काठमाडौं– आज कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवस । नेपालमा कम्युनिष्ट पार्टीहरुले स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् ।
७१ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि उनको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो । सिद्धान्ततः मार्क्सवाद र लेलिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिष्ट पार्टी कार्यशैली र विचारधारागत मतभेदका कारण विभिन्न टुक्रामा विभाजित छन् ।
तर गत वर्ष तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर अहिले देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनेको छ र यही पार्टीले अहिले देशको शासन चलाई रहेको छ ।
कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर नेकपाले एकता भएको ११ महिनापछि तल्ला तहरुको एकीकरण सकेको छ र आजै एक कार्यक्रमकाबीच यसको घोषणा गर्ने कार्यक्रम रहेको् छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VTLf3z via IFTTT
बलिउड नायिका साइरा खानको हृदयघातको कारण अप्रिल १९ मा निधन भएको छ।
साइराले ‘कामसुत्र 3D’ फिल्ममा मुख्य भुमिका निभाएका थिइन। फिल्म रुपेश पलको निर्देशनमा बनेको थियो।
फिल्मको मूख्य भूमिका शर्लिन चोपडाले निभाउने तय थियो। तर पछि सर्लिनलाई रिप्लेस गर्दै साइराले यो फिल्म खेल्ने अवसर पाएकी थिइन।
रुढीवादी मुस्लिम परिवारकी साइरालाई यो भूमिका निकै चुनौतीपुर्ण भएको रुपेश सम्झिन्छन्। उनी भन्छन्, ‘यो फिल्ममा लिनको लागि धेरै समस्या भोग्नुपर्यो।’
साइराको मृत्युको खबरले दुखी भएको बताउँदै निर्देशन रुपेश पलले ने ‘यो खबरमा कसैले पनि समवेदना प्रकट गरेरनन्, यो आश्चर्यको कुरा भयो। उनको अभिनयको लागि उनी पहिचानको लायक थिइन। यसको वाबजुद पनि अज्ञात बनिनु अझ दुःखको कुरा हो। दुःखको क्षणमा छौ, उनको आत्माले शान्ति पाओस्।’
‘कामसुत्र 3D’मा काम गर्नुपूर्व साइराले केही क्षेत्रीय फिल्महरुमा काम गरेकी थिइन।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2GB3pSC
via IFTTT
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको वर्षे अधिवेशन आह्वान गरेकी छन् ।
संघीय संसदका महासचिवलाई पत्राचार गर्दै राष्ट्रपति भण्डारीले वैशाख १६ गतेका लागि संघीय संसदका दुवै सदनकाे अधिवेशन आह्वान गरेको जनाएकी हुन् ।
यो अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । सरकारले आगामी अधिवेशनमा अन्य आवश्यक विधेयकहरु पनि अगाडि बढाउने तयारी गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Do0iv4 via IFTTT
काठमाडौं – सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई वार्तामा आउन पत्र पठाएको छ ।
हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका विभिन्न २२ बुँदे माग राख्दै सडक आन्दोलनमा रहेको राप्रपालाई सरकारले वार्तामा बोलाएको हो ।
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पत्र लेखी वार्तामा आउन आग्रह गरेका हुन् । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारको कदमलाई राप्रपाले सकारात्मक रुपमा लिएको बताए । उनले केही दिनमै वार्ता टोली गठन गर्ने पनि जानकारी दिए ।
गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको राप्रपाले आन्दोलनको कार्यक्रम अन्तर्गत मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालगायतका सडक प्रदर्शन कार्यक्रम पनि गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VXeDGf via IFTTT
पोखरा– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छिन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न नसकोको दाबी गरिन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति /व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् ।
एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु नहुने बताउँदै उनले भनिन् “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।”
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XoWmSm via IFTTT
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले पूर्णता पाएको छ । टुग्गिएको एकता प्रक्रियालाई आज (आइतबार) साँझ ६ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्नेछ ।
आज बस्ने सचिवालय बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिई भोलि (सोमबार) एकता प्रक्रियाको सम्पूर्ण विषय टुंग्एिको घोषणा गर्ने तयारी नेकपाले गरेको छ ।
पार्टी एकताको सम्पूर्ण काम टुंग्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गरिएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुंगिएका विषयलाई सचिवालयले अनुमोदन गर्ने बताए ।
आज बिहान बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा पार्टीको जिम्मेवारी दिँदा अनुहारलाई नभई नीति र सिद्धान्तलाई अबलम्बन गरिने सहमति भएको छ ।
सोही सहमति अनुसार साँझ ६ बजे सचिवालय बैठक बस्ने छ । सचिवालय बैठक अघि अध्यक्षद्वय ओली र प्रचण्डबीच अहिलेसम्म भएका सहमतिका विषयलाई पूर्णता दिने विषयमा छलफल हुनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZoJsWr via IFTTT
काठमाडौं – गत वर्ष जेठमा पार्टी एकता गरेका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण अझै पूर्ण हुन सकेको छैन ।
एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (ने क पा) गठन भए पनि तल्ला कमिटीहरुको एकताले पूर्णता पाउन नसकेको हो ।
दुई पार्टीबीच एकता भएको १ वर्ष पुग्नै लाग्दासमेत पार्टी एकता नटुंगिदा नेकपाका तत्ला कमिटीका नेता कार्यकर्ताहरुमा निराशा छाएको छ ।
लामो समयदेखि अवरुद्ध भएको पार्टी एकताको प्रकृयालाई अन्तिम टुंगोमा पु¥याउन नेकपाका शीर्ष नेताहरु पछिल्लो समय सक्रिय भएका छन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतका नेता पार्टी एकीकरणलाई अन्तिम रुप दिन केही दिनयता निरन्तर छलफलमा रहेको नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।
शुक्रवार र शनिवार पनि शीर्ष नेताहरुले एकताका बाँकी काम पूरा गर्ने सम्बन्धमा छलफल गरेका थिए ।
‘पार्टी एकीकरण टुंगोमा पुर्याउने विषयमा देखिएको समस्या समाधानका लागि शीर्ष नेताहरु निरन्तर छलफलमा जुट्नुभएको छ’ ज्ञवालीले भने, ‘सम्भवत सोमबार(भोलि) यसबारे घोषणा हुन सक्छ ।’
नेताहरु कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन पारेर वैशाख ९ गते (भोलि) एकता प्रक्रिया टुंग्याउने तयारीमा जुटेका हुन् ।
केही स्थानीय तहमा जिल्ला कार्यदलले एकताको टुंगो लगाएपनि ७७ जिल्ला कमिटी ११ महिनादेखि छुट्टा छुट्टै अस्तित्वमा छन्, त्यो पनि विघटित अवस्थामा ।
नेकपामा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् । नेता नेपाल पक्षलाई समेटेर एकतालाई अन्तिम निष्कर्षमा पुर्याउने तयारीमा अध्यक्षद्वय ओली र प्रचण्ड लागेका हुन् ।
‘पार्टी एकीकरणको सबैकाम सक्ने जिम्मेवारी पार्टीले दुई जना अध्यक्षहरुलाई दिएको थियो’ नेता ज्ञवालीले भने, ‘तर माधव नेपाल लगायतका नेताले एकलौटी रुपमा नभइ निश्चित विधि र मापदण्ड बनाएर पार्टी एकीकरणका काम सक्नु पर्ने बताउँदै आउनुभएको थियो ।’
यसअघि नेता नेपालले आफू पक्षधर नेतालाई पेल्न खोजेको र वरिष्ठताका आधारमा मापदण्ड बनाएर एकता गर्नुपर्ने बताउँदै आएका थिए ।
प्रदेशका इन्चार्ज र सहइन्चार्ज लगायत तोक्दा आफू पक्षधरलाई बाहिर राखिएको नेता नेपालले आरोप लगाउँदै आएका थिए ।
नेता नेपाल समूहले पार्टी अध्यक्षहरु एकलौटी रुपमा अघि बढ्न खोजे पत्रकार सम्मेलन गरेर समानान्तर कमिटिहरु घोषणा गरेर अघि जाने तयारी गरेसँगै दुई अध्यक्षले पार्टी एकीकरणको बाँकी काम तत्काल सक्न नेता नेपालसँगको छलफललाई अघि बढाएको नेता नेपाल पक्षधर एक नेताले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UuQkxL via IFTTT