दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ।शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने बताइएको छ । मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ।
आयोजनाका अनुसार शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइनेछ। आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ। शनिबार रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38cofVu via IFTTT
काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार तिन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा दुबै तर्फका वार्ता टोली संयोजकले हस्ताक्षर गरेका हुन् ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट वार्ता टोली संयोजक प्रकाण्डले हस्ताक्षर गरेका छन् ।
यस्ता छन् सहमतिका तीन बुँदा हेर्नुहोस
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eqCeeD via IFTTT
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विप्लव नेतृत्व नेकपाले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्ने बताएका छन् ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
प्रजातन्त्रको मेरुदण्ड सञ्चारजगत भएको उल्लेख गर्दै सञ्चारजगत बलियो भएमात्र प्रजातन्त्र बलियो हुने थापाको भनाइ थियो । कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र र सत्यको आधारमा निष्पक्ष पत्रकारिता गर्न थापाले आग्रह गरे ।
राप्रपाका नेता तथा पूर्वमन्त्री दिपक बोहोराले मिडिया खेमाबन्दीमा परेकाले सत्यतथ्य समाचारहरुले ठाउँ नपाएको दावी गरे । उनले राष्ट्रवादी धारमा स्वतन्त्र पत्रकारिताको आवश्यक्ता रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणाले अहिलेको ब्यबस्थाले नेपालको हित नहुने भएकोले व्यवस्था परिवर्तन गर्ने बेला आएको बताए ।
राज्य व्यवस्था परिवर्तका लागि सबै हिन्दुवादी र राष्ट्रवादीलाई एक ठाउंमा ल्याउनुपर्नेमा उनको जोड थियो । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा सम्पन्न मिडिया नेपालको राष्ट्रिय भेला दुई दिनसम्म चल्ने छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kQRxyf via IFTTT
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्रीले ३ वर्ष ठूलो बितण्डा मच्चाउँदा पनि केही नबोलेको बताएका छन् । उनले भने, ‘प्रचण्ड र माधव नेपाल पनि त्यही पार्टीमा रहेको र अहिले उनीहरुलाई सडकमा हेरेका छौं । उहाँहरु बोल्नुभयो ? कसैले बोलेन् । आज राष्ट्रपतिले यो गर्नुभयो, त्यो गर्नुभयो भनेर बोलिरहनुभएको छ ।’
महोत्तरीको बर्दिवासमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले उनले नेकपा नेताहरुको लोभका कारण देशको महत्वपूर्ण समय खेर गएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुदेखि नै संविधान विपरीत कार्य गर्दै आएपनि केही नबोल्ने ती पार्टीका नेताहरु लोभ पूरा नहुँदा अहिले आएर विरोध गर्न थालेको उनको भनाई थियो ।
उनले सभामुख र उपसपभामुख बनाउँदा एउटै पार्टीबाट बनाएर संवैधानिक व्यवस्थाको उल्लंघन हुँदा नेपाली कांग्रेसलाई प्रचण्ड–माधवले सहयोग नगरेको बताए । उनले नेकपाले पाँच वर्ष सरकार चलाउने जिम्मेवारी पाएकाले कांग्रेस प्रतिपक्षमै बस्ने स्पष्ट गरे । मौका पायो भन्दैमा नेपाली काँग्रेसले दुई वर्ष सरकार चलाउने ध्येय नराख्ने उनको भनाई थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2MN7Lf7 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको हो ।
नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो ।
बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएसमार्फत सूचना दिइएको र प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको बताइएको छ ।
प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ, ‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ ।
प्रचण्ड माधव समूहले भने बुधबार मात्र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3e9L2VL via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा यहाँ आज आयोजित शोकसभामा उहाँले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताउनुभएको हो ।
सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।”
आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भन्नुभयो, “चिन्ता नलिनुस् रामचन्द्र जी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उहाँले थप्नुभयो, “तपाई शेरबहादुर जी हुनै हुँदैन भन्ने चाहानुहुन्नजस्तो लाग्छ ।
मलाई तपाईंको भनाइबाट त्यही बुझियो ।” पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उहाँले अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ भन्नुभयो । उहाँले रानाभाटको राजनीतिक सङ्घर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताउनुभयो ।
सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसद्मा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपक्षी दलको सही भूमिका कांङ्ग्रेसले निर्वाह गर्नुपर्छ ।”
सानो सङ्ख्यामा संसद्मा भए पनि कांग्रेसको भूमिका ठूलो र जिम्मेवारीपूर्ण रहेको उहाँको भनाइ थियो । कांग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उहाँले बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले स्व एकनाथ रानाभाटले निष्ठावानरुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भन्नुभयो । “आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको कांग्रेस मात्र रहेको छ” उहाँले भन्नुभयो, “कांग्रेसले त्यहीअनुसारको आचरण र व्यवहार देखाउनुपर्छ ।”
वरिष्ठ नेता पौडेलले विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वास्तवमा कसैले आफ्नो हैसियत र औकातभन्दा बढी आकांक्षा राख्नु महत्वकांक्षा हो र यो विकृति हो ।” लोकतन्त्रमाथि देशी विदेशी षडयन्त्र भइरहेको पनी उहाँले बताउनुभयो ।
कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पु¥याएको योगदान सह्रानीय रहेको बताउनुभयो । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, गण्डकी प्रदेश सभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, वाग्मती प्रदेश सभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, कांग्रेस नवलपरासीका सभापति विष्णु सापकोटा र कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले स्व रानाभाटको राजनीतिक भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उहाँ प्रतिनिधिसभाका पूर्वसांसद हुनुहुन्थ्यो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uRzTPt via IFTTT
काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता द्रुत गतिमा अघि बढेको छ ।
बुधबार एकै दिन दुई चरणमा वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको जनाएका छन् ।
भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’
पहिलो चरणमा बुधबार बिहान र दोस्रो चरण अपराह्न वार्ता भएको थियो ।
भट्टराईले ‘दुवै पक्ष समान धारणा नजिक पुगेको’ भने पनि के प्रगति भयो भन्ने कुरा सार्वजनिक गरिएको छैन । विप्लव पक्षले पनि वार्ताबारे जानकारी गराएको छैन ।
दुवै पक्षले आआफ्नातर्फबाट वार्ता टोली गठन गरेको कुरा मङ्गलबार विज्ञप्तिमातर्फत सार्वजनिक गरेका थिए । सरकारी टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । विप्लव समूहको टोलीमा केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ छन् ।
सरकारले वार्ता टोली गठन गरेको कुरा सार्वजनिक गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पनि आफ्नो पार्टी वार्ता टोली गठन गरेको कुरा सार्वजनिक गरेका थिए ।
सत्तारुढ नेकपा परस्पर विरोधी दुई समूहमा विभाजित भएपछि सरकारले विप्लव समूहसँग वार्ताको पहल गरेको थियो ।
एक महिनाअघि, माघ २० गते, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लवको पार्टीका एकजना नेता हेमन्तप्रकाश ओलीसँग भेट गरेका थिए । उक्त भेटलाई वार्ताको वातावरण बनाउने सरकारको प्रयास मानिएको थियो ।
चन्दको पार्टीले सरकारसँग वार्ताका लागि जेलमा रहेका आफ्ना सबै नेता तथा कार्यकर्ताहरूलाई नि:शर्त रिहा गर्नुपर्ने शर्त राखेको भए पनि सरकारले कसैलाई रिहा गरेको सूचना आएको छैन ।
पार्टीका उच्च नेताहरू हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला, ओमप्रकाश पुन, माइला लामा लगायत १२५ जनाभन्दा बढी नेता कार्यकर्ता जेलमा छन् ।
विप्लवको पार्टीले संविधानसभाबाट जारी भएको वर्तमान संविधान र राज्य व्यवस्था अस्वीकार गरेको छ । अहिलेको संसदीय व्यवस्थाबाट देशको समस्या समाधान नहुने उक्त पार्टीको निष्कर्ष छ ।
हिंसात्मक गतिविधि गरेको आरोपमा सरकारले दुई वर्षअघि, २०७५ फागुन २८ गते, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध फुकुवा भएको छैन ।
विप्लवको पार्टी कुन शर्तमा वार्तामा बस्न तयार भयो भन्ने जानकारी दिइएको छैन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38745fL via IFTTT