काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट राष्ट्रिय सभा सदस्यमा सिफारिस हुने अनुमान गरिए पनि नेकपा उपाध्यक्ष बामदेव गौतम सिफारिसमा परेनन् । शुक्रबारको बैठकमा यो विषयले प्रवेश नै पाएन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले शुक्रबार नै सिफारिस गर्ने धेरैको अनुमान थियो ।
शुक्रबार आफूलाई सिफारिस नगरेपछि उपाध्यक्ष गौतमले विभिन्न नेताहरुसँग आशंका व्यक्त गर्दै फोन संवाद गरेका छन् । उनले सचिवालयका केही सदस्यलाई फोन गरेर आशंका प्रकट गरेका एक सदस्यले जानकारी दिए ।
उपाध्यक्ष गौतमले विभिन्न नेताहरुलाई आफू सदस्यमात्र नभएर मन्त्री बन्न सक्ने नजिर प्रस्तुत गर्दै एसएमएस पनि पठाएका छन् । ती सचिवालय सदस्य भन्छन्, ‘संविधानले मन्त्री बन्न नरोक्ने प्रष्ट प्रावधान हुँदा पनि उहाँले थप छलफल गर्नु आवश्यक थिएन । हिजै सिफारिसमा नपर्नु नै समस्या थिएन । उहाँ छिटो निराश र छिटो खुसी हुने नेता भएकाले हिजै नहुँदैमा ठूलो समस्या हुँदैन भन्ने कुरा पनि बुझ्नु भएन । अहिले अन्य नेताहरुसँग लविङ गर्नुपर्ने आवश्यक नै छैन ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Fb7iiA via IFTTT
काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागमा धमाधम मनोनयन गरेपछि त्यसको खारेजीका लागि असन्तुष्ट नेताहरु एक ठाउँमा उभिएका छन् ।
महाधिवेशनको मुखमै धमाधम मनोनयन गर्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले मनोनयन खारेजीको माग गरेका छन् ।
शनिबार भर्चुअल छलफलका क्रममा नेताहरुले सभापति देउवालाई दबाब दिनेदेखि आन्दोलनका कार्यक्रमका विषयमा समेत सहमति जुटाएका छन् । देउवाले विभिन्न विभागमा झण्डै १ हजार जनालाई मनोनित गरेका छन् ।
भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत नेताहरु सहभागी भएका थिए ।
केन्द्रीय सदस्यहरू गुरू घिमिरे, जीवन परियार र बद्री पाण्डेले भर्चुअल बैठकमा प्रतिवेदन पेश गरेका थिए । अनशनदेखि घेराउसम्मका दवावमुलक कार्यक्रम गरेर जाने भन्ने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन् ।
वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सुरुमा सभापति देउवालाई भेटेर सम्झाउने तयारी गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/330tQuW via IFTTT
काठमाण्डौ । नेपाल प्रहरीका पूर्व एसएसपी, नेपाल परिवार दलका पूर्व केन्द्रिय सदस्य तथा द युनिभर्सल टाइम्सका प्रधान सम्पादक डा.चुडाबहादुर श्रेष्ठको यहि १६ भदौका दिन भएको निधनले मर्माहित भएको परिवार दलले जनाएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले डा. श्रेष्ठलाई श्रदाञ्जली दिएको फोटो फोस्ट गदै यस्तो लेखेका छन् । ढकालले भनेका छन् डा.श्रेष्ठ एक कुशल राष्ट्रसेवक, देशभक्त, मिलनसार तथा मनको अति धनि व्यक्तित्व हुनुहुन्थ्यो । उहाले नेपाल परिवार दलको स्थापना काल देखिनै महत्वपुर्ण योगदान गर्नु भएको छ । युपिएफको शान्ति दुतको रुपमा शान्ति स्थापनामा पनि उहाको अग्रणी भूमिका छ । युनिभर्सल टाइम्सको सम्पादकको रुपमा एक सकारात्मक तथा शान्ति र विकास मैत्री संचारको बिकासमा योगदान गर्नु भयको छ। उहाको निधनले नेपाली आमाले एक देशभक्त सपुत गुमायकी छन् र परिवार दलले एक सच्चा मार्गदर्शक गुमायको छ । सयौं युबाहरुको प्रेरणाको केन्द्र तथा सकारात्मक चिन्तनको अगुवा चुडा बहादुर श्रेष्ठ प्रति भाबपुर्ण श्रदान्जली ब्यक्त गर्दै उहाकी धर्म पत्नी श्रीमती चेतना लोकसम र सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं। डा.श्रेष्ठको सपनाहरु पुरा गर्न परिवार दलले कुनै कसुर बाँकी राख्ने छैन पूर्वमन्त्री ढकालले सामाजीक सञ्जाल मार्फत प्रेस बिज्ञप्ति निकाल्दै भनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lSkzOc via IFTTT
अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने भएका छन्। राष्ट्रपतिले मनोनित गर्ने राष्टियसभाको एक सदस्यमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अर्थमन्त्री खतिवडा सरकारबाट बाहिरिने भएका हुन्।
मनोनित एक सदस्यमा मन्त्रिपरिषद्बाट उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
‘मनोनित सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय सचिवालयबाट भएको छ’ उनले भने, ‘अब राष्ट्रियसभाका अर्का सदस्यलाई राजीनामा गराएर अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन।’
अर्थमन्त्री खतिवडाको कार्यअवधि यही २० गते कार्यावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो।
उनले कार्यकाल टुंगो गर्ने गोलाप्रथाका क्रममा दुई वर्षे कार्यकाल छानेका थिए। संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बन्न पाउँछ। त्यही व्यवस्थाअनुसार अनुसार उनी भदौ २० पछि मनोनित नभए स्वतः विदा हुने छन्।
अहिले उनले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनले सरकारमा आएदेखि तीनवटा बजेट पनि ल्याएका छन्। राष्ट्रियसभामा निरन्तरता प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडालाई नै कायमै राख्ने पक्षमा थिए। तर, उपाध्यक्ष गौतमले आफ्नो अडान छाडेनन्।
सचिवालयमा अध्यक्ष दाहालसहित बहुमत सदस्य गौतमको पक्षमा थिए। खतिवडाको बहिर्गमनसँगै अर्थमन्त्रीमा पार्टीको विवाद मिलाउन संयोजकको भूमिका निर्वाह गरेका महासचिव विष्णु पौडेलको चर्चा भइरहेको छ। कार्यदलको प्रतिवेदनले दुवै अध्यक्ष खुसी भएसँगै अर्थमा उनको चर्चा सुरु भएको हो।
त्यसो त सुरेन्द्र पाण्डेको पनि नाम चर्चामा छ तर उनी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन्। यस्तोमा प्रधानमन्त्री आफ्ना विश्वासपात्रमध्ये एक पौडेललाई नै देशको ढुकुटीको चाबी सुम्पने मनस्थितिमा रहेको स्रोतको दाबी छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Z6JZ0z via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राष्ट्रिय सभाको रिक्त एक पदमा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बामदेव गौतमलाई राष्ट्रिय सभासदस्य बनाउने निर्णय भएको जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनुभयो ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EZkPKz via IFTTT
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
काठमाडौंका तीन तथा ललितपुर, भक्तपुर, धादिङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, तनहुँ र बाराका एकएक जनाको मृत्यु भएको हो ।
काठमाडौं-१ नक्साल, काठमाडौंमा ८९ बर्षीया महिलाको भदौ १६ गते होम आइसोलसनमै मृत्यु भएको छ । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनालाई १३ गते कोरोना पुष्टि भएको थियो ।
काठमाडौं-३० मैतिदेवी, काठमाडौंका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । १५ भदौमा अस्पताल भर्ना भएका उनलाई १६ गते संक्रमण पुष्टि भएको थियो । उनी रत्तचाप, मधुमेहबाट पीडित थिए ।
काठमाडौं-५ नागार्जुन, काठमाडौंका ७० वर्षीय पुरुषको मेधा अस्पतालमा मृत्यु भएको छ । उच्च ज्वरो तथा श्वास प्रस्वासमा समस्या भएर भदौ ८ गते अस्पताल भर्ना भएका उनी दमको समेत बिरामी थिए ।
मध्यपुर थिमी-७, भक्तपुरका ४० वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । ४ भदौमा संक्रमण पुष्टि भएका उनको भेल्टिलेटरमा उपचार भइरहेका क्रममा मृत्यु भएको हो । उनकी आमाको चार दिन अघि मात्र मृत्यु भएको थियो ।
ललितपुर-१५ सातदोवाटो, ललितपुरकी ७० वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापका बिरामी उनी १४ गते अस्पताल भर्ना भएकी थिइन् र १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
धादिङका ४७ वर्षीय पुरुषको पाटन अस्पतालम मृत्यु भएको छ । दम र मिर्गौलाका विरामी उनी १३ गते अस्पताल भर्ना भएका थिए र १६ गते कोरोना पुष्टि भएको थियो ।
बुटवल-६, रुपन्देहीका ५७ वर्षीय पुरुषको भीम अस्पताल, भैरहवामा मृत्यु भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित उनको १५ भदौबाट आईसीयूमा उपचार भइरहेको थियो ।
कपिलवस्तु-११, कपिलवस्तुकी ६० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ७ भदौमा अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।
रामग्राम-५, नवलपरासीका ६५ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि १५ भदौमा अस्पताल भर्ना भएकी उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । आईसीयूमा राखेर उपचार गर्ने क्रममा मंगलबार राति उनको मृत्यु भएको हो ।
ब्यास-२, तनहुँकी २० वर्षीया महिलाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । मिर्गौलामा समसया भएर डायलासिस गराइरहेकी उनलाई अल्का अस्पताल, पुल्चोकबाट मंगलबार मात्र शिक्षण अस्पताल लगिएको थियो ।
सिम्रौनगढ-९, बाराका ९७ वर्षीय पुरुषको कोरोना अस्तापल गण्डकमा मृत्यु भएको छ । १४ भदौमा संक्रमण पुष्टि भएका उनी दम लगायतका दीर्घरोगबाट पीडित थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32PEUed via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य बनाउने पूर्व निर्णयमा सहयोग गर्न सचिवालय सदस्यलाई आग्रह गरेका छन् । सचिवालयका अधिकांश नेताहरुलाई फोन गरेर उपाध्यक्ष गौतमले सचिवालय बैठकमार्फत राष्ट्रिय सभा सदस्य बनाउन आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर गौतमले आफूलाई पूर्वनिर्णय अनुसार राष्ट्रिय सभा सदस्य बनाउनु पर्ने अडान राखेका थिए । त्यस लगत्तै उनले विभिन्न सञ्चारमाध्यममार्फत पार्टीको पूर्व निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
उपाध्यक्ष गौतमले सचिवालयका अन्य सदस्यलाई फोन गरेर आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन पहल गर्न आग्रह गरेका एक सचिवालय सदस्यले बताए । उनले भने, ‘उहाँले प्रधानमन्त्री ज्यूलाई पनि भेटेर भन्नु भएको रहेछ । मलाईँ पनि त्यहीँ भन्नु भयो । उहाँले अर्थमन्त्री बन्ने इच्छा देखाउनु भएको छ । आजको सचिवालय बैठकमा छलफल हुन्छ ।’
अर्का सचिवालय सदस्यसँग पनि बामदेवले भने, ‘मलाई राष्ट्रिय सभा सदस्य बनाउन सहयोग गर्नुस्, म अर्थमन्त्री बन्छु । समग्र देशको आर्थिक अवस्था राम्रो बनाउनेगरी काम गर्छु । तपाईँहरुले सहयोग गर्नुपर्छ । यो निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तयार हुनुहुन्न । पार्टीलाई विधि र पद्दती अनुसार चलाउनु पर्छ ।’
फागुन २० गते दोस्रो पटक अर्थमन्त्री बनेका युवराज खतिवडाको कार्यकाल भदौ २० गते ६ महिना पुग्दैछ । ६ महिनाभित्र सांसद नभएमा उनको कार्यकाल स्वत: समाप्त हुनेछ । यसअघि माघमा बसेको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । सरकारको सिफारिसमा हुने एक सदस्य अहिलेसम्म नियुक्त हुन सकेको छैन ।
प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने सचिवालयका अन्य सदस्यले भने अन्य व्यक्ति हुनुपर्ने तर्क गरिरहेका छन् । तर, यहीँबीचमा उपाध्यक्ष गौतमले आफू राष्ट्रिय सभामा जाने घोषणा गरेपछि नेकपामा फेरि विवाद सुरु भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lIrj0Q via IFTTT