मेष
यो राशिका मानिसहरू प्रेमपिपासु हुन्छन् । यिनीहरू प्रेममा तृप्त हुँदैनन् भने एक्लै बस्न मन पराउँदैनन् । प्रेममा जातभात, उमेर केही पनि हेर्दैनन् । यद्यपि यिनीहरू कसैको नाजायज फाइदा लिँदैनन् । प्रेम एवं रोमान्सबिना यिनीहरूले तृप्ति प्राप्त गर्दैनन् ।
वृष
यो राशिका मानिसहरू प्रेममा बढी उत्साही हुन्छन्, तर यिनीहरूको प्रेमको अन्त्य एकदमै दुस्खद हुन्छ । वृष राशिका स्वामीहरू प्रेममा बढी भावुक एवं काल्पनिक हुन्छन् । यो राशिका मानिसहरू प्रायस् एकतर्फी प्रेमको सिकार हुन्छन् । यिनको वैवाहिक जीवन सामान्य रहन्छ ।
मिथुन
मिथुन राशिका व्यक्तिहरूको प्रेम प्रसंग एकभन्दा बढीसँग चल्छ । यिनीहरू सदैव आफ्ना प्रेमीरप्रेमिकालाई खुसी देख्न चाहन्छन् । मिथुन राशिका मानिसहरू प्रायस् कलाकार वा लेखकप्रति आकर्षित भएका पाइन्छन् । यौनमा बढी नै उत्सुक रहने भए पनि यौन जीवन संयमित नै हुन्छ ।
कर्कट
कर्कट राशिको प्रेम प्रसंग प्रायस् एकततर्फी हुन्छ । यो राशिका स्वामीहरू प्रेममा कुनै प्रकारको बन्धन स्वीकार गर्दैनन् । यिनीहरू सदैव प्रेम चाहन्छन् । उपहारभन्दा पनि हाँसो, खुसीका साथ प्रेम अघि बढोस् भन्ने चाहन्छन् । यौनका मामिलामा सदैव कठिनाइ अनुभव गर्छन् ।
सिंह
सिंह राशिका स्वामीहरू यौनमा विशेष रुचि राख्ने खालका हुन्छन् । प्रेमको साटो प्रेम नै चाहन्छन् तर सदैव त्यस्तो हुँदैन, जसले गर्दा चाँडै हतोत्साही हुन पुग्छन् । यिनीहरूको प्रेम एवं वैवाहिक जीवनको अन्त्य कुनै दुस्खद नाटकझैं हुन सक्छ ।
कन्या
कन्या राशिको प्रेम प्रसंग प्रसन्नता एवं आदान–प्रदानमा बित्छ । मानसिक एवं शारीरिक दुवै रूपमा आकर्षित भए पनि यौनमा प्रायस् कमजोर नै हुन्छन् । यिनीहरूको प्रेमको परिभाषामा परिवार तथा बालबच्चा पनि समेटिन्छ । कन्या राशिका स्वामीहरू आफूभन्दा पाका व्यक्तिप्रति आकर्षित हुन्छन् ।
तुला
तुला राशिका स्वामीहरू दयालु, बुुद्धिमान एवं सावधान व्यक्तिप्रति आकर्षित हुन्छन् । प्रेममा गम्भीर हुन्छन् । प्रायस् प्रदर्शन चाहँदैनन् तर वफादार हुन्छन् । यिनीहरूको उन्नति प्रेम वा विवाहपश्चात् नै हुन्छ ।
वृश्चिक
वृश्चिक राशिका स्वामीहरू प्रेममा भ्रमको सिकार हुन सक्छन् । यिनीहरूको प्रेम सौन्दर्य एवं शारीरिक आकर्षणको विषय हुन्छ, तै पनि प्रेममा भयको वातावरण सदैव कायम रहन्छ । अरूप्रति विश्वास गर्न नसक्नु नै उनीहरूको प्रेममा विफलताको कारण हुन्छ । वृश्चिक राशि स्वामीहरू कोमल मनोवृत्तिका एवं प्रेमका भोगी हुन्छन् ।
धनु
धनु राशिका मानिसहरू रोमान्टिक मनोवृत्तिका हुन्छन् । यिनीहरू महान् प्रेमी बन्न चाहन्छन्, तर विलासिता एवं विलासी व्यक्तिहरूलाई मन पराउँदैनन् । धनु राशिका स्वामीहरूको दृष्टिमा रोमान्स मनोरञ्जन मात्र नभएर सुखद सामाजिक सम्बन्ध पनि हो । यिनीहरू द्विस्वभाव मनोवृत्तिका हुनाले जीवनमा एकभन्दा बढी व्यक्तिको प्रभावमा हुन्छन् ।
मकर
मकर राशिका मानिसहरू प्रेममा केही उदासीन हुन्छन् । प्रेमको अभावमा मानसिक तथा शारीरिक रूपमा अस्वस्थ्य रहन्छन् । यिनीहरूको दृष्टिमा प्रेम सुरक्षा तथा एकताको प्रतीक हो र यसले जीवनमा प्रसन्नता एवं सजीवता प्रदान गर्छ ।
कुम्भ
कुम्भ राशिका मानिसहरू विपरित लिंगीको आकर्षणको केन्द्र हुन्छन्, तर यिनीहरूको व्यवहार सुनिश्चित हुँदैन । यिनीहरू प्रेमलाई बौद्धिक स्वरूपमा ग्रहण गर्ने खालका हुन्छन्, तर अतिविश्लेषकवादी हुने हुँदा प्रवंचनाको सिकार बन्न पुग्छन् ।
मीन
मीन राशिका स्वामीहरू बढी नै रोमान्टिक हुन्छन् । यिनीहरूलाई सौन्दर्यले आकर्षित गर्छ । प्रेममा उत्तरदायी पनि हुन्छन्, तर प्रेमको छनौटमा सदैव असफल हुन्छन् । यौन जीवन रोमान्स एवं कल्पनाले भरिपूर्ण हुन्छ, तै पनि यौन र प्रेमको क्षेत्रमा भावुकताको सिकार बन्न पुग्छन् ।
The post कुन राशीको जीवनमा कस्तो जीवन साथी एव कुन राशीभएको प्रेमी प्रेमिका मन पर्छ ? जानीराखौ ! appeared first on E ALL NEPAL.
from स्वास्थ्य – E ALL NEPAL http://bit.ly/2tk726E
via IFTTT
The post दार्जिलिङमा किन चर्किदैछ आन्दोलन ? यस्तो छ भित्रि रहस्य appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rvHp1n via IFTTT
बझाङ, ५ असार । स्थानीय तहको असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएसँगै नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।
दोस्रो चरण अन्तर्गत प्रदेश नम्बर ७ को बझाङ जिल्लास्थित काँडा गाँउपालिका वडा नम्बर ५ मा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो । आइतबार सम्पन्न मनोनयन दर्तामा वडा नम्बर ५ मा अन्य पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्षका उम्मेदवार धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कांडा गांउपालिकाका निर्वाचन अधिकृत विरेन्द्र केसीका अनुसार निर्वाचित हुनेमा वडाध्यक्ष बोहरासहित महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा रहेका छन् । दलित महिला सदस्यमा भने कसेको उम्मेदवारी परेको छैन् ।
निर्वाचित वडाध्यक्ष धनञ्जय बोहराले आफ्नो वडामा रहेका विभिन्न खोला र नदीहरुमा झोलुङ्गे पुल निर्माण गर्नु र गोरेटो बाटोलाई चौडा बनाउने काम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले वडाका वासिन्दाको सल्लाह र सुझावमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
एमालेको प्यानल नै विजयी भएपछि उक्त वडामा पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले नाराबाजी सहित विजयी जुलुस निकालेका थिए ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरणको चुनाव यही असार १४ गते हुँदैछ । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ ।
दैनिकनेपालको सहयोगमा !
The post सुदूर पश्चिमको बझाङबाट फेरी एमाले प्यानलसहित खाताखोल्यो ! appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2shxwHk
via IFTTT
प्लीज मेरो बुढोको पछि नलाग्नुस मसँग छोरो छ, फेसबुकमा प्रोफाइल हेर्दा तपाईं पनि यति बुझ्नुहुन्छ जस्तो लाग्छ, प्लीज ।’ नचिनेको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो । केही बोल्ने शब्द नै फुरेन । के भनौं भनौं जस्तै लाग्यो ।
तालिमका लागि नेपालगञ्ज जाने तयारी गर्दै गर्दा मैले फेसबुकमा स्टाटस लेखें ‘पर्खिबस आउँदै छु, नेपालगञ्ज’ स्टाटसमा कमेन्ट धेरै आए । मैलेपनि सकेसम्म सबैलाई जवाफ दिएँ । त्यही स्टाटसमा अन्सारी थर भएका नेपालगञ्जको केटाले ‘तपाईंलाई स्वागत छ नेपालगञ्जमा कुनै अप्ठयारो परेछ भने म्यासेज गर्नु’ लेखेको रहेछ । मलाई यो कमेन्ट अरुको भन्दा फरक लाग्यो । अनि तुरुन्तै मैले रिप्लाइ दिएँ– हुन्छ धन्यबाद ।
मैले यो रिप्लाइ गरिसकेपछि उसले तुरुन्तै ‘हेलो के छ खबर कहिले आउने हो यता…’ यस्तै धेरै कुराहरु लेखेर पठाउँदै गयो । मैले नि रिप्लाई दिंदै गएँ ।
उसले ल नेपालगञ्ज आएपछि मसँग घुम्छौ नि ? मैले भनें –हुन्छ नि घुमाउने हो म पनि पहिलो पटक आउँदैछु । नेपालगञ्ज मलाइ थाहै छैन । मैले यति कुरा भनेपछि उसले मलाई भनिहाल्यो – तिम्रो साथी हुन्छन् कि तिमी एक्लै आउने हो ?
मैले १८ जिल्लाका साथीहरु हुन्छौं भनें । कहाँ एक्लै हुनु र ? उसले मेरो जवाफ सुनेपछि ल तिमीलाई नेपालगञ्जमा म घुमाइदिन्छु तिम्रो नम्बर पठाउ त भन्यो ।
त्यो केटासँग कुराकानी भइसकेपछि म १७ गते नेपालगञ्ज जानका लागि तयार भएर बैतडीबाट निस्कें । एकैदिन नेपालगञ्ज पुग्न असम्भव थियो । पुग्न त पुगिन्थ्यो, तर राती । अफ्ठेरो हुन्छ भनेर म धनगढी नै बसें । धनगढी बसेर पछिल्लो दिन अछाम, दार्चुृलाका साथीहरुसँग भेट भयो । अनि हामी नेपालगञ्जको यात्रामा निस्कियौं ।
बसको यात्रामा हातमा फेरि फेसबुक चलाउन सुरु गरें । यो फेसबुकको लत पनि कस्तो । बरु खान बिर्सने, तर फेसबुक चलाउन बिर्सन नसकिने । मैले फेसबुक अन गरेको मात्र के थिएँ फेरि उसैको म्यासेज देखें ।
कता पुगियो, खाना भयो त ? यता पुगेपछि खबर गर्नु है । किन रिप्लाई नगरेको यस्तै यस्तै धेरै लेखेर पठाएको थियो । मैले उसको म्यासेजको रिप्लाई नगरेर सिधै फेसबुक बन्द गरें ।
नेपालगञ्जको सिद्धार्थ होटलमा हामी बस्यौं । तालिम भयो, उसित भेट भएन । तालिम सकिएको पछिल्लो दिन हामी फिर्ता हुने तयारीमा थियौं । उसले मेरो नम्बर मेरो फेसबुकको प्रोफाइलमा हेरेर थाहा पाइसकेको रहेछ ।
म चिसापानी पुगेको बेला नचिनेको नम्बरबाट फोन आयो । मैले रिसिभ गरें, अनि उसले भन्यो – नेपालगञ्ज आएर पनि नभेटेर फर्किने है ? यस्तो पनि साथी । उसले फेरि भन्यो – म अस अन्सारी, के हो साथी नेपालगञ्ज आएर पनी नभेटेर जाने है ?
मैले छिटै फर्कनु पर्ने भएर मिलेन भनें । उसले राम्रोसँग जानु, शुभयात्रा भनेर फोन राख्यो । त्यो दिन म लम्की बसें दिदीको घरमा । फेरि नचिनेको नम्बरबाट फोन आयो – मैले रिसिभ गरें । महिलाको आवाज आयो– तपाईं आज दिनभर मेरो बुढासँग कहाँ कहाँ घुमेको ? प्लिज मेरो बुढोको पछि नलाग्नुहोस् ।
सुन्ने बित्तिकै झनक्क रीस उठ्यो । तर आफैंलाई सम्हालें । तपाईं को बोल्नु भएको हो ? उसले भन्यो – अन्सारीलाई चिन्नुहुन्छ ? हो उसैको बुढी हो ।
अनि मैले ए हो अँ भेटघाट त भएको छैन तर चिन्छु फेसबुकबाट कहिलेकाहिँ कुरा हुन्छ भनें ।
अनि ती महिलाले भनिन्, “बहिनी तपाईं पत्रकार हो, म जस्तो दुःखमा बाँचेका महिलाहरुको आवाज उठाउन सक्नुहुन्न ? दिनभर केटीहरुसँग घुमेर आउँछ, राती आएर न खान नै दिन्छ न त बस्न नै । मलाई त दिनसम्म दुःख दिएको छ । जहिले पनि कुटपीट गर्छ । सँगै छोरा पनि छ । अलि ठूलो भएपनि छोडेर कतै जान मिल्थ्यो । सानै छ, के गर्नु ।”
त्यसपछि मैले भनें – दिदी तपाईं ढुक्क हुनुहोस म महिला हो । म पनि बुझ्छु महिलाको पीडा । ल त्यसो भए तपाईंलाई म सहयोग गर्छु । तपाईंलाई बुढाले कुटपीट गर्छ भने नजिकैको प्रहरी चौकीमा जानुस् । अनि सबै कुरा भन्नुहोस् । आफूमाथिको हिंसा सहेर नबस्नुहोस् ।
……………..
यी महिला त प्रतिनिधि पात्र मात्र हुन् । धेरै महिलाले यसैगरी हिंसा सहेर बस्न बाध्य छन् । महिला अधिकारको क्षेत्रमा काम गर्ने थुपै्र संघसस्था नभएका होइनन् । तर यस्ता पीडित महिलाहरु संघसस्थाको नजरमा किन पर्न सक्दैनन् ? ती महिलाले त आफ्नो पीडा सुनाइन् । यस्तो पीडा अरु महिलाहरुको पनि होला । महिलाका यस्ता पीडा पनि सुनेर उचित सम्बोधन गर्नुपर्ने खाँचो छ ।
The post स्त्री जातिलाई पछी पार्नमा स्त्री जातिकै हात बढी ! सासुले बुहारीलाई पिल्साए झै महिलामाथी महिलानै खनिन्छन ! appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sGTvIA
via IFTTT
नयां नेपाली तीज गीत “नक्कल पारो नभने चल्ती आएको…” भिडियो हेर्नुहोस
Song Title : Chalti Aayako (चल्ती आएको…) Vocal : Khuman Adhikari and Shanta Pariyar Lyrics : Krishna Babu Music : Khuman Adhikari Audio/video : Bulbul Media Pvt. Ltd. Director : Shankar BC Cinematographer : Rajesh Ghimire Editor : Nabin Gharti Magar Model : Krishna Babu & Anjali Adhikari Post Production : Krishna Films Pvt. Ltd.
The post नयां नेपाली तीज गीत “नक्कल पारो नभने चल्ती आएको…” भिडियो हेर्नुहोस appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2shXZVn
via IFTTT
The post प्रेम गीत नाइका नाइट पार्टीमा एस्तो अबस्तामा भटेपछी…भयो ब बाल appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sqYJpB
via IFTTT
आफ्नै आमा सति गएको देखेका बालक मिडियामा आए
हेर्नुहोस मर्मस्पर्शी भिडियो
यस्तो कसैको जीवनमा नहोस, स्वास्नी मर्दा लोग्नेले आफु भन्दा कान्छी उमेरको स्वास्नी ल्याएर भोग गर्ने । अनि लोग्ने मर्दा चैं स्वास्नी जिउँदै चितामा जल्नुपर्ने ।। भिडियो हेर्दा तपाईको आँशु झर्नेछ । सक्दो सेयर गरौं ।
The post आफ्नै आमा सति गएको देखेका बालक मिडियामा आए/ हेर्नुहोस- मर्मस्पर्शी भिडियो appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tiobh6
via IFTTT