काठमाडौँ । सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ।
कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भई फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी चौधरी निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र नदिएपछि अदालत पुगेका थिए।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले दर्ता गर्न नमिल्ने (दरपीठ) गरेको आदेशमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख छ।
चौधरीले फरार अवस्थामा वारेसनामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो।
विजयको प्रमाणपत्र नपाएपछि चौधरीले वारेसमार्फत दर्ता गर्न ल्याएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो।
‘कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतमा अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दालाई स्वीकार गरी अदालतमा उपस्थितसमेत नभएको व्यक्तिको हकमा सर्वोच्चमा निवेदन दर्ता गर्न मिल्ने देखिँदैन’, दरपीठ आदेशमा भनिएको छ ।
टीकापुरमा २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । सो घटनाको अभियुक्त चौधरी फरार अवस्थामा छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Bgrfi5 via IFTTT
काठमाडौं । दुई चरणमा गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
संवैधानिक व्यवस्थानुसार केन्द्रमा २५ र सात प्रदेशमा बढीमा ११० जना मन्त्री बन्ने देखिएको छ । संवैधानिक व्यवस्थाअनुसार केन्द्रमा २५ र सात प्रदेशमा ११० गरी मुलुकमा अब बढीमा १३५ जना मन्त्री बन्नेछन् ।
केन्द्रमा प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी कुल २७५ सदस्यीय सभा हुनेछ भने राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ ।
संघीय संसद दुई सदनात्मक हुँदा प्रदेशमा एक सदनात्मक संसदले काम गर्नेछ ।
जसअनुसार प्रदेश नम्बर–१ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ सदस्यीय संसद हुनेछ । जसमा ५६ प्रत्यक्ष र ३७ समानुपातिक सांसद हुनेछन् भने मन्त्रीको संख्या बढीमा १९ सदस्यीय हुनेछ ।
प्रदेश नम्बर–१ मा प्रत्यक्षतर्फ नेकपा एमालेले ३६, माओवादी केन्द्रले १०, नेपाली कांग्रेसले ८ र अन्यले २ सिट जितेका छन् ।
यस्तै, प्रदेश नम्बर–२ मा १०७ सदस्यीय संसद हुनेछ । जसमा प्रत्यक्ष ६४ र समानुपातिक ४३ रहनेछन् भने प्रादेशिक मन्त्रिपरिषद बढीमा २१ सदस्यीय हुनेछ ।
प्रदेश नम्बर–२ मा संघीय समाजवादी फोरम नेपालले १९, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले १५, एमाले १४ र अन्यले १५ सिट जितेका छन् ।
सबैभन्दा धेरै प्रदेश सांसद रहेको प्रदेश नम्बर–३ मा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० सदस्यीय प्रदेशसभा हुनेछ भने बढीमा २२ सदस्यीय प्रदेश मन्त्रिमन्डल बन्नेछ ।
प्रदेश नम्बर–३ मा नेकपा एमालेले ४२, माओवादी केन्द्रले १५, नेपाली कांग्रेसले ७ र अन्यले २ सिट जितेका छन् ।
प्रदेश नम्बर–४ मा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सदस्यीय संसद बन्नेछ । बढीमा १२ सदस्यीय मन्त्रिमन्डल बन्ने प्रदेश नम्बर–४ मा नेकपा एमालेले १७, माओवादी केन्द्रले ९, कांग्रेसले ६ र अन्यले ४ सिट जितेका छन् ।
यस्तै, प्रदेश नम्बर–५ मा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय प्रदेश संसद बन्नेछ भने बढीमा १७ सदस्यीय मन्त्रीमन्डल बन्नेछ ।
प्रदेश नम्बर–५ मा एमालेले २७, माओवादी केन्द्रले १५, कांग्रेसले ७ र अरुले ३ सिट जितेका छन् ।
प्रदेश नम्बर–६ मा प्रत्यक्ष २४ र समानुपातिक १६ गरी कुल ४० सदस्यीय प्रदेशसभा बन्नेछ । बढीमा ८ सदस्यीय मन्त्रिमन्डल बन्ने प्रदेश नम्बर–६ मा एमालेले १४, माओवादी केन्द्रले ९ र कांग्रेसले एक सिट जितेको छ ।
बढीमा ११ सदस्यीय प्रदेश मन्त्रिमन्डल बन्ने प्रदेश नम्बर–७ मा प्रत्यक्ष ३२ र समानुपातिक २१ गरी ५३ सदस्यीय प्रदेशसभा बन्नेछ ।
प्रदेश नम्बर–७ मा एमालेले १७, माओवादी केन्द्रले १०, कांग्रेसले ४ र अन्यले एक सिट जितेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2o93DJq via IFTTT
काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ ।
शुक्रबारसम्ममा गणना सकिने सम्भावना देखिएकोछ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये करिब ८५ प्रतिशत मत गणना भइसकेको छ । समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ ।
कसको कति मत रु
एमाले– २८ लाख ९६ हजार ६ सय ७१
कांग्रेस– २८ लाख १५ हजार ४ सय ४९
माओवादी केन्द्र– ११ लाख ६३ हजार ८ सय ८०
संघीय फोरम– ४ लाख १३ हजार १ सय १९
राजपा– ३ लाख ६९ हजार ७ सय ७३
राप्रपा– १ लाख ८६ हजार ८ सय १६
विवेकशील– १ लाख ९४ हजार ६ सय ३४
नयाँ शक्ति– ७४ हजार ६ सय ९२
राप्रपा ९प्रजातान्त्रिक०– ७२ हजार ८ सय १५
नेपाल मजदुर किसान पार्टी– ५२ हजार २ सय १४
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2C9BL9V via IFTTT
काठमाडौं । राष्ट्रिय सभा गठन नभएसम्म नयाँ सरकार गठन नहुने मात्रै होइन, प्रतिनिधिसभाका समानुतिक सांसदसमेत चयन नहुने संवैधानिक जटिलता देखिएको छ ।
दलहरुबीच अहिले सरकार गठनपूर्व नै राष्ट्रिय सभा आवश्यक छ कि छैन भन्ने बहस भइरहेको छ । सरकारको नेतृत्व गर्ने तयारीमा रहेका एमाले र माओवादी नेताहरुले सरकार गठनमा राष्ट्रिय सभाको सम्वन्ध नभएको बताएका छन् भने कांग्रेसले राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार बन्न सक्ने तर्क अगाडि सारेको छ ।
तर, संवैधानिक रुपमा राष्ट्रिय सभा गठन नभएसम्म सरकार बन्न नसक्ने मात्रै होइन, प्रतिनिधिसभाको समानुपातिक सांसदसमेत छान्न नसकिने देखिएको छ ।
संविधानको धारा ८३ ले संघीय संसद भन्नाले प्रतिनिधिसभा र राष्ट्रिय सभा हुने भनेको छ । धारा ८४ को उपधारा ८ मा ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई सदस्य महिला हुनु पर्नेछ’ भनिएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रिसभा ९५६० बाट पनि एक तिहाई महिला नपुगे समानुपातिकबाट ल्याउनुपर्नेछ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगेको छ र भोलिसम्म सकिनेछ । समानुपातिकको गणना सकिएपछि ३ प्रतिशत थ्रेस होल्ड कटाएका दलहरुले कति(कति सिट पाए भन्ने ‘सेन्ट लग मेथड’ बाट निकालिनेछ ।
तर, राष्ट्रिय सभा गठनसम्वन्धी कानुन नै नभएका कारण निर्वाचन आयोग अन्योलमा पुगेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ALje7J via IFTTT
काठमाडौं । नेपाली काँग्रेसले संखुवासभाको प्रतिनिधि सभा तर्फको मतगणनाको क्रममा धाँधली भएको भन्दै त्यस्तो नतिजा आफूले स्वीकार्य नगर्ने जनाएको छ । बिहीबार नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा मतगणनाका क्रममा नियोजित रुपमा मत परिणामलाई नै प्रभावित गर्ने किसिमका क्रियाकलापहरुका प्रति सम्बन्धित जिल्लाका नेपाली कांग्रेसका प्रतिनिधिहरुले पटक–पटक जानकारी गराउँदा गराउँदै पनि एकपक्षीय रुपमा सदर मतलाई बदर गराउने, एउटा चिन्हमा लगाएको मत संकेतलाई अर्को चिन्हमा गणना गर्ने जस्ता क्रियाकलाप भएको आरोप लगाएको छ ।
नेपाली कांग्रेसका प्रतिनिधिहरुले निर्वाचन कार्यालय संखुवासभामा यस बारेमा जानकारी गराएर पुनः मतगणना हुनु पर्छ भन्ने अडान राख्दै २०७४ मंसिर २४ गते निवेदन पेश गर्दा पनि सुनुवाई नगरी मतगणना गर्न बाँकी रहेका १९००० मत एकलौटी ढंगले गणना गरी धाँधलीपूर्ण रुपमा २९०० मत वदर भएको भनी निर्वाचनको परिणामलाई नै प्रभावित पार्ने कार्य गरी परिणाम घोषणा गरिएको प्रति काँग्रेसले सहमति जनाउन नसक्ने बताएको हो ।
काँग्रेसले मिलेमतो र साठगाँठमा धाँधलीपूर्ण ढंगले गरिएको मत गणना र एकतर्फी रुपमा गरिएको परिणाम घोषणा नियोजित उद्देश्यले गरिएको वदनियतपूर्ण कार्य हो भन्ने ठहर गर्दै यो कार्यले लोकतन्त्र र विधिको शासनको उपहास भएकोले धाँधलीपूर्ण गणनाप्रति नेपाली कांग्रेस असहमति प्रकट गर्दै निष्पक्ष ढंगले पुनः मतगणनाको माग गरेको जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B2MfsG via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा विकास गर्न खोजिएका चारै नयाँ सहर अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि परामर्शदाता छनोटको चरणमा छ । एक लाख रोपनीको बाहेकका अन्य तीन नयाँ सहर काठमाडौं, भक्तपुर र ललितपुरमा १०/१० हजार रोपनी क्षेत्रफलमा विकास हुनेछन् ।
सबै प्रस्तावित सहरको डीपीआर परामर्शदाता छनोटका लागि प्राधिकरणले २०७३ चैत २७ गते राष्ट्रिय (१० हजार रोपनीमा बन्ने सहरका लागि) तथा अन्तर्राष्ट्रिय (एक लाख रोपनीको सहरका लागि) बोलपत्र आह्वान गरेको थियो । जसमा अन्तर्राष्ट्रिय बोलपत्रमा नेपाली कम्पनीले पनि सम्बन्धित क्षेत्रमा काम गरेको अनुभवी विदेशी कम्पनीसँग मिलेर ज्वाइन्ट भेन्चर (जेभीमा) भाग लिन सक्ने जनाइएको थियो । सोहीअनुरुप एक लाख रोपनीको सहरका लागि १३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको गरी ५ ओटा जेभीलाई प्राधिकरणले गत असोज पहिलो साता ‘सर्टलिस्ट’ गरेको थियो । जेभीमा भाग लिनेमध्ये ५ ओटा भारतीय, ६ ओटा नेपाली, एउटा फिनल्याण्डको र अर्को एउटा पनि विदेशी बहुराष्ट्रिय कम्पनी रहेको छ ।
यस्तै, १० हजार रोपनीमा विकास गरिने सहरमध्ये ललितपुर जिल्लाका लागि आशय पेस गरेकामध्येबाट १७ ओटा कम्पनीको ६ ओटा र भक्तपुरमा बन्नेका लागि इच्छा देखाएकामध्येबाट १३ कम्पनीको ५ ओटा जेभीलाई असोज अन्तिम साता सर्टलिस्टेड भएका छन् । आशयपत्रबाट सूचीकृत भएका ती सबै कम्पनीहरुसँग डीपीआरका लागि प्राधिकरणले प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल) मागेको छ, जसको अवधि पनि सकिइसकेको छ । प्रस्ताव पेस गर्ने कम्पनीहरुको मूल्यांकनको काम सकेर योग्य कम्पनी छनोट गर्ने बताइए पनि पर्याप्त जनशक्ति अभावमा यो पूरा गर्न कति अवधि लाग्छ भन्ने यकिन नभएको खोखालीको भनाइ छ । यद्यपि काठमाडौं–भक्तपुरमा बन्ने एक लाख रोपनीमा बन्ने सहरको डीपीआरका लागि परामर्शदाता छनोटको काम अन्य साना सहरको भन्दा अगावै हुने सम्भावना उनले औंल्याए ।
चारओटै प्याकेजका सहरको डीपीआर भने छनोट भएका कम्पनीले १५ देखि बढीमा १८ महिनाभित्रै तयार पारिसक्नुपर्ने तोकिएको प्राधिकरणले जानकारी दिएको छ । काठमाडौंभित्र (टोखा क्षेत्रमा) बन्ने एउटा १० हजार रोपनीको सहरको डीपीआरका लागि आशयपत्र माग गरिसकेको भए पनि कम्पनी ‘सर्टलिस्टिङ’को काम नसकिएकाले ‘प्रस्ताव’ मागको काम बाँकी नै छ । चारओटै सहरको डीपीआर तयार पार्न १८–२० करोड रुपैयाँ हाराहारीको बजेट प्राधिकरणले छुट्ट्याएको छ ।
डीपीआर तयार भएपछि मन्त्रिपरिषद्मा पठाएर सो पारित भएपछि पूर्वाधार विकासको काम सुरु गर्ने खोखालीले बताए । ‘डीपीआर पारित भएको पाँच वर्षभित्रै यी सहर निर्माण गरिसक्ने महत्वाकांक्षी योजना प्राधिकरणको छ,’ उनले भने, ‘अहिलेसम्म नकारात्मक पक्षहरु केही नदेखिएको र सबैतिरबाट सहयोग पाइरहेकाले तोकिएकै समयमा परियोजना पूरा हुने अपेक्षा छ ।’
सहर बसाउन ६ खर्ब लगानी हुने
डीपीआर तयार नभएसम्म व्यवस्थित सहर बसाल्ने पूर्वाधार विकासका लागि ठ्याक्कै कति लागत लाग्छ भनेर भन्न यकिन छैन । यद्यपि एक लाख रोपनीमा बन्ने सहरका लागि करिब ५ खर्ब रुपैयाँ लाग्ने अनुमान प्राधिकरणको छ । यसमध्ये सरकारले एक खर्ब रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ भने बाँकी चार खर्ब रुपैयाँ निजी क्षेत्रले लगानी हुने खोखालीले बताए ।
यस्तै, १० हजार रोपनीमा बन्ने तीनओटा सहरको कुल अनुमनित लागत भने करिब १ खर्ब रुपैयाँ रहेको छ । आधारभूत सहरी पूर्वाधारका साथै खुला स्थान र हरियाली, सार्वजनिक पूर्वाधार, सांस्कृतिक एवम् पुरात्तात्विक सम्पदा विकास तथा संरक्षणलगायतमा सरकारको लगानी रहनेछ । व्यक्तिगत घर, अस्पताल, होटललगायतका क्षेत्रमा भने निजी लगानी हुनेछ ।
कहाँ–कहाँ बन्दैछन् नयाँ सहर ?
उपत्यकाभित्र बनाउन लागिएका चारओटा नयाँ सहरहरुको यकिन नक्साङ्कन अहिले भइसकेको छैन । यसका लागि सबै प्रस्तावित सहरको डीपीआर तयार हुन्जेलसम्म कुर्नुपर्ने हुन्छ । यद्यपि नयाँ सहर बसाल्न योग्य भनी २ वर्षअघि पहिचान गरिएका स्थानहरुलाई लिएर नै व्यवस्थित सहरीकरणको योजना बनाइएको हो ।
जसअनुसार, भविष्यको राजधानी सहरका रुपमा विकास गर्ने योजना रहेको झन्डै एक लाख रोपनीमा फैलिने सहर काठमाडौंको पूर्वी क्षेत्र (भक्तपुर–मनोहरा करिडोर) तिर बन्नेछ । यो भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान (मूलपानी), गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म रहने यो सहर भक्तपुरको पुरानो बाटो, सैनिक प्रतिष्ठान, इँटापाके जग्गा एकीककरण आयोजनासहितको क्षेत्र यसले समेट्नेछ ।
विभिन्न कोणहरुको नाम जोडेर मिडियामा सहरको नामकरण गरिएको भए पनि अहिलेसम्म कुन सहरलाई के नाम दिने भन्ने टुङ्गो नभएको प्राधिकरणका सहरी योजनाकार खोखालीले बताए ।
१० हजार रोपनीमा बन्ने अन्य सहरहरुमध्ये एउटा उपत्यकाकोे उत्तरपूर्वी दिशामा हुनेछ । यो सहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिरअगाडिको वनक्षेत्र तथा आसपासलाई समेट्नेछ । पश्चिममा खहरे खोला, बालकोट–बिरुवा सडक, पानी ट्याङ्की, बालकोट, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ । उत्तरको सीमा भने अरनिको राजमार्ग हुनेछ । दक्षिणतर्फ सिलामखाल, रानीकोट जङ्गलछेउ, अनन्तलिङ्गेश्वर फेदी, तर्खगाल, पात्लेटार–बिरुवा हुँदै खहरेसम्मको क्षेत्रमा विस्तार गर्ने प्रारम्भिक योजना छ ।
तेस्रो काठमाडौंको दक्षिणपश्चिम दिशामा १० हजार रोपनीमा बन्ने सहर ललितपुरको पूर्वतर्फ खोकना १ देखि ८ वडा हुँदै बुङ्मती १ भएर छम्पी जाने बाटो तथा वडा नं २ देखि ६ सम्म फैलिनेछ । पश्चिम र दक्षिणतर्फ वाग्मती नदीको सीमा तोकिएको छ । उत्तरमा साविकको सैंबु गाविसको सीमासम्म सहर फैलने प्रस्ताव गरिएको छ ।
चौथो सहर काठमाडौंको उत्तरतर्फ १० हजार रोपनीमा हुनेछ । यसको पूर्वमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा रहनेछ । पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म ओगट्नेछ । उत्तरमा सपनतीर्थ, मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा ग्रीनल्यान्ड चोकदेखि महादेवखोला, काभ्रेस्थली मूल सडकलाई छुने गरी प्रस्ताव गरिएको छ ।
विभिन्न कोणहरुको नाम जोडेर मिडियामा सहरको नामकरण गरिएको भए पनि अहिलेसम्म कुन सहरलाई के नाम दिने भन्ने टुङ्गो नभएको प्राधिकरणका सहरी योजनाकार खोखालीले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ACPZ7g via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका टिकट ठेकेदार, डन र तस्करहरुलाई दिएका कारण पनि पराजयको सामना गर्नुपरेको हो । कांग्रेस नेतृत्वले ठेकेदार पूर्णबहादुर तामाङ(कान्छाराम), मोहन आचार्य, राजु थापा, इन्द्र बानियाँदेखि गुण्डानाइके गणेश लामा, हेमकर्ण पौडेल, मीनकृष्ण महर्जनहलाई प्रतिनिधिसभा र प्रदेशसभामा टिकट दियो । मोहन आचार्यले पैसाको बलले चुनाव त जिते तर त्यहाा पार्टीको संगठनको अवस्था जस्ताको तस्तै छ । मोहन आचार्य जस्तालाई टिकट दिंदा राजनीति थप विकृत बन्दै जाने कुरामा पार्टीले ध्यान पु¥याउन सकेन । रामेछापमा कान्छारामले टिकट लिएर गए । उनले पनि पैसाको तुजुक देखाए । केही बढी भोट ल्याए तर जित्न त सकेनन् । वाम गठबन्धनको स्थिर सरकार र समृद्धिको नारालाई काउन्टर गर्ने कांग्रेससँग कुनै एजेन्डा नै नभएजस्तो भयो । वाम गठबन्धनले कांग्रेसले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएको, बरिष्ठलाई आइजीपी नबनाएर प्रहरी संगठन ध्वस्त बनाएको आरोपको तर्कसंगत खण्डन गर्न सकेन । यस्ता आरोपको राजनीतिक प्रतिवाद गर्न गर्नसक्ने कांग्रेस कार्यकर्तालाई टिकट नदिई गुण्डा, ठेकेदार र तस्करहरुलाई दिइयो । एक किसिमले टिकट नेताहरुले बिक्री गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलदेखि सकेसम्म सबैले टिकट बिक्री गरे । एउटालाई मात्र दोष दिने ठाउँ छैन । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा जीवनभर कांग्रेसको राजनीति गरेका कृष्ण न्यौपानेहरुलाई बलि दिएर तस्करहरु विष्णुबहादुर खत्री र राजेन्द्र श्रेष्ठलाई टिकट दिएपछि प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा पराजित हुनुपरेको दृष्टान्त समेत दिन थालिएको छ । सिन्धुपाल्चोक कांग्रेसका नेता तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले तस्करको बलमा पैसा खर्च गरेर चुनाव जित्ने सपना देखेका थिए । जुन ठ्याक्कै उल्टो भएको छ । विवादास्पद पूर्वसहसचिव भरतराज सुवेदीले रामचन्द्र पौडेललाई समेत दक्षिणा दिएर खत्री र श्रेष्ठलाई सिन्धुपाल्चोक १ को प्रदेशसभामा उम्मेदवार बनाएका थिए । पौडेलले आफ्नो गुटमा लागेका इमान्दार कार्यकर्ता न्यौपाने र भूपेन्द्र थापालाई बलि चढाएर घुस पाएपछि तस्करलाई टिकट दिने कुरामा सहमति जनाएका थिए । तस्करलाई उम्मेदवार बनाएर पैसाको बलमा चुनाव जित्ने सपना देखेका मोहन बस्नेत करिब १० हजार बढी मतले हारेका छन् ।
यस्तै डन गणेश लामा काभ्रेको प्रदेशसभाबाट पराजीत भएका छन् । काभ्रेको प्रतिनिधिसभाबाट तीर्थ लामा पनि हारेका छन् ।
सुविन शर्मा, धापाखेल, ललितपुर
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ynUA78 via IFTTT