काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए ।
सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ ।
महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । उनले परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vHE28w via IFTTT
काठमाडौ । सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत शिक्षकको तलबपनि वृद्धि भएको छ ।
प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै शिक्षकको तलब २ हजारले बढेको हो ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटको रातो किताबमा सबै राष्ट्र सेवकको तलब २ हजारका दरले बढेको उल्लेख छ ।
यो भनेको शिक्षक समेत सेना, प्रहरी, निजामति कर्मचारी सबैको बढेको हो ।
यही दरमा सरकारबाट तलब भत्ता खानेगरी नियुक्त भएका सबै कर्मचारीको तलब बढेको हो ।
आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत सरकारले राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेको थियो ।
अहिले भने दर्जा नछुट्याई एकमुष्ट २ हजारका दरले बढाएसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।
कुन तहका शिक्षकको तलव अब कति ?
प्राथमिक तह (तृतीय) : २६ हजार ६०४ रुपैयाँ बाट २८ हजार ६१० भत्ता समेत ३० हजार ६१०
प्रावि द्वितीय : २८ हजार २०० रुपैंयाँ बाट ३० हजार २०० भत्ता समेत ३२ हजार २००
प्रावि प्रथम : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
निम्न माध्यमिक तह तृतीय : २८ हजार २०० रुपैयाँ बाट ३० हजार २०० भत्ता समेत ३२ हजार २००
निमावि द्वितीय : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
निमावि प्रथम : ३७ हजार ८७८ रुपैयाँ बाट ३९ हजार ८८० भत्ता समेत ४१ हजार ८८०
माध्यमिक तृतीय : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
माध्यमिक द्वितीय : ४० हजार ३७९ रुपैंयाँ बाट ४२ हजार ३८० भत्ता समेत ४४ हजार ३८०
माध्यमिक प्रथम : ४७ हजार ३७७ रुपैयाँ बाट ४९ हजार ३८० भत्ता समेत ५१ हजार ३८०
यता कर्मचारीको बढेको तलब अनुसार अब मुख्यसचिवको ६७ हजार १४० रूपैयाँ पुगेको छ । यस्तै सचिवको ६२ हजार ६८०, सहसचिवको ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, अधिकृतको ३७ हजार ९९०, सुब्बाको ३० हजार २००, खरिदारको २८ हजार ६१० र कार्यालय सहयोगीको २४ हजार १० पुगेको छ । माध्यमिक प्रथम तहको शिक्षकको तलब सह–सचिवको भन्दा माथी पुगेको हो ।
यो बर्ष शिक्षामा बजेट
सरकारले आगामी शैक्षिक वर्षका लागि कुल बजेटको १० दशमलब ९२ प्रतिशत बजेट विनियोजन गरेको छ । अङ्कमा चालु वर्षको भन्दा ९ अर्ब ६७ करोड बजेट वृद्धि गरेको छ । कुल बजेटको तर कुल बजेटलाई प्रतिशतमा हेर्दा चालु वर्षको भन्दा बजेट घटेको छ । शैक्षिक वर्ष २०७६–०७७ मा कुल बजेटको १०.६८ प्रतिशत, शैक्षिक वर्ष २०७७–०७८ मा ११ दशमलब ६४ प्रतिशत बजेट विनियोजन गरेको थियो ।
सरकारले हिजो अध्यादेश मार्फत सार्वजनिक गरेको बजेटमा शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएको छ । अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् सार्वजनिक गरेको कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेटमा शिक्षामा १० दशमलब ९२ प्रतिशत विनियोज गरिएको हो ।
चालु शैक्षिक सत्रका लागि सरकारले कुल बजेटको ११ दशमलब ६४ प्रतिशत बजेट विनियोजन गरेको सरकारले आगामी वर्षमा सो प्रतिशतमा शून्य दशमलब ७२ प्रतिशत बजेट घटाएको छ । चालु शैक्षिक सत्रमा अघिल्लो वर्षको तुलनामा शून्य दशमलब ९६ प्रतिशत बजेट वृद्धि गरेको थियो ।
चालु शैक्षिक सत्रका लागि शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन गरेको सरकारले गत वर्षको तुलनामा अङ्कमा बजेट बढाए पनि प्रतिशत विगतको वर्ष भन्दा घटेको देखिएको हो । कुल बजेटमा शिक्षाको लागि विनियोतिज रकम गत बर्षभन्दा बढे पनि प्रतिशतमा बढेको छैन । कूल बजेटको आकार बढ्दा शिक्षाको अंश मात्र बढेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fRwN7o via IFTTT
काठमाडौ । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषण गरेका हुन् ।
निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने उनले जानकारी दिए ।
खोप खरीदका लागि पौने रु २७ अर्ब बजेट विनियोजित
सरकारले कोरोनाविरुद्धको खोपका लागि र २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिनुभयो ।
सरकारले यसअघि भारतबाट नेपाली सेनाको समेत गरी ११ लाख र चीनबाट अनुदानमा आठ लाख मात्रा खोप ल्याइसकेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि चीन फिङसँग गर्नुभएको टेलिफोन वार्तापछि थप १० लाख मात्र खोप प्राप्त हुने भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uHLHmh via IFTTT
काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रहेको छ । जसमा चालुतर्फ ६ खर्ब ७८ अर्ब (४१.२ प्रतिशत), पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ (२२.७ प्रतिशत ) र वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ (१२.६ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ । प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ ।
सरकारले भौतिक पुर्वाधार तथा यातायातका लागि १ खर्ब ६३ अर्ब ३७ करोड रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै विभिन्न सडक, जलमार्ग, सुरुङमार्ग, पुल निर्माण तथा रेलसहितका आयोजानका लागि सो रकमको बजेट विनियोजन गरेको बताएका हुन् ।
पूर्वपश्चिम राजमार्गका लागि १५ अर्ब ३४ करोड
पूर्वपश्चिम राजमार्ग सुरक्षाका मापदण्ड अवलम्बन गर्दै विस्तारका लागि १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन भएको छ ।
अर्थमन्त्री पौडेलले विभिन्न खण्डमा पूर्वपश्चिम राजमार्ग बिस्तार गरिने बताए ।
मध्यपहाडी राजमार्ग ८ अर्ब १३ करोड
आगामी वर्षका लागि मध्यपहाडी राजमार्ग विस्तार गर्न ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मदन भण्डारी राजमार्ग ३ अर्ब २० करोड
मदन भण्डारी राजमार्गको चतरा-हेटौंडा खण्ड आगामी वर्ष सक्ने लक्ष्य लिइएको छ ।
बाँकी रेखांकन, डीपीआर र निर्माणका लागि ३ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ ।
हुलाकी राजमार्ग ६ अर्ब ३९ करोड
लामो समयदेखि अधुरो रहेको तराईका जिल्ला जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि ६ अर्ब ३९ करोड विनियोजन गरिएको छ ।
तराई मधेस द्रुतमार्ग ८ अर्ब १५ करोड
काठमाडौँ- तराई/मधेस द्रुतमार्ग आयोजनाका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ ।
सिद्धार्थ राजमार्ग ७ अर्ब
सिद्धार्थ राजमार्ग र कोहलपुर सुर्खेत राजमार्गलाइ डेडिकेटेड डबल लेनमा विस्तार गर्न ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
पृथ्वीराजमार्ग ७ अर्ब
पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन खण्डको स्तरोन्नति र आबुँखैरेनी पोखरा चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वपश्चिम राजमार्गबाट तराई मधेशका १८ जिल्लामा सदरमुकाम हुँदै दक्षिणी सिमा जोड्ने सडकलाई चार लेन विस्तार गर्ने कार्यक्रम अन्तर्गत सम्पन्न हुा बाकी खण्डको विस्तार गर्न रु २ अर्ब ६६ करोड बिनियोजन गरिएको छ ।
अरनिको राजमार्ग १ अर्ब १३ करोड
धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्नति तथा विस्तारका लागि १ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको छ ।
महाकाली राजमार्ग १ अर्ब ३ करोड
त्यस्तै महाकाली राजमार्गका लागि १ अर्व ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पुल निर्माण ११ अर्ब १० करोड
रणनीतिक र स्थानीय गरी ३ सय पुल निर्माण सक्ने लक्ष्य लिइएको छ ।
महाकाली नदीमा पुल निर्माण गर्न ११ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ। सडकको मापदण्ड, सिमाकंन, ड्रइङ डिजाइनका लागि राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गरिने उल्लेख छ ।
चक्रपथ दोस्रो खण्ड २ अर्ब ६४ करोड
काठमाडौं चक्रपथको दोस्रो खण्ड कंलकीदेखि महाराजञ्ज विस्तार गरी २ वर्षभित्र सम्पन्न गर्ने पोखरेलले बताए । त्यसका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेटमा छ्ट्याइएको छ ।
करिडोरमा ६ अर्ब ५० करोड
मेची करिडोरको देउराली भैंसे खण्ड, तमोर करिडोरको चतरा-आलाङचुङगोला खण्ड, कोशी करिडोरको खाँदवारी-किमाथाङ्का खण्ड, त्रिशुली करिडोरको त्रिशुली- साफ्रुवेसी-सुवागढी खण्ड, कालीगण्डकी करिडोर, सेती लोकमार्गको टीकापुर-साँफे खण्ड निर्माण कार्यका लागि ६ अर्ब ५० करोड बिनियोजन भएको छ ।
नाग्मा-गमगढी सडक स्तरोन्नतीका लागि १ अर्ब २० करोड बिनियोजन भएको छ ।
भेरी सडक करिडोरका लागि ६१ करोड, महाकाली करिडोरका लागि १ अर्ब ३ करोड बिनियोजन गरिएको छ ।
सुरुङ मार्ग ९ अर्ब ८५ करोड
बजेटमा नागढुंगा सुरुङ मार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ ।
त्यसबाहेक पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान धनकुटा सडकको धरान-लेउती खण्डको काम शुरु हुनेछ ।
काठमाडौंको तिनकुने-जडिबुटी खण्डको सुरुङका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ ।
त्यस्तै टोखा छहरे, थानकोट-चित्लाङ, मझिमटार-शक्तिखोर, दुम्किबास-बर्दघाट र पाल्पाको प्रभास-जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
रेल यातायात १० अर्ब
त्यस्तै आगामी वर्ष जयनगर कुर्ता रेलमार्ग शुरु गर्ने, काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिनेछ ।
रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेल यातायातको अध्ययन शुरु गर्ने लगायतका कामका लागि १० अर्ब ३ करोड विनियोजन गरिएको छ ।
त्यस्तै जलयातायातको लागि पनि आवश्यक रकम बिनियोजन गरिएको पौडेलले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3c1mYCA via IFTTT
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएकी राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fUY496 via IFTTT
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवासमा भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बुधबार साँझ करिब २ घण्टा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको हो।
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न बुधबार साझँ शीतलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
यहि जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि उनीहरुबीच पहिलो पटक भेट भएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fQrswX via IFTTT
काठमाडौं । कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ।
यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।
यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए।
यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन्न देशले २ अर्ब बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन्। त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा सरकारले ७ अर्ब ४२ करोड ऋण दिइसकेका छन्।
यसमा जापान सरकारको ५ अर्ब २२ करोड (उपकरणसहित), जर्मन सरकारको ४२ करोड, एसियाली विकास बैंकको ३६ करोड र विश्व बैंकको ४२ करोड छ।
अरू देश तथा संघसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ। समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3upAgPQ via IFTTT