३८ वर्षीय ओम जीसी पनि आक्रमणमा सिकिस्त घाइते भएका थिए । उनको टाउकोमा चार टाँका लगाइएको गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल निवर्तमान अध्यक्ष भीम केसीले नमस्ते नेपाली डट कमलाई बताए । उनको देब्रे आखामा पनि चोट लागेर निलो भएको छ । उपचारपछि उनी आजै सान्ता मारिया अस्पतालबाट डिस्चार्ज भएका छन् । भाँडा सफा गर्ने काम गुमाएको झोकमा बदलास्वरुप आक्रमण गरेको ओम जीसीले बताएका छन् ।
नाबालिका छोरीको शिक्षाका लागि सहयोग :
पोर्तुगलमा घटेको यो दुखद घटनाबारे संसारभरका नेपालीहरुले चासो देखाएका छन् । जीसीको मृत्युपछि परिवारको अवस्था बिचल्ली हुने भएको छ । परिवारलाई सहयोग गर्न प्रस्ताव पनि आइसकेका छन् । यसबारेमा परिवारसँगको छलफलपछि जानकारी गराइनेछ । निवर्तमान अध्यक्ष केसीका अनुसार, एनआरएन इटालीका आइसीसी सदस्य कुमार श्रेष्ठले मृतकका नाबालिका छोरीको शिक्षा दीक्षाका लागि ५०० युरो उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2y6jp8P
कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनको तयारी थालेका छन् । तर, संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका नेताहरूले खुलेर निर्वाचन क्षेत्रको घोषणा गरेका छैनन् । आफूहरूले लड्दै आएको परम्परागत निर्वाचन क्षेत्रमै फेरि पनि निर्वाचन लड्ने कांग्रेसका शीर्ष नेताहरूले मनस्थिति बनाएका छन् । परम्परागत क्षेत्र रहेकै ठाउँबाट निर्वाचन लड्दा बढी सुरक्षित र सहज हुने बुझाइपछि उनीहरूले परम्परागत निर्वाचन क्षेत्र नै रोजेका छन् ।आजको नयाँ पत्रिकामा यो खबर छ ।
डडेल्धुरा नछाड्ने पक्षमा देउवा
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्मका सबै निर्वाचन डडेल्धुराबाट लड्दै आएका छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी बने । उपचुनावका लागि देउवाले कैलाली ६ छोडेर डडेल्धुरा नै रोजे । देउवाले यसपटक कहाँबाट निर्वाचन लड्ने भन्ने घोषणा गरिसकेका छैनन् । तर, एक ठाउँबाट मात्र निर्वाचन लड्न पाउने हुँदा उनले फेरि पनि डडेल्धुरा नै रोज्ने मनस्थिति बनाएका छन् ।
तनहुँमा पौडेल तानातानमा
कांग्रेस नेता रामचन्द्र पौडेलले २०४८ सालयता तनहुँबाटै निर्वाचन जित्दै आएका छन् । २०४८ सालमा तनहुँ १ बाट जितेका उनले २०५१ सालयता तनहुँ २ बाट निर्वाचन लड्दै आएका छन् । तर, क्षेत्र निर्धारण गर्दा पौडेलले निर्वाचन जित्दै आएको तनहुँ २ यसपटक आधा आधा भएको छ । तीनबाट दुईवटा निर्वाचन क्षेत्र हुने क्रममा क्षेत्र नम्बर आधा–आधा भाग १ र २ परेपछि पौडेललाई दुवैतिरबाट लड्न माग भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
महामन्त्री शंशाक पुरानै ठाउँमा लड्दै
क्षेत्र निर्धारण गर्दा नवलपरासीलाई दुईवटा जिल्ला बनाइएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले २०६४ र २०७० सालको संधिानसभा निर्वाचनमा जितेको नवलपरासी १ बाटै फेरि पनि निर्वाचन लड्ने तयारी गरेका छन् । नवलपरासीको पूर्वी भाग अर्थात् नवलपुरको क्षेत्र नम्बर १ बाटै कोइरालाले निर्वाचन लड्ने तयारी गरेको कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए ।
कांग्रेस कोषाध्यक्ष पनि पुरानै क्षेत्रमा
कांग्रेस कोषाध्यष सीतादेवी यादव सिरहा ३ बाट निर्वाचन लड्ने तयारीमा छिन् । क्षेत्र निर्धारण हेरफेर हुँदा ३ का केही भाग २ मा र ५ को केही भाग ३ मा हालिए पनि पहिलेकै क्षेत्र नम्बर ३ कायम भएको जानकारी यावदले दिइन् । ‘केही गाउँपालिका र नगरपालिका हेरफेर भए पनि ३ नम्बरबाटै निर्वाचन लड्ने तयारीमा छु,’ उनले भनिन् ।
अधिकांश प्रभावशाली नेता पुरानै क्षेत्रबाट लड्ने पक्षमा
२०७० सालको संविधानसभा निर्वाचनमा पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह काठमाडौं १, कृष्ण सिटौला झापा ३, डा. शेखर कोइराला मोरङ ७, विमलेन्द्र निधि धनुषा ३, अर्जुननरसिंह केसी नुवाकोट १, डा. रामशरण महत नुवाकोट ३, गगन थापा काठमाडौं ४ बाट निर्वाचन लडेर निर्वाचन जितेका थिए ।
प्रत्यक्ष निर्वाचन लड्ने क्षेत्र रोज्दै एमाले शीर्ष नेता
शुरोजंग पाण्डे/एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले संघीय संसद्को निर्वाचनमा लड्ने निर्वाचन क्षेत्रको तयारी थालेका छन् । शीर्ष नेताहरूले प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रबारे पार्टीनिकट नेता र निर्वाचन क्षेत्रका कार्यकर्तासँग अनौपचारिक परामर्शमार्फत तयारी थालेका हुन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएपछि साबिकको निर्वाचन क्षेत्रमा फेरबदल भएकाले नेताहरूले निर्वाचन क्षेत्रको रोजाइका लागि समयबाटै परामर्श अघि थालेका हुन् । अध्यक्ष ओलीसहित एमालेका सबैजसो शीर्ष नेता पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा लागेका छन् ।
केपी ओली
एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट संघीय संसद्को निर्वाचन लड्ने मनस्थिति बनाएका छन् । ओलीको गृहनगर दमक पनि यही क्षेत्रमा पर्छ । गौरादह, लखनपुर, तोपगाछी, गौरीगन्जजस्ता नगरपालिका र गाउँपालिका पर्ने ती क्षेत्र एमालेको ‘पकेट क्षेत्र’ मानिन्छन् । झापाका नेता–कार्यकर्ताको सुझाबका आधारमा ओलीले ५ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने मनस्थिति बनाएको उनको सचिवालय स्रोतले जनाएको छ ।
झलनाथ खनाल
वरिष्ठ नेता झलनाथ खनालले इलाम–१ बाट पाँचपटक निर्वाचन जितेका छन् । संघीय संसद्को आउँदो निर्वाचनमा दोस्रो ह्याट्रिक गर्ने गरी खनालले सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेका छन् ।
माधवकुमार नेपाल
नेता माधवकुमार नेपालले काठमाडौं र रौतहटका तीनवटा क्षेत्रमध्ये एउटा क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । तीनवटै क्षेत्रबाट चुनाव लड्ने दबाब रहेकाले उनले कुनै निर्णय लिइसकेका छैनन् । ‘काठमाडौं–२, रौतहट ४ र १ मध्ये एउटा क्षेत्रबाट निर्वाचन लड्ने उहाँको तयारी छ,’ नेपालका स्वकीय सचिव मोहन गौतमले भने, ‘अब छिट्टै निर्णय लिनुहुनेछ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र प्रभावका हिसाबले नेपालले पुरानो क्षेत्र काठमाडौं–२ बाटै चुनाव लड्दा सबैभन्दा उत्तम हुने भन्दै नेता–कार्यकर्ताको दबाब छ ।
नेपालको गृहनगर गौर रौतहट १ मा पर्छ । गौर नगरपालिकालाई एमालेको ‘पकेट क्षेत्र’ मानिए पनि ६–७ वटा साबिकका गाविस भारतसँग जोडिएको दक्षिण क्षेत्रमा पर्ने भएकाले पनि नेपालले स्वयंले ती दुई क्षेत्रप्रति बढी रुचि देखाएका हुन् । नेपालले अघिल्लोपटक रौतहट–१ बाट जितेका थिए ।
वामदेव गौतम
उपाध्यक्ष वामदेव गौतमले बर्दिया र प्युठानमध्ये एक ठाउँबाट निर्वाचन लड्ने तयारी गरेका छन् । दुवै जिल्लाका नेता–कार्यकर्ताको तीव्र दबाब रहेकाले आफूले तत्काल निर्णय नलिएको गौतमको भनाइ छ । ‘दुईमध्ये एउटा जिल्लाबाट लड्छु, मैले निर्वाचन लडेँ भने दुवै जिल्लाको १ नम्बर क्षेत्रबाटै लड्छु, छलफल गर्न बाँकी छ,’ गौतमले भने, ‘जुनसुकै क्षेत्र छाडे पनि त्यहाँ कसलाई उठाउने सोच्नुपर्ने हुन्छ, त्यसकारण सजिलो छैन, पार्टीले नै निर्णय गर्नुपर्छ, म पनि छिट्टै निर्णय गर्दै छु ।’
ईश्वर पोखरेल
महासचिव ईश्वर पोखरेलले कुनै निर्णय नलिइसके पनि पुरानै काठमाडौं–५ नम्बरबाट लड्ने सम्भावना देखिएको उनीनिकट ३ नम्बर प्रदेश संगठन कमिटीका सदस्य नारायण सिलवालले बताए ।
पदाधिकारीहरूको रोजाइ पुरानै क्षेत्रमा
उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, भीम आचार्य, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ पुरानै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा छन् । सचिव योगेश भट्टराईले काठमाडौं ६ वा ताप्लेजुङबाट निर्वाचन लड्ने तयारी गरेका छन् । त्यस्तै, स्थायी समिति सदस्य शंकर पोखरेल र सुरेन्द्र पाण्डेले पनि पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।
धेरैजसो माओवादी नेता आ–आफ्नै गृहजिल्लाबाट उठ्ने तयारी
माओवादी केन्द्रका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नै गृहजिल्लामा उठ्ने तयारी गरेका छन् । तर, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै नेताले जिल्ला र निर्वाचन क्षेत्र घोषणा गरेका छैनन् ।
प्रचण्ड चितवनबाट
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट निर्वाचनमा उठ्ने भएका छन् । उनको मतदाता नामावली भतरपुर महानगरपालिका–४ लंकुमा छ । प्रचण्ड पहिलो संविधानसभा निर्वाचनमा रोल्पा २ र काठमाडौं १० बाट निर्वाचित भएका थिए । उनी दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० र सिरहा ५ बाट उठेका थिए ।
नारायणकाजी श्रेष्ठ गोरखा
नारायणकाजी श्रेष्ठले गोरखा २ बाट उठ्ने तयारी गरेका छन् । उनको घर गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीमा पर्छ । श्रेष्ठको मतदाता नामावली पनि त्यहीँ छ ।
रामबहादुर थापा पनि चितवनबाटै
माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पनि चितवनबाटै निर्वाचनमा उठ्ने तयारी गरेका छन् । थापाको मतदाता नामावली भरतपुर महानगर–१० सप्तकोसीमा छ । उनको घर चितवन १ मा पर्छ ।
कृष्णबहादुर महरा दाङ वा रोल्पा
माओवादी नेता कृष्णबहादुर महरा रोल्पा वा दाङ २ बाट उठ्ने तयारी गरेका छन् । महरा पराराष्ट्रमन्त्री हुँदा नेता वर्षमान पुनसँग भएको समझदारी कार्यान्वयन भएमा दाङ २ बाट उठ्नेछन् । पहिलो संविधानसभा निर्वाचनमा महरा दाङ ३ र दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा २ बाट निर्वाचित भएका थिए ।
वर्षमान पुन रोल्पा
नेता वर्षमान पुन अनन्त रोल्पाबाट उठ्ने तयारी गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ९ बाट पराजित भए ।
जनार्दन शर्मा पश्चिम रुकुम
माओवादी नेता जनार्दन शर्माले पश्चिम रुकुमबाट उठ्ने तयारी गरेका छन् । शर्माको मतदाता नामावली पश्चिम रुकुमको मुसिकोट नगरपालिकाको श्रीगाउँमा छ । उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा रुकुम २ बाट निर्वाचित भएका थिए ।
टोपबहादुर रायमाझी अर्घाखाँचीबाट
नेता टोपबहादुर रायमाझी अर्घाखाँचीबाट निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । यसअघि अर्घाखाँची जिल्लामा दुईवटा निर्वाचन क्षेत्र थिए । अहिले एउटा मात्र निर्वाचन क्षेत्र छ । उनी अर्घाखाँची १ बाट निर्वाचित भएका थिए ।
पम्फा भुसाल ललितपुर
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ललितपुर ३ बाट निर्वाचनमा उठ्ने तयारी गरेकी छन् । उनी यसअघि पनि ललितपुरबाटै निर्वाचन लड्दै आएकी छन् । पहिलो संविधानसभा निर्वाचनमा भुसाल ललितपुर ३ बाट निर्वाचित भएकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा आबद्ध थिइन् । वैद्य माओवादीले निर्वाचन बहिष्कार गरेकाले भुसाल निर्वाचन लड्न पाइनन् ।
The post कहाँबाट निर्वाचन लड्ने तयारी गर्दैछन् यी शीर्ष नेताहरु ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jm1EPs via IFTTT
काठमाडौं । आईजीपी प्रकरणमा मुद्दा हारे लगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन्।
आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग गर्दै डीआईजी सिलवाल सर्वोच्च गएका थिए । तर, प्रकाश अर्याललाई महानिरीक्षक बनाउने सरकारको निर्णय सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मंगलबार सिलवालको रिट खारेज गरेको थियो।
सिलवालले मंगलबार साँझै विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने आफूले अनुभूति गरेको भन्दै उनले अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने कोसिस गर्ने बताए।
The post मुद्दा हारे लगतै डीआईजी नवराज सिलवालले दिए राजीनामा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jl7MHL via IFTTT
बारा। नेपाली कांग्रेसका नेता डा रामशरण महतले सक्कली पार्टी र इमानदार प्रतिनिधिलाई चुनावमा जिताएर विकास निर्माणमा अघि बढ्न बाराका जनतासमक्ष आग्रह गर्नुभएको छ । । बारास्थित जीतपुर उपमहानगरपालिकाको २ नं र ३ नं वडामा आयोजित भिन्नाभिन्नै चुनावी कार्यक्रमहरुलाई सम्वोधन गर्दै डा महतले सो आग्रह गर्नुभएको हो ।
सबैभन्दा पुरानो र सक्कली पार्टी कांग्रेस भएकोले २ नं प्रदेशको यस चुनावमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन उहाँले स्थानीय जनतासमक्ष आग्रह गर्नुभएको थियो । जीतपुर उपमहानगरमा कांग्रेसले पहिला गाउँ विकास समितिको अध्यक्ष भै उत्कृष्ठ र नमूनायोग्य काम गरेर पुरस्कृत समेत भएका कृष्णब्रत सिंहलाई मेयरमा र समाजसेवी नारायणी रायमाझीलाई उपमेयरमा उम्मेद्वार बनाएको छ । सिंह मात्र होइन, उनका पितापुर्खा समेत सामाजिक काममा लागेकोले उनको प्रियता यस क्षेत्रमा बढी नै देखिन्छ । त्यो दबाब सहन नसकेर माओवादी केन्द्रसँग कांग्रेस नेतृत्वले गर्न खोजेको तालमेल पनि रोकिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा महतले भन्नुभयो, परिवर्तन र विकासको अभियन्ता कांग्रेस हो । यस पार्टीले सँधै नै जनताको हकहितको कुरा गरेको छ, अधिकार दिलाउन ठूलो संघर्ष गरेको छ र अधिकार दिलाई छोडेको छ । अन्य पार्टीहरु नक्कली र ढोंगी कुरा गर्ने हुन ।
उहाँले अव विकास निर्माणको काम गर्न पनि जनताले कांग्रेसजनलाई नेतृत्व सुम्पिनुपर्ने उल्लेख गर्नुभयो । हिजोका दिनमा कोही पनि बहुलवादी थिएनन्, विकासवादी थिएनन्, जनतालाई अधिकार दिलाउने संसदीय पद्दतिको पक्षमा थिएनन् । बीपीले प्रतिपादित गरेको यो विशाल चुनावी दायरामा सबै आएका छन । यो कांग्रेस र कांग्रेसप्रेमी सबैको जीत हो । नेता डा महतले भन्नुभयो, परिवर्तन, विकास, अधिकार दिलाउन अगुवाई गर्ने कांग्रेसका प्रतिनिधिहरुलाई जिताउनुहोस । अव अधिकार तपाईको घरदैलोमा आइसकेको छ । इमानदार र सक्षम उम्मेद्वारहरुले मात्र तपाईलाई सही बाटो देखाउन सक्छन ।
अधिकार दिलाउने मात्र होइन, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग,, काठमाडौं तराई द्रुतमार्ग, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काममा दत्तचित्त भएर लागेको पार्टी नै कांग्रेस भएकोले यो विकासवादी पार्टीलाई निर्वाचित निकायको जिम्मा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । डा महतले स्रोत साधन बढाएर विकास बजेटको कुल रकमको ७० प्रतिशतभन्दा बढी गाउमा पु¥याइएको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले कांग्रेसले नै जनताको घरदैलोमा अधिकार ल्याइदिएको र उसैलाई जिम्मेवारी दिएर आगामी दिनमा विकास निर्माणका काम गर्न स्थानीयबासीलाई आग्रह गर्नुभयो । पूर्व सांसद शोभाकर पराजुलीले डा महतले नै नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गरी स्रोत साधन बढाएको र गाउँ गाउँमा विकास बजेट पुग्न सकेको स्पष्ट पार्नुभयो । त्यस्तै कार्यक्रममा महासमिति सदस्य क्षितिज भण्डारी, मेयरका उम्मेद्वार सिंह, उपमेयर रायमाझी लगायतका वक्ताहरुले आ आफ्नो मन्तब्य दिनुभएको थियो ।
The post सक्कली पार्टी र इमानदार प्रतिनिधिलाई जिताउनुहोस : नेता महत appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wZIxQd via IFTTT
निर्विरोध निर्वाचित हुनेमा महिला संयोजक सीतादेवी बाँस्तोला बराल, सदस्यहरुमा अन्जान मिश्र, बमबहादुर घर्ती क्षत्री, विक्रमजंग कुँवर, दया ढकाल, दयासागर लामिछाने, दीपक बहादुर केसी, दीपेन्द्र आचार्य, लालबहादुर नेपाली, मिनामाया खरेल, नवीन आचार्य, निर्मला ढकाल खनाल, प्रमोदबाबु खरेल, राजकुमार मल्ल, सरला तिमिल्सिना र वकिल केसी रहेका छन् ।
आर्थिक प्रतिवेदनमा शेष घलेको दुई हजार युरो उधारो !
मतदान भैरहेको बेला मतदानका लागि निर्वाचन समितिको पंक्तिसम्म पुग्दा अरु कसैले भोट हालिदिएको पनि पाइयो । एक जना मात्र होइन दुईजना सदस्यले यस्तो समस्या खेपे । निर्वाचन समितिको गल्ति छंदाछंदै एकजना मताधिकारबाट बन्चित भए भने अर्का एकजनालाई मुचुल्का बनाएर भोट हाल्न दिइएको देखियो । निर्वाचन अधिकृतले मतगणनामा उम्मेदवार मात्र बस्न पाउने उर्दी जारी गरे । उम्मेदवार एजेन्ट र पत्रकार बाहिरिएपछि असम्बन्धित मान्छेहरुलाई समेत प्रवेश गराएर मतगणनाको नतिजामा ढिलाइ गराएकोमा उम्मेदवारहरुले असन्तुष्टि प्रकट गरेका छन् ।
अन्तर्घातको आशंका, जताततै कानेखुशी : संशोधन नै अल्पमतमा !
जनसम्पर्कका लक्ष्मीप्रसाद साप्कोटा, प्रवासी मंचका गोविन्द पौडेल, जनप्रगतिशीलका नारायण सुवेदी, जनजाति महासंघका नरभुपाल राई, संघीय समाजका कुमार योन्जन लामा, अन्तर्राष्ट्रिय नेपाली समाजका धनराज शेर्पा र नारी समाजकी सीता बरालबीच विधान संशोधन गरेर ४ उपाध्यक्ष, २ सचिव, १ सह कोषाध्यक्ष र ५ सदस्य मनोनित गरेर आफ्ना मान्छेहरु एनआरएनमा पसाउने लिखित सम्झौता गरेका थिए । यत्तिसम्म लाजमर्दो प्रस्ताव थियो कि 'यो संशोधन २०१७ देखि २०१९ सम्मको कार्यकालका लागि मात्र लागू हुने भनेर उल्लेख छ ।
बन्द सत्रमै संशोधन विधि विधानविपरीत, संस्थागत व्यवस्थापनको भावनाविपरीत, पार्षदहरुको मताधिकार अपमान गर्दै टिके प्रथाका लागि आएको भन्दै चर्को आलोचना भएपछि हल कानेखुशीमय भएको थियो । सत्रमा संशोधन अल्पमतमा परेको थियो । तर मनोनित हुने मान्छेहरुका अति निकट व्यक्तिहरुका रोइकराइसहित जबरजस्त पारित भएको घोषणा गरिएको थियो ।
मतदानमा गणेशले जित्न बेर छैन भन्दै एक अर्कामा अविश्वास गरेको देखिन्थ्यो। यत्तिसम्मकी आफ्नै संगठनका साथीहरुलाई समेत 'भोट हालेको फोटो खिचेर लिनुभएको छ ?' भनेर सोधेको पाइन्थ्यो ।
सबैको साझा चौतारी किन बन्न सकेन ?
पोर्तुगलमा २० हजार नेपाली रहेको दावी गर्दछ एनआरएन । सम्पन्न छैठौ अधिवेशनमा २० हजारमा २३ सय ४८ पंजीकृत सदस्य बने । यसको मतलब ११.७४ प्रतिशत मात्र नेपाली एनआरएनको सदस्य । अभिलेखमा सात सय दुई जनाको न्युनतम कागजातबिना पंजीकरणमा नाम चढाइएको छ - आइसीसी सदस्य दुइटा बनाउनका लागि । एनआरएनए विधानको दफा ५ को उपदफा ५.१ को प्रावधान मात्रै हेर्ने हो भने करिब ३५० नेपालीहरुले सदस्यता लिन योग्यता पुगेको पाइदैन । यसरी एक हजार ५२ जना घटाउदा वास्तविक सदस्यता १२ सय ९६ हुन आउछ । न्युनतम प्रकृयासमेत नपुर्याएर २३ सय ४८ कुल मतदाता रहेकामध्ये ११ सय ५८ अर्थात ४९.३१ प्रतिशतले मात्र मतदान गरेका छन् । किन आकर्षण छैन एनआरएनएप्रति ?
अबको बाटो चुनौतिपूर्ण
गठबन्धनको स्वार्थपूर्तिका लागि जे जस्ता उम्मेदवारहरु एनआरएनएमा भित्रिदै छन् तिनीहरुको आगामी कार्यकलापलाई चनाखोपूर्ण निगरानी हुने कुरा सामाजिक संजालमा छताछुल्ल भैरहेका छन् । फरक फरक सिद्धान्त र दलीय हाइकमाण्डबाट निर्देशित कार्यकर्तासँग अध्यक्ष कुबेर कार्कीलाई एनआरएनएभित्र काम गर्न पक्कै सजिलो छैन । समयमै समस्याको निकास निकाल्न नसके विधान संशोधनबाट निम्तने समस्या नै उनका लागि खतरनाक बाधक पनि बन्न सक्छ । सकेसम्म सबैको चित्त बुझाउछु भन्नेहरुले चारजनालाई मात्र पतासाफ पार्ने योजनाकासाथ निर्वाचन गराएकोमा ठूलो जमात रुष्ट भएको पाइन्छ । नागरिकको मताधिकारलाई कुल्चदै मनोनयन गरेको नतिजापछि अरु आक्रोश बाहिरिने देखिन्छ । समस्याको निकासका लागि सबैलाई समेटेर अगाडि बढ्न सके मात्र नयाँं कार्यसमितिलाई जस मिल्नेछ ।
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2wZ3yZC
एजेन्सी । संसारमा सबैभन्दा अनमोल सम्बन्ध आमा–सन्तानबीचको हुन्छ । बलिउडमा यस्ता धेरै कलाकार छन्, जो आमालाई प्राणभन्दा बढी माया गर्छन् । यद्यपी, यसमा पनि कोही आमा यस्ता छन्, जो सौतनी भएपनि सन्तानलाई अत्यन्तै माया दिएका छन । त्यस्ता आमा जसलाई सन्तानले जन्मदिने आमा जत्तिकै वा त्योभन्दा बढी माया गर्छन्, त्यस्ता कलाकारको बारेमा जान्नुहोस् ।
सलमान खान र हेलेन – त्यसो त ह्यान्डसम अभिनेता सलमान खान सलमा खान र सलीम खानका छोरा हुन्, तर सलमान आफ्नी सौतनी आमा हेलेनलाई पनि त्यति नै माया गर्छन् । आफ्नी आमा सलमालाई जस्तै सौतेनी आमा हेलेनलाई पनि माया गर्छन् ।
सारा अली खान र करिना कपूर – सारा सैफअली खान र पूर्वपत्नी अमृता सिंहकी छोरी हुन्, तर साराको आफ्नी कान्छीआमासँग निक्कै गहिरो सम्बन्ध रहेको छ । करिना खाली सारासँग घुलमिल हुने मात्रै होइन, उनको भविष्यप्रति पनि चिन्ता गर्छिन् र सल्लाह सुझाव पनि दिइरहन्छिन् । दुवैमा आमा–छोरीभन्दा पनि साथी जस्तै प्रेम छ ।
फरहान अख्तर र शबाना आजमी – फरहान जावेद अख्तर र हनी ईरानीका छोरा हुन् । तर, फरहान आफ्नी आमा र सौतेनी आमा शबाना आजमीबीच केही फरक गर्दैनन् ।
शाहिद कपूर र सुप्रिया पाठक – पंकज कपूर र नीलिमा अजीमका छोरा साहिद कपूर पनि आफ्नी सौतेनी आमा सुप्रियालाई निक्कै माया गर्छन् । शाहिद सुप्रियाको निक्कै नजिक छन् । शाहिद र मीराको विवाहमा सुप्रियाले महत्वपूर्ण भूमिका निभाएकी थिइन् ।
जुनैद र किरण राव – अभिनेता आमिर खानका छोरा जुनैद पनि आफ्नी सौतेनी आमा किरण रावको निक्कै नजिक छन् । दुवैलाई धेरै पटक सार्वजनिक कायक्रममा देखिएको छ ।
The post सलमानदेखि शाहिदसम्म जो आफ्नी आमाभन्दा सौतेनी आमालाई मायाँ गर्छन् (फोटो फिचर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2f1jgPa
via IFTTT
काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक बजेट तयार पारेको कार्यालयले थप १४ मन्त्रीलाई तलब खुवाउन करिब १० करोड रुपैयाँ नपुग्ने जनाएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
१० करोड अपुग
प्रधानमन्त्री कार्यालयको आर्थिक प्रशासन शाखाका अनुसार चालु आर्थिक वर्ष ०७४र७५ का लागि मन्त्रीको तलबमा १३ करोड १५ लाख ७८ हजार, महँगी भत्तामा ४७ लाख ४० हजार गरी कुल १३ करोड ६३ लाख ७८ हजार र भ्रमण तथा अनुगमन खर्च १ करोड ३० लाख प्रस्ताव गरिएको थियो।
शाखाका एक अधिकृतका अनुसार जम्बो मन्त्रिपरिषद् बनेपछि प्रस्तावित रकममा झन्डै १० करोड अपुग हुने देखिएको छ । ‘तलब खुवाउन अर्थ मन्त्रालयसँग थप रकम माग नगरी उपाय छैनु, ती अधिकृतले अन्नपूर्णसँग भने । उनका अनुसार मन्त्रीको अनुगमन खर्च पनि अब २ करोड बढी लाग्ने देखिएको छ ।
खासै काम छैनरखर्च मात्रै दोब्बर
देउवा नेतृत्वको मन्त्रिपरिषद्मा २४ जना त राज्यमन्त्री मात्रै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रालयमा राज्यमन्त्रीको खासै काम नहुने भएकाले उनीहरूको बढी समय जिल्ला भ्रमण र अनुगमनमै बित्ने गर्छ । राज्यमन्त्रीको संख्या बढी भएकाले अनुगमन खर्च मात्रै दोब्बरले बढ्ने कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले मन्त्रीको संख्या बढेपछि तलब(भत्तालगायत खर्च बढ्नु स्वाभाविक भएको बताए । राजनीतिक संक्रमण व्यवस्थापनका लागि बाध्यतावश सरकार विस्तार भएको बताउँदै प्रवक्ता पन्थीले तलब अपुग भए अर्थ मन्त्रालयसँग माग गरिने बताए ।
एक मन्त्री थपिँदा २ करोड भार
एउटा मन्त्री थप हुँदा मुलुकले सबै प्रकारका खर्च गरेर वार्षिक झन्डै २ करोड व्ययभार खर्चनुपर्छ । ५४ जना मन्त्री हुँदा तलब(भत्ता र मन्त्रीको थप सुविधमा मात्रै मुलुकले वार्षिक डेढ अर्बभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले जनाएका छन् ।
The post मन्त्रीलाई तलब खुवाउनै हम्मे : छैन काम मन्त्रीको खर्च मात्रै दोब्बर appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jkDTai via IFTTT