पहेलो रंगको लक लगाइएको छ ।
काठमाडौको बानेश्वरमा गलत ठाउँमा पार्किङ गरिएको यो मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले लक लगाएको छ ।
नेपाल पद र प्रतिष्ठा भएका पहुँचवालाले जे गर्दापनि छुट हुन्छ भन्ने सन्देश गएका बेला यो तस्बिर निक्कै अर्थपूर्ण छ ।
कानून उलंघन गर्ने जो कोही कानूनको फन्दामा पर्छन् भन्ने सन्देश बेला–बेला ट्राफिकले दिन आँट गर्छ ।
गाडी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाई, गृह मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल चढ्ने हो ।
तर झण्डा छोपिएकाले मन्त्री थिएनन् की भन्ने देखिन्छ । तर गृहमन्त्रालय नै सम्हालेका विष्णुप्रसाद पौडेल कै गाडीमा ह्वील लक लाग्नु ठूलै आँट भने हो ।
बानेश्वरमा गरेको बा २ झ ३१४२ ह्विल लक गरिएको गाडीको गाडी कसको थियो ? भन्ने प्रश्नमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीले भने उर्जा मन्त्रालयको भन्ने आयो नम्बर प्लेट मन्त्री ज्यू कै हो । तर झण्डा छोपिएको थियो । गाडीमा चालक मात्र आएकाले को थिए भन्न सकिन्न ।
यसअघि सिंहदरबार अगाडीकै सडकमा सचिवको गाडीमा समेत ट्राफिकले लक लगाएको थियो ।
यसैगरी गृह मन्त्रालयका उच्च अधिकारी चढ्ने दुई गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको थिए ।
निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी टोलीले गाडीलाई कारबाही गरेको थियो ।
महाशाखाका अनुसार कारबाहीमा पर्ने गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको हो ।
दुवै गाडी गृह मन्त्रालयका हुन् । जसमध्ये एउटमा तत्कालिन गृह प्रवक्ता सह सचिव रामकृष्ण सुवेदी चढ्थे । अर्कोमा भने उप सचिव कृष्णप्रसाद शर्मा चढ्दै आएका थिए ।
निशेधित क्षेत्रमा पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले दुवै गाडीको चक्कामा ‘ह्विल लक’ गरेको थियो । गाडी सिंहदरबारस्थित पूर्वी गेट सामुन्ने सडकमा पार्किङ गरी राखिएको थियो ।
यसैगरी महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा समेत ह्विल लक लगाएको थियो ।
सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखाले जनाएको छ । ‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं,’ महाशाखाका एक अधिकारीले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3A6vZVq via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले बहराइनको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका युवराज कार्कीलाई नियुक्त नगर्न आन्तरिम आदेश जारी गरेको छ ।
कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हो ।
उनलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभइ नियुक्तिको तयारी भएका बेला अदालतले रोक लगाएको हो ।
कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्थानक उपाधी हासिल गरेको हुनु पर्ने भन्ने निर्देशिकालाई अदालतले अश्वीकार गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कार्की पूर्वसामान्य प्रशासन मन्त्री हुन् ।
उनी यसअघि २०७२ सालमा केपी ओली प्रधानमन्त्री भएको बेला कोरियाको लागि राजदूत सिफारिस भए पनि कांग्रेस माओवादी गठबन्धन सरकार बनेपछि उनको नियुक्ति भएको थिएन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Tc5nSn via IFTTT