काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिवर्तनको संवाहक वर्ग हो भन्दै सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैँ अघि सरेर समस्याको सामना गर्न सक्ने श्रमजीवी वर्ग नै भएको उल्लेख गरेका छन् ।
“आज नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिङ्गै विश्व कोरोना महामारीविरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयास गरिनु दुःखद् कुरा हो ।” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “आप्mना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।”
कोरोना भाइरसको महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइलगायतका सेवामा क्रियाशील श्रमजीवीहरु यसका उदाहरण भएको उल्लेख गर्दै उनले ‘काम, मनोरञ्जन र आराम’ बीच सन्तुलन कायम गर्न माग स्थापित श्रमिक दिवसमा श्रमिकको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनका लागि भएका सबै आन्दोलनको स्मरण गरिँदै आएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रमबिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ ।”
कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेको उल्लेख गर्दै उनले यसबाट सिर्जना भएको पीडाप्रति आफू जानकार तथा संवेदनशील रहेको जनाएका छन् ।
विगत दुई वर्षयता श्रमिकको न्यूनतम पारिश्रमिक, इतिहासमै उच्च अर्थात् ३९ प्रतिशतले वृद्धि भएको, आर्थिक वृद्धि दोहोरो अङ्कको लक्ष्य हासिल गर्नेतर्फ लम्किएको, श्रम क्षेत्रमा बजेट दोब्बर गरिएको, दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालित हुँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २२ लाख श्रम दिन बराबरको रोजगारी सिर्जना आदि उपलब्धिको चर्चा सन्देशमा गरेका छन् ।
कोरोना महामारीविरुद्धकोे अग्रमोर्चामा रहेका सबैका लागि रु २५ लाख रकम बराबरको बीमा गरिएको, व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै उनीहरुको भत्तामा शतप्रतिशतसम्म थप गरिएको र लकडाउनको अवधिको पारिश्रमिक कायम गर्न र महिला स्वास्थ्य स्वयंसेवीलाई एकमुष्ट रु एक हजार ५०० थप भत्ताको व्यवस्था गरिएको पनि उहाँले दोहोर्याएका छन् ।
सन्देशमा दैनिक गर्ने कामबाट जीवन धानिरहेकाहरुलाई भोकै पर्न नदिन नेपालमा ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारको नीतिअन्तर्गत स्थानीय तह, प्रदेश तथा केन्द्रीय प्रशासनको संयोजनमा राहतको व्यवस्था गरिएको उल्लेख छ । उनले भनेका छन्, “तर घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईँहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SsUfgq via IFTTT
काठमाडौं । कोभिड–१९ सम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चाङ्शा उडेको छ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको न्यारोबडी जहाज विहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडान भरेको कम्पनीले जनाएको छ ।
काठमाडौँबाट उडान भरेको यो जहाज आज राति १२ः५ बजे चाङ्शास्थित हुवानघुवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । एयरवस ३२० कलसाइन नाइनए एएलडब्लु कार्गो जहाज शुक्रबार बिहान ६ः४० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले लकडाउनको अवधिमा चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि यही वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।
हिमालयको जहाज चाङ्शाबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान काठमाडौँ अवतरण गर्नेछ । लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।
हिमालय एयरलाइन्सले यस उडानका लागी आवश्यक लजिस्टिक सेवाशर्तहरुका लागि नियामक निकायबाट स्वीकृति पाएअनुसार सबै प्रकारका आधारहरु पूरा गरेर चाङ्शा उडान भरेको कम्पनीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
हिमालयको चाङ्शासँग एयर लिंक पहिले नै स्थापित छ । कोभिड–१९को प्रकोप अघि नै हिमालयले २० नोभेम्बर २०१९ देखि मध्यचीनको हुनानप्रान्तको राजधानीचाङ्शाको साप्ताहिक सीधा उडान गर्दै आएको छ ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पछिल्लो ग्वाङ्जाओ कार्गो उडान सफलतापूर्वक सञ्चालन गरेको ंर चाङ्शा कम्पनीको उडान स्थलहरू मध्ये एक भएकाले दोस्रो कार्गो उडानका लागि सहज भएको बताए ।
उनले कोभिड–१९को प्रकोप हुनुभन्दा अघि नै चीनका पाँच शहरहरुमा उडान सेवा शुरु गरिसकेको र यी हवाई पूलहरूमार्फत महामारीका विरूद्ध लडाइँ जित्नु र राष्ट्रको आपूर्तिलाई सहज गर्न अत्यावश्यक मेडिकल सामग्री ल्याउन कम्पनी तयारी अवस्थामा रहेको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको विशेष स्वीकृति प्राप्त गरिसकेपछि, हिमालय एयरलाइन्सको फ्लाईट क्रुले नेपाल सरकारको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएको कम्पनीले जनाएको छ । उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याउनेछ ।
नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।
हिमालयले अहिले आठ बिजनेस क्लास र १५० इकोनोमीक्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र आठ बिजनेस क्लास र १२० इकोनोमीक्लास सीट भएको एक ए३१९–११५ एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । एयरलाइन्सको निकट भविष्यमा ल्हासा उडान शुरु गर्ने योजना छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2z1NICE via IFTTT
काठमाडौं । नेपाल प्रहरीको १६ प्रहरी बरीष्ठ उपरीक्षक (एसएसपीको सरुवा भएको छ ।
सरुवा भएकामा एसएसपी उमेशराज जोशी संघीय प्रहरी इकाई काभ्रेपलाञ्चोक, टेकबहादुर तामाङ तालिम केन्द्र विराटनगर, श्यामलाल ज्ञवाली महानगरीय प्रहरी परिसर काठमाडौं, दीपक थापा अपराध महाशाखा छन् ।
त्यस्तै, नेपाल प्रहरीमा नयाँ बढुवा भएका १९ जना एसएसपीको पदस्थापन गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Wax6jQ via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा सधैँ आफू पहिले बोल्ने ओलीले बुधबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोल्न आग्रह गरेका थिए ।
प्रचण्डले आफ्नो धारणा राख्न नपाउँदै ओलीले योजनावद्ध तरिकाले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याए । त्यतिमात्र होइन उनले वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।
आफूविरुद्ध एक ठाउँमा उभिएका सचिवालयका बहुसंख्यक सदस्यलाई विभाजन गर्ने उद्देश्यसहित ओलीले गौतमलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन् । ओलीको प्रस्तावले गौतम उत्साहित भएका छन् । तर उनले प्रधानमन्त्री बन्ने आधार भन्दा पनि आउँदो संकट टार्ने उद्देश्यले ओलीले उक्त प्रस्ताव ल्याएको भन्दै बुधबार राती नै आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।
प्रचण्ड र नेपालबीचको सम्बन्धमा पनि दरार ल्याउनका लागि ओलीले तेस्रो अध्यक्षको कार्ड फालेका छन् । जुन कुरा वरिष्ठ नेता नेपालले बैठकमै अस्विकार गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन ओलीलाई आग्रह गरेका छन् । ९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल छन् । सचिवालय बैठकमा ओलीको प्रस्तावको दुई जनाले मात्रै समर्थन गरेका थिए ।
बैठकमा के भयो ?
अध्यक्षद्वय ओली र प्रचण्डको अध्यक्षतामा सुरु भएको बैठकमा ओलीले आज ‘प्रचण्डजी बोल्नु हुन्छ’ भन्दै अर्का अध्यक्ष प्रचण्डलाई बोल्न आग्रह गरे । प्रचण्डले सुरुवात देखि नै ओलीले पार्टीलाई सिंगो पार्टी भन्दा पनि गुटको रुपमा चलाएको आरोप लगाए । आफूले सुरुदेखि लामो समयसम्म पार्टीमा सुधारको पक्षमा रहेको तर ओलीले आफू निकट लगाएर विभिन्न प्रचारबाजी गरेको प्रचण्डको भनाइ थियो ।
बैठकमा प्रचण्डले भने, ‘मलाई सुरुमै पनि प्रधानमन्त्री बन्ने अवसर थियो । पाँच वर्ष प्रधानमन्त्री बन्ने आधार तपाईँहरुले पाउनु पनि भएको थियो । तर मलाई प्रधानमन्त्री होइन, पार्टी एकता आवश्यक ठानेर पार्टी एकता गरेँ । त्यसपछि भएका सहमति पनि तपाईँले कुनै पनि पालना गर्नु भएन । मैले आधा-आधा कार्यकालको प्रधानमन्त्री, एकल अध्यक्ष सबैकुरा छाडे । तर तपाईँले हामीविरुद्ध षड्यन्त्र गरेर अगाडि बढ्न थाल्नु भयो ।’
प्रचण्डले ओलीले पार्टी एकताविरुद्ध गरेका विभिन्न उदाहरण बैठकमा राखेका थिए । उनले भने, ‘पार्टीका भन्दा आफ्ना मान्छे भेला पारेर सुरुवातदेखि नै पार्टी एकताविरोधी गतिविधिमा तपाईँ लाग्नु भयो । पटक पटक अपठ्यारो पर्दा तपाईँले के कुरामा कम्परमाइज गर्नुभयो ? योगदान भनेको त्याग पनि हो । तपाईँमा त्यो गुण नै छैन । पहिलो केन्द्रीय समिति बैठकदेखि नै एकताविरोधी गतिविधिमा तपाईँ सक्रिया हुनुभयो । विधानमा भएका राजनीतिक लाइनलाई तपाईँले नमान्ने ? अन्तिममा आएर जनताको मायाले भएको पार्टी एकतालाई विघटन गर्न खोज्ने ?’
प्रचण्डले अध्यादेश ल्याउनेदेखि राजदूत फिर्तासम्म कुनै पनि कुरामा पार्टी नेतृत्वसँग सल्लाह नगरिएको बताए । उनले भने, ‘तपाईँले आफ्नै पार्टी फुटाउनका लागि अध्यादेश ल्याउने ? संवैधानिक परिषद् ऐन ल्याएर सत्ता र पार्टी कब्जा गर्न खोज्ने ? विभिन्न डर, धम्की दिने ? पार्टी विरोधी गतिविधि गरेकाले तपाइँले राजीनामा गर्नुस् ।’
प्रचण्डले आफ्नो धारणा राख्न नपाउँदै ओलीले भूमिका नबाँधेर सबैलाई आश्चर्यमा पार्नेगरी गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । उनले भने, ‘यहाँ के के भइरहेको छ मलाई सबै कुरा थाहा छ । राजीनामाको प्रस्ताव त आयो, तर को प्रधानमन्त्री बन्ने ? मेरो प्रस्ताव छ कोरोना महामारीपछि मैले राजीनामा दिन्छु बामदेवलाई प्रधानमन्त्री बनाम । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्नेगरी संविधान संशोधन गरेर वा कुनै निर्वाचन क्षेत्र खाली गरेर उहाँलाई जिताएर प्रधानमन्त्री बनाम । म यी दुवै विकल्पका लागि मार्गप्रशस्त गर्न तयार छु ।’
वरिष्ठ नेता नेपाललाई व्यग्य गर्दै उनले तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका अर्का एक सचिवालय सदस्यले जानकारी दिए । उनका अनुसार ओलीले बैठकमा भने, ‘साथीहरुलाई पद चाहिँएको छ । माधव कमरेडको पनि मान मर्यादा पुगेन भन्ने छ । उहाँलाई पनि पार्टीको तेस्रो अध्यक्ष बनाम । दुईमा एक थपौँ, के बिग्रिन्छ ? मेरा यी विकल्पहरु छन् । यी विषयमा हामी छलफल गरौँ । अहिले पद त्याग्नु जगहँसाइ मात्र हुन्छ । त्यसैले महामारीपछि राजीनामा दिन्छु ।’
ओलीले आफ्ना धारणा राखेपछि वरिष्ठ नेता झलनाथ खनालले आफ्नो धारणा राखेका थिए । उनले ओलीको प्रस्तावलाई व्यग्य गर्दै पार्टीको निर्णय नमान्ने गरेको आरोप लगाएका स्रोतको भनाइ छ । खनालले बैठकमा भने, ‘पार्टीका नेताविरुद्ध मानमर्दन गरेको छ । पार्टी निर्णय नमान्ने अहिले विभिन्न षड्यन्त्र गर्ने ? त्यसैले स्थायी कमिटी बैठक बोलाउनु पर्छ । पार्टीले भन्यो भने तपाईँ (ओली)ले राजीनामा दिनुपर्छ ।’
आफूलाई व्यग्य गरेकोमा आपत्ति जनाउँदै अर्का वरिष्ठ नेता नेपालले भने, ‘तपाईँ(ओली)मा अहंकार धेरै भयो । यहाँ बैठकमा पनि तपाईँले अहंकार देखाउनु भयो । पार्टीका बैठक नै नराख्ने, तर गुटका बैठक राखेको राख्यै । सरकारको लोकप्रीयता झरेर कहाँ पुग्यो ? तपाईँकै लोकप्रीयता झरेको छ । त्यसैले अब ढिला नगरीकन राजीनामा दिएर मार्गप्रस्स्त गर्नुपर्छ । बाटो रोकेर अनेक खेल गर्ने ? ‘
वरिष्ठ नेता नेपालपछि बोलेका गौतमले प्रधानमन्त्रीको प्रस्तावमा घुमाउरो पाराले शंका व्यक्त गरे । उनले बैठकमा भने, ‘मलाइ त यो सपना जस्तै लागेको छ । यस्तो प्रस्ताव आउला भन्ने त मैले सोचेको थिएन । प्रधानमन्त्रीको प्रस्ताव ठिक छ । अब स्थायी कमिटी बैठक भन्दा पनि सचिवालयबाट निर्णय गरौँ । तर यो कुरा पहिले आउनु पर्थ्यो ।’
बैठकमा बामदेव गौतमपछि बोलेका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले महामारीको समयमा सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जनता नै निराश हुने काम भइरहेको बताए । उनले भने, ‘लोकतान्त्रिक विधि, मूल्य, माध्याता अनुसार सरकार, पार्टी चल्नुपर्छ कोरोना महामारीले देश संकटमा परेका बेलामा पार्टीले निर्णय निर्णहरु पनि विचार पुर्याएर लिनुपर्छ । त्यसैले स्थायी कमिटीको बैठकमा यी विषयमा छलफल गरौँ ।’
बैठकमा थोरै समय बोलेका रामबहादुर थापा बादलले प्रधानमन्त्रीको प्रस्तावमा असहमति जनाएका छन् । उनले बैठकमा भने, ‘अहिले प्रधानमन्त्रीले राजीनामा दिने कुरा ठिक छैन । बामदेवजीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पनि ठिक छैन । त्यसैले पार्टीले निर्णय लिँदा धेरै कुराको ख्याल गर्नुपर्छ ।’
महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले पनि बैठकमा कम समय बोलेका थिए । दुवैजनाले प्रधानमन्त्रीको प्रस्तावमा सहमति जनाए । दुवैजनाले प्रधानमन्त्रीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन आएको प्रस्तावमा समर्थन गरे । प्रधानमन्त्रीको प्रस्तावबाहेकमा सहमति हुन नसक्ने भन्दै पोखरेलले अन्य प्रस्ताव ल्याएमा त्यसको प्रतिवाद गरिने चेतावनी दिए । पौडेलले प्रधानमन्त्रीको प्रस्ताव समस्या समाधानको उपयुक्त बाटो भएकाले त्यसै अनुसार निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।
ओलीले चलाखीपूर्ण तरिकाले आफूविरुद्धको गठबन्धन विभाजन गर्ने उद्देश्यले प्रसताव गरेपछि बुधबार राती नै नेताहरुले अनौपचारिक छलफल गरेका छन् । गौतमले पनि आफूलाई राष्ट्रियसभाबाट आउँदा संविधान संशोधन गर्नुपर्नेमा नेकपासँग दुईतिहाइ बहुमत नभएको र प्रतिनिधिसभा सदस्यलाई कुनै क्षेत्रबाट राजीनामा गराएर चुनाव गर्दा उनकै सचिवालयमा भएका व्यक्तिले पहिले चुनाव हराएकाले आफू सचेत बनेको बताएका एक सचिवालय सदस्यले बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SiSKkX via IFTTT
काठमाडौं । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन अस्वीकार गरेको छ ।
जनता समाजवादी पार्टीका सांसदहरुको उजुरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको हो ।
सरकारी वकिल कार्यालयले सात दिनको समय दिन आग्रह गरे पनि जनता समाजवादीका नेताहरु तुरुन्तै दर्ता हुनुपर्ने अडान राखेका थिए ।
यसअघि जाहेरी महानगरीय प्रहरी परिसर टेकुले दर्ता गर्न इन्कार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु उजुरी गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेका थिए ।
सांसद यादवको तर्फबाट उजुरी दर्ता गर्न उपेन्द्र यादव, राजेन्द्र महतो, महिन्द्रराय यादव, अशोक राईलगायतका नेता सरकारी वकिलको कार्यालय पुगेका थिए ।
समाजवादीका सांसद डा. यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौँसम्म ल्याएको उनीहरुले आरोप लगाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bHHlCN via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज सचिवालय बैठक बोलाएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । बैठक साँझ ५ बजे बोलाइएको छ ।
पार्टीमा विवाद बढ्दै गएपछि ओली र प्रचण्डले बुधबार सचिवालय बैठक बोलाउने समझारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राजनीतिक दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेशपछि वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। प्रधानमन्त्रीलाई नेपाल र प्रचण्ड समूहका नेताहरुले अप्ठ्यारो पारेपछि बैठक टार्दै आएका थिए।
मंगलबार अध्यक्ष ओली र प्रचण्डबीच संवाद भएपछि सचिवालय बैठक बोलाउने समझदारी जुटेको हो।
केही दिन यता नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब बढेको हो । केही दिन अघि नेकपाका २० स्थायी कमिटी सदस्यहरुले लिखित रुपमा अध्यक्षद्वयलाई सामूहिक पत्र बुझाउँदै बैठकको माग गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2KKkUAW via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद टुंग्याउनका लागि सचिवालय बैठक बोलाउने सहमति भएको छ ।
सोमबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा दुई समूहका नेताबीच भएको छलफलमा मंगलबार पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
पछिल्लो विवादको विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाउन माग गरिएपनि सोमबार नेपाल निवासमा भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति जुटेको हो ।
नेपाल निवासमा भएको छलफलमा ओली समूहबाट उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपाल आफैं, स्थायी कमिटी सदस्य भीम रावल, रघुजी पन्त लगायत सहभागी थिए ।
अघिल्लो हप्ता मन्त्रिपरिषद बैठकले २ वटा विवादित अध्यादेश ल्याएपछि नेकपामा आन्तरिक विवाद चर्किदै गएको छ । पार्टी भित्रकै नेताहरुको दवावका कारण सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी २ विवादित अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै अध्यादेश खारेज गरिसकेकी छन् ।
तर, प्रधानमन्त्री ओलीको ‘निर्देशन’मा साबिकको समाजवादी पार्टी फुटाउनका लागि पूर्व राज्यमन्त्री समेत रहेका डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं पुर्याएको विषयलाई लिएर नेकपामा विवाद बढेको छ ।
नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पत्र नै बुझाइ सकेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cTRJaC via IFTTT