काठमाडौं – धुँवा धूलोका कारण काठमाडौं विश्वको प्रदुषित शहरमा समेत दर्ज भएको छ ।
सरकारले धुँवाधूलो नियन्त्रण गर्ने बताइरहेपनि त्यसले मूर्त रुपमा लिन सकेको छैन । काठमाडौं महानगरपालिकाले पनि धूलो नियन्त्रणलाई प्राथमिकतामा राख्ने जनाएपनि त्यो सफल हुन सकेको छैन ।
महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको लामो समय वितिसकेपनि महानगरपालिकाले महानगरभित्रको धूलो नियन्त्रण गर्न सकेको छैन भन्ने आरोप सर्वसाधारणले लगाएका छन् ।
तर, महानगरपालिकाले भने राजधानीको धूलो नियन्त्रणका लागि सडक पखाल्ने देखि ब्रुमरको प्रयोग गरिरहेको दाबी गरेको छ ।
मेलम्ची खानेपानीका लागि खनिएको सडकका कारण धूलो नियन्त्रणका लागि समस्या परेको महानगरले बताउँदै आएको छ ।
केही समय अघि महानगरपालिकाका मेयर विद्यासुन्दुर शाक्यले आफ्नो कार्यकालभरी नै मेलम्ची खानेपानीकालागि सडक खनिने भएका कारण धूलो नियन्त्रण गर्न नसकिने भनेर चिन्तासमेत व्यक्त गरेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ufpaAt via IFTTT
काठमाडौं – पछिल्लो ३ वर्षमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७३ ठाउँमा विस्फोट र आगजनी गरेको छ । सबैभन्दा धेरै विस्फोटका घटना उनीहरुले चालू आर्थिक वर्षमा गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यस्तै ११ महिनाको अवधिमा विप्लवका ४ सय नेता कार्यकर्ता पक्राउ परेका छन् भने, ४४ हतियार बरामद भएको नयाँ पत्रिकामा खबर छ।
३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा शीर्षकको समाचारमा पोखरा विश्वविद्यालयअन्तर्गतका ४२ कलेजका ३ सय ३५ विद्यार्थीको परीक्षा अन्योलमा परेको छ । बिबिए र बिबिए–बिआईमा मापदण्डविपरीत भर्ना गरिएका विद्यार्थीको परीक्षा फारम विश्वविद्यालयले नबुझेपछि ती विद्यार्थीको परीक्षामा सहभागिताबारेअन्योल भएको हो।
विश्वविद्यालयले तय गरेको नतिजा ल्याएका १२ कक्षा उत्तीर्णलाई मात्रै भर्ना गर्नुपर्ने मापदण्ड तोडेर कलेजहरूले विद्यार्थी भर्ना गरेका थिए। कलेजहरूले विद्यार्थीसँग भर्नाबापत ४० हजार र पहिलो सेमेस्टरको ६० हजारका दरले उठाइसकेका छन्। ओपेनका महासचिव नरबहादुर विष्टले बिबिए र बिबिए–बिआईमा भर्ना गरिएका ३ सय ३५ विद्यार्थीको परीक्षा फारम भर्ने सवालमा समस्या रहेको बताए।
निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टसहित आठजनाको थुनछेक बहस सकियो शीर्षकको समाचारमाबालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’ न्यायविरुद्धको कसुरमा मुद्दा चलाइएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित आठजनाको थुनछेक बहस सकिएको छ। जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई दिन भएको बहसको सुनुवाइ बिहीबार हुने अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। वादी, प्रतिवादी र एमिकस क्युरीका अधिवक्ताले मंगलबार र बुधबार बहस गरेका थिए।
तत्कालीन एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदको थुनछेक बहस भएको हो।
आठैजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन्। यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले पनि यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए। निर्मलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय दिलीपलाई पक्राउ गरी डिल्ली विष्ट नेतृत्वको प्रहरीले यातना दिएर
अपराध स्विकार्न बाध्य पारेको थियो। ४ भदौमा अभियुक्तका रूपमा सार्वजनिक गरेका उनी पछि डिएनए रिपोर्टमा निर्दोष देखिएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UGv7C5 via IFTTT
काठमाडौं– पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । आज (बिहीबार) नेपाल बन्द आह्वान गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको बम हुन सक्ने आशंकामा त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ChS47m via IFTTT
मकवानपुर – अज्ञात समूहले मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रक जलाएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजे अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको हो । आगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ ।
ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ । ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए ।
विप्लव नेतृत्वले आगजनी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2O5hYQ9 via IFTTT