तनहुँ । दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए । तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे । र, व्यास नगरपालिकामा मत माग्न हिँडे । कान्तिपुर दैनिकमा समाचार छ ।
पौडेलमाथि मुलुकभर कांग्रेसलाई जिताउने जिम्मेवारी पनि छ । तर, आफ्नै निर्वाचन क्षेत्रमा थपिएको चुनौतीले उनलाई गाँजेको छ । एकातिर वामपन्थी गठबन्धन, अर्कोतर्फ आफ्नै दलका नेता गोविन्दराज जोशी पक्षको असहयोग । त्यसमाथि ‘पटकपटक एउटै व्यक्ति उम्मेदवार किन ?’ भन्ने प्रश्न पनि झेल्नुपरेको छ । पाँचपटक तनहुँबाट सांसद भइसकेका पौडेल यी चुनौतीकाबीच छैटाैंपल्ट किन उम्मेदवार बनेका छन् त ? प्रश्नको जवाफ उनले घुमाउरो शैलीमा दिए । जवाफभित्र उनको स्पष्ट संकेत थियो– प्रधानमन्त्री बन्ने चाहना ।
‘मेरो केही मिसन छ, त्यो पूरा भएको छैन,’ उनले कान्तिपुरसंँग भने, ‘प्रधानमन्त्री मैले आफैं भन्ने कुरा होइन, तर मेरा केही भिजन छन्, आर्थिक योजना छन्, त्यसलाई कार्यान्वयन गर्न मैले पाउनुपर्छ भन्ने मेरो दाबी छ ।’ आफूले कांग्रेसमा इमानको राजनीति गरेको र आफ्ना कारण दलको इज्जत र सम्मान बढेको उनको दाबी छ । त्यसैले चुनावपछि दलसँग त्यसको हिसाब माग्ने तयारीमा पौडेल छन् ।
‘मैले जिम्मेवारी पाएँ भने पार्टीको प्रतिष्ठा र सम्मान झन् बढ्छ, पार्टी सम्मानित हुन चाहन्छ भने मेरो कदर हुनुपर्छ,’ उनले भने, ‘जसरी पनि जोडघटाउ गरेर आफैंले मात्र सत्ता अँठ्याएर राख्दा पार्टीको विकास कसरी हुन्छ भन्नेतर्फ नेताहरूले अब सोच्न जरुरी छ ।’
०४८ सालमा तनहुँ १ बाट चुनाव जितेका पौडेल त्यसयताका चारवटा निर्वाचनमा तनहुँ २ बाट सांसद निर्वा्चित भए । निर्वाचन क्षेत्र पुनस्संरचनापछि तनहुँका ३ निर्वाचन क्षेत्र घटेर २ वटा भए । यसपटक उनी तनहुँ १ बाट उम्मेदवार छन् । यसपालि निर्वा्चित भए आफ्नो मिसन पूरा गर्न सफल हुने ठानेका छन् उनले । त्यसैले युवा पुस्तालाई अवसर नदिएको भन्ने आक्रोशलाई उनले ‘भावी अवसर’ को आश्वासन दिँदै थुमथुम्याइरहेका छन् । ‘राजनीतिमा संन्यास भन्ने हुँदैन तर एकरदुई वर्ष समय पाएँ भने मेरो उद्देश्य पूरा हुन्छ,’ नेता पौडेलले भने, ‘त्यसपछि नयाँ व्यक्तिहरूका लागि अवसर आइहाल्छ, अहिले पनि म उहाँहरूकै प्रतिनिधिका रूपमा उभिएको छु ।’
भावी प्रधानमन्त्रीकै रूपमा कार्यकर्ताले पौडेलको प्रचार गरिरहेका छन् । ‘लोकतन्त्र र शान्तिका लागि उहाँ वर्षौंदेखि लड्नुभयो, जे जिम्मेवारी दिइएको छ, त्यो पूरा गर्नुभयो,’ शनिबारको एउटा चुनावी जमघटमा कांग्रेसका जिल्ला सभापति वैकुण्ठ न्यौपानेले भने, ‘अब प्रधानमन्त्रीको पनि हामीले पाउने अवस्था छ, त्यसैले उहाँलाई जिताउनुपर्छ ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zBY3RJ via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार चार दिने औपचारिक भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा जाने तय भएको छ । अबुधावीका राजकुमार तथा युएई आम्र्ड फोर्सका उप सर्बोच्च कमाण्डर शेख मोहम्मद बिन जायेद अल नाहयानको निमन्त्रणामा राष्ट्रपतिको भ्रमण हुने भएको हो ।
भ्रमणको दौरानमा राष्ट्रपति भण्डारीले मंगलवार राजकुमार शेखसँग दुईपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० बर्ष पुगेको सन्दर्भमा राष्ट्रपतिको भ्रमण हुन लागेको हो । ‘दुई पक्षीय हित र आपसी चासोका सबै बिषयमा छलफल हुनेछ’ परराष्ट्रमन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिको साथमा उनकी छोरी निशा कुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका विदेश मामिला विज्ञ डा. मदन कुमार भट्टराई, परराष्ट्रसचिव शंकर दास बैरागी, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र प्रसाद पौडेललगायत सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी विहीवार स्वदेश फर्किने कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ywpYRF via IFTTT
काठमाडौं। यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् ।
यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर अपमा काठमाडौँकै एन्जी लामा विजयी भए ।
डेनमार्कबाट बजार व्यवस्थापनमा स्नातक थापा पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । सिद्धार्थ वनस्थलीबाट विद्यालय तहको शिक्षा आर्जन गरेकी थापाले प्रिमियर कलेजबाट दश जोड दुई अध्ययन गरेकी छन् । उनले पर्यटन र मोडलिङ क्षेत्रमा जम्ने सानैदेखिको सपना साकार पार्न भविष्यमा यही क्षेत्रमा क्रियाशील हुने बताइन् ।
त्यस्तै फस्ट रनर अप श्रेष्ठ ‘पब्लिक हेल्थ’ विषयमा स्नातक हुन् । पब्लिक हेल्थ र मेडिकल टुरिज्मलाई अघि बढाउने योजना उनले सुनाइन् । ताज विजेता थापाले रु ५० हजार तथजा फस्ट रनरअप श्रेष्ठले रु ३० हजार र सेकेण्ड रनरअप लामाले रु २० हजार हात पारे ।
अघिल्लो वर्ष मिस टुरिज्म–२०१६ को उपाधि ओरुषा थापाले जितेकी थिइन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्वाइन्ट मिडिया प्रालिले प्रतियोगिता आयोजना गरेको हो । ताज विजेतालाई नेपालस्थित विभिन्न संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए ।
The post ‘मिस टुरिज्म’ को ताज आरतीलाई appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2zNzbcR
via IFTTT
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको लागि प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक गरेको छ ।
३२ जिल्लामा हुने ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा ७४ प्रदेशसभा निर्वाचन क्षेत्रको मतपत्र सार्वजनिक भएको हो ।
पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रूकुम (पूर्वी भाग) र रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुँदै छ।
हेर्नुहोस् अाफ्नो निर्वाचन क्षेत्रको मतपत्र
प्रदेश नं. १
सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ
प्रदेश नं. ३
नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप
प्रदेश नं. ४
मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा
प्रदेश नं. ५
रूकुम (पूर्वी भाग)
रोल्पा
प्रदेश नं. ६
रूकुम (पश्चिम भाग)
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा
प्रदेश नं. ७
दार्चुला
बझाङ
बाजुरा
वैतडी
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zvxD64 via IFTTT
काठमाडौं ( निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुई दर्जन व्यवसायीलाई दलहरूले चुनावी मैदानमा उतारेका छन् । निर्माण व्यवसायी महासंघको सूचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेका छन् ।
‘निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण व्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ,’ महासंघका महासचिव रामशरण देउजाले भने, ‘सबैको सोधखोज गर्दैछौं, ४० जना निर्माण व्यवसायी चुनावमा उठेको अनुमान छ ।’ संविधानसभाबाट सांसदमा परिणत भएको यसअघिको सदनमा १७ निर्माण व्यवसायी सदस्य थिए ।
महासंघमा १२ हजार ५ सय निर्माण व्यवसायी आबद्ध छन् । कतिपय जिल्लामा साना–साना निर्माण व्यवसायी भएकाले जानकारीमा आउन नसकेको देउजाले बताए । ‘निर्माण व्यवसायीको सञ्जाल जिल्ला–जिल्लामा रहेकाले सबै संख्या यकिन हुन सकेको छैन,’ उनले भने ।
राजनीतिक दललाई आर्थिक सहयोग पुग्ने र व्यवसायी पनि सुरक्षित हुन पाउने भएकाले राजनीतिमा प्रवेश गर्ने गरेको एक व्यवसायीले बताए । ‘दलहरूलाई पनि सहयोग चाहिन्छ, व्यवसायीलाई पनि सुरक्षासँगै आफूअनुकूल कानुन बनाउन सहज हुने भएकाले निर्वाचनमा जाने गरेका हुन्,’ ती व्यवसायीले भने, ‘निर्वाचनमा जान नसक्नेहरू दलहरूलाई प्रभावित गरेर समानुपातिकमा भए पनि बस्ने गरेका छन् ।’
महासंघको सूचीअनुसार ११ व्यवसायी प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेलाई राप्रपाले चुनावी मैदानमा उतारेको छ । उनी चितवन ३ बाट प्रत्यक्षतर्फ प्रत्याशी बनेका छन् । उनी पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भिड्दै छन् । रसुवा कन्स्ट्रक्सनका मोहन आचार्यलाई कांग्रेसले रसुवाबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उठाएको छ ।
सोही क्षेत्रबाट सूर्य–चन्द्र कन्स्ट्रक्सनका जनार्दन ढकाल एमाले कोटाबाट चुनावमा उठेका छन् । यहाँ दुई निर्माण व्यवसायीबीच टक्कर हुँदै छ ।
धादिङबाट दिलमान पाख्रिन पनि कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार छन् । कुशेश्वर कन्स्ट्रक्सनका तीर्थ लामा कांग्रेसकै कोटाबाट काभ्रे १ मा प्रतिनिधिसभामा उठेका छन् । यसैगरी सप्तरीमा कांग्रेसका तर्फबाट हरिशप्रसाद महतो प्रतिनिधिसभाका लागि नै भिडदै छन् ।
अछामबाट भरतकुमार स्वाँर प्रतिनिधिसभाका उम्मेदवार छन् । मनाङबाट म्यानपावररनिर्माण व्यवसायमा संलग्न टेकबहादुर गुरुङले कांग्रेसबाट उम्मेदवारी दिएका छन् । पर्सा ३ मा समाजवादी फोरमबाट हरिनारायण रौनियार उम्मेदवार छन् भने जयप्रसाद ठाकुर सप्तरीबाट प्रतिनिधिसभामा उठेका छन् ।
कांग्रेसले सबैभन्दा बढी व्यवसायीलाई उठाएको छ । प्रदेश र प्रतिनिधिसभा गरी कम्तीमा १४ जनालाई कांग्रेसले टिकट दिएको छ । एमालेका तर्फबाट ३ जना उठेका छन् । अन्य दलबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभामा काभ्रेबाटै गणेश लामा र चन्द्र लामा चुनावी मैदानमा छन् । गणेश कांग्रेसका उम्मेदवार हुन् भने चन्द्र एमालेका हुन् । विवादास्पद छवि भएका गणेश विजयकुमार गच्छदारसँगै कांग्रेस प्रवेश गरेका हुन् । प्रदेशसभामा स्याङ्जाबाट राजु थापा, दैलेखबाट दिक्पल शाही, भक्तपुरबाट अंगद खडका, मकवानपुरबाट इन्द्रबहादुर बानियाँ छन् ।
यी सबै कांग्रेसबाट टिकट पाउने व्यवसायी हुन् । सुर्खेतमा खडकबहादुर खत्रीले एमालेबाट टिकट पाएका छन । बैतडीमा प्रदेशसभाका लागि गणेश चन्दले राप्रपाबाट उम्मेदवारी दिएका छन् । महासंघका पूर्वअध्यक्ष जिपछिरिङ लामालगायत केही व्यवसायी दलहरूको सांसद छान्ने समानुपातिक सूचीमा छन् । आजको कान्तिपुरमा समाचार छ ।
व्यवसायीरकम्पनी क्षेत्र पार्टी प्रतिनिधिसभारप्रदेश
विक्रम पाण्डेरकालिका कन्स्ट्रक्सन चितवन– ३ राप्रपा प्रतिनिधिसभा
जनार्दन ढकालरसूर्यचन्द्र कन्स्ट्रक्सन रसुवा एमाले प्रतिनिधिसभा
दिलमान पाख्रिन धादिङ –२ कांग्रेस प्रतिनिधिसभा
मोहन आचार्यररसुवा कन्स्ट्रक्सन रसुवा कांग्रेस प्रतिनिधिसभा
तीर्थ लामारकुशेश्वर कन्स्ट्रक्सन काभ्रे–१ कांग्रेस प्रतिनिधिसभा
छत्रबहादुर बम्जन सिन्धुली–२ कांग्रेस प्रदेश
गणेश लामारसिरुवा कन्स्ट्रक्सन काभ्रे–१ ख कांग्रेस प्रदेश
चन्द्र लामारलामा प्रगति निर्माण सेवा काभ्रे–१ ख एमाले प्रदेश
हरीशप्रसाद महतोरए क्लास कन्स्ट्रक्सन सर्लाही–३ कांग्रेस प्रतिनिधिसभा
राजु थापा स्याङ्जा–१ कांग्रेस प्रदेश
पूर्णबहादुर तामाङरकन्चराम कन्स्ट्रक्सन रापेछाप–२ कांग्रेस प्रतिनिधिसभा
जिपछिरिङ लामारलामा कन्स्ट्रक्सन दोलखा–१ – समानुपातिक
भरतकुमार स्वाँररस्वाँर कन्स्ट्रक्सन अछाम–१ कांग्रेस प्रतिनिधिसभा
दिक्पाल शाही दैलेख ९प्रदेश ख० कांग्रेस प्रदेश
अंगद खडका भक्तपुर कांग्रेस प्रदेश
पुष्पा शाह अछाम कांग्रेस समानुपातिक
वीरेन्द्र ब। कनौडिया – – समानुपातिक
हरिनारायण रौनियाररपप्पु कन्स्ट्रक्सन पर्सा–३ समाजवादी फोरम प्रतिनिधिसभा
टेकबहादुर गुरुङ मनाङ कांग्रेस प्रतिनिधिसभा
इन्द्रबहादुर बानियाँरलटिनाथ निर्माण मकवानपुर–२ कांग्रेस प्रदेश
खड्गबहादुर खत्री प्रदीप कन्स्ट्रक्सन सुर्खेत–१ एमाले प्रदेश
गणेश चन्दरप्रमोद कन्स्ट्रक्सन बैतडी ९ख० राप्रपा प्रदेश
जयप्रसाद ठाकुर सप्तरी स्वतन्त्र प्रतिनिधिसभा
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yJ7Gky via IFTTT
काठमाडौं । विकास र आर्थिक समृद्धिको महत्वकांक्षी लक्ष्यसहित बाम गठवन्धनले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । गाउँदेखि केन्द्रसम्म बामपन्थी सरकार भन्ने नारा सहित गठवन्धनले प्रदेश र प्रतिनिधीसभाका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । गठवन्धन कार्यदलले तयार पारेको घोषणापत्रमा गरिबीको रेखामुनि रहेकाको संख्या १० वर्षमा शुन्यमा झार्ने, प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने र १० वर्षमा मुलुकमा २० हजार मेगावट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य समावेश गरिएको छ । एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा गठित घोषणापत्र निर्माण कार्यदलले आगामी २५ वर्षमा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने गरि विकासका योजना र कार्यक्रम समावेश गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zlirsz via IFTTT
काठमाण्डौं । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति विस्तार गरेको छ ।
सो समितिको आजको बैठकले ७५ सदस्यीय निर्वाचन समिति बनाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त समितिको संयोजकमा बालकृष्ण खाँड, सहसंयोजकमा सुरेन्द्रराज पाण्डे हुनुहुन्छ । यस्तै सदस्यमा दीलेन्द्रप्रसाद बडू, मानबहादुर विक, कमला पन्त, धनराज गुरुङ, पुष्पा भुसाल, रत्न शेरचन, किशोरसिंह राठौर, मीन विक, बद्री पाण्डे, सुजाता परियार, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, कल्याण गुरुङ, डा डिला संग्रौला, सरिता प्रसाई, बहादुरसिंह लामालगायत हुनुहुन्छ ।
सो समितिमा काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष वा प्रतिनिधिसमेत सदस्य रहेका छन् । यस्तै काँग्रेसको प्रचार समितिमा उद्योगी विनोद चौधरीसमेत सदस्य हुनुहुन्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hkr5AS via IFTTT