काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने भएको छ । कोरोना संक्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने रणनीति लिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ड. विकास देवकोटाले संक्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वारेन्टाइनको व्यवस्था कडाइका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताए । हाल देखिएका संक्रमितहरु सबै मुलुकभित्रका नभई बाहिरबाट आएका व्यक्ति भएको र उनीहरुबाट परिवारलगायत नजिकको सम्पर्कमा आएका अन्यमा सरेको नदेखिएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको पनि उनले बताए ।
डा. देवकोटाले विदेशबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा राख्न सकेमा संक्रमण फैलनबाट सजिलै रोक्न सकिने बताए । त्यसैगरी शंकास्पदहरुको नमुना परीक्षणको दायरा बढाउनुको साथै अस्पतालहरुको व्यवस्थापन तयारी, फिबर क्लिनिक, आवश्यक जनशक्ति र व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्ततालाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए ।
प्रवक्ता देवकोटाले संक्रमण रोक्नका लागि लकडाउन नै प्रभावकारी उपाय भएकाले लकडाउलाई प्रभावकारी बनाउनेतर्फ सरकार कडा रुपमा प्रस्तुत हुने बताए । कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले गरेका आदेशको प्रभावकारी कार्यान्वयन गराउन गठन भएको कोभिड १९ क्राइसिम म्यानेजमेण्ट सेन्टर (निर्देशक समिति)ले विभिन्न चारवटा समिति बनाएर काम सुरु गरिसकेको पनि उनले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/341SpYr via IFTTT
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास लिनको घुइँचो लागेको छ ।
प्रशासन कार्यालयमा मंगलबार पास लिन आउनेहरुको घुइँचो अस्वभाविक देखियो । अस्तव्यस्त पनि त्यस्तै । पहिलो चरणको लकडाउन अवधिभर सञ्चालन गर्न दिइएको पासको अवधि सकिएकाले पनि मंगलबार पास लिन आउनेहरुको घुइचो बढेको हो । तर न्युनतम सामाजिक दूरी कायम गराउने सवालमा भने प्रशासनले पहल गरेको देखिएन ।
प्रशासनबाट खटिएका अधिकारीले झुण्डको रुपमा भेला भएकाहरुलाई नाम बोलाउँदै पास वितरण गरेको देखिन्थ्यो । लकडाउनको समयमा अत्यावश्यक क्षेत्रका कर्मचारी र सवारीसाधनलाई आवागमन सहज पार्न भन्दै सरकारले क्षेत्रअनुसार पास वितरण गर्ने निकाय तोकेपछि पास लिनेहरुको घुइँचो ह्वात्तै बढेको हो । जिल्ला प्रशासन कार्यालयले आकस्मिक सवारी पास मात्रै दिने भनिए पनि विभिन्न क्षेत्रका व्यक्तिहरु पनि पास लिन कार्यालय पुगेका देखिन्थे ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैकले, राष्ट्रसेवक कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल र खाद्य वस्तुलगायत दैनिक उपभोग्य वस्तुहरु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरुका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण गर्ने व्यवस्था मिलाएपछि तुलनात्मक रुपमा सवारी साधन पास लिने र सञ्चालन गर्नेहरुको भीड सडकमा बढेको छ ।
लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो । तर, पहुँचका आधारमा पास लिने तथा विना पास सवारी साधन लिएर सडकमा आउनेहरुको संख्या पनि उत्तिकै बढीरहदा लकडाउनको प्रभावकारीता माथि नै प्रश्न उब्जिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2UKfydu via IFTTT
१८ चैत, काठमाडौं । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् ।
कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ । सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान र्पुयाउने घोषणा गरेकी हुन् ।

यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् ।
भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस फैलिन नदिन २१ दिनको ‘लकडाउन’ को घोषणा गरेका थिए । भारतमा यस सङ्क्रमणबाट ३२ जनाको ज्यान जानुको साथै १ हजार २५१ सङ्क्रमित रहेका छन् ।
The post कोरोना कोषमा लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/2wOniTS
via IFTTT
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका नगर प्रमुखको अध्यक्षातामा नगरपालिकाकामा कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणबारे महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा विपत व्यवस्थापन राहत कोष व्यवस्थापन गरी सम्पूर्णलाइ सहयोग गर्न अपिल गर्ने, कुनै व्यक्ति संघ संस्थाले नगरपालिकाबाट पूर्व स्वीकृत नलिई राहत वितरण गर्न नपाउने तथा लकडाउनलाई प्रभावकारी बनाउन कार्यपालिकालाइ अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकमा महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिकाले हालसम्म गरेको कार्य प्रगति माथि पनि छलफल भएको थियो । यसै गरि नगरमा भएका बिपन्न वर्गको रोजीरोटी व्यवस्था गर्न नगर उपप्रमुख रमादेवी राइको संयोजकत्वमा समिति बनाउने लगायतको रहेको छ ।
बैठकमा बागमती प्रदेश सभा सदस्य दिपक निरौला, बागमती प्रदेश सभा सदस्य कुसुम कुमार कार्की, नगर उप प्रमुख रमादेवी राई, नेकपा नगर कमिटि अध्यक्ष रविन अधिकारी, नेकपा नगर कमिटि सचिव प्रदिप डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद रिसाल, सल्लाह सुन्दर पुर्कुटी,वडा नम्बर १० का वडा अध्यक्ष तथा नगर प्रबक्ता नवराज भट्टराई, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर विपत व्यवस्थापन संयोजक सुरेन्द्र लामा, वडा नम्बर १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ, नेपाली सेनाका प्रमुख सेनानी दिपक कोइराला, प्रहरी निरीक्षक भुपेन्द्र गिरि, लेखा शाखाका प्रमुख लोकबहादुर बोहोरा, स्वास्थ्य शाखाका प्रमुख कुमार दाहाल, योजना शाखाका प्रमुख महेस पाठक तथा प्रहरी नायब उपरीक्षक उमेश लम्साल उपस्थित थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2QXaDEZ via IFTTT
गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरेको छ ।
क्लोरिन स्प्रे गरेपछि २४ घण्टासम्म कीटाणुबाट बच्न सकिने भएकाले त्रासबाट नागरिकलाई बचाउन सकिने चिकित्सकको सल्लाहअनुसार नगरापालिकाका वडा नं ५, ६, ७ र ८ क्षेत्रमा छर्की सकिएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए । आज नगरपालिकाका वडा नं ९, ४, ३, २ र १ मा पनि क्लोरिन छर्कने कार्यक्रम रहेको पनि उनले सुनाए ।
खाद्यान्न अभाव हुन नदिन १० हटलाइनको व्यवस्था गरी नगरपालिकाको वेबसाइटमा राखिनुका साथै सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसका कारण अत्यावश्यक खाद्यान्नका लागि नगरवासीले चिन्ता लिनुनपर्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
बाहिरका मानिस प्रवेश निषेध
नगरपालिकाको वडा नं ३ साविकको बालुवा गाविसका स्थानीयवासीले सूचना टाँस गरी बाहिरबाट आउने मानिसलाई वडाभित्र प्रवेशमा रोक लगाएका छन् । बाहिरबाट आएका मानिसका माध्यमबाट वडावासीमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावना देखिएकाले यस्तो गर्नुपरेको स्थानीय राजकुमार केसीले राससलाई बताए ।
यज्ञडोल (जगडोल) सामुदायिक वनको राष्ट्रिय शहीद स्मारक निर्माणस्थलमा बिहान धेरै मानिस प्रभातीय हिँडडुलमा आउने क्रम नरोकिँदा सङ्क्रमण फैलन सक्ने खतरालाई न्यून गर्न यसो गरिएको हो ।
स्थानीवासीले प्रहरीलाई समेत खबर गरेपछि हाल गस्ती बढाइएको छ । कोरोनाको खतरा अन्त्य नभएसम्म घरघरमा आउने पाहुनाका लागि पनि निषेध गरिएको सूचनामा उल्लेख छ ।
वडाध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गठन भएको विपद् व्यवस्थापन उपसमितिले विदेशबाट आएका मानिस छन् कि भनी खोज अभियानसमेत सञ्चालन गरेको थियो । पहिलो चरणको खोज अभियानबाट विदेशबाट आएका मानिस वडामा बसेको नभेटिएको वडाध्यक्ष भण्डारीले बताए ।
प्रसूति हुने महिला, कोरोनाको लक्षण देखिन सक्ने बिरामी र अन्य गम्भीर रोग लागी तत्काल अस्पताल जानुपरेमा सवारी साधन तयारी अवस्थामा राखिएको पनि उनले सुनाए ।
स्थानीयवासी खेतीपातीको कामसमेत नगरी घरभित्रै बसेका छन् । खाद्यान्न पसल बिहान बेलुकीमात्र खोली भीडभाड नगर्न पनि वडा कार्यालयले आह्वान गरेको जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2yknjj1 via IFTTT
काठमाडौँ । आइतवार साझ बसेको मन्त्रिपरिषदको बैठकले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ ।
मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।
घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ ।
अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2QTe93a via IFTTT
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ ।
कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ ।
अहिले कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ३ हजार ७ सय ९८ पुगेको छ ।
अमेरिकामा १८ हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने १ हजार ६ सय ९३ पुगेको छ । जसमा ३ सय ९८ नयाँ मृत्यु हुन् ।
इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको ज्यान गएको हो ।
कोरोना भाइरसको महामारी फैलिय यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।
युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेका छन् । तर पनि संक्रमितको मृत्यु हुने क्रम भने कम हुन सकेको छैन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39qzNCz via IFTTT