#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2ptp5IJ
काठमाडौं, ११ बैशाख । बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको बेन्चले उनलाई अदालतमा उपस्थित गराएर आजै थुनामुक्त गर्न आदेश दिएको हो ।
उनलाई सर्वोच्चका रजिस्ट्रार नृपध्वज निरौलाको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा आजै थुनामुक्त गर्न आदेशमा भनिएको छ ।
सिलवाल पक्राउ परेलगत्रै सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गरेका थिए।
बिहान छानबिनका लागि भन्दै प्रहरीले सिलवाललाई कानुनी परामर्शका लागि अधिवक्ता शम्भु थापाको घरमा बसेका बेला पक्राउ गरेको थियो । आइजीपी प्रकरणमा सिलवाले अदालतमा पेश गरेको काजजातमा किर्ते गरेको आरोप लागेको छ ।
The post पक्राउ परेका डिआईजी सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतको आदेश appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pVAVIF via IFTTT
११ वैशाख, एजेन्सी।
फिल्म ‘बाहुबली -२’ यहि शुक्रबार रिलिज हुँदैछ। बलिउड बक्स अफिसमा सबैभन्दा हिट फिल्म मध्येको एक यो फिल्म रिलिज हुनासाथ कटप्पाले बाहुबली किन मारे भन्ने प्रश्न जवाफ मिल्ने आशा गरिएको छ।
बाहुबली रिलिज भएपश्चात नै कटप्पाले बाहुबली किन मारे भन्ने प्रश्नले चर्चा पाएको थियो। यो प्रश्नको जवाफ फिल्मका निर्देशक एस.एस राजामौली, अभिनेता प्रभाष र फिल्म निर्माता राघवेन्द्र वाव शोबुसंग पनि सोधिसकिएको छ।
फिल्मसंग जोडिएका प्रश्नको जवाफ दिदैँ राजामौलीले भनेका थिए, कटप्पाले बाहुबली मारे किनकी उनले कटप्पालाई यस्तो गर्न भनेका थिए।
यहि प्रश्नको जवाफ दिदैँ फिल्म निर्माता राघवेन्द्रले भनेका थिए कि कटप्पाले बाहुबली यसकारण मारे किनकी उनले कटप्पालाई यसो गर्नको लागि पैसा दिएका थिए।
अभिनेता प्रभासले यो प्रश्नको जवाफ दिदै भनेका थिए कि उनलाई फिल्म निर्माताले कटप्पाको हातबाट मारिनको लागि पैसा दिएका थिए।
अर्थात यी तिनै व्यक्तिले स्क्रिप्ट अनुसारनै बाहुबलीलाई कटप्पाले मारेको भनेका छन् र ‘किन ?’ भन्ने प्रश्नको जवाफ दिएका छैनन्।
फिल्ममा प्रमुख भूमिकामा साउथ इन्डियन स्टार प्रभास, राणा दग्गुबाति, अभिनेती अनुष्का सेट्टी र तमन्ना भाटियालगायतको भूमिका छ। ‘बाहुबली: द कन्क्लुजन’ २८ अप्रिलमा रिलिज हुँदैछ।
The post फिल्मका निर्देशकले नै बताए कटप्पाले बाहुबली किन मारे ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oCQumS
via IFTTT
११ वैशाख । पछिल्लो समय नयाँ प्रेम सम्बन्ध जोडेका अभिनेता सलमान खान र अभिनेत्री युलीया भन्तुरको सम्बन्धमा दरार आएको समाचार छ । यसको मुख्य कारण सलमानको द व्यांग टुर रहेको बताइएको छ ।
गत हप्तादेखि सलमान न्युजल्याण्ड, अष्टे्रलीया लगायत देशको भ्रमणमा व्यस्त छन् । परिवारसहित उनीसंग सोनाक्षी सिन्हा, विपासा वासु भ्रमणमा सामेल छन्, तर हरेक इभेन्टमा सलमानसंगै रहने युलीया यस टुरमा भने देखा परेकि छैनन् ।
खबरका अनुसार युलीया पनि टुरमा सामेल हुन चाहन्थिन तर सलमानले उनको चाहनालाई वेवास्ता गरिदिए । त्यसपछि दुवैविच विवाद समेत उत्पन्न भएको जनाइएको छ ।
केहि समयअघि प्रेमिका युलीया र परिवारसहित सलमान माल्दीभ्स भ्रमणबाट फर्किएका थिए । युलीया रोमानियन नायिका र गायिका दुवै हुन् ।
The post सलमान र युलियाको सम्बन्धमा दरार ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oB9naD
via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2oB8GOv
एजेन्सी ।
बलिउडमा सन्नी लियोनले आफ्नो पछिल्लो छवीलाई बचाउने कोसिस गरिरहेकी छिन् । जसको लागी उनले कैयौ विवादको सामना समेत गर्नुपरेको छ ।
केहि दिनअघि रिपब्लीकन पार्टी अफ इन्डियाकी एक महिला सचिव शिलाले सन्नी लियोनको कण्डोम ब्राण्डको विज्ञापनको विषयलाई लिएर विरोध जनाइन् । यस्ता खाले विज्ञापन महिलाले हेर्दा लाज लाग्ने विषय हुने शिलाको भनाई थियो । साथै यस्ता टिभीमा प्रसारण गर्दा महिलाको छवीमा दाग लाग्ने भन्दै उनले विरोध जनाएकी थिइन् । सन्नी लियोनको यस विज्ञापनको विरोधको कारण हो विज्ञापनमा उनी आफ्नो पार्टनरलाई कण्डोमको प्रयोग गर्न उत्तेजित पार्दै गरेको दृश्य ।
यदि यस विज्ञापनकोविरुद्ध कुनै कदम उठाइएन भने यो मुद्धा बढ्न सक्ने महिला अधिकारकर्मीले चेतावनी दिएका थिए ।
यस विवादलाई ध्यानाकर्षण गर्दै सन्नीले भनिन्, जसले जे भन्छ भन्दै गर्छन् । यसको जवाफ र फैसला भन्नेले होइन सरकारले गर्छ । सम्पुर्ण देशवासीको लागी के ठिक के बेठिक सरकारले मात्र गर्न सक्छ ।
विवादीत विषय बनेको सन्नीको यो मात्र पहिलो कुरा होइन, यसअघि पनि सन्नीको विज्ञापनमाथी यस्तै विवाद हुदै आएका थिए ।
कण्डोमको विज्ञापनको विषयलाई लिएर अभिनेत्री राखी शावंतले पनि सन्नीको यो विज्ञापन भारतमा बन्द गर्नुपर्ने माग गरेकी थिइन् ।
The post कण्डमको विज्ञापनको विषयमा सन्नी लियोनले मुख खोलिन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oAMjc2
via IFTTT
११ वैशाख, एजेन्सी ।
सामाजिक सन्जालमा विभिन्न पोष्ट तथा कमेन्टलाई लिएर बेलाबेलामा विवादमा आउने चर्चित अभिनेता ऋषि कपुर पुन विवादमा फसेका छन् । उनले केहि दिन अघि पाकिस्तानी महिलाको बारेमा गाली र झगडाको विषयलाई लिएर विवादमा फसेका थिए ।
उनले यसपटक भने हलिउड हास्य कलाकार एडि मर्फिको तस्विर शेयर गर्दै ‘रिप सच अ गुड एक्टर, वि विल मिस यु ‘लेखेका थिए । तर एडि मर्फि भने ज्युदै छन् । पोस्ट गरेको केहि समयपछि उनले आफ्नो टाइमलाइनबाट उक्त पोस्ट हटाएका थिए । एक ज्युदो कलाकारको बारेमा यस्तो पोष्ट गर्नु कत्तिको नाजायज, यो कुरा ऋषि कपुरलाई नै थाहा होला ।
वास्तवमा केहि दिन अघि एडि मर्फि नभई उनका भाई चार्ली मर्फीको १२ अप्रिलको दिन ५७ वर्षको उमेरमा मृत्यु भएको थियो । सायद उनले झुक्किएर एडि मर्फिलाई श्रद्धान्जली दिएको हुनुपर्छ ।
The post जब ऋषि कपुरले ज्युँदो कलाकारलाई श्रद्धान्जली दिए.. appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oB3IkE
via IFTTT